समसामयिक

'पानी खान पाउने आशामा १० वर्ष अघि १५ हजार बुझार्इयो, न पानी पाइयो न पैसा'

२०७३ माघ २ आइतबार, काठमाडौं । खानेपानीको अभाव रहेकाहरुलाई खानेपानी उपलब्ध गराईदिने आशा देखाउने कोही व्यक्ति आउँछ भने विचरा गाउँलेहरुले उसलाई भगवान भन्दा सानो नसम्झोलान् । इनारको पानी खान बाध्य व्यक्तिहरुलाई धाराको पानीको आशा देखाएर कसैले त्यसैमा बेइमानी गर्छ भने त्यसलाई मानवीय संवेदनहीनताको पराकाष्ठाको अनुपम उदाहरण मान्न सकिन्छ । त्यस्तै मानवीय संवेदनहीनताको उदाहरण देखिएको छ इटहरीको बकलारीबासीका स्थानीयहरुमा ।   सामुदायिक सहयोग संगठन कोसानले गाविस ... बाँकी अंश»

१९औँ भूकम्प स्मृति दिवस मनाइँदैः पुनर्निर्माणलाई तीव्रता दिइने निधिको भनाइ

२०७३ माघ २ आइतबार, काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले १९ औं भूकम्प स्मृति दिवस’का अवसरमा यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताए ।    उनले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याए । का ... बाँकी अंश»

चिसो बढ्दो, काठमाडौंमा तुसारो, तराईमा शीतलहर

२०७३ माघ २ आइतबार, काठमाडौं । चिसो बढ्दै जाँदा जनजीवन अस्तव्यस्त बन्दै गएको छ । यो वर्ष काठमाडौंमा सबैभन्दा जाडो शनिबार भएको थियो । न्यूनतम तापक्रम उक्त दिन ०.४ डिग्री सेल्सियस रहेकामा आइतबार बिहानको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियस रहेको थियो ।    आइतबार बिहान सबैभन्दा कम जुम्लामा माइनस २.५ मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरामा ५.२, भैरहवामा ४, नेपालगञ्जमा ५.२, विराटनगरमा ३.७ तथा सिमरामा ४ डिग्री सेल्सियस रह्यो ।    काठमाडौंमा शुक्रबा ... बाँकी अंश»

भूकम्प सुरक्षा दिवसः एक वर्षअघि शिलान्यास गरिएका सम्पदा अलपत्र

२०७३ माघ १ शनिबार, काठमाडौँ। सरकारले आइतबार १९ औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरे पनि गत वर्ष १८औँ भूकम्प सुरक्षा दिवसका दिन सुरु गरिएको दुई सम्पदाको पुनःनिर्माण भने अलपत्र छ । ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ आज १९औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो ।  विसं २०७२ वैशाख १२ गते शनिबार ११ : ५६ बजे गोरखाको बारपाक क ... बाँकी अंश»

ऊर्जा सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री अवुधावी प्रस्थान

२०७३ माघ १ शनिबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन् ।    युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन्  ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षम ... बाँकी अंश»

'संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल'

२०७३ माघ १ शनिबार, स्याङ्जा। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल भएको आरोप लगाएका छन् । ९० प्रतिशत नागरिकको सहभागितामा निर्माण भएको संविधान कार्यन्वयन नगर्दै संविधान संशोधन प्रस्ताव आउनु दुखद भएको रावलको भनाई थियो । नेपाल बुद्धिजिवि परिषद स्याङ्जाले आयोजना गरेको संविधान कार्यन्वयनका लागि जनपरिचालन अभियान कार्यक्रमको उदघाटन गर्दै एमाले उपाध्यक्ष रावलले विदेशी शक्तिहरुको इसारामा आएको संविधान संशोधन प ... बाँकी अंश»

जेठको दोस्रो साता स्थानीय निकायको निर्वाचन : मन्त्री केसी

२०७३ माघ १ शनिबार, विराटनगर । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आगामी जेठको  दोश्रो साता स्थानीय निकायको निर्वाचन गराउने तयारीमा सरकार लागेको वताएका छन् । विराटनगरमा शनिबार संचारकर्मीसँग कुुरागर्दै मन्त्री केसीले माघको दोश्रोसातामा सरकारले निर्वाचनको मिति घोषणा गर्ने  वताए ।   उनले  स्थानीय तह होस वा स्थानीय निकायको निर्वाचन जेठको दोश्रो साता भित्र भएरै छाड्ने वताए । उनले २०७४ साल माघसम्म तीनै तहको निर्वाचन नभए संवैधानिक जटिलता आउने भएकाले पनि   ... बाँकी अंश»

साढे ४ करोड बराबरको अवैध विदेशी मुद्रासहित तीन चिनियाँ पक्राउ

२०७३ माघ १ शनिबार, काठमाडौँ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले  ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ गरेको छ । प्रहरीले करिब  ४ करोड ५० लाख बराबरको अवैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिकलाई शनिबार बिहान पक्राउ गरेको हो । उनिहरु  स्कारपियो गाडीबाट  ठमेल हुदै नागढुङ्गा जादै  गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई महिला र एक पुरुष चिनियाँ रहेको प्रहरीले जनाएको छ ।    महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर ... बाँकी अंश»

धुर्मुस सुन्तली पछि बस्ती निर्माणका विषयमा मह जोडीको अपिल

२०७३ माघ १ शनिबार, बर्दिबास  । हास्यकलाकार महजोडि (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले धुर्मुस–सुन्तलीले हास्यकलाकारिता क्षेत्रलाई उज्यालाएका बताएका छन् । शनिबार धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती स्थल पुगेका मह जोडीले स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुस र सुन्तलीले थालेका देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायकको रहेको भन्दै सबैलाई यसमा सहयोगको लागि अपिल गरेका छन् ।  ... बाँकी अंश»

जिप दुर्घटनामा परी ८ जना गम्भीर घाईते

२०७३ माघ १ शनिबार, पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम २ स्थित लालीखर्कमा शनिबार विहान भएको जिप दुर्घटनामा ८ जना गम्भीर घाईते भएका छन् ।   घाइते हुनेहरुमा सवारी चालक ताप्लेजुङ नाङखोलिङका देवान दोर्जे,मोरङ भाउन्ने ४ का तिन जना दाजुभाईहरु प्रेम खड्का, जिवन खड्का, र चुवान खड्का,पाँचथर याङनाम १ का रुद्र लोवा, ताप्लेजुङ लेलेपका रोशन लिम्वू, ताप्लेजुङ लिवाङ ८ का नैन कार्की, तेह्रथुम सोल्माका सरोज खनाल रहेका छन् ।   घाइते मध्ये सवारी चालक दोर्जे र ताप्लेजु ... बाँकी अंश»

सुदूरपश्चिममा बल्ल जुट्दै तिहारको माहोल, शनिबार काग तिहार

२०७३ माघ १ शनिबार, बैतडी । सुन्दै पनि अचम्म लाग्नसक्छ कात्तिकमा मनाउनु पर्ने तिहार सुदूरपश्चिमेलीहरुले भने शनिबार धुमधामका साथ मनाउने गरेका छन् । यसैको प्रचलन अनुरुप शनिबार उक्त भेगका विभिन्न स्थानहरुमा काग तिहार मनाइँदैछ । यमपञ्चकको पहिलो दिन काग तिहार मनाईएपनि यहाँको काग तिहार मनाउने शैली भने अलिक भिन्न हुने गरेको छ । स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । ‘नर’ भनेको मानिस र ‘हरि’ भनेको भगवानमा लीन हुनु अथवा उपासना ग ... बाँकी अंश»

बारले भन्याे-मध्यरातमा ३ जनाले गरेको निर्णय हठात (विज्ञप्तिसहित)

२०७३ पौष २९ शुक्रबार, काठमाडौं । नेपाल बार एशोसिएशनले उच्च अदालतका लागि न्याय परिषद्ले गरेको ८० न्यायाधीश नियुक्ति सिफारिसको निर्णयलाई हठात मानसिकताको उपज भनेको छ । शुक्रबार दिउँसो बसेको बार एशोसिएशनको पूर्ण बैठकले न्याय परिषदका दुई सदस्य अनुपस्थितिमा परिषद्ले गरेको निर्णयले नेपाल बार र सम्वपूर्ण सदस्यहरु मर्माहत भएको निष्कर्ष निकालेको छ । बैठकपछि जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘न्याय परिषद्बाट पुस २८ गते मध्यरातमा हठात मानसिकताबाट भएको उचच अदालतको न्यायाधी ... बाँकी अंश»

न्याय परिषद्कै सदस्यलाई बाहिर धपाएर अँध्याराेमा निर्णय गरियाे : डीएलए

२०७३ पौष २९ शुक्रबार, काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा नियुक्तिका लागि ८० न्यायाधीश सिफारिसको निर्णय विवादमा तानिएको छ । कानुनव्यसायीहरुको छाता संगठन र पेशागत संगठनलाई मात्र नभई न्यायपरिषद्कै सदस्यलाई वेवास्ता गरी एकलौटी ढंगले छापामार शैलीमा सिफारिस गरिएको भन्दै न्याय परिषद् निर्णयको चौतर्फी विरोध भएको हो । प्रजातन्त्रवादी कानुनव्यसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशन डीएलएले न्याय परिषद्को इतिहासकै सबै भन्दा विवादित निर्णय भएको भन्दै आपत्ति जन ... बाँकी अंश»

सत्ताधारी काँग्रेसलाई नै गाउँपालिका, नगरपालिको प्रतिवेदन चित्त बुझेन

२०७३ पौष २९ शुक्रबार, काठमाडौँ । सत्ताधारी नेपाली काँग्रेसले नै गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन चित्त नबुझेको बताएको छ । व्यवस्थापिका–संसद्को शुक्रबार बसेको बैठकमै काँग्रेस सांसद दीपकप्रसाद कुइँकेलले आयोगको प्रतिवेदन पुनरावलोकन गर्नु पर्ने माग गरेका हुन् । सांसद कुइँकेलले स्थानीय निर्वाचन यथाशीघ्र गराउने व्यवस्था हुनुपर्नेमा भने जोड दिए । काँग्रेस नेताहरुले केही समय अघि देखि पुरा ... बाँकी अंश»

विवादबीच उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस, नामावलीसहित

२०७३ पौष २९ शुक्रबार, काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले जानकारी दिए ।    सिफारिस भएका न्यायाधीशहरुमा सहसचिव र विशिष्ट श्रेणी (कानुन, न्याय, सरकारी वकिल)० का १६, जिल्ला न्यायाधीशबाट ३७ र नेपाल बार एसोसिएसनबाट २७ जना छन् ।    सिफारिस भएका न्यायाधीशमा न्याय सेवाका विशिष्ट कर्मचा ... बाँकी अंश»

बर्दिवासका खुसी, सकरीका मुसहर भने उठिबास हुने चिन्तामा

२०७३ पौष २९ शुक्रबार, बर्दिवास । महोत्तरीको बर्दिवासका मुसहर नमुना बस्ती निर्माण हुँदै गरेको खुसियालीमा छन् भने छिमेकी भङ्गाहा–५ सकरीका मुसहर भने पुस्तौनी बस्तीबाट उठिबास हुने चिन्तामा छन् । बर्दिवासमा हास्यकलाकार धुर्मुस–सुन्तलीले मुसहरका लागि नमुना बस्ती बनाउँदैछन् ।    लोहारपट्टीका जिम्दार (तत्कालीन जग्गाधनीलाई गरिने सम्बोधन) रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा (खेती गरिने ठाउँ) मा कृषि कामदारका लागि मुसहरको बस्ती बसाएका थिए । अहिले साहका सन ... बाँकी अंश»

मोर्चा घटकलाई बालुवाटार निम्तो, प्रचण्डलाई र्‍याख र्‍याख पार्ने मोर्चा नेताको तयारी

२०७३ पौष २८ बिहिबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सबै घटकलाई छलफलका लागि बोलाएका छन् । आफुहरुका माग अनुसार संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने अडान लिइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई प्रधानमन्त्री दाहालले शुक्रबार बिहान् छलफलका लागि बालुवाटार बोलाएका हुन् । एमालेसहित ९ दलको होहल्ला बीच सरकारले संविधान संशोधन विधेयक टेबल गरेपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर ... बाँकी अंश»

माओवादी नेताकाे भाषणले महोत्सव विथोलियो, ढुंगामुढा पछि ऊर्जामन्त्री नबाेली फर्किए

२०७३ पौष २८ बिहिबार, अर्घाखाँची । सत्ताधारी माओवादीका केन्द्रीय नेताले आपत्तिजनक भाषण गरेको भन्दै सन्धीखर्कमा विहीबार उद्घाटन भएको महोत्सव विथोलिएको छ । महोत्सवका दर्शकले उद्घाटन गर्न पुगेका ऊर्जामन्त्री जनार्दन शर्माको टोलीलाई लक्षित गर्दै ढुंगा प्रहार गरेर कार्यक्रम विथोलेका हुन् । आक्रोशित भिडले मञ्चमा ढुंगा प्रहार गरेपछि कडा सुरक्षाबीच मन्त्री शर्माको टोलीलाई हेलिकोप्टरमा काठमाडौं पठाइएको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस् ... बाँकी अंश»

सरकारले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस कुदाउने

२०७३ पौष २८ बिहिबार, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनको तयारी द्रुत गतिमा अघि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको बताए । मन्त्री पाण्डेले अ ... बाँकी अंश»

गर्भवती खोज्न गाउँ चाहार्दा.....

२०७३ पौष २८ बिहिबार,  नुवाकोट । गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ? अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला । तर, चतुराले स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैले सुत्केरी गराएको स्थान र सुत्केरी महिलाले लगाएका लुगासमेत धोइ समाजलाई परिवर्तन गर्ने प्रयास गरेका छन् । “मेरो पहिलो काम स्वास्थ्य चौकीमा सुरक्षित रुपमा प्रसूति से ... बाँकी अंश»

नयाँ