समसामयिक

संविधान तत्काल संशोधन हुदैन : पूर्वप्रधानमन्त्री खनाल

२०७३ भदौ २८ मंगलबार, इलाम। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।   इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा मंगलबार बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राखे।   कार्यक्रममा उनले संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने बताए। “संविधान कार्यान्वयन चरणम ... बाँकी अंश»

इन्द्रजात्राको लिङ्गो ढलेर दुईजना घाइते

२०७३ भदौ २८ मंगलबार, काठमाडौँ। यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा लिङ्गो उठाउने क्रममा लिङ्गो ढलेर आज दुईजना घाइते भएका छन् ।   नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक स्थायी घर भई हाल चमती बस्ने पुष्प लामा गम्भीर घाइते भएका छन्। हबल्दार गुरुङको खुट्टा भाँचिएर छाउनीस्थित सैनिक अस्पतालमा तथा लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।   बिहान शुभसाइतमा लिङ्गो उठाउन लाग्दा सो पल्टेर यस्तो घटना घटेको हो। सुरक्षाकर्मी तथा स्थ ... बाँकी अंश»

नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि (कार्यतालिका विवरणसहित)

२०७३ भदौ २८ मंगलबार, काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । यसका लागि २२४४ महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् ।   सोमबारदेखि नै पार्टी मुख्यालय सानेपामा नाम दर्ता जारी छ । सो क्रम मंगलबार पनि चलिरहेको छ ।    बुधबारको कार्यक्रम के छ त ?  बुधबार आफ्नो ठाउँमा बसेका महाधिवेशन प्रतिनिधिहरु सो ठाउँबाटै बिहान १० बजे जुलुससहित शान्ति बाटिका रत्नपार्क भेला हुनेछन् । प्र ... बाँकी अंश»

राष्ट्रिय सभागृहमा नेपाली महिलाको भूमिकाबारे गहन छलफल

२०७३ भदौ २८ मंगलबार, काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको बुधबारदेखि तेस्रो राष्ट्रिय महाधिवेशन हुँदै गर्दा त्यसलाई आधार बनाएर मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा नेपाली महिलाको भूमिकाबारे गहन छलफल हुँदैछ ।   ‘बीपी कोइराला, महिला सशक्तिकरण र परिवर्तित सन्दर्भमा नेपाली महिलाको भूमिका’ विषयक छलफल कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला प्रमुख अतिथिका रुपमा हुनेछन् ।    दिउँसो १ बजे हुँदै गरेको कार्यक्र ... बाँकी अंश»

बकर इद मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

२०७३ भदौ २८ मंगलबार, काठमाडौँ। मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।    इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए ।   यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हि ... बाँकी अंश»

नगरपालिकाको विकासका लागि विश्व वैंक र एडिवीसँग मन्त्री केसीले गरे पहल

२०७३ भदौ २७ सोमबार, काठमाडौं। सहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग सोमवार विश्व बैंक र एशियाली विकास वैंकका अधिकारीहरुले छुट्टाछुट्टै भेट गरी नेपालको विकास प्रयासमा विश्व वैंक र एशियाली विकास वैंकको सहयोगको अवस्था, व्यवस्थित सहरीकरणका लागि अपनाउनु पर्ने रणनीतिहरु र भुकम्पपछिको पुननिर्माण लगायतका विषयहरुमा छलफल गरेका छन्।    बिश्व वैंकका कन्ट्री म्यानेजर ताकुया कामातासंगको भेटमा मन्त्री केसीले बिश्व वैंकको सहयोगमा शहरी शासकीय तथा क्षमता विकास कार्यक ... बाँकी अंश»

परराष्ट्र मन्त्री भारतीय मन्त्रीहरुसँग भेटघाटमा व्यस्त

२०७३ भदौ २७ सोमबार, काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रकाशशरण महत र भारतका विभिन्न नेता र मन्त्रीहरुबीच भेटघाट भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग विहानै भारतीय विदेश मन्त्रालयमा भेटघाट गरेका महतलाई भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग समेत भेटघाटको क्रम चलिरहेको छ। महतसँग काँग्रेस आईका महासचिव जनार्दन दुवेदीले पनि भेटघाट गरेका छन् ।   मन्त्री महतसँग काँग्रेस आईका महासचिव जनार्दन दुवेदी भेटघाट गर्दै   महतले सोमबार अपरा ... बाँकी अंश»

कर्णेल कुमार लामाकी बहिनीले भनिन्, ‘असोज ३ गते एयरपोर्ट आउनु भन्नु भा छ’

२०७३ भदौ २७ सोमबार, काठमाडौं । लण्डनको चर्चित सेन्ट पल्स गिर्जाघर नजिकै रहेको ओल्ड बेली केन्द्रीय फौज्दारी अदातलले सफाइ दिएपछि नेपाली सेनाका महासेनानी एवं कर्णेल कुमार लामा नेपाल फर्किँदै छन् । लामा धर्मपत्नीका साथमा आउँदो असोज ३ गते नेपाल फर्कँन लागेका हुन् ।    असोज ३ गते नेपालमा विशेष समारोह आयोजना हुँदैछ । संविधान जारी भएको दिनको सम्झनामा असोज ३ लाई संविधान दिवसका रुपमा मनाउने सरकारको तयारी छ । जुन दिन देशभर दिपावली हुँदैछ । लामा सोही दिन घर फर्किन लागेकाले ... बाँकी अंश»

दाहाल भ्रमणमा भारतले निम्तो पठायो ३५ जनालाई, जाने भए ४२ जना

२०७३ भदौ २७ सोमबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा आतिथ्यता प्रदान गर्ने देशले भ्रमण दलमा सहभागि हुनेको लागि पठाएको कोटा भन्दा नेपाली सहभागि बढी हुने देखिएको छ। भारतले आतिथ्यताका लागि व्यवस्थापनका लागि उसको विदेश मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयलाई संख्या तोकेर पठाएको थियो। तर भारतले पठाएको संख्माया र यहाँबाट जानुपर्ने संख्यामा तालमेल नमिल्दा थप केहि व्यक्तिलाई भ्रमण दलमा थप्नुपर्ने भएको छ। बिहिवारदेखि हुने प्रधानमन्त्री द ... बाँकी अंश»

खराब मौसम पूर्ण रुपमा सुध्रिन अझै केही दिन लाग्ने, मंगलबारबाट क्रमिक सुधार

२०७३ भदौ २७ सोमबार, काठमाडौं । देशभर भएको मौसम बदलीमा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ । भारतको विहार र ओडिसामा विकसित न्यूनचापीय क्षेत्र र नेपालमा रहेको न्यूनचापीय मनसुनी रेखाको कारण मध्य नेपाल र पूर्वी क्षेत्रका अधिकांश स्थानमा भारी वर्षा भएको छ ।   यस्तै, पश्चिमाञ्चलका केही क्षेत्रमा पनि वर्षा भएको छ भने सुदूरपश्चिममा पनि मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा भने भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बदली भएको ... बाँकी अंश»

तरुण दलको महाधिवेशन गर्न तात्यो पोखरा, व्यवस्थापन समिति गठन

२०७३ भदौ २७ सोमबार, पोखरा । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलको आगामी असोज ३, ४ र ५ गते पोखरामा हुने चौथो राष्ट्रिय महाधिवेशनका लागि स्थानीय व्यवस्थापन समिति गठन भएको छ । यो संगै आन्तरिक व्यवस्थापन समेत तीब्र पारिएको छ ।    तरुण दल कास्कीको सोमबार बसेको बैठकले जिल्ला अध्यक्ष मनोज गुरुङको संयोजकत्वमा विभिन्न १८ वटा स्थानीय व्यवस्थापन समिति गठन गरेको हो ।    कास्कीमा चारवटा निर्वाचन क्षेत्रअन्तर्गत तरुण दल समिति, पोखरा र लेखनाथका नगर समिति तथा वडा र गाव ... बाँकी अंश»

परराष्ट्र मन्त्री महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

२०७३ भदौ २७ सोमबार, काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । भर्खरै भारतीय विदेश मन्त्रालय जवाहर भवनमा भएको वार्तामा दुईदेशीय दुई देशीय सम्वन्ध, आसन्न प्रधानमन्त्रीको भारत भ्रमण लगायतको विषयमा छलफल गर्ने तयारी रहेको महत निकट स्रोतले जानकारी दिएको छ ।    प्रधानमन्त्रीको बिहीबारदेखि हुने भ्रमणको चाँजोपाँचो मिलाउन आईतबार महत भारत भ्रमणमा भएका थिए । उनी मंगलबार स्वदेश फिर्ता हुने क ... बाँकी अंश»

डा गोविन्द केसीका माग पूरा गर्न दबाब दिन्छौं –डा मुक्तिराम श्रेष्ठ

२०७३ भदौ २७ सोमबार, काठमाडौं । नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष मुक्तिराम श्रेष्ठले शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक एवं वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ गोविन्द केसीले उठाएका माग पूरा गर्न सरकारलाई दबाब दिने बताएका छन् ।   सोमबार बिहान निर्वाचित भएपछि हाम्राकुरासंगको जिज्ञासामा उनले आगामी योजना सुनाउँदै भने, ‘चिकित्सक संघले पहिले पनि डा. केसीका माग संवोधन गर्न दबाब दिएका हौं, अब झन् सक्रियताका साथ लाग्छौं ।’   डा श्रेष्ठले अगाडि थपे, ‘अब ... बाँकी अंश»

चिकित्सक संघमा पहिलो पटक एक पदाधिकारी प्रगतिशीललाई, अध्यक्षमा मुक्तिराम र महासचिवमा लोचन

२०७३ भदौ २७ सोमबार, काठमाडौं । डा. मुक्तिराम श्रेष्ठ नेपाल चिकित्सक संघको २७ औं अध्यक्ष बन्न सफल भएका छन् । संघको २७ औं महाधिवेशनले प्रजातान्त्रिक धारका श्रेष्ठलाई विजयी गराएको हो । डा. श्रेष्ठ यसअघि डा. अञ्जनीकुमार झा नेतृत्वको टिमका महासचिव थिए । यसपटकको चुनावमा पहिलो पटक प्रगतिशील समूह चिकित्सक संघमा पदाधिकारीका रुपमा छिर्न पाएको छ । कोषाध्यक्षकी उम्मेदवार शिक्षण अस्पतालकी डा. रक्षा श्रेष्ठले जित हासिल गर्दै एनएमएको इतिहासमा पहिलो पटक कुनै कम्युनिष्टको स्थायित ... बाँकी अंश»

नेपाल चिकित्सक संघमा प्रजातान्त्रिक धारको वर्चश्व

२०७३ भदौ २७ सोमबार, काठमाडौं । नेपाल चिकित्सक संघमा प्रजातान्त्रिक धारले वर्चश्व जमाएको छ ।   अध्यक्षमा यसअघिका महासचिव डा. मुक्ति श्रेष्ठ भारी मतले विजयी भइ नेतृत्व सम्हालेका छन् ।    त्यस्तै महासचिवमा युवा चिकित्सक लोचन कार्की विजयी भएका छन् ।   निवर्तमान अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार कोषाध्यक्षमा बाहेक पदाधिकारीमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ ।   चिकित्सक संघको चुनाव उपत्यका बाहिर र उपत्यकाभित्र गरी दुई चरणमा सम्पन्न भएको थियो ।  ... बाँकी अंश»

एमालेको सात वटै प्रदेश कमिटीको पूर्ण नामावली आयो (सूचीसहित)

२०७३ भदौ २६ आइतबार, काठमाडौं । एमालेले सात वटै प्रदेश कमिटीलाई पूर्णता दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसको स्थानीय समिति बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।   यसअघिको स्थायी कमिटी बैठकले प्रदेश संयोजक र सहसंयोजकको मात्रै टुंगो लगाएको थियो । बैठकले सबै प्रदेश कमिटी सदस्यहरुको नामवली समेत सार्वजनिक गरेको छ ।    सात प्रदेश कमिटीमध्ये सबैभन्दा ठूलो ३ नम्बर प्रदेश कमिटी बनेको छ, जसमा संयोजक र सहसंयोजक सहित एक सय ११ सदस्य छन् । यस् ... बाँकी अंश»

शहरी विकास मन्त्रीको ३ दिनदेखि १ महिनासम्मको ‘ड्रिम सेड्यूल’

२०७३ भदौ २६ आइतबार, काठमाडौं । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफूले गर्ने कामको कार्यतालिका सार्वजनिक गरेका छन् । आईतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो भावी कार्ययोजना पेश गरेका हुन् ।    उनले राष्ट्रको समग्र शहरी विकासको संरचना, विकास र लगानी संघीय संरचना समेतलाई केन्द्रीतगरी राष्ट्रिय शहरी विकास रणनीति तय गर्ने, राष्ट्रिय भवन संहिता प्रभावकारी कार्यान्वयनको लागि तत्कालै कार्ययोजना तर्जुमा गर्ने र नेपाल राजपत्रमा प्रकाशित गर्न ... बाँकी अंश»

सरकारले गर्‍याे एकै पटक १२ सचिवको सरुवा, मुकेश काफ्लेको राजीनामा स्वीकृत (नामावलीसहित)

२०७३ भदौ २६ आइतबार, काठमाडौं । सरकारले एकै पटक १२ सचिवको सरुवा गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एकै पटक १२ सचिवको सरुवा गरेको हो ।   यस्तै, मन्त्री परिषद्ले भवन संहिता राजपत्रमा प्रकाशित गरी लागु गर्ने निर्णय गरेको छ भने, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि प्रसाद मिम्सिनाले जानकारी दिए ।   यस्तै, सरकारले योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ... बाँकी अंश»

सय ग्राम सुनको ढिक्का ल्याउन वाणिज्य मन्त्रालयको स्वीकृती

२०७३ भदौ २६ आइतबार, काठमाडौं । सय ग्रामको सुन ल्याउन दिने विषयमा नियमावली संशोधन गर्नको लागि वाणिज्य मन्त्रालयले स्वीकृती दिएको छ । यस विषयमा आवश्यक अध्ययन गरी स्वीकृति दिनको लागि बनेको दुई सदस्यीय समितिले शनिबार यस विषयमा सहमति जनाउँदै राष्ट्रबैंकमा नियमावली संशोधनको लागि पत्र पठाउने निर्णय गरिएको समितिका संयोजक रवि शंकर सैजुले जानकारी दिए ।    यस अघि नै जेठ २५ गतेको राजपत्रले सुन ल्याउनको लागि पाउने सर्वसाधारणको सुविधामा कटौती गरेर ५०० ग्रामसम्मको काँचो स ... बाँकी अंश»

भारत भ्रमणबारे ओलीले प्रचण्डलाई बुझाएको पत्रमा के छ ?

२०७३ भदौ २६ आइतबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको सन्दर्भलाई लिएर प्रमुख विपक्षी एमालेले १३ बुँदे माग सहितको ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।   एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वमा पूर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल सहितको उच्च स्तरीय प्रतिनिधि मण्डल ध्यानाकर्षणपत्र बुझाउन बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको होे । शनिबार बसेको एमाले स्थायी समितिको बैठकले नेपालको अहितमा सम्झौता हुन नदिन ... बाँकी अंश»

नयाँ