समसामयिक

गणतन्त्रको पक्षमा काँग्रेसमा क कस्को कुरा मिल्दैछ? को छन चुपचाप?

२०७२ चैत ८ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन अगाडीबाट शुरु भएको २०६२/०६३को आन्दोलनका उपलव्धि माथि पूनर्विचार गर्ने वहशमाथि काँग्रेसभित्र प्रतिवाद हुन थालको छ। गणतन्त्रका लागि सडकमा ओर्लिएको जनमतको नेतृत्व गर्नेहरु अहिले सघन रुपमा आफ्ना विचारलाई लिएर कार्यकर्ता र जनतासमक्ष जान लागेका छन्। काँग्रेस महाधिवेशनमै पनि २०६२/०६३को आन्दोलनका उपलव्धि माथि पूनर्विचार गर्ने वहश छेड्नेहरुमाथि नेताहरु कृष्ण सिटौला र गगन थापा कडा रुपमा प्रस्तुत भएका थिए। पछि ... बाँकी अंश»

न्यायसेवाका कर्मचारीमाथि नै अन्याय ! काम ठप्प पार्नेगरि आन्दोलित

२०७२ चैत ८ सोमबार, काठमाडौं। न्यायसेवाका कर्मचारीहरु आफूहरुमाथि अन्याय भएको भन्दै आन्दोलित भएका छन्। उनीहरुले आफूहरुमाथि विभेदकारी नीति लिएको भन्दै सरकारी निर्णयको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। सर्वोच्च अदालत अन्तर्गतका सबै अदालत, महान्याधिवक्ताको कार्यालय र सरकारी वकिलको कार्यालय अन्तर्गतका सबै कर्मचारीहरु यतिखेर आन्दोलनमा छन्। सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालय अन्तर्गत क्रियाशिल ५ वटा ट्रेड युनियन आन्दोलित रहेको नेपाल निजामती कर ... बाँकी अंश»

शेरबहादुरले भने, ‘ओली सरकारमा सहभागि हुन्न, राष्ट्रिय सहमतिको सरकारमा पछी हट्दैन’

२०७२ चैत ७ आइतबार, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेस सामेल हुन सक्ने बताएका छन् । सभापति देउवाले राष्ट्रिय सहमतिको सरकारका लागि पहल भए वर्तमान सरकारमै सहभागि हुन सक्ने जनाउ भने दिएका छन् ।  पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको छैटाैँ स्मृति दिवसका अवसरमा राजधानमीमा भएको कार्यक्रममा देउवाले गिरिजाबाबुको एकता सुत्रलाई बिर्सन नहुने भन्दै राष्ट्रिय सहमतिका लागि सवै दल एकजुट हुनु पर्ने धारणा राखे ।&n ... बाँकी अंश»

‘होलीमा अवाञ्छित कार्य गर्नेलाई १० हजार जरिवाना, १ वर्ष कैद’

२०७२ चैत ७ आइतबार, काठमाडौं । रंगहरुको पर्व तथा मेलमिलापको पर्व होलीमा हुने अवाञ्छित कृयाकलापलाई मध्य नजर गर्दै काठमाडौं उपत्यकाका तीनै प्रहरी कार्यालयहरुले ‘विशेष सुरक्षा अभियान’ सुरु गरेका छन् । पहाड र तराईमा छुट्टा–छुट्टै दिन मनाईने होलीको दुई दिन अगावै प्रहरीले कडाई सुरु गरेको हो । पहाडमा होली ९ गते मंगलबार परेको छ । भोली पल्ट तराईमा मनाउने चलन छ ।    होलीलाई मर्यादित र मेलमिलापको पर्व बनाउन आग्रह गर्दै उपत्यकाका तीन बटै प्रहरी प्रमुखहरुले संयुक्त प ... बाँकी अंश»

‘निजगढ विमानस्थल निर्माण महंगोमा विदेशीलाई नदेउ, आफ्नै लगानीमा बनाउ’

२०७२ चैत ७ आइतबार, काठमाडौं । बाराको निजगढ विमानस्थल र काठमाडौं–तराई फास्ट ट्रयाक आफ्नै लगानीमा बनाउन व्यवस्थापिका संसदको अर्थ समितिले सरकारलाई निर्देश गरेको छ । आइतबार बसेको समिति बैठकले बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं–तराई फास्ट ट्रयाक स्वदेशी लगानीमै निर्माण गर्न सरकारलाई निर्देश गरेको हो ।    बहु चर्चामा रहेका दुई ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विदेशी कम्पनीले गरिसकेका छन् । दु्रतमार्गको डीपीआर भारतीय कम् ... बाँकी अंश»

के गर्दैछन् बेलायती राजकुमार ह्यारी काठमाडौमा

२०७२ चैत ७ आइतबार, काठमाडौ ।  बेलायती राजकुमार ह्यारी काठमाडौ ओर्लेपछि उच्चस्तरीय भेटघाट र अवलोकन भ्रमणमा रहेका छन् । भ्रमणको दोस्रो दिन  आइतबार राष्ट्रपति बिध्यादवी भण्डारीलाई भेटेपछि ह्यारी बिहानैदेखि घुमघाममा निस्केका छन् । उनी पहिले पाटन दरबार स्कवायर पुगे । नेवारी पहिरनमा सजिएका महिलाले ह्यारीलाई पुष्प गुच्छा र मालासहित स्वागत गरे। पाटन दरबार क्षेत्र ह्यारीले चाख मानेर अवलोकन गरे।   पाटन दरबार स्क्वायरमा ढुंगाका मूर्ति र कलाकृति कुँदिएका दृश्यल ... बाँकी अंश»

बाबुराम भट्टराईले भने, ‘प्रमको भ्रमण शैली अशोभनीय’

२०७२ चैत ७ आइतबार, काठमाडौं । ८८ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै आठ दिने चीन भ्रमणमा निस्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले भ्रमण सफलताको शुभकामना दिएका छन् । भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत भ्रमण सफलताको शुभकामना दिएका हुन् ।    यद्यपि, पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले ओलीको भ्रमण सदस्य र विमान चार्टरबारे कटाक्ष गर्दै भ्रमण प्रस्थान शैली ज्यादतीपूर्ण र अशोभनीय भनेका छन् ।  भट्टराईल ... बाँकी अंश»

‘मज्दुरका नेता गिरिजाबाबुलाई कांग्रेसले बिर्सन हुँदैन’

२०७२ चैत ७ आइतबार, विराटनगर ।  कांग्रेस केन्द्रीय सदस्य नेतृ सुजाता कोइरालाले मजदुहरुको हकहित स्थापित गर्न कांग्रेस प्रतिवद्ध भएर लाग्नुपर्ने बताएकी छन् । जीपी फाउण्डेशन विराटनगरले विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको ट्रेड युनियन पुरस्कार वितरण समारोहमा नेतृ कोइरालाले यस्तो बताएकी हुन् ।    पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयं मजदुर नेता रहेको र नेपाली काँग्रेसलाई मजदुरहरुले कांग्रेसको उदयदेखि नै साथ दिँदै आएकाले उनीहरुको हकहितक ... बाँकी अंश»

जम्बो टोली बोक्दै प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान

२०७२ चैत ७ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आठ दिने औपचारिक चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ८ दिने चीन भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीसंग ८८ सदस्यीय जम्बो टोली सहभागि छ । आइतबार बिहान हिमालयन एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गरे ।    भ्रमण टोलीमा ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज् ... बाँकी अंश»

युगपुरुषलाई ६ बर्षमै भुल्यो काँग्रेसले

२०७२ चैत ७ आइतबार, काठमाडौं । नेपाली कांग्रेसका पुर्वसभापति एवम् लोकतन्त्रीक आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालाको निधन भएको आज ६ वर्ष पुरा नहुदै काँग्रेसले उनलाई भुलेको छ ।    आज उनको छैठौं स्मृति दिवस भएपनि काँग्रेसले कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरेको छैन । उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।    उनीसंग संवन्धीत र काँग्रेससंग संवन्धीत तथा काँग्रेसका सुवेच्छुकहरुले विभिन्न संघ संस्था वा संगठनका नामबाट केही क ... बाँकी अंश»

अमरेश सिंह भन्छन, ' प्रधानमन्त्री ओलीको चीन भ्रमण भारतको झै असफल हुन्छ '

२०७२ चैत ६ शनिबार, काठमाडौं। नेपाली राजनीतिको सदावहार चर्चामा रहने पात्र अमशेर सिंह फेरि एकपटक चर्चामा छन्। आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहने सिंहले काँग्रेस महाधिवेशनमा डिजाइन अनुसारकै परिणाम आएको हाम्राकुरालाई बताएका थिए। परराष्ट्र सम्वन्धका अध्ययेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण कुनै पनि हिसावले सफल नहुने दावी गरेका छन्। सिंहसँगको कुराकानीको पहिलो खण्डमा नेपाली काँग्रेसको महाधिवेशनको विषयमा बढी केन्द्रीत भएर कुराकानी गरेका थियौ। द ... बाँकी अंश»

राजकुमार ह्यारीको बर्दिया भ्रमणः यस्तो छ तालिका

२०७२ चैत ६ शनिबार, बर्दिया। नेपाल वेलायत कुटनितिक सम्वन्ध स्थापनाको दुई सय वर्ष पुरा भएको अवसरमा आपसी सम्वन्ध सुदृढ पार्न शनिवार दिउँसो काठमांडौ आईपुगेका वेलायती राजकुमार हेनरी चाल्र्स अलवर्ट (ह्यारी) सोमवार बर्दियाको पर्यटकिय क्षेत्रको भ्रमण गर्ने भएका छन् ।   बेलायती महारानीको प्रतिनिधिको रुपमा ५ दिने औपचारिक भ्रमणमा नेपाल आएका ह्यारीको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन भ्रमणको तालिका वेलायती राजदुतावासबाट तय भएको हो ।   सोमवार विहान १० बज ... बाँकी अंश»

प्रम ओली र राजकुमार ह्यारीबीच शिष्टाचार भेट

२०७२ चैत ६ शनिबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ बीच आज साँझ शिष्टाचार भेट भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भएको २० मिनेट लामो सो भेटमा दुई देशबीच दुई शताब्दी लामो सम्बन्ध र मित्रताबारेमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।   भेटका अवसरमा राजकुमार ह्यारीले नेपालको वन्यजन्तु, वातावरणको संरक्षण, हिमाल र नेपाली जनताको सेवाका बारेमा चर्चा गर ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको चीन भ्रमण : कार्यक्रम सार्वजनिक

२०७२ चैत ६ शनिबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनको राज्यपरिषद्का प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा यही चैत ७ देखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै छन्। प्रधानमन्त्रीका साथ  धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभि ... बाँकी अंश»

त्रिभुवन विश्वविद्यालयमा यसरी हुँदै छ भागबण्डाको नियुक्ति ?

२०७२ चैत ६ शनिबार, काठमाडौं। त्रिभुवन विश्वविद्यालयबाट वर्षेनी २ हजार बढी दिक्षीत हुने गर्दछन् । यद्यपि, त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्षेत्र र गुणस्तर जति फराकिलो हुनु पर्ने हो त्यसो हुन सकेको छैन। त्रिवि शिक्षा व्यवस्थामा मौलाउँदो राजनीतिकरणले त्रिविको उत्पादन गुणस्तर विग्रदै गएपछि शैक्षिक प्रमाणपत्रको रस समेत हराउन थालेको छ ।   शैक्षिक गुणस्तर खस्किएकोबारे राज्य बेखबर छ । राज्य अस्थिरताको फाइदा उठाउनेहरु निकै सक्रिय छन् । राजनीतिक दाउपेचमा त्रिभु ... बाँकी अंश»

जसलाई जिताए, उनैले हराए गगनलाई

२०७२ चैत ६ शनिबार, काठमाडौं । नेपाली काँग्रेसको १३औं महधिवेशन सकिएको केहीदिन वित्दै जादाँ निर्वाचनका लागि भएका अनेक चालवाजीहरुको खुलासा हुन थालेका छन् । कस्ले कस्लाई के आस्वासन दिएका थिए ? आन्तरिक गोप्य संझौताहरु के के भएका थिए, आर्थिक तथा गैरराजनितिक चलखेलहरु के कस्ता भएका थिए भन्ने तथ्यहरु पनि विस्तारै सार्वजनिक हुदै गएका छन् । यस्तै मध्ये महामन्त्रीका चर्चित उम्मेदवार गगन थापालाई हराउने संवन्धी तथ्यहरु पनि पत्ता लाग्न थालेका छन् ।    १२औं महधिवेशनको नतिज ... बाँकी अंश»

कानुनको त्रास : ओलीलाई मनाउन प्रचण्ड देखि हीसिला सम्मका माओवादी नेता सिंहदरबार

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । माओवादी विचारधारका सबै पार्टीका शीर्ष नेताले प्रधानमन्त्री ओलीलाई भेटेर युद्ध कालका युद्ध सम्बन्धित सबै मुद्दा सत्यनिरुपण आयोगबाटै जानुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । अदातलका केही निर्णयले तर्सिएका माओवादी नेताहरु प्रधानमन्त्री कार्यालय सिंह दरबारमा पुगेर त्यसो नगर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न एमाओवादी अध्यक्ष्ँ पुष्पकमल दाहाल, उपाध्यक्ष नारायनकाजी श्रेष्ठ, अग्नी सापकोटा, क्रान्तिकारी माओवादी अध्यक्ष मोह ... बाँकी अंश»

कांग्रेसको नयाँ केन्द्रीय समितिको पहिलो बैठकमा के–के भयो निर्णय ?

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्य समितिको पहिलो बैठकले ६ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकले महाधिवेशन सम्मन्न भएको धन्यवाद प्रस्ताव, पार्टीको संसदीय दलको नेता छान्न निर्वाचन, भ्रातृसंगठनको निर्वाचन, भूकम्पपछीको पुनःनिर्माण,  देशमा रहेका विभिन्न अभाव र संविधान कार्यान्वयनको पहलका विषयमा छलफलगरी निर्णय गरेको हो ।  निर्णयको पूर्णपाठ    केन्द्रीय कार्यस ... बाँकी अंश»

कांग्रेस बरियता : एक नम्बरमा शेरबहादुर, १३ नम्बरमा खुमबहादुर (सूचीसहित)

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पहिलो बैठकले पार्टीको पदीय संरचनाको बरियता सार्वजनिक गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकले बरियताक्रम सार्वजनिक गरेको हो । बरियता अनुसार पार्टी सभापति शेरबहादुर देउवापछि दोस्रोमा रामचन्द्र पौडेललाई बरिष्ठ नेता बनाइएको छ ।    तेस्रो बरियताको उप–सभापतिको टुंगो लागिसकेको छैन । चौथोमा निर्वाचित महामन्त्री डा. सशांक कोइराला तथा पाँचौ नम्बरम ... बाँकी अंश»

कांग्रेस संसदीय दलको निर्वाचन चैत भित्रै, भ्रातृ संगठनको निर्वाचनलाई ६ महिना

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चैतभित्रै संसदीय दलको निर्वाचन र ६ महिना भित्र भ्रातृसंगठनको निर्वाचन गर्ने निर्णय गरेको छ । केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । रमेश रिजालको नेतृत्वमा गठनभएको निर्वाचन समितिमा गुरुराज घिमिरे र सुरेन्द्र पाण्डे सदस्य छन् ।   निर्वाचनको मिति भने समितिले नै चयन गर्ने बैठकपछी प्रकाशरण महतले जानकार ... बाँकी अंश»

नयाँ