समसामयिक

भ्रष्टाचार नियन्त्रणका लागि अदम्य साहसको आवश्यकता : प्रमुख आयुक्त कार्की

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारको जालोलाई तोड्न ठूलो झट्का, जोड र अदम्य साहसको आवश्यकता रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आज आयोगको केन्द्रीय कार्यालय टङ्गालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार हल्काफूल्का झट्काबाट अन्त्य हुन सक्दैन, यसका लागि ठूलो झड्का, ठूलै जोड र अदम्य साहसको आवश्यकता पर्दछ ।”    मुल ... बाँकी अंश»

भारतीय दुतावास अगाडिबाट मानवअधिकारकर्मी पक्राउ

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौँ। नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा बिहान ११ बजेदेखि धर्नामा बसेका २६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरिएको समाजका सभापति गङ्गाप्रसाद अधिकारीले जानकारी दिए ।  पक्राउ पर्नेमा सभापति अधिकारीसहित संस्थापक सभापति कृष्ण पहाडी, अधिकारकर्मी रेणुका पौडेल, कृष्ण कँडेल, प्रताप पौडेल, उत्तम पुडासैनी, पुष्पा ... बाँकी अंश»

संसदीय टोलीको निश्कर्ष– ‘मुस्ताङको कोरला नाका उपयुक्त विकल्प’

२०७२ मङ्सिर १७ बिहिबार, मुस्ताङ । मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्न उपयुक्त विकल्प भएको संसदीय टोलीले निष्कर्ष निकालेको छ ।  लामो समयदेखि बन्द अवस्थामा रहेको नाकाको स्थलगत अध्ययनका लागि गएको व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिले यस्तो निष्कर्ष निकालेको हो । बुधबार सदरमुकाम जोमसोममा आयोजित अन्तरसंवाद कार्यक्रममा समितिका सभापति रवीन्द्र अधिकारीले दुई देशलाई जोडेर त्यसबाट फाइदा लिन नाका उपयोगी हुने देखिएको बताए ... बाँकी अंश»

साझा धारणा नबनाई प्रमुख तीन दलको बैठक सकियो

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका सम्बन्धमा साझा धारणा बनाउन बिहीबार बिहान बसेको प्रमुख तीन दलको बैठक साझा धारणा नबनाई केही समय अघि सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमामा बिहान सत्तारुढ दल नेकपा(एमाले)सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बसेको बैठकले मोर्चासँगको छलफल पछि निश्कर्ष निकाल्ने निर्णय गरेको छ ।  साझा धारणा आउन नसकेपछि मधेशी मोर्चासँग गर्ने भनि ... बाँकी अंश»

मितेरीपुलमा भारतीय समूहबाट आक्रमण, मधेसी मोर्चा कार्यकर्ता घाइते

२०७२ मङ्सिर १७ बिहिबार, वीरगञ्ज । पर्साको नेपाल–भारत सीमा मितेरीपुलमा फेरि झडप भएको छ । मितेरीपुलमा धर्ना बसेका मधेसी मोर्चाका कार्यबर्ता र भारतीय समूहबीच झडप भएको हो । स्थिति तनावग्रस्त रहको प्रहरीले जनाएको छ । गए राति समेत रक्सौलमै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयहरुले आक्रमण गरेका थिए ।    राति साढे ८ बजे आन्दोलनकारीको संख्या कम रहेको मौका पारी भारतीय एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा पाँच आन्दोलनकारी घाइते भएका छन् । घाइते ... बाँकी अंश»

जमुनाह नाकामा फेरि झडप, सुरक्षाकर्मीलाई ताकेर पेट्रोल बम प्रहार, चार प्रहरी घाइते

२०७२ मङ्सिर १६ बुधबार, बाँके । बाँकेको नेपालगन्जस्थित रुपैडिया–जमुनाहा नाकामा बुधबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दोहोरो झडपमा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार गरेका छन् । झडपमा परी चार प्रहरीसहित ६ बढी आन्दोलनकारी घाइते भएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा बसेर ढुंगा प्रहार भएपछि दिउँसो केहीबेर स्थिति तनावग्रस्त बनेको थियो । भारतीय भूमिबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको हो । प्रहरीले समे ... बाँकी अंश»

त्रिदलीय साझा धारणा बनाउन बिहीबार बैठक

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका सम्बन्धमा साझा धारणा बनाउन बिहीबार प्रमुख तीन दलको बैठक हुने भएको छ। प्रधानमन्त्री निवासमा बिहान सत्तारुढ दल नेकपा(एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई बताउनुभयो।   मोर्चाका माग सम्बोधनका सन्दर्भमा सो बैठकले साझा धारणा तय गर्ने र मोर्चासँगको वार्ताको नयाँ मित ... बाँकी अंश»

उग्र बन्दै मोर्चाका कार्यकता, युवकलाई जिउँदै जलाउने प्रयास

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । नवलपरासीमा तेल तस्करी गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले एक युवकको शरिरमा पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् । उनीहरुले बुधबार बिहान मोटरसाइकलमा यात्रा गरिरहेका घिराउ यादवलाई सनई–९ पडरीमा आगो लगाएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताए । घाइते यादवको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न आशंकामा स्थानीय राजेश सैथवार, शिव कुमार यादव र सेरु मियालाई पक ... बाँकी अंश»

मधेसको आन्दोलनको समाधान भए नाकाबन्दी हट्ने भारतको आश्वासन

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले मधेसमा जारी आन्दोलनलाई सम्बोधन गरेर राजनीतिक समाधान भएमा अघोषित नाकाबन्दी र आपूर्तिमा भइरहेको अवरोध तत्काल हट्ने बताएकी छन् ।  भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा स्वराजले भारतबाट आपूर्तिमा कुनै पनि अवरोध नहुनेमा आश्‍वस्त पार्दै मधेस आन्दोलनको समस्या समाधान गरेमा मात्र नाकाको अवस्था सामान्य हुने बताएकी हुन् ।  नयाँदिल्लीस्थित नेहरु भवनमा भएको भेटमा द ... बाँकी अंश»

नेपालमा शुरु भयो विद्युत्तीय हस्ताक्षर

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक समारोहका बीच नेपालमा पहिलोपटक विद्युतीय हस्ताक्षर शुभारम्भ गरेकी छन् । विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दो बनाउने हेतुले प्रमाणीकरण नियन्त्रकको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ र सो सम्बन्धी नियमावली, २०६४ अन्तर्गत सो कार्यको सुरुवात गरेको हो ।  विद्युतीय हस्ताक्षर शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले सूचना प्रविधिको यथोचित प्रयोग गर्दै सार्वजनिक सेवालाई सुरक्षित, भरपर् ... बाँकी अंश»

सन्दर्भ‘बहुराष्ट्रिय राज्य’: के होला ११ नम्बर बुँदाको बहस ?

२०७२ मङ्सिर १६ बुधबार, चन्द्र धामी, काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख तीन दलबीच बुधबार (आज) औपचारिक वार्ता हुँदै छ । मोर्चाले प्रमुख तीन दललाई आफुहरुका मागबारे साझा धारणा बनाएर आउन भने पनि सो अभ्यास भएको छैन । मोर्चाले ११ बुँदे मागबारे सवाल उठाएपछि दलहरुबीचमा तरलता उत्पन्न भएको छ । पछिल्लो समय मोर्चाले ‘बहुराष्ट्रिय राज्य र समावेशी सेना’ को बुँदालाई वार्ताको बटमलाईन बनाएपछि संवादको माहोल बदलिएको छ । बहुराष्ट्रिय राज्यलाई दलहरुल ... बाँकी अंश»

प्रचण्डको नयाँ प्रस्ताव : झगडाको अर्को विउ

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । तराईमा भईरहेको आन्दोलनलाई साम्य पार्न भन्दै एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको भनिएको प्रस्ताव चर्चाको विषयमा सिमिति हुने भएको छ। समस्या समाधानका लागि भन्दा पनि केही प्रयास गरेको भन्ने भान पार्न र चर्चा बलुल्ने उद्धेश्यले मात्रै नयाँ प्रस्ताव आएको अधिकांशको बुझाई छ । तराईमा बढीमा दुई प्रदेश हुनु पर्ने माग गर्दै आन्दोलन भईरहेपनि दाहालले भने तराईमा तिन प्रदेश पर्नेगरी प्रस्ताव गरेकाले मधेशी मोर्चाले सोझै ... बाँकी अंश»

मोर्चाको माग सम्बोधन गर्न एमाले लचिलो, कांग्रेसको तयारी यस्तो छ ?

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । सत्ताधारी एमालेले राष्ट्रिय हितमा प्रभाव नपर्ने गरी आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधन गर्न लचिलो हुने निर्णय गरेको छ । यसै निर्णयकै आधारमा एमालेले कांग्रेस र एमाओवादीसँग बैठक गरी साझा धारणा बनाउने निर्णय गरेको छ । जसका लागि बुधबार प्रमुख तीन दलबीच छलफल हुने छ । त्यसपछि निर्णाक वार्ता हुने भनिएको छ ।    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले शीर्ष नेताहरुको बैठकले दबाब दिएको भरमा राष्ट्रिय हित नै प्रतिकुल हुने गर ... बाँकी अंश»

भारतीय कुकर्मको अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध, युरोपियन युनियनको संसद भवन घेराउ

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । भारतीय नाकाबन्दी सोझै नेपाल माथिको हस्तक्षेप भन्दै गैरआवासिय नेपालीहरुले लक्जेम्बर्गस्थित युरोपियन युनियनको संसद भवन अघि प्रदर्शन गरेका छन् ।   उनीहरुले कुनै पनि छिमेकिले अर्को छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने भन्दै मंगलबार युरोपेली संसद भवन घेराउ गरे । लग्जेम्वर्ग र सो आसपासमा बस्ने गैरआवासिय नेपालीहरुको प्रदर्शनपछि युरोपियन संसदका अध्यक्ष मार्टिन सुजले प्रदर्शनकारीलाई भेटेर ज्ञापन पत्र बुझेका एनआरएन लक् ... बाँकी अंश»

कतारले आप्रवासी कामदारको अधिकार संरक्षण नगरेको एम्नेस्टीको आरोप

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौँ । कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप सो देशमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ । एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले गएराति विज्ञप्ति जारी गर्दै कतारले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता गर्ने निर्णय भएको पाँच वर्ष भइसक्दासमेत आप्रवासी कामदारको अधिकार संरक्षणको प्रतिबद्धता पूरा नहुनु लज्जाको विषय भएको जनाएको छ ।    कतारमा कामदारको ट्रेड युनियन अधिकार ... बाँकी अंश»

एक वर्ष पछाडि धकेलियो माथिल्लो तामाकोसी

२०७२ मङ्सिर १५ मंगलबार, रमेश लम्साल, काठमाडौँ। भूकम्पका कारण निर्माण कार्य अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सुरु हुने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सो आयोजना सुरु हुन लागेको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।  भूकम्पपछि आयोजनाको काम पूर्णरुपमा प् ... बाँकी अंश»

मोर्चा–नेमकिपाको अवरोधबाट संसद् बैठक अवरोध

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदको अवरोधका कारण स्थगन भएको छ । बैठकको प्रारम्भसँगै नेपाली काँग्रेस र मधेस केन्द्रित दलहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्ती मगरले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरलाई बोल्न समय प्रदान गरेको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध दलका सांसद रोस्ट्रम नजिक आएर तथा नेमकिपाका सांसदले आफू रहेक ... बाँकी अंश»

'नेपाली जनता भारतको दादागिरी र नेपाली नेताको असक्षमताको सिकार बन्दै'

२०७२ मङ्सिर १४ सोमबार, काठमाडौं। थाइल्याण्डको बैंककका रहेका गैरआवासीय नेपालीहरुले भारतीय नाकाबन्दीका सम्वन्धमा नेपाल सरकारले आफ्नो आधिकारिक धारणा चाँडो बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले बैंककमा आयोजना गरेको कार्यक्रममा नाकाबन्दीबारे नेपाल सरकारको प्रष्ट धारणा नआउँदा अन्तर्राष्ट्रिय समुदायको आवश्यक मात्रामा ध्यानाकर्षण हुन नसकेको र समस्या लम्बिएको निश्कर्ष निकालियो ।   ‘नेपालको नयाँ संविधान जारी भएपछिको अवस ... बाँकी अंश»

भारतीय राजदूतलाई हटाउन माग, नाकाबन्दीविरुद्ध दिनहुँ प्रदर्शन

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । भारतीय नाकाबन्दीले आक्रान्त बनेका नागरिक र संघ संगठनहरुले पछिल्लो समय नेपालका लागि भारतीय राजदूत रणजित रायलाई फिर्ता पठाउन माग गरिरहेका छन् । लामो समय देखिको जाकाबन्दीले जनजीवन असहज भएपछि संघ संगठन तथा नागरिक स्वयं राजदूतविरुद्ध खनिएका हुन् । एक पछि अर्को गर्दै विभिन्न समूहहरु दूतावास घेर्न पुगिरहेका छन् ।    सोमबार दिउँसो नेपाल मज्दुर किसान पार्टीसम्वद्ध पेशागत तथा भ्रातृ संगठनहरुले दूतावास मार्फत भारतीय प्रधानमन्त्रीलाई ज ... बाँकी अंश»

निर्णायक वार्ता बुधबार

२०७२ मङ्सिर १४ सोमबार, काठमाडौँ । लामो समयपछि सोमबार भएको सत्तारूढ दलहरु, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारी दलहरुबीचको त्रिपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।  सत्तारूढ गठबन्धन दलहरु नेकपा (एमाले), एकीकृत नेकपा ९माओवादी०, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक०, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच भएको छलफल सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताएका छन् ।  प्रति ... बाँकी अंश»

नयाँ