समसामयिक

राष्ट्रपति भण्डारीबाट २६ गते संसदमा सम्बोधन गर्ने

२०७३ बैशाख २० सोमबार, काठमाडौँ। व्यवस्थापिका–संसद सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भोलिदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने गरी तयारी गरेको छ।   नेपालको संविधानमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्नुहुने व्यवस्था रहेको छ। राष्ट्रपतिबाट संसदको अधिवेशनलाई वैशाख २६ गते सम्बोधन हुने गरी तयारी भएको संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ... बाँकी अंश»

महाधिवेशनमा प्रचण्ड देखेर गच्छदारको दिल खुस, दुवै मिलेर कायपलट गर्ने उद्घोष

२०७३ बैशाख २० सोमबार, विराटनगर । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ । स्थानीय शहीद रंगशालामा फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले महाधिवेशनको उद्घाटन गरे ।    उद्घाटन कार्यक्रममा महाधिवेशनको सफलताको शुभकामना दिंदै प्रमुख दलका नेताहरुले मुलुकलाई अग्रगतीमा अघि बढाउन सहमती र राष्ट्रिय एकताको खाँचो रहेकामा जोड दिए ।  कार्यक्रममा बोल्दै एकिकृत माओवाद अध्यक्ष पुष्पकमल दाह ... बाँकी अंश»

अन्ततः खुल्यो ओली–राय गोप्य भेटको राज

२०७३ बैशाख २० सोमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूतसंग गरेको गोप्य भेटको राज अन्ततः खुलेको छ । ओलीले बत्तिसपुतलीस्थित होटल द्वारीकाज् मा रात्रीभोजसहित गरेको गोप्य भेटमा आफ्नो सरकारबारेको चर्चा, मधेस आन्दोलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतबारे कुरा भएको खुलेको हो ।  अति गोप्य भनिएको रात्री भोजसहितको भेटमा ओली, एमाले नेता माधव कुमार नेपाल,  अर्थमन्त्री विष्णु पौडेल सहभागि भए । महासचिव ईश्वर पोखरेल समेत भेटघाट ... बाँकी अंश»

सर्वोच्चको आदेशपछि कनकमणि दीक्षित रिहा

२०७३ बैशाख २० सोमबार, काठमाडौं । सर्वोच्च अदालतले संचार उद्यमी कनकमणि दीक्षितलाई तत्काल थुना मुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि दीक्षित रिहा भएका छन् । दीक्षित पत्नी शान्ता दीक्षितले वैशाख १५ गते कानुनी प्रक्रिया नपुर्‍याई  हिरासतमा राखेको भनि दर्ता गरेको वन्दी प्रत्यक्षीकरणको रिटबारे सुनुवाई गर्दै कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलाशले दीक्षितलाई रिहा गर्न आदेश दिएको हो ।     यसअघि, वैशाख १२ ... बाँकी अंश»

किस्ताको रकम वितरण, ६ जिल्लामा कसले कति पाए (जिल्लागत विवरण)

२०७३ बैशाख २० सोमबार, काठमाडौं। सरकारले भूकम्प प्रभावित जिल्लाहरूमा निजी आवास निर्माणको लागि भनेर पठाएको पहिलो किस्ताको रकम वितरणको काम धमाधम चलिरहेको सम्बन्धित जिल्ला विकास समितिको कार्यालयहरूले जनाएका छन्। पुनर्निर्माण प्राधिकरणले स्थानीय विकास मन्त्रालयमा मार्फत् सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाउने र जिल्ला विकास समितिको कार्यालयले सम्बन्धित गाविसको नजिक रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका शाखा मार्फत् वितरण गर्न ल ... बाँकी अंश»

ओलीले आफ्नै उपप्रधानमन्त्री गच्छदारलाई ढाँटे

२०७३ बैशाख २० सोमबार, विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन  विराटनगरमा शुरु भएको छ । विराटनगरको शहीद रंगशालामा सुरु भएको उद्घाटन सत्रमा प्रमुख दलका नेताहरु र भारतीय नेताहरु सहभागि भएका छन् । यद्यपि, उपप्रधानमन्त्री समेत रहेका विजयकुमार गच्छदारले आफ्नो पहिलो महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत डाकेकामा ओली उपस्थित भएनन् । ओली १२ : ३० मा विराटनगर पुग्ने कार्यतालिका थियो । पछि सो समय सरेर २ः३० पुग्यो । अन्ततः ओली आएनन् ... बाँकी अंश»

सरकार परिवर्तन : दुई कोइरालाका दुई विचार

२०७३ बैशाख २० सोमबार, काठमाडौं । अमेरिका भ्रमणमा रहेका काँग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले गरेको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न असफल समेत सुनाए ।    मधेसको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्ने जिकिर गर्दै महामन्त्री कोइरालाले पार्टीको सुन्दर सिद्धान्त बुझेर मात्र पार्टीमा लाग्न आग्र ... बाँकी अंश»

संवैधानिक परिषद् बैठकः प्रधानन्यायाधीशमा कार्की सिफारिस

२०७३ बैशाख २० सोमबार, काठमाडौँ। संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको सो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए।   परिषद्को यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानि ... बाँकी अंश»

नेपाली लेखक संघमा नवराज लम्साल

२०७३ बैशाख २० सोमबार, काठमाडौं। नेपाली लेखक संघमा नवराज लम्साल निर्वाचित भएका छन्। आइतवार भएको चुनावमा लम्साल विजयी भएका हुन्। उनले निकटतम प्रतिष्पर्धी वियोगी वुढाथोकीलाई पराजित गरेका हुन्। त्यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा श्रवण मुकारुङ निर्वाचित भए। उपाध्यक्षहरुमा प्रदेश १ बाट विनोद पोखरेल, २ बाट गोपाल अस्क, ३ बाट ज्ञानुवाकर पौडेल, ४बाट डा कुसुमाकर न्यौपाने, ५ बाट उत्तमकृष्ण मजगैयाँ, ६ बाट मोतिराज वम र ७ बाट रामलाल जोशी निर्वाचित भएका छन्।    संघको महासचिवमा ... बाँकी अंश»

‘जनता उठाउँदै पहाडी’

२०७३ बैशाख १९ आइतबार,  दाङ । नागरिक अगुवा कृष्ण पहाडीले देशको स्वाभिमान रक्षाका लागि उठन आम नेपालीहरुलाई आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय कार्यक्रम अन्र्तगत दाङको तुलसीपुरमा  भएको स्वाभिमान अभियान कार्यक्रममा पहाडीले यस्तो बताएका हुन् ।    उनले मुलुकको अवस्था अत्यन्तै जटिल बन्दै गएको भन्दै सबै नेपाली राष्ट्रिय स्वाभिमान र देशको रक्षाका लागी उठनु पर्ने बताए । देशलाई बिखण्डन गर्ने तत्वहरु जागेको भन्दै उनले भने, ‘यदी हामी अहिले उठेना ... बाँकी अंश»

सिंहदरबारको होस खुलोस् : तिम्रो एक दिनको विदाले यिनको उत्थान हुन्छ ? (भिडियो सहित)

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा निर्माणाधीन रहेको एउटा निजी भवनको निर्माणमा मजदुरी गरिरहेकी अर्घाखाँची जिल्लाकी शान्ता लिम्बुलाई मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको विषयमा राम्रो जानकारी भएको भएपनि उनी आजकाल कुनैपनि त्यस्ता कार्यक्रममा जान छाडेकी छन् ।    केही वर्षसम्म श्रमिकसँग सम्बन्धित हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएकी लिम्बूले मजदुर दिवसको दिन समेत काम गरिरहेको ठाउँ मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारब ... बाँकी अंश»

नेविसंघ महाधिवेशनको सबै जिम्मा प्रकाशशरणलाई, १० दिनमा मिति तय हुने

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेविसंघको महाधिवेशन गराउन सम्पूर्ण जिम्मा केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन् ।  देउवाले बिहान बुढानिलकण्ठ स्थित निवासमा नेविसंघका वर्तमान अध्यक्ष रञ्जित कर्ण र पूर्व–उपाध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेसजंग शाहसंग छलफल गरेर महाधिवेशनको सम्पूर्ण जिम्म प्रकाशशरण महतलाई दिएको जानकारी गराएका हुन् ।   देउवाले कर्णलाई तत्काल महाधिवेसनको मिति तोकेर अघि बढ्न समेत भनेका छन् ... बाँकी अंश»

देउवाले विराट मिलको मजदुर आन्दोलन सम्झे, गिरिजालाई सम्झेनन्

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको मजदुर  आन्दोलनलाई सम्झिएका छन् । यद्यपि, उनले मज्दुर आन्दोलन आरम्भ गर्ने गिरिजाप्रसाद कोइरालालाई सझिन छुटाएका छन् ।   उनले विराट जुट मिलको मजदुर  आन्दोलनलाई सम्झे पनि शुभकामना सन्देशमा गिरिजालाई सम्झेका छैनन् । वीपीको प्रिय पात्र बनेका देउवाको गिरिजासंग भने त्यति सम्बन्ध बन्न सकेको थिएन ।     देउवाले १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ को अवसरमा शुभकामना दिँदै नेपाली ... बाँकी अंश»

प्रधानमन्त्रीले मजदुर दिवसको शुभकामना दिन कन्जुस्याँई गरेको भन्दै हंगामा

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ को दिनलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको थुप्रै भइसकेको छ । यद्यपि, राज्य र राज्य संचालकहरुबाट मजदुरको हक अधिकारका लागि खासै प्रयास भएका छैनन् ।    नेपालका मज्दुर अझै बलिया नभएकामा विश्व समुदायले चाँसो समेत राख्ने गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशको समेत अधिकांशले खिल्लि उडाएका छन् । प्रधानमन्त्रीले ट्वीटरमा दिएको शुभकामना सन्दे ... बाँकी अंश»

यसरी मनाईन्छ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । यो वर्ष १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।    सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी मह ... बाँकी अंश»

पत्रकार क्षेत्रीका छोराको शिक्षाका लागि कांग्रेस नेता प्रदिप पौडेलको एक लाख सहयोगको घोषणा

२०७३ बैशाख १८ शनिबार, काठमाडौं । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवं लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाका लागि कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । हालै वैवाहिक बन्धनमा बाँधिएका  प्रदीप पौडेल एवं नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विवाह खर्चबाट कटाएर क्षेत्रीका छोराको शिक्षाका लागि कोष निर्माणका लागि एक लाख रुपैयाँ उपलब्ध ... बाँकी अंश»

जनताले अव राजनीतिक कुरा सुन्दैनन्, समय खेर नफालौ : नेता नेपाल

२०७३ बैशाख १८ शनिबार, काठमाडौ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेपाली जनताले अब राजनीतिक कुरा सुन्न नचाहने भएकोले नेताहरुले राजनीतिक कुरा गरेर समय खेल फाल्न नहुने तर्क गरेकाछन्।   मातृ सेवा प्रतिष्ठान नेपालको आर्थिक सौजन्यतामा गोरखा मिलन समाज पोखराद्धारा सञ्चालित डा. शान्ति पाण्डे स्मृत्ति छात्रबृत्ति वितरण समारोहको उद्घाटन गर्दै नेता नेपालले अब मुलुकको आर्थिक समृद्धिको कुरा गर्नु पर्ने बताए।    उनले आर्थिक र सामाजिक क्रान्तिलाई सँगसँगै अग ... बाँकी अंश»

कहालीलाग्दो खडेरी अझै एक महिना लम्बिन सक्छः मौसमविद्

२०७३ बैशाख १८ शनिबार, काठमाडौं। झण्डै तीन महिनादेखि देशभरका ग्रामीण भेगमा छाएको कहालीलाग्दो खडेरी अझै एक महिना भन्दा बढी लम्बिनसक्ने मौसम विभागले जानकारी दिएको छ। प्रशान्त महासागरको पूर्वी तटीय पानी तातेकोले नेपाल लगायतका दक्षिण एशियाली मुलुकहरूमा अघिल्लो वर्षदेखि नै कम पानी परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाका मौसम विद् बरूण पौडेलले जानकारी दिए। उनका अनुसार  यो समस्या अझै एक महिनाजति लम्बिनसक्ने सम्भावना रहेको छ।    समय ... बाँकी अंश»

सर्वदलीय बैंठकमा प्रधानमन्त्रीले राखेका अधिकांश प्रस्तावमा काँग्रेसको बिरोध

२०७३ बैशाख १८ शनिबार, काठमाडौं । भूकम्पपीछको पुनर्निर्माण, बजेट अधिबेशन तथा संसदीय सुनुवाई नियमावलीको विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । शनिबार सिंहदरबारमा आयोजित सर्वदलीय बैंठकमा सरकार पक्ष र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच भएको सर्वदलीय बैठकमा सरकारका तर्फबाट केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्ताव मध्ये अधिकांश प्रस्ताव नेपाली काँग्रसले अस्वीकार गरे पछि सो बैठक नै औचित्यहीन बन्न पुग ... बाँकी अंश»

देउवाद्धारा काँग्रेस कार्यालय तोडफोड !

२०७३ बैशाख १८ शनिबार, काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री भएका बेला पार्टी विभाजन गराएका काँग्रेस नेता शेरबहादुर देउवाले अहिले भने पार्टी सभापति भएपछि पार्टी कार्यालय नै तोडफोड गरेका छन् । ललितपुरको सानेपा स्थीत काँग्रेसको केन्द्रीय कार्यालयमा केहीदिन देखि तोडफोड भईरहेको छ । तोडफोड अझै एक महिना सम्म भईरहने जनाईएको छ । त्यो तोडफोड कुनै नराम्रो कामका लागि नभई कार्यालयलाई व्यवस्थीत, उपयोगी र काम गर्न सहज हुनेगरी गर्न लागिएको देउवाका सहयोगीहरुले बताएक ... बाँकी अंश»

नयाँ