समसामयिक

फेरि फसे प्रधानमन्त्री, बालुवाटारमा मधेसी मोर्चाका नेतालाई यसो भनेछन् ?

२०७३ असोज ११ मंगलबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मार्चाका नेताहरुलाई फेरि फकाएर पठाएका छन् ।    मंगलबार बेलुकी बालुवाटारमा मोर्चा नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले फेरि आश्वासन बाँडे । जसले प्रधानमन्त्री फेरि विवादमा फस्ने देखिएको छ । प्रमुख विपक्षी एमाले संविधान संशोनप्रति चिडिएका बेला प्रधानमन्त्रीले फेरि मोर्चाका नेताहरुलाई संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन नगर्ने बचन दि ... बाँकी अंश»

धादिङ दूर्घटनामा ज्यान गुमाएका १३ को सनाखत

२०७३ असोज ११ मंगलबार, काठमाडौं । धादिङको मार्पाकमा भएको बस दूर्घटनामा परी ज्यान गुमाउनेहरु मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको बस दूर्घटनाहुँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।    दूर्घटनामा ज्यान गुमाउनेको पहिचान यस्तो छ ।  १. रौसिंङ तामाङ – सत्यदेवी गाउँ विकास समिति  २. मेन्दीजोङ तामाङ – सत्यदेवी गाउँ विकास समिति  ३. रल्क तामाङ – सत्य ... बाँकी अंश»

मृत्यु कुरिरहेकी सन्ध्यालाई भेटे स्वास्थ्य मन्त्री थापाले, के भयो कुराकानी ?

२०७३ असोज ११ मंगलबार, काठमाडौं। मृत्यु कुरेर वसेकी जुम्ली युवती सन्ध्या शाहीलाई स्वास्थ्य मन्त्री गगन थापाले उनको डेरामा गएरै भेटेका छन्। सोमबार राती जुम्लाका एक स्थानियलाई मात्र लिएर मन्त्री थापा सन्ध्यालाई भेट्न गएका हुन्। क्यान्सर रोग लागेर उपचार गराइरहेकै बेला भक्तपुर क्यान्सर अस्पतालबाट मृत्युको पूर्जा पाएकी जुम्ला जिल्लाकी सन्ध्या शाहीले आफ्नो अन्तिम इच्छा नै स्वास्थ्य मन्त्रीलाई भेट्ने रहेको भन्दै थापालाई पत्र लेखेपछि मन्त्री थापा उनलाई भेट्न उनकै डे ... बाँकी अंश»

धादिङ दूर्घटनामा ज्यान जानेको संख्या १८ पुग्यो, १४ घार्इतेको उद्दार

२०७३ असोज ११ मंगलबार, काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदी  जाँदै गरेको बस दूर्घटनामा मृतकको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार अहिलेसम्म मृतकको पहिचान हुन सकिरहेको छैन ।     दूर्घटनामा मृत्इुहुनेको संख्या १८ जना पुगेको भएपनि कसैको पनि पहिचान हुन नसकेको बताईएको छ । तर घाईतेहरुलाई भने दुई पटकगरी १४ जनालाई काठमाडौं ल्याईएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । घाईतेहरुको त्रिवि शिक्षण अस्प ... बाँकी अंश»

संसद सम्बोधनको पूरै समयमा ओलीका प्रश्नै प्रश्न, भारतसंगको सम्बन्ध कहाँ बिग्रेको थियो ? के सपार्नु भो ?

२०७३ असोज ११ मंगलबार, काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिकालाई निम्तो गरेको भन्दै आपत्ति जनाएका छन् ।    व्यवस्थापिका–संसद् बैठकमा प्रतिपक्ष दलको नेताका हैसियतले पहिलो सम्बोधन गर्दै ओलीले भारत भ्रमणबाट फर्केपछि संसद्लाई औपचारिक जानकारी नदिइएको र सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषय झैँ अनावश्यक चासो र भूमिकालाई आमन्त्रण गरिएको ज ... बाँकी अंश»

धादिङ दूर्घटना : मृत्यु हुनेमा १० पुरूष र ४ महिला, उद्दारको लागि गृहसँग हेलिकप्टर मागियो

२०७३ असोज ११ मंगलबार, काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङवेशीवाट किन्ताङफेदी जाँदै गर्दा भएको बस दूर्घटनामा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कार्यालयका प्रमुख शनद खत्रीले दिएको जानकारी अनुसार १० जना पुरुष र ४ जना महिलाको घटनास्थलमा नै मृत्यु भईसकेको छ ।     उता, जिल्ला प्रशासन कार्यालय धादिङले दूर्घटनामा परेका घाईतेलाई हेलिकप्टरबाट उद्दार गर्नको लागि गृहमन्त्रालयसमक्ष हेलिकप्टर माग गरेको छ । धादिङ जिल्ला प्रशासन कार्यालयका अ ... बाँकी अंश»

३० जना भन्दा बढी सवार बस धादिङमा दूर्घटना, हताहती भएकाे अाश‌ंका

२०७३ असोज ११ मंगलबार, काठमाडौं । धादिङमा बस दूर्घटना भएको छ । जिल्ला सदरमुकाम धादिङ वेशीवाट किन्ताङफेदि जाँदै गरेको बस मार्फा गाविसमा दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी शनद खत्रीले जानकारी दिए ।   घटनाको थप विवरण आउन बाँकी रहेको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  ना ४ ख ३३१८ नम्बरको बस दूर्घटना भएको हो । उक्त बसमा ३० जना भन्दा बढी व्यक्ति सवार थिए ।    ... बाँकी अंश»

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

२०७३ असोज ११ मंगलबार, लिबाङ (रोल्पा)। “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भने।   कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययन बीचमै रोकिएकोमा निकै ठूलो पछुतो परेको छ। ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ, उनले भने।   त्यतिबेला बालविवा ... बाँकी अंश»

घोप्टेभीर दुर्घटनाः घटनास्थलमा बिलौना गर्दै घिमिरेका आफन्त

२०७३ असोज ११ मंगलबार, चितवन । कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बनेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता छन् ।  आइतबार साँझ उनी ढेको गाडी त्रिशूली नदीमा खसेर वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उनीहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी स ... बाँकी अंश»

नेविसंघको विवाद सतहमा, पौडेल पक्षबाट बैठक बहिस्कार

२०७३ असोज १० सोमबार, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको विवाद सतहमा आएको छ । नेविसंघको ११औं महाधिवेशन सम्पन्न भएपछि पनि गुटगत विवाद अन्त्य भएको छैन ।    सोमबार बसेको केन्द्रीय समिति दोस्रो बैठक नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । पछि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला पक्षधरको छुट्टै र पौडेल पक्षको छुट्टै बैठक बसेको छ ।    पौडेल पक्षले अध्यक्ष बहुमत पदाधिकारी र सदस्यहरुको मनोभावना विपरीत एकलौटी अघि बढ्न खोजेको आ ... बाँकी अंश»

को को छन् प्रधानमन्त्री तथा मन्त्रीका प्रेस सल्लाहकार र संयोजक ?

२०७३ असोज १० सोमबार, काठमाडौ । मिडियाहरुलाई लगातार रुपमा सूचना उपलब्ध गराउन तथा जनसम्पर्कलाई अझ बढी ब्यवस्थित बनाउने उदेश्यले मन्त्रीहरुले पत्रकारहरुलाई सहयोगी तथा सल्लाहकार नियुक्त गर्दे आएका छन्। केही बर्ष अघिसम्म प्रधानमन्त्री र संचारमन्त्रीले मात्र प्रेस सल्लाहकार राख्दै आएकोमा अहिले लगभग सबै मन्त्रीहरुले प्रेस सल्लाहकार र संयोजक राख्न थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको अधिकांश मन्त्रीहरुले पनि आफ्नो काम काजलाई सहज बनाउन आफू निक ... बाँकी अंश»

पौडेल लागे तीर्थयात्रामा

२०७३ असोज १० सोमबार, काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल तीर्थयात्रामा गएका छन्। पौडेल छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिव्वतमा रहेको मानसरोवरको तीर्थयात्रामा निस्केका छन् ।    पौडेल सपरिवार मानसरोवरको तीर्थयात्रामा निस्केका हुन्। पाैडेलका साथमा परिवारका सदस्य, आफन्त, स्वकीय सचिव तथा अंगरक्षक छन् । उनी आइतबार बेलुका नेपालगन्ज पुगेका थिए। आइतवार नेपालगञ्ज बसेका पौडेल सोमबार बिहान हुम्ला प्रस्थान गरे । उनको हुम्लाबाट मानसरोवरसम्मको तीर्थयात ... बाँकी अंश»

रामचन्द्रले भने, ' प्रधानमन्त्रीले १६ अर्व माओवादीलाई बाड्न खोजे '

२०७३ असोज १० सोमबार, नेपालगन्ज। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । मानसरोवर तिर्थयात्रामा जाने क्रममा आइतवार साँझ नेपालगन्ज आइपुगेका पौडेलले सोमबार बिहान कार्यकर्तालाई सम्वोधन गर्दै सभापतिको कार्यशैली र प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टी जनाएका हुन् ।    पौडेलले सभापति देउवाले राष्ट्रिय मुद्दामा केन्द्रीय समिति बैठक बोलाएर छलफ ... बाँकी अंश»

तीन महिनाभित्र औषधि उत्पादन सुरु हुने

२०७३ असोज १० सोमबार, काठमाडौँ। हाल उत्पादन बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सरकारले पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी गरेको छ।   उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज लिमिटेडमा रहेका उपकरण र पूर्वाधारको निरीक्षण गरी तीन महिनाभित्र पहिलो चरणमा आठ प्रकारका औषधि उत्पादन गरिने जानकारी गराए।   निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले लिमिटेड पुनः सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्दै भन्नुभयो, “भौतिक र प्राविधिक पक्षको सुधार ग ... बाँकी अंश»

डा. केसी नवौं अनसन बस्ने तयारीमा, सरकार भन्छ–काम तमाम भइसकेको छ

२०७३ असोज १० सोमबार, काठमाडौं । चिकित्सा क्षेत्रमा रहेको चरम वेथिति अन्त्यका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले फेरि अनसन बस्ने तयारी गरेका छन् ।    केसीले सरकारलाई माग सम्बोधनका लागि गत सोमबार दिएको एक साताको अल्टिमेटम सोमबार दिउँसो ३ बजे सकिँदैछ । केसीले गत साता सरकारले माग सम्बोधनको लिखित ड्राफ्ट दिएपछि अनसन स्थगित गरेका थिए ।    केसीले हाम्राकुरासंग भने, ‘अहिले सम्म सरकारबाट पछिल्लो जानकारी केही आएको छैन । फेरि पनि ३ बजे सम ... बाँकी अंश»

माओवादी केन्द्रले फेरि पनि महाधिवेशन गर्न नसक्ने, कार्तिकमा राष्ट्रिय भेला

२०७३ असोज १० सोमबार, काठमाडौं । माओवादी केन्द्रले पार्टीको महाधिवेशन अनिश्चित भएपछि पार्टी संगठन चुस्त बनाउन कार्तिकमा राष्ट्रिय भेला गर्ने भएको छ ।    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार विहान बसेको केन्द्रीय सचिवालयको बैठकले कार्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो ।    पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । बैठकका निर्णयबा ... बाँकी अंश»

त्रिशुलीमा वेपत्ता पूर्व गृहमन्त्री घिमिरेको तीन दाजुभाईको खोजी कार्य जारी

२०७३ असोज १० सोमबार, चितवन। आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उहाँका तीन दाजुभाइको खोजी कार्य पुनःआज बिहानबाट सुरु भएको छ । घटनास्थलमा रहनुभएका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार राति १:३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५:३० बजेबाट पुनः खोजी कार्य थालिएको छ ।    राति चुम्बक र हुक एङकरले नदीमा ग ... बाँकी अंश»

पौडेललाई सिटौला समूहको जवाफ, 'पद प्राप्तिका लागि याचना नगर्नूस्'

२०७३ असोज ९ आइतबार, काठमाडौं। केहि दिनअघी काठमाडौंको एक कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको अभिव्यक्तिको काँग्रेस नेता कृष्ण प्रसाद सिटौला समुहले जवाफ फर्काएको छ। आफ्नो समुहलाई वागी र विद्रोहीको आरोप लगाएका वरिष्ठ नेता पौडेललाई सिटौला समुहका नेताहरुले पद प्राप्तिका लागि याचना गर्दै नहिड्न सुझाव दिएका छन्। आफ्नो समुहलाई साइजमा राख्न पार्टी सभापति शेर बहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको कुराकानीपछि सार्वजनिक गरेको अभिव्य ... बाँकी अंश»

ओलीले सोधे–काँग्रेससँग वीपीको नाम छ, तर नीति र कार्यक्रम छ कि छैन ?

२०७३ असोज ९ आइतबार, काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमालेले देशको हितमा सही ठाउँबाट उठेका प्रश्नमाथि छलफल गर्न तयार रहेको बताएका छन् ।    पत्रकार गोपाल खनालले लेखेको ‘भू–राजनीति’ नामक पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले ठूला दलको नाताले सरकारमा पटक–पटक सहभागि नेपाली काँग्रेससँग वीपीको नाम छ तर नीति र कार्यक्रम छ कि छैन भन्ने प्रश्न गरे ? ओलीले भने, ‘कांग्रेसको अवस्था बाघले सिकार गरेपछि लम्पसार परेर सुतेजस्तै छ ।’   ... बाँकी अंश»

प्रमुख तीन दलका शीर्ष नेता बालुवाटारमा

२०७३ असोज ९ आइतबार, काठमाडौं । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु बालुवाटारमा जम्मा भएका छन् ।    प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक सहमति, संविधान संशोधन लगायतका विषयमा छलफल डाकेको बैठकका लागि दलका शीर्ष नेताहरु बालुवाटारमा जम्मा भएका हुन् । छलफल  सकिएकाे छ ।   छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार  नेपाल, ... बाँकी अंश»

नयाँ