समसामयिक

नेपालको राजनीतिक इतिहासमै नयाँ निर्णय

२०७३ माघ ११ मंगलबार, काठमाडौं । संसदको राज्य व्यवस्था उपसमितिले संघीय संरचना अनुसार अब हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका, नगरपालिका र जिल्लाको प्रमुख एवं उपप्रमुख मध्ये एउटामा महिलाको उम्मेद्वारी अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको उपसमितिको बैठकले नेपालको राजनीतिक इतिहासमा पहिलो पटक महत्वपूर्ण निर्णय गरेको उपसमिति सदस्य एवं एमाले सांसद रामेश्वर फुँयालले जानकारी दिए । उनले भने, ‘निर्वाचन सम्बन्धि ऐन नियम परिमार्जन गर्ने क्रममा याे ... बाँकी अंश»

नेपाली प्राविधिकहरुको प्रयास : कौशलटारको आकाशे पुल न्यून खर्चमै पुनःनिर्माण

२०७३ माघ ११ मंगलबार, काठमाडौं। वैशाख १२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको भक्तपुर कौशलटारस्थित आकाशे पुलको पुनःनिर्माण शुरु भएको छ। भूकम्पको धक्काले पुलको (काठमाडौंबाट भक्तपुर जाँदा) देब्रेतिरको पिलर लगायत सम्पूर्ण भाग उत्तरतर्फ ढल्केको थियो। बाङ्गिएको वा ढल्किएको संरचनालाई सीधा पार्ने प्रक्रिया संभवतः नेपालमा पहिलो पटक प्रयोगमा आएको स्लेट कन्सलट्यान्सको जिकिर छ । स्लेट कन्सलट्यान्सले २०७२ चैतमा ढल्केको संरचना सीधा पार्न सकिने प्रतिवेदन सडक विभागलाई बुझा ... बाँकी अंश»

देउवाले भने-अब गणेशमानको बाटोमा हिँडाैँ

२०७३ माघ ११ मंगलबार, नेपालगन्ज । काँग्रेस सभापति शेरबहादुर देउवाले लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक अनावरण गर्दै लोकतन्त्र स‍ंस्थागत गर्न गणेशमानको बाटोमा हिाड्नु पर्ने बताएका छन् । देउवाले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने समेत बताए ।  संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै देउवाले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गरे । निर्वाचनमा सबै दल सहभागि हुनुपर्नेमा जोड दिँदै देउवा ... बाँकी अंश»

अज्ञात समूहले गरेको आगजनीले फार्म र सात सय कुखुरा खरानी

२०७३ माघ ११ मंगलबार, दाङ । सल्यानको लुहाम बजारमा अज्ञात समूहले कुखुरा फार्ममा आगजनी गरिदिएको छ । स्थानीय कुखुरा पालक महेन्द्र श्रेष्ठले सञ्चालन गरेको एकिकृत शुभलक्ष्मी कुखुरा फार्म लुहामा सोमबार राति नचिनेका व्यक्तिको समूहले आगजनी गर्दा झण्डै ७ सय बढी कुखुरा र फार्म जलेको हो । श्रेष्ठ परिवार छिमेकीको विवाहमा गएको मौका छोपी रातको ८ बजेतिर आगो लगाइएको स्थानीयले बताएका छन् । आगजनीले झण्डै १० लाख बराबरको क्षति भएको पीडित परिवारको भनाई छ । आगजनीमा संलग्न भन्दै प्रहर ... बाँकी अंश»

राप्रपा अध्यक्षमा लोहनी आउँदै

२०७३ माघ ११ मंगलबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि मंगलबारबाट सकिएको छ । तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब ६–६ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाको पनि ६ महिनाको अवधि पूरा भएको छ । सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगाव ... बाँकी अंश»

क्यान इन्फोटेकमा अवलोकनकर्ताले नवीन ज्ञान हाँसिल गर्नेछन् : महासचिव बलामी (भिडियो)

२०७३ माघ ११ मंगलबार, काठमाडौं । सूचना र प्रबिधिको प्रबर्धन गर्ने उद्देश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७“ आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुँदैछ । अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म निरन्तरता दिन सकेको सूचना तथा प्रविधि क्षेत्रको यस मेलामा यस क्षेत्रका नविनतम बस्तु तथा सेवाहरु अवलोकनकर्ताले अवलोकन गर्न सक्नेछन् ।   क्यान महासंघले यही मेलासँगै क्यान आई.सी.टी कन्फ ... बाँकी अंश»

सरकारी वकिलहरुको बहिस्कार कायमैः जनताको न्यायका लागि लडाइँ–मैनाली

२०७३ माघ ११ मंगलबार, काठमाडौं । उच्च अदालतमा भएको ८० जना न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले तीन दिनदेखि सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र न्यायाधीकरणहरुमा बहसपैरवीलगायतका सम्पूर्ण काम ठप्प पारेका छन् ।    ‘असहयोग आन्दोलन’ भनिएको यो अदालत वहिस्कार माग पूरा नहुन्जेल भइरहने भन्दै उनीहरुले यो आन्दोलनलाई आपूmहरुको नभइ जनताकै लागि भएको स्पष्ट पारेका छन् ।    नेपाल निजामती कर्म ... बाँकी अंश»

चुनावी तयारीमा दलहरुः जनसमाजवादी स्थानीय चुनावमा सहभागी हुने

२०७३ माघ ११ मंगलबार, काठमाडौँ । जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक समर्थन गरी स्थानीय चुनावमा सहभागी हुने घोषणा गरेको छ । पार्टीका अध्यक्ष सुवासराज काफ्लेले राजनीतिक धारणा सार्वजनिक गर्दै उक्त पार्टीले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरे चुनावमा जाने बताएका छन् ।     उनले नेपालमा धेरै कम्युनिस्ट पार्टी भएको भए पनि जनपक्षीय काम कसैले पनि गर्न नसकेको बताउँदै सो पार्टीले देशमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको जनताले अनुभव गर्ने गरी पर्य ... बाँकी अंश»

मधेसी मोर्चालाई स्थानीय चुनावमा ल्याउन यस्तो छ प्रचण्डको नयाँ जुक्ति

२०७३ माघ १० सोमबार, काठमाडौं । सरकार स्थानीय तह निर्वाचन गर्न आँतुर रहेको बताएका प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट मधेसी मोर्चालाई चुनावमा ल्याउन नयाँ विकल्प खोजेका छन् । संसदको राज्य व्यवस्था समितिलाई माघ १५ भित्रै आवश्यक सबै  विधेयक तयार गर्न अनुरोध गरेका दाहालले निर्वाचन आयोगलाई समेत निर्वाचनको आवश्यक तयारी थान्न भनेका छन् । विपक्षी एमालेको गठबन्धनले संविधान संशोधन विधेयक पारित गर्न नदिने भनिरहँदा मधेसी मोर्चा संशोधन नभएसम्म निर्वाचन स्वीकार नगर ... बाँकी अंश»

अनसनकारीकाे माग पूरा गर्न पहल गर्ने सिटौलाको प्रतिवद्धता

२०७३ माघ १० सोमबार, काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीकार्यालयमा अनसन बसिरहेका सोलुखुम्बु नेपाली काँग्रेसका प्रतिनिधिहरुलाई भेटेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालयमा पुगेर सिटौंलाले अनसनकारीलाई भेटी उनीहरुको माग पूरा गर्न पार्टी सभापतिसँग पहल गर्नै आश्वासन दिएका थिए ।    सिटौलाले जायज माग पूरा गरेर असन्तुष्ट पक्षलाई पनि चित्त बुझाउनु पर्ने भन्दै यसको लागि अनसनरत पक्षको माग पूरा गर्नको लागि सबै पार्टी गम्भीर ब ... बाँकी अंश»

प्रमुख निर्वाचन आयुक्तलाई बालुवाटार बोलाएर प्रचण्डले के भने ?

२०७३ माघ १० सोमबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन तथा प्राविधिक तयारीका बारेमा कुराकानी गरेका हुन् । प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्मा विचाराधीन विधेयकलाई पारित गराउने विषयमा आफूले विशेष पहल गरिरहेको जानकारी गर ... बाँकी अंश»

गोर्खा ब्रुअरीलाई महानगरपालिकाले नै गैरकानूनी काममा स्वीकृति दिएको खुलासा

२०७३ माघ १० सोमबार, काठमाडौं । गोर्खा ब्रुअरीले काठमाडौं महानगर हाता भित्र गैरकानूनी रुपमा विज्ञापन गरेको विषयमा महानगरपालिकाको समेत दोष भेटिएको छ । अदालतले महानगरपालिका क्षेत्रभित्र विज्ञापन नगर्न दिएको आदेशको विपरित हुने गरी गोर्खा ब्रुअरीले राखेको विज्ञापनको लागि महानगरपालिकाको शहरी पूर्वाधार विकास विभागका प्रमुख डा. उत्तर कुमार रेग्मीले गैरकानूनी रुपमा विज्ञापन राख्न पत्र पठाएको खुलासा भएको हो ।    सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीस कल्याण ... बाँकी अंश»

गगन थापाले बनाए १६ अस्पतालमा अध्यक्ष (नामावली सहित)

२०७३ माघ १० सोमबार, काठमाडौं। स्वास्थ्य मन्त्रालयले १६ अस्पताल विकास समितिमा पदाधिकारी मनोनित गरेको छ । मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये अघिल्लो निर्णयमा २९ वटामा मनोनित भएको थियो भने यो पटक थप १६ जना मनोनित भएका छन्। बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ। यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए।    स्वास्थ्यमन्त्री गगन थापाले शुक्रवारको मितिमा १६ अस्पतालमा पदाधिकारी नियुक्त गरेका हुन्। लामो समयदेखि पदाधिकारी ... बाँकी अंश»

शहीद सप्ताह सुरु, शहीदको सम्मान औपचारिकता मात्रै

२०७३ माघ १० सोमबार, काठमाडौँ ।  मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि सोमबारबाट शहीद सप्ताह मनाउन सुरु गरेको छ । यही माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ । यस वर्ष पनि महानगरपालिकाले चार शहीदलाई मृत ... बाँकी अंश»

भित्री मधेसका बाढीपीडित वर्षौंदेखि जङ्गलमा

२०७३ माघ १० सोमबार, डडेल्धुरा । डडेल्धुरा भित्री मधेस क्षेत्रका बाढीपीडित विस्थापित भएको वर्षांै बितिसक्दा पनि जङ्गलमा नै बसिरहेका छन् ।    बाढीले घर जमिन पूरै बगाएपछि ५९ घरपरिवारको पुनःस्थापना नहुँदा विगत आठ वर्षदेखि जङ्गलमा बास बसिरहेका छन् । सरकारले पुनःस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकैको जङ्गलमा आफूहरुले चिसोमा कष्टकर जीवन भोगिरहेको बाढीपीडितको दुखेसो रहेको छ ।    विसं २०६५ मा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका– ... बाँकी अंश»

टीकापुर घटना : दिउँसो प्रशासनलाई फकाए, प्रहरीलाई जलाउन राति पेट्रोल ओसारे.....

२०७३ माघ ९ आइतबार, काठमाडौं । संसद्को राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । प्रतिवेदन बुझाउने समय समेत सकिएको उपसमिति सदस्यले बताएका छन् । यद्यपि, प्रतिवेदन पुनर्लेखनको कुरा उठेपछि अन्योल थपिएको छ भने, दोषीलाई माफी दिन चलखेल बढेको बताइँदै छ । प्रतिवेदन बुझाउनेबारे उपसमिति सदस्यकै मत बाँझिएको छ । उपसमिति सदस्य एवं एमाले सांसद श्यामप्रसाद ढकालले आफुहरुले प्रतिवेदन तयार पारेर हस्ताक्षर गरी राज्य व ... बाँकी अंश»

नेपाली क्रिकेटको विकास: कर छुटको व्यवस्था गरे कसो होला ?

२०७३ माघ ९ आइतबार, काठमाडौं। पछिल्लो दशकमा नेपालको परिवेश हेर्ने हो भने राजनीति पछि सबैभन्दा चर्चामा रहेको क्षेत्र बनेको छ क्रिकेट। चाहे नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको सफलताबाट होस् या त नेपाल क्रिकेट स‌ंघ (क्यान)को विवादको कारणले नै किन नहोस्,  नेपाली क्रिकेटको चर्चा यत्रतत्र सर्वत्र हुने गरेको छ।    क्रिकेटको इतिहास नियाल्दा नेपालले सफलताको पहिलो ठुलो खुड्किलो टि-२० विश्वकपमा पाएको सफलताबाट टेकेको थियो । त्यतिबेला नै नेपाली क्रिकेटले नेपालको ... बाँकी अंश»

महान्यायाधिवक्ता श्रेष्ठ न्यायाधीश नियुक्ति विरोधी अान्दाेलनमा

२०७३ माघ ९ आइतबार, काठमाडौं । महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र ट्रेड युनियनले थालेको असहयोग आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा महान्यायाधिवक्ता श्रेष्ठले सरकारी वकिलहरुको आन्दोलनमा पूर्ण ऐक्यवद्धता एवं समर्थन रहेको बताए ।   श्रेष्ठले महान्यायाधिवक्ताको कार्यालय अन्र्तगतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबार देखि सर्वो ... बाँकी अंश»

वीपी प्रतिष्ठानमा विरामीले छतबाट हामफाले, कुरुवा भर्‍याङमा झुण्डिएकाे भेटिए

२०७३ माघ ९ आइतबार, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरले छट्पटाइरहेका एक बिरामीले छतबाट हाम फालेका छन् भने एक विरामी कुरुवा अस्पतालको भर्‍याङमा झुण्डिएको अवस्थामा भेटिएका  छन् । मोरङको सिजुवा–१ भर भएका गंगा भट्टराईले कुरुवा बसेका चार जना छोराहरुलाई झुक्याएर राति १ बजे पछाडि अस्पतालको छतबाट हाम फालेका प्रहरीले जनाएको छ । संगै कुरुवा बसेका छोराहरुले भने बिहान ३ बजे पछि मात्रै थाहा पाएका सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेलल ... बाँकी अंश»

चिसोले निमोनियाको सिकार बन्दै भूकम्पपीडित

२०७३ माघ ९ आइतबार, मेलम्ची। सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोले कष्टकर जीवन विताउन बाध्य हुनका साथै निमोनियाको सिकार बन्दै गइरहेका छन्।  विनाशकारी भूकम्प गएको २१ महिना बितिसक्दासमेत जिल्लाका अधिकांश पीडित टहरो, टेन्ट तथा चिसो जमिनमा दिनरात बिताइरहेका छन्।   टहरोको चिसो तथा शीत चुहिने छिँडीमा रात कटाउन भूकम्पपीडित बाध्य छन् जसका कारण चिसोले लाग्ने निमोनियाजस्ता विभिन्न रोगको सिकार बन्न विवश छन्। चिसोका कारण टिनको छानाबाट शीत चुहिएर आफू सुतेको ओछ्य ... बाँकी अंश»

नयाँ