समसामयिक

काँग्रेसी कर्मचारीमा तात्यो चुनावी माहोल, सर्वसम्मत चुनिएला नेतृत्व ?

२०७३ माघ २० बिहिबार, काठमाडौं । काँग्रेस निकट कर्मचारीहरुको संगठन निजामती कर्मचारी युनियन (संघ) यतिबेला चुनावी माहोल होमिएको छ । आउँदो फाल्गुन २२ र २४ गते चितवनमा गर्ने तयारी भईरहेको महाधिवेशन र विशेष गरी महाधिवेशनमा नेतृत्वको लागि हुने निर्वाचनको लागि यतिबेला केन्द्रीय उम्मेदवारका आकांक्षीहरु देश दौडाहामा हिँड्न थालिसकेका छन् भने जिल्ला तथा विभागीय कार्य समितिको नेतृत्वका आकांक्षी पनि यतिबेला खुलेर प्रचारप्र्रसारमा लागिरहेका छन् ।    प्रजातान्त्रिक विचा ... बाँकी अंश»

नक्सा र भवन सम्वन्धी अनियमितता राेक्न महानगरद्वारा कार्यदल गठन

२०७३ माघ १९ बुधबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण तथा नक्सा स्वीकृतिको विषयमा छानविन गर्नको लागि कार्यदल गठन गरेको छ । बुधबार हाम्राकुरा डटकमले महानगरपालिकाले जारीगरेको भवन निर्माण सम्पन्न प्रमाणपत्र र प्रमाणपत्रमा उल्लेख गरिएको भन्दा ३ तल्ला बढी रहेको घरको तस्वीर सहित समाचार प्रकाशित गरेपछि समिति गठन गरेको हो ।    यस विषयमा देखिएका समस्याहरुको विषयमा छानविन गर्न भवन निर्माण इजाजत महाशाखा प्रमुख राम थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल ग ... बाँकी अंश»

चीनबाट अर्को नयाँ विमान आयो, विमानको नामै गौँथली

२०७३ माघ १९ बुधबार, काठमाडौं । नेपाल वायुसेवा निगमले चौथो चिनियाँ विमानका रुपमा वाइ–१२ ई भित्र्याएको छ । विमानको नाम गौँथली राखिएको छ । चीनको कुन्मिङ्बाट नेदरल्याण्ड्सका पाइलटहरु रोबर्टस् भर्बोंक र मार्क अबोनचुरले वुधबार बर्मा, भारतको कोलकाता हुँदै हवाई मार्गबाट काठमाडौंमा ल्याइ पुर्‍याएका हुन् । नागरिक उड्डयन मन्त्री जीवन शाहीले चीनबाट ल्याउने सम्झौता भएका ६ मध्ये चार वटा विमान आइपुगेको र वाँकी दुई वटा पनि अबको ६ महिना मित्रै भित्रने बताएका छन् । १६ सिट क्षम ... बाँकी अंश»

काठमाडौंको धुलो व्यवस्थापनको लागि तात्यो सरकारको उच्च निकाय

२०७३ माघ १९ बुधबार, काठमाडौं । काठमाडौं उपत्यकामा विद्यमान रहेको धुलो धुवाँको समस्या समाधानको लागि सरकारको उच्च तह नै सक्रिय भएको छ । धुलोधुवाँ नियन्त्रणको लागि सबै विभिन्न मन्त्रालयका उच्च अधिकारीहरु सम्मिलित बैंठकमा योजना आयोगले नै सक्रियता  देखाएर हो ।    गत पौष २८ र २९ गते राष्ट्रिय योजना आयोगमा भएको विभिन्न निकायको बैठकले वातावरण विभागका महानिर्देशकको नेतृत्वमा एउटा विशेष कार्यदल नै गठन गरेर कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर सुझाव माग गरेको छ । वातावर ... बाँकी अंश»

पैसा पाएपछि महानगरका इन्जिनियरले खिचेको ८ तल्लाको भवन यसरी भयो ५ तल्ला !

२०७३ माघ १९ बुधबार, काठमाडौं । काठमाडौंको थापाथलीबाट त्रिपुरेश्वर तर्फ जाँदा १०० मिटरजतिको दूरीमा टुकुचा खोला पुगिन्छ । त्यो खोला तरेर पारी पुग्नेवित्तिकै खोलासँगै जोडिएको एउटा ठूलो व्यापारिक भवन देख्न सकिन्छ । जुन भूमिगत रुपमा एक तल्ला र माथि नै ७ तल्लाको रहेको तस्वीरमा पनि स्पष्टसँग देख्न सकिन्छ ।    १३ आना २ पैसा ३ धुर क्षेत्रफलमा बनेको उक्त भवन सुनिलराम बैद्य समेत ४ जना जग्गाधनीको नाममा निर्माण भएको हो । मिति २०६५ साल मंसिर २ गते नक्सापास गरेर ८७ फिट सम्म उच ... बाँकी अंश»

हिमान्चल प्रदेशदेखि नेपालसम्म आक्रमण गर्ने आईएसको पर्चा पाएपछि भारतभर हंगामा

२०७३ माघ १९ बुधबार, काठमाडौं । विभिन्न स्थानमा बम आक्रमण गर्ने आईएसको चेतावनीमूलक पर्चा तथा भित्ते लेखन भेटिएपछि मंगलबार भारतभर हंगामा मच्चिएको छ । यो विषयले विशेषगरी हिमाञ्चल प्रदेश त झनै आतंकित बनेको छ । हिमाञ्चल प्रदेशको सोलान जिल्लाको विभिन्न मन्दिरका भित्ताहरुमा यस्ता पर्चा तथा भित्तेलेखन भेटिएपछि भारतभर मंगलबार त्रास सिर्जना भएको हिन्दूस्तान टाईम्सले जनाएको छ । हिमाञ्चल प्रहरीले यो विषयलाई सामान्य रुपमा लिन नसकिने जनाएको छ ।    यस्ता प्रचार तथा भित् ... बाँकी अंश»

वसन्त पञ्चमी : प्राणीहरुमा आवाज भर्नेदेखि संसारमा प्रेमको सुरुवातसम्म

२०७३ माघ १९ बुधबार, काठमाडौं । चन्द्रमासको पाँचौ दिन अर्थात् माघ शुक्ल पञ्चमीका दिन बुधबार देशभरका हिन्दूहरुले वसन्त पञ्चमी मनाउँदै छन् । चन्द्रमास अन्तर्गत् चल्ने क्यालेण्डर हिन्दू धर्मको लागि विशेष रहेको छ ।    एककातिर सरस्वती पूजा र अर्काे तिर वसन्त पञ्चमीको यो शुभ दिनलाई हामीले अक्षरारम्भ गर्ने शुभ दिनको रुपमा त हेर्ने गरेका छौं । तर, यस महत्वपूर्ण दिनको महत्व अक्षरारम्भको लागि मात्रै विशेष रहेको छैन । यो त जीवित प्राणीहरुको वाणी गरिएको दिन, कामदेवको कामव ... बाँकी अंश»

श्रीपञ्चमीः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना

२०७३ माघ १९ बुधबार, काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।    विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, प ... बाँकी अंश»

सीमामा पर्खाल लगाउने भारतीय चाहानाबारे के भन्छन् नेपाली सीमाविद् ?

२०७३ माघ १८ मंगलबार, काठमाडौं । गत शनिबार भारतीय अनलाईन पत्रिका नवभारत टाईम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र अमेरिकाको बीचमा पर्खाल लगाउने बताएसँगै भारतमा पनि आफ्नो सीमामा पर्खाल लगाउनुपर्ने माग उठेको थियो । उक्त समाचार आएसँगै भारतमा पनि अबैध घुसपेठ रोक्नको लागि पर्खाल लगाउनुपर्ने विषयले प्राथमिकता पाएको हो ।    विशेषगरी भारतको टाउको दुखाई भनेको नेपाल भन्दा पनि पाकिस्तान र चीन हो । उसले लगाउने पर्खाल नेपालको सीमामा लगाउँदा त उसलाई नै बढी नो ... बाँकी अंश»

द्वन्द्वकालका मुद्दा मिलाउन गठित दुवै आयोग सङ्कटमा

२०७३ माघ १८ मंगलबार, काठमाडौँ । सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग सङ्कटमा परेका छन् । दुई वर्षभित्र सशस्त्र द्वन्द्वकालीन घटनाको व्यवस्थापनका लागि गठित ती आयोगको समय माघ २७ गते सकिँदैछ ।  दुवै आयोग पोहोर साल संशोधन गर्न पठाएको ऐन पारित नहुँदा सङ्कटमा परेका हुन् । आयोग गठनका क्रममा दुई वर्षमा काम नसकिए एक वर्ष थप गर्न सकिने कानुनी व्यवस्था छ  । सोही अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्र ... बाँकी अंश»

परराष्ट्रमन्त्री संसदीय समितिमा हाजिर, राजदूत नियुक्ति तत्काल गर्न समितिको आदेश

२०७३ माघ १८ मंगलबार, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई विभिन्न देशमा रिक्त राजदूत तत्काल नियुक्त गर्न भनेको छ । मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागीलाई बोलाएर समितिले तत्काल राजदूत र आवश्यक ठाउँमा वाणिज्यदूत नियुक्त गर्न भनेको हो । बैठकपछि समिति सभापति प्रभु साहले हाम्रोकुरासँग भने, ‘१४ मुलुकमा अझै राजदूत नियुक्त हुन सकेको छैन । हामीले तत्काल राजदूत नियुक्त गर्न भनेका छौं । परराष्ट्रमन्त्री र ... बाँकी अंश»

सार्क कार्यक्रम समिति बैठक बुधबार

२०७३ माघ १८ मंगलबार, काठमाडौँ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार यहाँ हुँदैछ।   सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो। सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र। विदेश÷बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन्।   गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षक ... बाँकी अंश»

नेपालको राष्ट्रिय फुटबल टिम सम्हाल्ने इच्छा छ : प्रदीप हुमागाईं

२०७३ माघ १८ मंगलबार, काठमाडौं । तीन वटा विषयमा डिग्री हासिल गरेर चौथो विषयमा पनि डिग्री गर्दैैगर्दा छाडेका नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लवका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्ने इच्छा व्यक्त गरेका छन् । हालै अमेरिकामा व्यवसायीक प्रशिक्षण दिइरहेका प्रदीपले ए लाइसेन्स कोर्स लिइसकेपछि नेपाली टिम नै सम्हाल्ने इच्छा रहेको बताएका हुन् ।    इङलिश प्रिमियर क्लव वेष्टह्याम युनाइटेडको अन्तर्राष्ट्रिय एकेडेमी कि स ... बाँकी अंश»

होटलको जग खन्दा सडक सिध्याउने कम्पनी डरले थर्कमान, १५ दिनमा सडक तैयार गर्ने

२०७३ माघ १७ सोमबार, काठमाडौं । काठमाडौंको नक्सालमा शंकर ग्रुप र अन्तर्राष्ट्रिय स्तरको प्रसिद्ध होटल हिल्टनको सहयोगमा बन्न लागेको पाँच तारे होटलको जग खन्ने क्रममा भासिएको सडक र होटल निर्माण गर्नेहरुको बद्मासीबारे संसदीय समितिले चासो देखाएको छ । होटल बनाउन अनुमति भन्दा बढी गहिराइमा गएर खन्दा सडक भासिएको र होटल बनाउनेहरुले छिमेकीलाई पनि क्षति पुर्‍याएकाे, आवागमन अवरुद्ध भएको, त्यो वरपर व्यापार व्यवसाय संचालन गरेर बसेकाहरुलाई पनि असर गरेको गुनासाहरु आएपछि आफुहर ... बाँकी अंश»

हेटौंडाबासीको विरोध थाम्न सकेनन् मन्त्री लेखकले, रोके सडक विस्तारको काम

२०७३ माघ १७ सोमबार, हेटौंडा । लामो समयको स्थानीयको आन्दोलनपछि हेटौडामा सडक विस्तारको काम रोकिएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयको आयोजनामा २५ मिटर सडक विस्तारका लागि आयोजना गरिएको छलफल कार्यक्रममा तत्कालको लागि विस्तारको काम रोक्ने निर्णय गरिएको उद्योग वाणिज्य स‌ंघ मकवानपुरले जनाएको छ ।    सोमबार मकवानपुरका सांसदसहितको टोलीले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकसँग संयुक्त रुपमा छलफल गरेर यस्तो निर्णय गरेको हो । छलफलले २५ मिटर सडक विस्तारको व ... बाँकी अंश»

ट्रम्पको बाटोमा हिँड्ने तयारीमा भारत, सीमामा पर्खाल लगाईने !

२०७३ माघ १७ सोमबार, काठमाडौं । भारतमा आफ्नो मुलुकको सीमामा पर्खाल लगाउने विषयमा कुरा उड्न थालेको छ । अमेरिकामा राष्ट्रपतिको रुपमा सत्ता सम्हालेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा पर्खाल लगाउने विषयलाई प्राथमिकताका साथ राखेपछि भारतमा पनि यस विषयमा चर्चा चलेको नवभारत टाईम्सले जनाएको छ ।    उक्त अनलाईनमा अमेरिकाले अबैध घुषपैठ रोक्नको लागि अमेरिकाले पर्खाल लगाउनु पर्छ भने भारतले पनि अबैध घुषपैठ रोक्नको लागि सीमामा पर्खाल लगाउनु पर्नै राय प्रस्तुत गर ... बाँकी अंश»

पाकिस्तानमा स्थगित भएको सार्क सम्मेलन गर्न नेपालमा बैठक बस्दै

२०७३ माघ १७ सोमबार, काठमाडौं । केही महिना अघि पाकिस्तानमा आयोजना गर्न लागिएपनि स्थगित भएको सार्क शिखर सम्मेलन गर्नको लागि नेपालमा बैठक गर्ने तयारी भईरहेको छ । सार्क सचिवालयले दिएको जानकारी अनुसार यसै साता बैठक बोलाउने तयारी भईरहेको छ ।    बैंठक १ र २ तारिकको दिन काठमाडौंमा आयोजना गर्ने तयारी भईरहेको छ । २०१६ को नोभेम्बरमा इस्लामाबादमा आयोजना गर्न लागिएको बैठक भारत सहभागी हुन नमानेपछि स्थगित भएको थियो । भारतले इस्लामाबादमा सम्मेलन गर्न नमानेपछि लगत्तै भुटान, म ... बाँकी अंश»

लेखा समितिको सभापति सत्ताधारी माओवादीलाई, राप्रपाले एमालेलाई भोट दियो

२०७३ माघ १७ सोमबार, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । सोमबार सभापति चयनका लागि भएको निर्वाचनमा माओवादी र काँग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय निर्वाचित भएका हुन् । उपाध्ययायले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए । माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि सार्वजनिक लेखा समिति सभापति पद रिक्त थियो । कपिलवस्तुको गजेहडाका उपाध्याय मा ... बाँकी अंश»

महानगरले रद्द गर्‍यो खप्तड बजारको नक्सा

२०७३ माघ १७ सोमबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार अगाडि रहेको खप्तड बजारको विवादित जग्गामा सर्वोच्च अदालतको आदेश विपरित बनेका भवनहरु निर्माणको लागि दिईएको नक्सा स्वीकृति रद्द गरेको छ । महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अदालतको आदेश पाएसँगै गत माघ १२ गते नै महानगरपालिकाले नक्सा स्वीकृति खारेज गरेको जानकारी दिए ।    कार्यकारी प्रमुख तामाङले अदालतको आदेश नपाउँदै नक्सा स्वीकृति दिएको भएपनि अदालतको आदेश पाएसँगै महानगरले नक्सा ... बाँकी अंश»

देशमा बर्डफ्लु भित्रिने संत्रास, भारतीय अन्डा अवैध रुपमा भित्रिदै

२०७३ माघ १७ सोमबार, वीरगञ्ज । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ । बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु¥याउने गरेका छन् ।    बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लाग ... बाँकी अंश»

नयाँ