समसामयिक

प्रधानमन्त्रीले सचिवहरुलाई भने-क्रसर उद्योगलाई धमाधम काम गर्न दिनुस्

२०७३ भदौ १ बुधबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्रसर उद्योग सञ्चालन सम्बन्धि वर्तमान मापदण्ड वैज्ञानिक नभएकाले नयाँ मापदण्डको गृहकार्य गर्न निर्देशन दिएका छन् ।    वुधबार सिंहदरबारमा गृह, स्थानीय विकास, उद्योग, वातावरण र वन मन्त्रालयका सचिवहरुको संयुक्त बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिए ।    प्रधानमन्त्री दाहालले भने, ‘नेपाल भौगोलिक विविधतायुक्त देश हो । क्रसर उद्योग सञ्चालन सम्बन्धि देशैभरी एउटै मापदण्ड बनाउनु वैज्ञानिक हुँदै ... बाँकी अंश»

नेविसंघको मत खस्न राति २ बज्ने

२०७३ भदौ १ बुधबार, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनको मतदान जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतदानमा हाल सम्म हजार बढी मत मात्रै खसेको बताइएको छ ।   यही गतिमा भोट खसे हाल सम्म मतदानको कार्ड लिने मतदाताहरुको मात्र मत खस्न राति २ बस्ने आँकलन निर्वाचन समितिले गरेको छ ।    निर्वाचन समितिका पदाधिकारीहरुका अनुसार ३८ सय बढी मतदाता रहेकामा हाल सम्म मतदान कार्ड लिन ३२ सय बढी पुगेका छन् । यही गतिमा ती ३२ सयले मात्रै मत ... बाँकी अंश»

राजनीतिक भागबण्डाका राजदूतको सिफारिस जे पनि हुन सक्छ !

२०७३ भदौ १ बुधबार, काठमाडौं । सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि तत्कालिन केपी ओली नेतृत्वको सरकारले राजनीतिक भागबण्डाका आधारमा १४ देशका लागि सिफारिस राजदूतको सुनुवाई रद्द भएको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।    राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूत मध्ये ४ जनाले सोमबार मात्रै वर्तमान सरकार निर्णयविरुद्ध रिट निवेदन दर्ता गरेका थिए । वर्तमान सरकारले सुनुवाईका लागि संसदीय समितिमा उपस्थित भइसकेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय ग ... बाँकी अंश»

उपप्रधानमन्त्री महराले चिनियाँ प्रधानमन्त्रीलाई भेटे, ‘सी’को भ्रमणमा जोड

२०७३ भदौ १ बुधबार, काठमाडौं । चीन भ्रमणमा रहहेका उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री  ली खछ्याङसंग वुधबार भेटवार्ता गरेका छन्।    बेजिङस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्री लीले नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङसंगै आफ्नो भ्रमण निमन्त्रणाप्रति उपप्रधान तथा अर्थ मन्त्री महरालाई धन्यवाद दिएको बेजिङस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।    प्रधानमन्त्री लीले त् ... बाँकी अंश»

निधिको भारत दौड तीन तहको उच्च भ्रमणमा केन्द्रित : रणजित राय

२०७३ भदौ १ बुधबार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रायले छिट्टै नेपाल–भारतबीच द्धिपक्षीय उच्च तहको भ्रमण हुने बताएका छन् ।    वुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा राजदुत रायले छिट्टै दुई देशका उच्च तहको भ्रमण हुने बताएका हुन् । उनले भने,‘द्धिपक्षीय उच्च भ्रमण तय गर्नको लागि पनि नेपालका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि विहिबार दिल्ली जाँदैहुनुहुन्छ ।’ उनले मन्त्री निधिको भारत भ्रमणले नै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ ... बाँकी अंश»

सरकारलाई सर्वोच्चको पहिलो झड्का, राजदुत अस्विकार गर्ने निर्णयमा प्रहार

२०७३ भदौ १ बुधबार, काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम अस्वीकार गर्ने पुष्पकमल दाहाल नेतृत्वको सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।    सिफारिसमा परेर पनि सुनुवाइ हुन नपाएका राजदूतहरुले साउन ३१ गते दायर गरेको रिटमा सुनुवाई पछि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजालसले बुधवार १४ राजदूतको नाम अस्वीकार गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सरकार ... बाँकी अंश»

संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षमा नेपाली युवती जोली अमात्य

२०७३ भदौ १ बुधबार, काठमाडौं। संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षता गर्न नेपाली युवती जोली अमात्यले पाएकी छिन्। अमात्य संयुक्त राष्ट्रसंघको यति उच्चतहमा पुग्ने सबैभन्दा कम उमेरकी नेपाली हुन्। यसअगाडि उनले संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीमा सहअध्यक्षता गर्दै आएकी थिइन्। राष्ट्रसंघको सबैभन्दा ठूलो युवा सम्मेलनका रुपमा परिचित युथ एसेम्ब्ली विश्वभरका युवाहरुलाई नेतृत्व गर्ने उच्च तह हो। अमेरिकामा नेपालकी जोलि अमात्य सयुक्त राष्ट्र संघकि यूवा सम्म ... बाँकी अंश»

नेविसंघमा ६ जना निर्विरोध; गगन थापा निकट परमेश्वर भए सहमहामन्त्री

२०७३ भदौ १ बुधबार, काठमाडौं। नेपाल विद्यार्थी संघको नेतृत्वमा लागि निर्वाचन हुनुअघी नै ६ जना निर्विरोध भएका छन्। निर्विरोध हुनेमा एक पदाधिकारी सहमहामन्त्री सहित ५ जना केन्द्रीय सदस्य रहेका छन्। सहमहामन्त्रीमा सिरहाका परमेश्वर साह निर्विरोध भए। उनी मधेशी कोटाबाट निर्वाचित भएको निर्वाचन समितिका सदस्य अरुण पञ्जियारले जानकारी दिए। साह काँग्रेस नेता गगन थापा निकट हुन्। उनी नैनसिंह कुन्दन र सरोज थापा प्यानलबाट उमेद्वार भएका थिए।    त्यसैगरि कृषि तथा वनविज्ञा ... बाँकी अंश»

नेविसंघका ६८५ उम्मेदवार को को हुन्? (नामावली सहित)

२०७३ श्रावण ३२ मंगलबार, काठमाडौं। नेपाल विद्यार्थी सघंको अध्यक्षदेखि केन्द्रीय सदस्य सम्म गरि १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ८ जनाको उमेद्वारी परेको छ भने महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले ... बाँकी अंश»

नेविसंघ अध्यक्षमा आठ जना, जम्मा ६८५ जनाको उम्मेदवारी

२०७३ श्रावण ३२ मंगलबार, काठमाडौं। नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ। महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए।    त्यसैगरी महामन्त्रीमा कुन्दनराज काफ्ले, सरोज थापा, हिम ... बाँकी अंश»

संचार उद्यमी अरुण सिंघानिया हत्या प्रकरण : हातहतियार जुटाउने रामविनोदले आत्मसमर्पण गरे

२०७३ श्रावण ३२ मंगलबार, जनकपुर । संचार उद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न सद्भावना पार्टीका पूर्व केन्द्रीय सदस्य रामविनोद यादवले अदालत समक्ष आत्मसमर्पण गरेका छन् ।   लामो समय फरार रहेका यादवलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएकामा उनले आत्मसमर्पण गरेका हुन् ।    संचार उद्यमी सिंघानियाको हत्याको मुख्य योजनाकार भने धनुषा क्षेत्र नं.४ का  निलम्बित सांसद संजय साह हुन् । रामविनोद संजयका साथी हुन् ।    जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघा ... बाँकी अंश»

जनयुद्धका शहीद परिवारलाई १० लाख मैले नै दिएको थिएँ, थप पाँच लाख पनि मै दिन्छु

२०७३ श्रावण ३२ मंगलबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै शहीद तथा बेपत्ता योद्धा परिवारलाई राहत दिन तयार रहेको बताएका छन् ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार शहीद तथा बेपत्ता परिवारसंग सामूहिक भेट गर्दै दाहालले भने, ‘जनयुद्धका शहीदहरुलाई राज्यबाट शहीद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहिलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो । अहिले दोस्रो पटक प्रधानमन्त्रीको ... बाँकी अंश»

पौडेल पक्षले तोक्यो अध्यक्ष र महामन्त्री, त्रिपाठी र अधिकारी स्वतन्त्र उम्मेदवारी दिँदै

२०७३ श्रावण ३२ मंगलबार, काठमाडौं । नेविसंघको ११ औं महाधिवेशनमा आफ्नो पक्षबाट आधिकारिक उम्मेदवार बनाउनको लागि बिहान बसेको बैठकले सबै आकांक्षीलाई चित्त बुझाउन नसक्दा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ जनाको उम्मेदवारी पर्ने भएको छ। मंगलबार विहानैदेखि महामन्त्री शशांक कोइरालाको निवासमा भएको वरिष्ठ नेता पौडेल सहितको छलफलबाट अध्यक्षमा मनोजमणि आचार्य, महामन्त्रीहरूमा हिमालदत्त श्रेष्ठ र दिपक भट्टराईलाई उठाउने निर्णय गरिएको नेता मोती भण्डारीले जानकारी दिए । आचार्य ... बाँकी अंश»

पौडेल पक्षमा नेतृत्वको रस्साकस्सी, छलफलको लागि शशांक निवासमा पौडेल सहितको भेला

२०७३ श्रावण ३२ मंगलबार, काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी ११ औं महाधिवेशनबाट नेतृत्वको लागि मनोनयन दर्ताको काम बिहान ८ बजेदेखि सुरू हुँदैछ। लामो विवादका कारण साउन २३ गते सुरू भएको निर्वाचन अहिलेसम्म लम्बिएको भएपनि सोमबार दुई शीर्ष नेताहरूबीच विवादित विषय मिलाएर महाधिवेशन गराउने सहमति भएपछि मंगलबार नै मनोनयन दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको नेविसंघ ११ औं महाधिवेशनको निर्वाचन समिति सदस्य अरूण कुमार पञ्जियारले जानकारी ... बाँकी अंश»

नेविसंघमा नैनसिंह महर, सरोज थापा र कुन्दन काफ्लेको संयुक्त प्यानल

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं। नेपाल बिद्यार्थी संघको बुधवार हुने निर्वाचनमा पार्टी सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौला समुहका तर्फबाट अध्यक्षमा नैनसिंह महर उठ्ने पक्का भएको छ।  पदाधिकारीहरुमध्ये प्रभावशाली मानिने महामन्त्रीमा अध्यक्षका आकाँक्षीहरु सरोज थापा र कुन्दन काफ्ले उमेद्वार हुने भएका छन्। यो समुहलाई देउवा तथा काँग्रेस नेता गगन थापा र प्रदिप पौडेलको संयुक्त प्यानलको रुपमा पनि अर्थ्याइएको छ।    नेविसंघका नेता ऋषिकेश शाहका अनुसार ने ... बाँकी अंश»

देउवा र पौडेलबीच दुई बुँदे सहमति

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं। काठमाडौंमा जारी नेपाल विद्यार्थी संघको निर्वाचनमा देखिएको समस्या हल गर्ने विषयमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच दुई बुँदे सहमति भएको छ।    सोमबार दिउँसो भएको दुईनेताहरू बीचको बैठकमा नेविसंघको निर्वाचनलाई विधिवत रूपमा सम्पन्न गर्नको लागि विवादित भनिएको दुई विश्वविद्यालयहरू पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय र काठमाडौं उपत्यकाका क्याम्पसहरूको प्रतिनिधि हेरफेर गर्ने स ... बाँकी अंश»

यसरी टुक्रा–टुक्रा भयो काभ्रेको खहरेभिरमा खसेको बस

२०७३ श्रावण ३१ सोमबार, काभ्रे। काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ। अरनिको यातायातको बा ३ ख १०६ नम्बरको बस बिर्तादेउराली –९ खहरेभिरमा दुर्घटना हुँदा बसमा सवार २६ जनाकाे मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक नविनराज राईले जानकारी दिए। ... बाँकी अंश»

नेविसंघ अध्यक्षमा ३ जनाको मनोनयन दर्ता

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं। नेविसंघको जारी ११ औं महाधिवेशनमा नेतृत्वको लागि हुन लागेको निर्वाचनको मनोनयन दर्ताको लागि समय थप गरिएको छ। काठमाडौंमा जारी महाधिवेशनमा पौडेल पक्षले प्रतिनिधिको नामावलीमा असहमति जनाउँदै मनोनयनको कार्यक्रम बहिस्कार गरेपछि दिउँसो १ बजेसम्मको लागि तोकिएको मनोनयन दर्ताको काम साँझ ६ बजेसम्मको लागि लम्व्याइएको निर्वाचन समितिका सदस्य अरूण कुमार पञ्जियारले जानकारी दिए।   काँग्रेस नेताहरूकोबीचमा सहमतिको प्रयास भईरहेकोले समय थप गरिए ... बाँकी अंश»

अयोग्य भन्दै प्रश्न उठेका ३ सरकारी डाक्टर मन्त्रालय तानिए, एकको जागिर चैट

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरी सरकारी डाक्टर बनेका तीन जनालाई स्वास्थ्य मन्त्रालयले केन्द्रमा तानेको छ ।    नक्कली शैक्षिक प्रमाण–प्रत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको भनि प्रश्न उठेका लुम्बिनी अंचल अस्पताल बुटवलका डाक्टर सुनिल आचार्य, नारायणीका सरोज कुमार सिँह र पन्नालाल पटेल मन्त्रालय तानिएको स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।    आचार्य र सिँह लोकसेवा आयोगको परिक्षा पास गर्दै स्थायी भएका हुन् भने पट ... बाँकी अंश»

नेविसंघ महाधिवेशनः पौडेल पक्षको नाराबाजी, देउवा पक्ष छलफलमा, कुन्दन तयार

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मनोनयन दर्ता प्रक्रिया जारी छ । नेपाली काँग्रेसको पार्टी कार्यालयमा सोमबार बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु भएको हो ।    अहिलेसम्म स्वतन्त्र उम्मेदवारलेमात्र मनोनयन दर्ता गरिरहेका छन् ।    रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले विधिवत् महाधिवेशन प्रतिनिधि नभएको भन्दै मनोनयन प्रक्रियालाई अवरुद्ध गर्ने प्रयास गरिरहेको छ । राजनीतिक सहमतिको रुपमा भएको प्रति ... बाँकी अंश»

नयाँ