समसामयिक

हामी नेपालमा परेको समस्याले चिन्तित छौ– भारतीय गृहमन्त्री सिंह

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको संविधानसभाले जारी गरेको संविधान भारतले स्विकारेको छैन र त्यसको बर्खिलाफमा छ भन्ने कुरा गलत भएको बताएका छन ।  नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानमा सबैको अपनत्व हुँदा राम्रो हुने मात्र स्मरण गराएको दावी गरे ।  गृहमन्त्री सिंहले मधेसले उठाएको मुद्दा नेपालीको आन्तरिक मामिला भएको भन्दै नेपालकै दलहर ... बाँकी अंश»

सीमा अवरोधबारे बेलायतको चासो

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । बेलायतले नेपाल–भारत सीमामा तीन महिनादेखि भईरहेको अवरोधका बारेमा चासो व्यक्त गरेको छ । बेलायतका विदेशमन्त्री ह्यूगो स्वायर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई फोन गरी उक्त चासो व्यक्त गरेका हुन् ।  काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्ति अनुसार स्वायरले सीमा अवरोधका कारण नेपालमा मानवीय सहायताको वितरणमा परेको प्रभावका विषयमा चिन्ता व्यक्त गरेको जनाइएको छ । ‘जाडो सुरु भएको अवस्थामा यदि तत्कालै समस्या समाधा ... बाँकी अंश»

भारतीय प्रहरीद्वारा नेपालीलाई गोली

२०७२ मङ्सिर ९ बुधबार, इटहरी । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा आज बिहान ६ बजे भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् । घाइते हुनेमा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् ।   उनीहरुको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारार्थ ल्याइएको छ । भारतीय विहारबाट सामान लिएर सुनसरीतर्फ आउँदै गर्दा भारतीय सीमा सुरक्षा बल र स्थानीयवासीबीच भनाभन हुँदा गोली चलाइएको हो । अहिले सो क्षेत्र तनावग्रस्त छ । रासस  ... बाँकी अंश»

मधेस आन्दोलनको राप घटेन, लहानमा बस र कारमा आगजनी

२०७२ मङ्सिर ९ बुधबार, लहान । तराईमा जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन मत्थर भएको सरकारी जिकिर औपचारिकतामै सिमित भएको छ । मंगलबार मात्रै सरकारले मधेसमा नागरिक समाजको पहलमा आन्दोलन केही शालिन भएको जिकिर गरेको थियो । सरकारी उद्भोषको केही घण्टा नबित्दै लहान तनाबग्रस्त बन्यो । यस्तै, राति लहान मेनरोड पूर्व बसपार्क नजिक रात्रिबस र एक कारमा आगजनी भएको छ ।   आगो लगाउने समूह अज्ञात भनिए पनि आन्दोलनसंगै जोडिएकाहरुले  उक्त हर्कत गरेको हुन सक्ने प्रहरीको ... बाँकी अंश»

पहाडी र थारु समुदायलाई झगडा गराउन षडयन्त्र हुदैछ – नेता देउवा

२०७२ मङ्सिर ८ मंगलबार, टेकराज अवस्थी । मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पहाडी र थारु समुदायलाई झगडा गराउन षडयन्त्र भईरहेको बताउनु भएको छ । सुदूरपश्चिम निर्माणको प्रमुख आधार , कृषि पर्यटन जडीबुटि तथा जलबिद्युतको विकास र बिस्तार भन्ने मूल उद्देश्यका साथ शुरु भएको सुदूरपश्चिमाञ्चल महोत्सव डडेल्धुरामा नेता देउवाले उक्त कुरा बताउनु भएको हो ।  उद्घाटन समारोहमा बोल्दै नेता देउवाले दशगजा क्षेत्र कसैको पेवा नभएकोले आन्दोलन ... बाँकी अंश»

डा भट्टराईको संयोजकत्वमा नयाँशक्ति राष्ट्रिय अभियान घोषणा

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौँ। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति राष्ट्रिय अभियान गठन भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर अभियानले विभिन्न संयोजकसमेत तोकेको जानकारी दिएको छ । मेची, कोसीको संयोजकमा राजेन्द्र किराँती र मध्य तराई संयोजकमा रामचन्द्र झा, काठमाडौँ र यसको आसपासको क्षेत्रका लागि गङ्गा श्रेष्ठलाई तोकिएको छ ।    यस्तै, गण्डकी–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुली, मगरात—अवधमा वामदेव क्षेत्री, भेरी ... बाँकी अंश»

ऋण कि राहत ? भूकम्पपीडितलाई छान्न दिइने

२०७२ मङ्सिर ८ मंगलबार, नारायण न्यौपाने/रमेश लम्साल, काठमाडौँ । सरकारले भूकम्पपछिको घर तथा आवास निर्माणका लागि रु दुई लाख सरकारी राहत अनुदान लिनेले ऋण नपाउनेसम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिन लागिएको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास र सहरी विकास मन्त्रालयले संयुक्त रुपमा तयार पारिरहेको सो कार्यविधिलाई केही समयभित्रै पूर्णता दिएर पारित गरिने छ । राहत र ऋण दुवै लिँदा सरकारी स्रोतको दुरुपयोग हुन सक्ने वा मिसमास हुने भएकाले त्यसलाई ध्यान दिँदै राहत लिनेले ऋण नपाउन ... बाँकी अंश»

निगमका खड्कालाई उर्जामा लैजान ८ करोडको चलखेल, प्रचण्डका स्वकीय सचिव चलखेलमा !

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौं। पेट्रोलियम पदार्थमा अरबौं रुपैयाँको चलखेल गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई जोगाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव चुडामणी खड्का लागि परेका छन्। आपूर्तिमन्त्री गणेशमान पुन र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिईकन स्वकीय सचिव खड्काले आयल निगमका कार्यकारी निर्देशक खड्कालाई बचाउन लागिपरेका छन्। पछिल्लो समय विभिन्न ठाउँमा आ ... बाँकी अंश»

निगमका खड्कालाई उर्जामा लैजान ८ करोडको चलखेल ! प्रचण्डका स्वकीय सचिव चलखेलमा

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौं। पेट्रोलियम पदार्थमा अरबौं रुपैयाँको चलखेल गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई जोगाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव चुडामणी खड्का लागि परेका छन्। आपूर्तिमन्त्री गणेशमान पुन र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिईकन स्वकीय सचिव खड्काले आयल निगमका कार्यकारी निर्देशक खड्कालाई बचाउन लागिपरेका छन्। पछिल्लो समय विभिन्न ठाउँमा आ ... बाँकी अंश»

जनमत संग्रहले समस्या समाधान गर्दैन, झनै अप्ठ्यारो अवस्थामा पुर्याउँछः उपेन्द्र यादव

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विवादित बनेका पाँच जिल्लाको सन्दर्भमा जनमत संग्रह गर्ने हो भने मुलुक झनै अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी दिएका छन ।  रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ जनमत संग्रहले समस्याको हल गर्दैन । अहिलेको समस्या पाँच जिल्लाको होईन पूर्वका दुई र सुदुरपश्चिमका दुई नेताको समस्या हो । जनमत संग्रहले समाधान दिदैन उल्टै बल्झाउँछ ।’   अध्यक्ष यादवले पा ... बाँकी अंश»

‘गणतन्त्र स्मारक’ निर्माणमा अवरोध

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौँ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले कच्चापदार्थको अभाव भएपछि नारायणहिटी परिसरमा बन्दै गरेको गणतन्त्र स्मारक निर्माणको काम रोकिएको छ ।  विसं २०६५ जेठ १५ मा नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले विसं २०६९ मङ्सिर २२ गते निजी कम्पनी बिकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरेर तीन वर्षमा सक्ने गरी काम अगाडि बढाएको थियो । पैँतीस रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो स्थलमा नेपाली सेना बस्दै आएकाले निर्माण च ... बाँकी अंश»

मोर्चाको आन्दोलन ‘ठगहरुलाई महायज्ञ’, अन्धो राष्ट्रवादभित्र भारतीयकै सहयोग (टिप्पणी)

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौं । प्रदेशको सीमाङ्कनको विषयलाई लिएर आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नागरिकलाई मात्र कष्ट दिएन । चोर र ठगहरुलाई मौलाउने महायज्ञको समय जुराई दियो । आन्दोलनको सय दिन वितिसकेपनि निकास निस्कने कुनै टुंगो छैन । अत्यावश्यक सामग्रीको अभाव सिर्जना गराएर मोर्चा आलोचित मात्र होइन बद्नामित समेत भइसकेको छ ।   मोर्चालाई आन्दोलनले फाइदा र घाटा बराबर गरिरहेको छ । मोर्चाको राज्य तोड्ने र मधेसका नागरिकलाई नै ठग्ने ध्यय फाइदा ... बाँकी अंश»

बैद्य भारतीय दूतावास पुगे, भने– ‘आर्थिक नाकाबन्दीको अभिव्यक्ति तुरुन्त फिर्ता लेऊ’

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यले भारतीय दूतावास पुगेर नेपाललाई कमजोर नआँक्न भनेका छन् । सोमबार नाकाबन्दीको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र बुझाउन दूतावास पुगेको नेकपा क्रान्तिकारी माओवादीले अन्तर्राष्ट्रिय कानुनविपरित आर्थिक नाकाबन्दी गरिएकामा आपत्ति जनायो ।   बैद्यले भने,–‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरियोस् र आर्थिक नाकाबन्दी गर्ने भनिएको छ, त्यो तुरुन्त खारेज गरियोस् ।’ ... बाँकी अंश»

इन्धन आयातको प्राविधिक पक्ष बुझ्न प्रतिनिधिमण्डल चीन प्रस्थान

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौँ । चीनबाट व्यावसायिक रुपमा इन्धन आयात गर्ने विषयमा छलफल गर्न नेपाल आयल निगमको एक प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलले चिनियाँ पक्षसँग इन्धन आयातको प्राविधिक पक्षमा छलफल गरेपछि व्यापारिक सम्झौता गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा अर्को टोली त्यसतर्फ पठाउने तयारी गरिएको छ । आज त्यसतर्फ गएको प्रतिनिधिमण्डलमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल हुनुहुन ... बाँकी अंश»

सामाजिक सद्भाव कायम राख्न उपेन्द्रको आव्हान

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । मधेश आन्दोलनको सय दिन पुगेको अवसरमा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव कायम राख्न आन्दोलनकारी र सुरक्षाकर्मी दुवैलाई अपिल गरेका छन् । उनले सरकारले नै जनताबीच द्वन्द्व निम्त्याउने काम गरेको आरोप लगाउँदै आन्दोलनलाई सम्बोधन गरी समस्या समाधान गर्नु भन्दा राष्ट्रिय एकतालाई खण्डित पार्ने गरी मधेसी र पहाडे समुदायलाई एक आपसमा लडाउने, भिडाउने र साम्प्रदायिक दङ्गा फैलाउने खालको ... बाँकी अंश»

मोर्चाको सहमतिमा प्रमुख दलले संविधान संशोधन गर्ने तयारी

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेससहित प्रमुख दलहरुको सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मधेसी मोर्चाको सहमतिमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेका छन् । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशीको सुनिश्चितता र प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो । ... बाँकी अंश»

दुई हप्तादेखि दाउरामा पाक्दैछ रामचन्द्र पौडेलको खाना

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलको घरमा नाकाबन्दीको प्रभाव परेको छ । नाकाबन्दीका कारण इन्धन अभाव सर्वसाधरणले झेलिरहेका बेलामा कार्यबाहक सभापति पौडेलको भान्सा खाना पकाउने ग्यास सक्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ । पौडेलले आफ्नो फेसबुक पेजमा मेरो घरमा नाकाबन्दीको यस्तो प्रभाव भनेर दाउरा बालेर श्रीमतिले खाना पकाइरहेको फोटो पोष्ट गरेका छन् । पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीका अनुसार पौडेलको भान्सामा ग्याँस ... बाँकी अंश»

नाकाबन्दीको बिरोधमा ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुले भारतीय नाकाबन्दीको बिरोधमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस विशाल प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली संघको आव्हानमा करिब तीन हजार नेपालीले अहिलेसम्मकै ठूलो प्रदर्शन गरेका हुन् । गत आइतबार बिहान त्यहाँका दुई दर्जन बढी राज्यहरुबाट नेपालीहरु वाशिंगटन डिसीमा जम्मा भएर भारत विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।  नेपाली ढाका टोपी, पोशाकसहित उपस्थित भएका उनीहरुले विभिन्न नारा लेखेका प्ले ... बाँकी अंश»

सप्तरीमा मोर्चाको प्रदर्शन जारी, बिहानै प्रहरी चौकी जल्यो

२०७२ मङ्सिर ७ सोमबार, सप्तरी । सप्तरीमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको झोंकमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले सोमबार बिहान प्रहरी चौकीमा आगजनी गरेका छन् । सप्तरी कोलाडी बसाइन–१ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले बताए ।     शनिबार रातिदेखि तनाव कायम रहेको सप्तरीमा बिहानै ठाउँ–ठाउँमा प्रदर्शन भएको छ । सदरमुकाम राजविराजमा आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहे ... बाँकी अंश»

राजविराजमा फेरि गोली चल्यो, एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु, सिडिओ मन्त्रालय तानिए

२०७२ मङ्सिर ६ आइतबार, सप्तरी । सप्तरीको सदरमुकाम राजविराजमा फेरि गोली चलेको छ । प्रहरीले चलाएको गोली लागे प्रदर्शनकारी दिलीप साहको मृत्यु भएको छ । उनकी छोरी समेत घाइते भएको र अस्पतालमा उपचार भइरहेको बताइएको छ ।   बिहान भारदहमा भएको घटनाको विरोधमा आन्दोलनकारी उग्र बनेपछि प्रहरीसँग झडप भएको हो । झपडका क्रममा प्रहरीले गोली चलाउँदा साहको टाउकोमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । घटना पछि राजविराजको अवस्थान तनावग्रस्त बन्यो । यस्तै समाचार संकलनका ला ... बाँकी अंश»

नयाँ