समसामयिक

दशैंमा घर जानेहरुका लागि यसरी सरकारी बसको व्यवस्था गर्दैछन् मन्त्री लेखक ?

२०७३ असोज १६ आइतबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं उपत्यकाबाहिर सय सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले आइतबार यातायात मन्त्री र सचिवलाई कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।    नजिकिँदै गरेका दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका मुख्य सहर र जिल्ला सदरमुकामसम्म नागरिकको सहजताका लागि यातायात आवगमनलाई सहज बनाउन प्रधानमन्त् ... बाँकी अंश»

यसरी चल्दैछ १५० वर्षसम्म सिन्धुपाल्चोककै जेठो घट्ट

२०७३ असोज १६ आइतबार, काठमाडौं। घर सिन्धुपाल्चोकको निवुगाउँ भन्ने ठाउँमा, वर्ष ५७। अहिले घट्टको आधा मालिक हुँ भन्ने गरेका गणेश तामाङ डेढ वर्षदेखि महादेव खोलाको घट्टमा कामगर्दै आएका छन्। सडकको छेवैमा छ घट्ट। माथि दुईपट्टिबाट पानी जोडेर तलको फिता घुमाईन्छ र घुमिरहेकै छ घट्ट। त्यही घट्टसँगै वितिरहेकै छ एक बृद्धोन्मुख व्यक्तिको गुजारा पनि।  ... बाँकी अंश»

उपाध्याय र पौड्याल राजदूतमा अनुमोदित

२०७३ असोज १६ आइतबार, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र लिलामणि पौड्यालको नाम अनुमोदन गरेको छ ।    आइतबार बसेको विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका पौड्यालको नाम अनुमोदन गरेको समिति सदस्य एवं कांग्रे प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।   श्रेष्ठले भने, ‘दीपकुमारबारे एमालेले फेरि पनि विरोध गरेको थियो । विरोधबीच पास गरिसकेका छौं ।’ ... बाँकी अंश»

स्वास्थ्य मन्त्रालयमा कर्मचारीको व्यापक सरुवा (लिष्टसहित)

२०७३ असोज १६ आइतबार, काठमाडौ. । बडादशैंको मुखमा कर्मचारीहरुको व्यापक सरुवा भएको छ । गत भदौ ३० गतेभित्रै गर्नुपर्ने सरुवामा ढिलाइ हुँदा फरक फरक मितिमा सरुवा भएको हो ।   स्वास्थ्य मन्त्रालयमासमेत व्यापक सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीरुको असोज १४ गते शुक्रबारमात्र सरुवा भएको हो ।   सामान्य प्रशासन अन्तर्गत १८ अधिकृतको सरुवा भएको छ ।    त्यस्तै आर्थिक योजना तथा तथ्यांक सेवामा ५ जनाको सरुवा हुँदा जिल्ला जनस्वास्थ्य कार्यालयबाट कम्प ... बाँकी अंश»

बडा दशैंः नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा

२०७३ असोज १६ आइतबार, काठमाडौं । देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रलाई नवरात्रव्रत भनिएको छ्र । त्यसको दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना गरी द्वितीया पर्व मनाईँदै छ ।    हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरेका छन् ।    घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको दोस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो ।    घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात ... बाँकी अंश»

गोविन्द केसीको समर्थनमा कस्ता–कस्ता ‘पागल’ ?

२०७३ असोज १५ शनिबार, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।    ‘सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्स’मा आवद्ध चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेशाकर्मी र नागरिकले शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट नयाँबानेश्वर सम्म जुलुस निकाले ।    जुलुसमा साधु सन्तहरु समेत पागल लेखेको कालो पट्टीमा देखिए । केसीको समर्थन गर्दै मेडिकल माफियाविरुद्ध नारावाजी गरेका प्रदर्शनकारीले लोकतन्त्रका ... बाँकी अंश»

पूर्वमन्त्री श्याम सून्दर गुप्ता नख्खु कारागारमा, साथमा प्रहरी इन्सपेक्टर पण्डित पनि

२०७३ असोज १५ शनिबार, काठमाडौं । अपरहण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेको पूर्वमन्त्री श्याम सून्दर गुप्ता र सहयोगी प्रहरी निरीक्षक अनिल पण्डित पुर्पक्षका लागि जेल चलान भएका छन् ।   जिल्ला अदालत ललितपुरले गुप्तासहित गुप्तालाई सघाउने भैसेँपाटीका प्रहरी प्रभागका निरीक्षक पण्डितलाई समेत जेल चलान गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले बताए ।   अधिकारीले हाम्रा कुरासंग भने, ‘दुवैलाई शुक्रबारै पुर्पक्षका लागि जेल चलान गरिएको छ । गु ... बाँकी अंश»

बाढीपहिरो पीडितलाई दशैं खर्च १५ हजार, घरमै पुगेका प्रधानमन्त्रीलाई १० बुँदे उपहार

२०७३ असोज १५ शनिबार, प्यूठान । प्यूठानका बाढीपहिरो पीडितले दशैं तिहार चाडपर्व खर्च स्वरुप १५ हजार पाउने भएका छन् । प्रधानमन्त्री दाहालले प्युठान पुगेर पीडित परिवारलाई प्रतिपरिवार १५ हजार दिने बताएका हुन् । दाहालले भने, ‘बाढिपहिरो प्रभावितका लागि भूकम्प पीडित बराबरको सरकारी सहयोग र राहत दिने सरकारले तयारी गरेको छ ।’   प्यूठानमा साउन ११ र १२ गते आएको बाढीपहिरोबाट ५३ जनाको मृत्यु भएको थियो । त्यस्तै करोडौँको भौतिक पूर्वाधार नष्ट भएका थिए । दाहालले यसअघि कर्णाली ... बाँकी अंश»

प्रधानमन्त्री एका–एक किन पुगे बाँके ?

२०७३ असोज १५ शनिबार, नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताएका छन् ।     सोही सिलशिलामा शनिबार बाँकेको नेपालगञ्जमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री दाहाले भने, ‘सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना हो । ४७ प्रतिशतका काम भएको छ ।    अब हामीले दिएको समय भन्दा अघि सम्पन्न गर्नुहोला । समयमै गुणस् ... बाँकी अंश»

एमाले जस्तो जिम्मेवार पार्टीले संविधान कार्यान्वयन अड्काउनु हुँदैन–रामचन्द्र

२०७३ असोज १५ शनिबार, काठमाडौँ । काँग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताएका छन् ।    नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले शनिबार विजयादशमी, दीपावली, छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा पौडेले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताए ।    नेता रामचन्द्र पौडेलले भने, ‘संविधानमा मधेसीका अधिका ... बाँकी अंश»

झन् भारतको विरोध गरिरहेको छु, उल्टै म पो भारत परस्त रे ! – भट्टरार्इ

२०७३ असोज १५ शनिबार, भक्तपुर। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउएका छन् ।    नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा शनिबार काठमाडौमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले भने — भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरित रहेको छ ।    संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेक ... बाँकी अंश»

सिन्धुपाल्चोकको राम्चेमा पहिरो, एकै परिवारका ३ को मृत्यु

२०७३ असोज १५ शनिबार, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोकको राम्चेमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा राम्चे–७ पुराना गाउँका ३५ वर्षीय रामकुमार तिमिलिसना, वर्ष २५ का उद्वव तिमिल्सिना र उद्ववकी श्रीमती सम्झना तिमिल्सिना रहेका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । सम्झना रामकुमारकी भाई बुहारी हुन् ।    राति साढे २ बजेतिर घर माथीबाट आएको पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी रविन्द्र केसील ... बाँकी अंश»

उन्नाइसौँ सार्क शिखर सम्मेलनका लागि नेपालले पहल गर्ने छ– परराष्ट्रमन्त्री

२०७३ असोज १५ शनिबार, काठमाडौँ, १५ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९ आँै शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने बताएका छन्।  संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने– सबै सहभागी हुने सुनिश्चित गरेर शिखर सम्मेलन गर्नुपर्छ, त्यसका लागि सबै सदस्य राष्ट्र संवेदनशील ह ... बाँकी अंश»

बडा दशैंको पहिलो दिन घटस्थापना , जमरा राख्ने यस्तो छ विधि

२०७३ असोज १५ शनिबार,     काठमाडौं । बडा दशैं नेपालीहरूको प्रमुख चार्ड हो । राष्ट्रिय चार्ड दशैँ (नवरात्र) हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म शक्तिको आराधना गरी दशौं दिन बिहान दशमीका दिन टीका ग्रहण र विशेष रुपमा पूर्णिमासम्म प्रसाद ग्रहण गर्दै मनाउने गरिन्छ ।    आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०मा जमरा राखी नवमीसम्म नवरात्रीय विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ्र । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण् ... बाँकी अंश»

स्वास्थ्य मन्त्री गगन थापाको अनसनरत गोविन्द केसीसँग भेटवार्ता

२०७३ असोज १४ शुक्रबार, काठमाडौं । स्वास्थ्य मन्त्री गगन कुमार थापाले अनसनरत गा. गोविन्द केसीसँग भेट गरेका छन् । चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग राख्दै नवौं पटक अनसनमा बसेका डा. केसीसँग मन्त्री थापाले शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर भेटघाट गरेका थिए । भेटका क्रममा मन्त्री थापा र डा. केसीबीच केसीले राखेका मागहरू र त्यसमा सरकारले चालेका कदमहरूको विषयमा सामान्य छलफल भएको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।    उनीहरूबीचको भेटका क ... बाँकी अंश»

एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

२०७३ असोज १४ शुक्रबार, काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाको निर्वाचन रोक्न उच्च अदालत पाठनले आदेश दिएको छ । रेफ्री समितिको अख्तियारी प्राप्त विनोद केसी समेतको तर्फबाट युवा तथा खेलकूद मन्त्रालय, मन्त्रालयका मन्त्री, अखिल नेपाल फुटवल संघ, संघकै निर्वाचन समिति, राष्ट्रिय खेलकूद परिषद् समेतर्ला विपक्षी बनाएर दायर गरिएको रिट उपर फैसला गर्दै उच्च अदालतले निर्वाचन तत्कालको लागि स्थगन गर्न आदेश दिएको हो ।    न्यायाधीस प्रेमराज कार्कीको एकल इजलासले निवेदकले यस विषयमा ... बाँकी अंश»

१६ अर्ब वितरण गर्ने प्रधानमन्त्रीको दाउ प्रति शान्ति समाजको आपत्ति

२०७३ असोज १४ शुक्रबार, काठमाडौँ ।  बिगतको हिंसात्मक द्वन्दसँग सम्बन्धित मुलत “माओबादीसँग आबद्धहरुलाई”  १६ अर्ब रुपैया भन्दा बढी रकम राज्य कोषबाट बितरण गर्ने कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहालले अघि सारेको भन्ने समाचार प्रति मानब अधिकार तथा शान्ति समाजको गम्भिर ध्यानाकर्षण जनाएको छ ।    मानब अधिकार तथा शान्ति समाजका सभापति गंगाधर अधिकरीद्वारा शुक्रबार जारी  विज्ञप्तिमा  सो सम्बन्धमा सत्यतथ्य स्पस्ट गर्न प्रधानमन्त्री दाहाल र सरकार लाई आग्रह गरिएको छ ।   ... बाँकी अंश»

पुनर्निर्माण प्राधिकरणको चेतावनी : पैसा बुझेर घर नबनाए कारबाही

२०७३ असोज १४ शुक्रबार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको लागि वितरण गरिएको पहिलो किस्ताको ५० हजार सलएर घर निर्माण नगर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।    शुक्रबार प्राधिकरणले विज्ञप्ती जारी गर्दै दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत प्राप्त नहुने हुँदा अनुदान रकम घर पुनर्निर्माणमा बाहेक अन्यमा खर्च नगर्न पनि अग्रह गरेको छ ।      प्राधिकरणले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि असोज १३ गतेसम्ममा ४ लाख ६ हजार ३ स ... बाँकी अंश»

श्वासप्रश्वासमा समस्या आएपछि काँग्रेस सांसद् चौधरी नर्भिकमा

२०७३ असोज १४ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद् पार्वता डिसी चौधरी अस्पताल भर्ना भएकी छिन् । श्वासप्रश्वासमा समस्या देखिएपछि सांसद् चौधरीलाई शुक्रबार नर्भिक अस्पतालमा भर्ना गरिएको उनका सहयोगीहरूले बताएका छन् ।    व्यवस्थापिका संसद्मा शुक्रबार बजेट आश्रित ३ विधेयक पारित गर्ने कार्यतालिका रहेको थियो । सोही कार्यतालिका अनुसार संसद् चल्दै गर्दा उनलाई स्वासप्रश्वासमा समस्या आएको हो ।   ... बाँकी अंश»

स्वतन्त्रता सेनानी नौलाखाले घरमै पुगेका मन्त्री केसीलाई भने 'कांग्रेस एक बनाउन लाग्नुस’

२०७३ असोज १४ शुक्रबार, बिराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्य जग भनेको नै विराटनगर हो । विराटनगरमा कृष्णप्रसाद कोइरालाले सुरु गरेको राणाविरोधी अभियानले पछि आन्दोलनको रुप लिएको थियो । कृष्णप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनको अग्रमोर्चामा एकजना मारवाडी समुदायको व्यापारी युवा भीमराज नौलखा थिए । मोरङ र सुनसरीका बिभिन्न कार्यक्रममा सहभागि हुन विराटनगर पुग्नुभएका कांग्रेस नेता तथा सहरी बिकास मन्त्री अर्जुननरसि ... बाँकी अंश»

नयाँ