समसामयिक

आपूर्ति समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसक्योः उपप्रधानमन्त्री थापा

२०७२ असोज २६ मंगलबार, काठमाडौ। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसकेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने– पारवहन असहजताले नेपाली जनताले दुख पाईरहेका छन । यो समस्याको समाधान सरकारको पहिलो प्राथमिकता हो । दशैमा जनताले राहत महसुस गर्ने गर्ने उद्देश्यकका साथ  काम थालिसकेको छ । केही दिनमै जनताले राहतको अनुभव गर्छन ।    क् ... बाँकी अंश»

मोर्चाद्वारा छठसम्म आन्दोलन फिर्ताको घोषणा

२०७२ असोज २६ मंगलबार, काठमाडौं । विगत दुई महिनादेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आन्दोलन फिर्ता लिएको मोर्चाले छठ पछि भने आनदोलनलाई निरन्तरा दिने निर्णय गरेको छ ।  तराईको बन्दलाई फिर्ता लिए पनि सीमा नाकामा गरेको धर्नालाई भने जारी नै राख्ने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुली बजारमा केही बेर अघि सकिएको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । मोर्च ... बाँकी अंश»

एमालेसँग छलफलपछि मन्त्रीको टुंगो लगाईन्छः एमाओवादी

२०७२ असोज २६ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्रै एकीकृत नेकपा ९माओवादी०ले सरकारमा सहभागी गराउने मन्त्रीको टुङ्गो लगाउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकले सरकारमा नयाँ तथा पुरानालाई मिलाएर पठाउने विषयमा छलफल भएको थियो ।  एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल भएपनि एमालेसँग छलफल गरेर मात्रै ... बाँकी अंश»

‌ओलीको मन्त्रिमण्डलमा चारजना उपप्रधानमन्त्री हुने संकेत, महत्वपूर्ण मन्त्रालयको कार्यविभाजन बाँकी

२०७२ असोज २५ सोमबार, प्रकाश सिलवाल,काठमाडौँ। महत्वपूर्ण मन्त्रालयको कार्यविभाजन हुन बाँकी रहेको नयाँ सरकारमा उपप्रधानमन्त्रीको सङ्ख्या विगतको तुलनामा बढ्ने देखिएको छ।   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज गठित मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित कार्यविभाजनमा सत्तागठबन्धन दलबीच सहमति हुन बाँकी रहेका कारण महत्वपूर्ण मन्त्रालयको कार्यविभाजन गरिएको छैन।   कार्यविभाजनका लागि आज बिहान प्रधानमन्त्री ओलीको निवास बालकोटमा एनेकपा (माओव ... बाँकी अंश»

‘ओलीको मन्त्रीमण्डलमा एक भिन्न अनुहार’ मृगौला पीडित निषाध राज्यमन्त्री

२०७२ असोज २५ सोमबार, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री मण्डलमा एक भिन्न अनुहार देखिएको छ । राज्यमन्त्रीको रुपमा उनले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । ती राज्यमन्त्री समेत ओली जस्तै स्वास्थ्यलाई वेवास्ता गर्दै राजनीतिमा अचुक देखिएका छन् । उनी राज्यमन्त्री भएपनि उनको रोगसंगको लडाई र अधिकारको लडाई अपरो नै छ । २०६९ मा मधेस समता पार्टीको स्थापना गरेको ५३ बर्षीय मेघराज नेपाली निषाध मृत्युसंग लडिरेहकै समयमा राज्यमन्त्री भएका छन् । उनी अह ... बाँकी अंश»

एक्काइस मानव कङ्काल भेटियो

२०७२ असोज २५ सोमबार, रसुवा । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आएको हिमपहिरोले लाङ्टाङ क्षेत्रमा पुरिएर हराएकामध्ये २१ जनाको कङ्काल भेटिएको छ ।  जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार भेटिएका कङ्कालहरु लाङ्लाङबासीको भएको बताइएको छ । ती कङ्कालमध्ये पहिचान भएका १५ वटा कङ्काल स्थानीयबासीलाई बुझाइएको र पहिचान हुन नसकेको छवटा कङ्काल डिएनए परीक्षणका लागि काठमाडौँ पठाएने भएको छ ।  लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नारायण दलका गणपति बिक्रम ग ... बाँकी अंश»

प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीद्वारा सपथ

२०७२ असोज २५ सोमबार, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा ओलीले ‘ईश्वरका नाममा’ नभई ‘जनताका नाममा’ सपथ लिएका हुन् । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री तथा माओवादी नेता हरिबोल गजुरेल, र एमालेबाट अग्नी खरेल, सोमलाल स ... बाँकी अंश»

विष्णु पौडेल अर्थ मन्त्री, अरु टुंगो लागेन

२०७२ असोज २५ सोमबार, काठमाडौं । नेकपा एमालेले पार्टीका उपमहासचिव विष्णु पौडेललाई अर्थमन्त्रीका रुपमा आज मन्त्री पदको सपथ ग्रहण गराउने भएको छ । यसअघि रक्षा मन्त्रालयको समेत पद सम्हालिसकेका पौडेलको अर्थ मन्त्रालय नयाँ कार्यभार हो । प्रधानमन्त्री ओलीबाहेक अन्य शीर्ष नेता माधवकुमार नेपाल र झलनाथ खनालले आफ्ना तहका नेतालाई मन्त्री बनाउन व्यापक लबिङ गरिरहेक पनि अन्य मन्त्रीको नाम भने फाइनल भईसकेको छैन । स्रोतका अनुसार बरिष्ठ नेता नेपालले सोमप्रसाद पाण्डेलाई, झलना ... बाँकी अंश»

माओवादीबाट मन्त्री बन्दै गजुरेल

२०७२ असोज २५ सोमबार, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टी सदस्य हरिबोल गजुरेल हाललाई सरकारमा पठाउने निर्णय गरेको छ । केही समय अघि सकिएको पदाधिकारी बैठकले तुरुन्तै मन्त्रीमण्डल गठन गर्नुपर्नै भएकाले अहिलेलाई गजुरेललाई मात्र पठाउने निर्णय गरेको हो । स्रोतका अनुसार गजुरेलले पार्टीको नेतृत्व् गर्ने भने छैनन् । बाँकी मन्त्रीहरुका सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेटेर छलफल पछि टुंगो लगाउनेछन् । बैठकमा सहभागी एक स ... बाँकी अंश»

बैरीहरुले एक साथ भने ‘भारत भक्त सुशील हारे, विरोधी ओली जिते’ (टिप्पणी)

२०७२ असोज २४ आइतबार, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले तत्काल सबै पक्षसँग वार्ता गरी देशमा विद्यमान समस्या समाधानको प्रयास थाल्ने बताए । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद भवनबाट बाहिरिनेक्रममा संचारकर्मीसंग ओलीले तराई मधेशमा जारी आन्दोलन, संविधान संशोधन र आपूर्ति ब्यवस्था सहज बनाउने विषयमा नेपाली काँग्रेससँग समेत छलफल गरी अघि बढ्ने धारणा राखे । ओलीले नयाँ संविधानको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग प्राप्त हुने विश्वास समेत गरे ... बाँकी अंश»

ओलीलाई मोदिको भारत भ्रमणको निम्तो

२०७२ असोज २४ आइतबार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बहुमतले प्रधानमन्त्रीमा निर्वाचित भएलगतै भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले बधाई दिदै भारत भ्रमणको निम्तो दिएका छन् ।     ओलीलाई फोन गरी भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएको भारतीय प्रधामन्त्री कार्यालयको अाधिकारिक ट्वीटर पेजमा उल्लेख गरिएको छ। भारतीय प्रधानमन्त्री कार्यालयको आधिकारिट ट्वीटर पेजमा ओलीसँगको फोन सम्बादमा मोदीले भारत भ्रमणको निम्तो  दिइएको समेत जानकारी दिइएको छ ।   व्यवस्थ ... बाँकी अंश»

केपी ओलीः झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्म

२०७२ असोज २४ आइतबार, प्रकाश सिलवाल, काठमाडौँ । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा ९एमाले०का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन् ।  छैटौँ वाम प्रधानमन्त्री  मुलुकको दोस्रो ठूलो दल नेकपा ९एमाले० संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नु भएको थियो । उनी पहिलो ठूलो दल नेपाली काँग्रेसबाहेक अन्य दलको समर ... बाँकी अंश»

केपी बने ३८ औं प्रधानमन्त्री

२०७२ असोज २४ आइतबार, काठमाडौं । व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदका लागि आइतबार भएको निर्वाचनमा नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदका उम्मेद्वार केपी शर्मा ओली ३ सय ३८ मत ल्याई विजयी भएका छन् । उनको विजयसँगै नेपालले ३८ औं प्रधानमन्त्री पाएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला २ सय ४९ मत पाई पराजित भए ।  ओलीका पक्षमा एनेकपा माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेपाल मजदुर किसान पार्टी ... बाँकी अंश»

एमाले र माओवादीलगायतले सहमति तोडे–कोइराला

२०७२ असोज २४ आइतबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले एमाले र एमाओवादीलगायतका दलहरु प्रति लक्षित गर्दै उनीहरुले नै सहमति तोडेको आरोप लगाएका छन् । संसदमा उम्मेद्वारी प्रस्तुत गर्दै कोइरालाले १६ बुँदे गर्दा कुनै भद्र सहमति नभएको खुलाए । ‘तीन दलको सहमतिअनुसार सरकारले ल्याएको संविधान संशोधन विधेयक पास गर्न सहयोग गरेनन् र पुनःनिर्माण प्राधिकरणसम्वन्धी अध्यादेश असफल पारियो, त्यसकारण आधिकारिक सहमति पालना नगर्नेल ... बाँकी अंश»

काँग्रेसले समर्थन र प्रस्तावक नगर्दा आफुलाई कस्तो लागेको छ–ओली

२०७२ असोज २४ आइतबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेद्वार केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफुलाई समर्थन र प्रस्तावक नगर्दा आफुलाई कस्तो कस्तो लागेको बताएका छन् । प्रधानमन्त्री पदको निर्वाचनका लागि व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै उनले नेपाली काँग्रेससँगै सहकार्य गर्दै अघि बढिरहेको स्मरण गर्दै काँग्रेसलाई उम्मेद्वारी फिर्ता लिएर समर्थन गरिदिन आग्रह गरे । ‘जुन पार्टीसँग सधैं रह्यो, सधै रहेर संविधान निर्माण ग¥यौं, आज ने ... बाँकी अंश»

यसरी हुँदैछ प्रधानमन्त्रीको निर्वाचन

२०७२ असोज २४ आइतबार, काठमाडौ । नयाँ संविधान जारीपछि पहिलोपटक छानिन लागिएको प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसबाट पूर्व प्रधानमन्त्री सुशिल कोइराला र नेकपा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेद्वारी दिएका छन् । केही बेरपछि बस्ने व्यवस्थापिका ससदको बैठकले नयाँ प्रधानमन्त्री चुन्दैछ । त्यसका लागि सचिवालयले कार्यसूची पनि सार्वजनिक गरेको छ । जस अनुसार सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रपति डा। रामबरण यादवले पठाएको व्यहोरा पत्र वाचन गर्नेछन ... बाँकी अंश»

नयाँ प्रधानमन्त्रीको चयन एकछिनपछि सुरु हुँदै

२०७२ असोज २४ आइतबार, काठमाडौँ । नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री पदको निर्वाचन अहिले केही बेरमा व्यवस्थापिका–संसद् भवन बानेश्वरमा सुरु हुँदैछ ।  सो पदको प्रतिस्पर्धामा संसद्मा सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसका सभापति सुशील कोइराला र दोस्रो दल नेकपा ९एमाले०का अध्यक्ष केपी ओली उत्रेका छन् । गत मङ्सिर महिनामा सम्पन्न संविधानसभाको निर्वाचनमा पहिलो दलमा नेकाँ र दोस्रो दलमा नेकपा ९एमाले०लाई जनताले निर्वाचित गराएका थिए ।  नयाँ सं ... बाँकी अंश»

सभामुखद्वारा बाबुरामको राजीनामा स्वीकृत

२०७२ असोज २४ आइतबार, काठमाडौं । नेपालको नयाँ संविधान बनेपछि सभासद पदबाट राजीनामा दिउका तत्कालिन एकीकृत माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको संसद सदस्य परित्यागको राजीनामा पत्र संसद सचिवालयले स्वीकृत गरेको छ ।  सविचालयका सहपव्रक्ता सुदर्शन कुँइकेलका अनुसार उनको राजीनामा आइतबार स्वीकृत गरिउको हो । संवैधानिक संवाद समितिका सभापति समेत रहेका भट्टराईले संविधान जारी भएपछि असन्तुष्ट मधेशीका माग नसमेटेको भन्दै पार्टी परित्यागसागै संसद सदस्यब ... बाँकी अंश»

एमाले उम्मेदवारलाई सहयोग गर्ने एमाओवादी संसदीय दलको निर्णय

२०७२ असोज २३ शनिबार, काठमाडौँ। एकीकृत नेकपा (माओवादी) संसदीय दलको बैठकले नेकपा (एमाले) का उम्मेदवारलाई भोलि हुने चुनावमा प्रधानमन्त्रीमा बिजयी गराउन सहयोग गर्ने भएको छ ।   सो दलको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सर्तसहित एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।   संसदीय दलको बैठकले एमाले उम्मेदवारलाई सर्वसम्मत रुपमा सहयोग गर्ने निर्णय गरेको सांसद अमनलाल ... बाँकी अंश»

शक्ति बाँडफाँड गोप्य रहेको १४ बुँदेमा के छ ?

२०७२ असोज २३ शनिबार, काठमाडौं । नयाँ सरकार गठनबारे एमाले र एमाओवादीबीच १४ बुँदे सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा तराई–मधेसमा आन्दोलनरत दलहरु, थारु समुदाय र विभिन्न रुपमा आफ्ना मुद्दा र आवाज उठाइरहेका आदिवासी, जनजातिलगायत अन्य उत्पीडित समुदायसँगको प्रतिवद्धता र समस्या वार्तामार्फत किनारा लगाउने उल्लेख छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, देशको हित र स्वाभीमानको पक् ... बाँकी अंश»

नयाँ