समसामयिक

नयाँ सरकारको समीकरणका लागि काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७३ असार २९ बुधबार, काठमाडौं । नयाँ सरकार गठनका विषयमा छलफल गर्न अहिले नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा बस्दै गरेको बैठकमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिएपछि नयाँ सरकारको समीकरण कसरी तयार पार्ने भन्ने विषयमा निक्र्यौल गर्नेछ । संसदको सबैभन्दा ठूलो दल भएका नाताले पनि काँग्रेसको अबको भूमिका महत्वपूर्ण हुन्छ ।    बैठकमा माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने वा आफ्नै नेतृत्वमा ... बाँकी अंश»

माओवादीले समर्थन फिर्ता गर्नु दुर्भाग्यपूर्ण –एमाले

२०७३ असार २८ मंगलबार, काठमाडौँ । नेकपा एमालेले नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने भनी गरेको निर्णय देशका लागि दुर्भाग्य भएको ठहर गरेको छ ।    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटीको ४० औँ विशेष बैठकले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन् ... बाँकी अंश»

माओवादी के गर्ला? सरकार गठनबारेको निर्क्योल कांग्रेसले बैठकपछि गर्ने

२०७३ असार २८ मंगलबार, काठमाडौं । ओली सरकारबाट बाहिरिएको माओवादी केन्द्र र कांग्रेसबीच अझै सहमतिय सरकारमा जाने वा बहुमतीय सरकार गठन गर्ने भन्ने विषयमा सहमति नभएको बताइएको छ । माओवादी केन्द्रका नेताहरुले कांग्रेससंग ७ बुँदे लिखित सहमति भएपछि मात्रै सरकार छोडेका भनिरहेका बेला कांग्रेस नेताहरुले त्यस्तो कुनै सहमति नभएको बताएका छन् ।    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट मानिने केन्द्रीय सदस्य बालकृष्ण खाँणले ओली सरकारबाट बारिएरपछि मात्रै सरकारबार ... बाँकी अंश»

ओलीले सरासर राजीनामा नदिई हर कुनै परिस्थितिको सामना गर्ने

२०७३ असार २८ मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरासर राजीनामा नगर्ने अडान लिएका छन् । माओवादी बाहेकका सत्तारुढ दलहरुको बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफु जस्तो सुकै परिस्थिति सामना गर्ने तर राजीनामा नदिने अडान राखेका हुन् ।    अन्य सत्ता घटकहरुले समेत जुन सुकै हालतमा सरकार छाड्न नहुनेमा जोड दिएका छन् ।  उनीहरुले संसदीय प्रक्रियामा जाने निर्णय गरेका छन् ।  उपप्रधान तथा समाजकल्याण मन्त्री सीपी मैनालीले बैठकपछि भने, ‘यो प्रधान ... बाँकी अंश»

‘ओलीले तेस्रो बाटो लिनु भो भने प्रचण्डले थेग्न सक्नु होला र !’

२०७३ असार २८ मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरासर राजीनामा दिने वा संसदको सामना गर्नेबारे निर्णय लिँदै छन् । ओली निकट स्रोतले संसदको सामना गर्ने बताइरहँदा सरकार बाहिर रहेका दलहरुले ओलीले तेस्रो बाटो चाल्न सक्ने संकेत गरेका छन् ।    संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकार ढालिहाल्छ भन्ने बेला भइनसकेको बताएका छन् । उनले भने, ‘अहिले नै प्रचण्डले सरकार बनाउन सक्लान् भन्नु भन्दा पनि ओलील ... बाँकी अंश»

गठबन्धन र मोर्चाले नयाँ सरकारलाई समर्थन गर्ने

२०७३ असार २८ मंगलबार, काठमाडौं । केपी ओली सरकारबाट आजित संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अब बन्ने सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने भएका छन् । सरकार फेर्नेसंग सरोकार होइन । हामी आफ्ना मुद्दा स्थापित नभए सम्म सरकारका बारेमा सोच्दैनौं, तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले हाम्राकुरासंग भने, ‘माग सम्बोधन नभई अर्को विकल्पमा जाँदैनौं ।’ यद्यपि, यो सरकार ढलिहाले अबको सरकारलाई स्वतः समर्थन हुने जनाउ उनले दिएका छन् ।  ... बाँकी अंश»

अब केपी ओलीका विकल्प

२०७३ असार २८ मंगलबार, काठमाडौं। एमाले नेतृत्वको गठबन्धन सरकारबाट मुख्य घटक माओवादी केन्द्र बाहिरिएपछि प्रधानमन्त्री केपी ओली अल्पमतमा परेका छन् । ओलीसँग अब व्यवस्थापिका संसदमा मात्र २ सय ५३ मत छ । उनको विपक्षमा ३ सय ४२ मत छ । अब ओली सामु तीन विकल्प रहेका छन् ।  विकल्प नंम्वर १ राजीनामा  माओवादी केन्द्र आधिकारीक रुपमा बाहिरिएपछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्। यो अवस्थामा उनको सामु राजीनामा गर्नुको विकल्प छैन। पहिलो संविधानसभाका बेला तत्कालिन एमाओवादीका ... बाँकी अंश»

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस खुल्ला

२०७३ असार २८ मंगलबार, काठमाडौं । माओवादी केन्द्र सरकारबाट बाहिरिएसंगै कांग्रेसले पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुने बाटो खुल्ला राखेको छ । यद्यपि, माओवादी केन्द्रले कांग्रेस लिखित सहमती जनाउन तयार रहेको बताए पनि त्यस्तो कुनै निर्णय भने नभएको बताइएको छ ।   कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता प्रकाश शरण महतले नेकपा माओवादी केन्द्रलाई समर्थन हुन सक्ने जनाउँ दिँदै आफुहरुलाई पनि सघाउन सक्ने गरी बाटो खुला छ –भने । दुवैबीच आवसी सझदारी आवश्यक रहेको महतको भना ... बाँकी अंश»

ओलीले राजीनामा दिने : कांग्रेस, माओवादी, राप्रपा नेपाल लगायतको गठबन्धन बन्ने

२०७३ असार २८ मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने भएका छन् । प्रमुख सत्ता घटक माओवादी केन्द्र बाहिरिएसंगै सत्ता साझेदार अन्य दलहरु समेत बाहिरिने भएकाले राजीनामा दिनु पर्ने अवस्था आएको हो ।    एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले हाम्राकुरासँग भने, ‘हामी साँझ ६ बजे स्थायी कमिटी बैठक बस्दै छौं । अहिले सम्म कुनै निर्णय भएको छैन ।’ राजीनामा गर्नुको विकल्प छैन ।  उनले थपे, ‘मैले सुनेको छु नेपाली कांग्रेस, नेकपा मा ... बाँकी अंश»

एमाले-माओवादी गठबन्धन टुट्यो, सरकार छोड्दै माओवादी

२०७३ असार २८ मंगलबार, काठमाडौं। नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।  आइतबार बसेको बैठकले माओवादी अध्यक्ष प्रचण्डलाई सहमतीय सरकारको पहल पर्न जिम्मेबारी दिएको थियो। त्यस लगत्तै अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओलीलाई छुट्टा छुट्टै भेटेका थिए।   नेकपा माओवादी केन्द्रका नेता राम नारायण विडारीले पनि समर्थन फिर्ता लिएको बताए । यसको जानकारी केही बेरमा गराइने बताए। ... बाँकी अंश»

कांग्रेसले तत्काल सहयोग नगर्ने भनेपछि मुख तीत्याउँदै निस्किए दाहाल

२०७३ असार २७ सोमबार, काठमाडौं । सरकार परिवर्तनको दौडमा रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले तत्काल कांग्रेसको साथ नपाउने भएका छन् । दाहाल सोमबार प्रधानन्यायाधीशको सपथ समारोहमा सहभागि भएपछि कांग्रेस संसदीय दलको कार्याल सिंहदरबार पुगेर परामर्श गर्दा कांग्रेसले सहयोग गर्ने छाँट नदेखेपछि मुख तीत्याउँदै बाहिरिए ।   अध्यक्ष दाहालले प्रधानमन्त्री बन्न सहयोग मागेपनि कांग्रेसले अस्वीकार गरेको हो । सिंहदरबारमा दुई दलका नेताहरुबीच छलफल भएको दाहाल पुत्र प ... बाँकी अंश»

चोभारको फनपार्कमा तीन दिनमा तीन दूर्घटना..

२०७३ असार २७ सोमबार, काठमाडौं। झापा स्थाई घर भएका दृष्टान्त भण्डारी परीक्षाको ठीक एक साता अगाडि फनपार्कमा रमाइलो गर्नको लागि आईतबार मध्यान्ह तिर परिवारको साथमा चोभार पुगे। बालापनको रमाइलोको आनन्दको लागि सबैले नयाँ र अन्तराष्ट्रिय स्तरको भनेको सुनेर उनैको रोजाईमा सपरिवार चोभार गएको थियो। तर दूर्घटना भएर परीक्षाको मुखमा अस्पतालको शैयामा बस्नुपर्छ भन्ने थाहा भएको भए न त उनले नै उक्त स्थानलाई रोजाईमा पार्थे होला न त उनको परिवार नै उनलाई लिएर त्यहाँ पुग्थे।    तर ... बाँकी अंश»

सांसदको सडकले बस्तीमा पहिरो, बस्ती नसारे प्रसासनमा आएर आत्महत्या गर्ने

२०७३ असार २७ सोमबार, शैलेन्द्र रोकाया। बझाङ। जिल्लालाई यातायात संजालमा जोड्ने भन्दै डोजर लगाएर खन्न सुरु गरिएको जडारीगाड कोइरालकोट सडकबाट पहिरो बगेर घरहरु भत्कन थाले पछि मालुमेला गाबिस ८ आम बगरका २५ परिबारको बिचल्ली भएपछि बस्ती सुरक्षीत स्थानमा बस्ती सार्न स्थानियहरुले माग गरेका छन्। शुक्रबार उनिहरुले जिल्ला प्रसासन कार्यालयमा एक ज्ञापन पत्र बुझाउदै मालुमेला गाबिसको भुवा र आम बगर गाँउमा पहिरोले घरहरु भत्केर बस्न नसक्ने स्थिती भएको भन्दै गाँउलेहरुले बस्ती सार्न ... बाँकी अंश»

रोल्पा विद्रोही होइन, ‘यहाँ त सुन फल्छ’

२०७३ असार २७ सोमबार, रोल्पा । “रोल्पाको माटोमा सुन फल्छ तर हामी नुन सम्म आर्जिने प्रयास गर्दैनौं, यसको कारण हो हामीले यहाँको माटो चिन्न सकिरहेका छैनौं” मिझिङ ७ सुलिचौर रोल्पाका खरिलाल घर्तीमगरले भने  ।   “जव सम्म हामी विदेशी भूमिमा रगत पसिना बगाउन छोड्दैनौं तब सम्म यो माटो बाँझो नै रहन्छ” । करिव १४ वर्ष विदेशी भूमीमा श्रम गरेर फर्केका घर्तीमगर हाल सुलिचौर रोल्पामा कुखुरा पालन संगै फ्रेस हाउस खोलेर बसेका छन् ।    जिल्ला पशुसेवा कार्यालय रोल्पाबाट विभिन ... बाँकी अंश»

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश

२०७३ असार २७ सोमबार, काठमाडौँ। इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकीछिन्। प्रधानन्यायाधीशका रुपमा उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन्। सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीलाई गत चैत २८ गतेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। व ... बाँकी अंश»

सहमतिको सरकारका लागि सहमति जुटाउने माओवादी केन्द्रको निर्णय

२०७३ असार २७ सोमबार, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले मुलुकका तमाम समस्या हल गर्न प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई पुनः प्रमुख प्राथमिकता दिएको छ।    माओवादी केन्द्रको सोमबार अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले सहमतिको सरकार नै मुलुकको पहिलो आवश्यकता भएको निष्कर्ष निकालेको हो। गत वैशाख २५ गते भएको नौ बुँदे सहमति र केही अलिखित सहमतिका विषयमा सरकारको प्रमुख घटक नेकपा (एमाले)सँग पनि छलफल गर्ने निर्णय बैठक ... बाँकी अंश»

सुशासन समितिमा अनुशासनको प्रश्न, 'साइड टक'मा सांसदहरु ब्यस्त

२०७३ असार २७ सोमबार, काठमाडौँ। अनुगमन तथा सुशासन समितिमा पूर्वपदाधिकारीको सेवा सुविधा र सुरक्षासम्बन्धी गम्भीर एजेन्डामा छलफल भइरहेका बेला ‘साइड टक्’ बढेपछि सभापति मोहनसिंह राठौरले भन्नुभयो – “बैठकको मर्यादा, शिष्टाचार र अनुशासनमा माननीय सदस्यको ध्यान पुगोस् ।”    विद्यालयस्तरका तल्ला कक्षाहरुमा पठनपाठन भइरहेका बेला स–साना बालबालिकाको गुञ्जन बढेपछि शिक्षक शिक्षिकाले हल्ला नगर है भनेर सम्झाउनुलाई स्वभाविक रुपमा लिन सकिए पनि सुशासन समितिका सभाप ... बाँकी अंश»

डा. केसीका पछाडि लाग्ने शिक्षण अस्पतालका कसैलाई छुने हिम्मत नगरोस् शिक्षण अस्पताल प्रशासन

२०७३ असार २७ सोमबार, काठमाडौं । भनिन्छ ‘चुपचाप बसेर अन्याय सहने पनि अपराधी हो ।’ त्यो अर्थमा त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ गोविन्द केसीमा कुनै दोष छैन । किनकि उनले अन्यायविरुद्ध आवाज उठाएका छन् । विकृति विरुद्ध लडेका छन् । चिकित्सा शिक्षाविरुद्धको उनको अभियान सशक्त छ । त्यही अभियानकै कारण उनी आठ पटकसम्म आमरण अनसन बसेका छन् ।    उनको पछि लाग्नेहरु हचुवामा लागेका छैनन् भन्ने स्पष्ट छ । किनकि गोविन्द केसी आफै पनि कुनै लहलहैम ... बाँकी अंश»

डा. केसी अनसन: साँघुरो कोठामा कवाडी बेडमा सुत्न वाध्य

२०७३ असार २७ सोमबार, काठमाडौं। चिकित्सा क्षेत्रको सुधारसँगै भ्रष्टाचारजन्य गतिविधिको अन्त्य गर्न माग गर्दै आठौं पटक आमरण अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा गोविन्द केसीलाई फोहोर पन्छाउँदै कवाडीको सामान प्रयोग गर्दै अनशन बस्न वाध्य पारिएको छ।   उनलाई अस्पताल परिसरमा अनसन नबस्न नदिन अख्तियार दूरूपयोग अनुसन्धान आयोगको विशेष दबाब आएपछि अस्पताल प्रशासनलेसमेत बेवास्ता गरेसंगै गणेशमान सि ... बाँकी अंश»

आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले चुम्यो युरोको उपाधि

२०७३ असार २७ सोमबार, काठमाडौं। आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले युरो २०१६को उापधि जितेको छ।निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि थप समयको १०९औं मिनेटमा एडरले गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए। पोर्चुगलले पहिलो पटक अन्तराष्ट्रिय स्तरको ठूलो प्रतियोगिता जितेको हो।    खेलको २४औं मिनेटमा पोर्चुगलका स्टार खेलाडी रोनाल्डो फ्रान्सका पाएटले फाउल गरे पछि चोटका कारण बाहिरिएका थिए। पछिल्लो समय लयमा रहेका रोनाल्डोलाई गुमाउनु पर्दा पोर्चुगलको खेल बिग्रिए ... बाँकी अंश»

नयाँ