समसामयिक

कांग्रेसको १० घण्टे बैठकले पनि टुंग्याएन उम्मेदवार, कास्की २ मा बन्लान् त धनराज गुरुङ ?

२०७६ कार्तिक २० बुधबार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्नै हम्मेहम्मे परेको छ । ... बाँकी अंश»

भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेको प्रति कांग्रेसको आपत्ति, सरकारको धारणा माग 

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । ... बाँकी अंश»

के के न भयो भन्नुपर्ने केही छैन : प्रचण्ड

२०७६ कार्तिक १९ मंगलबार, नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उनिहरुमाथि सम्मान गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।” ... बाँकी अंश»

उम्मेदवारको मनोनयनपत्र दर्ता बिहीबारदेखि

२०७६ कार्तिक १९ मंगलबार, प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । ... बाँकी अंश»

राजमोसँगको तालमेलपछि नेकपा पार्टी तहमा असन्तुष्टि

२०७६ कार्तिक १९ मंगलबार, नेकपाका जिल्लास्तरीय नेता पनि एक्लै चुनाव जितिने निष्कर्षमा पुगेका थिए । तल्लो तहका समितिको ‘रिपोटिङ’ र वस्तुगत अवस्थाका आधारमा नेकपा चुनाव जित्नेमा ढुक्क बनेको थियो । उक्त निर्वाचन क्षेत्रमा विगतको मत परिणामको आधारमा राजमो भन्दा नेकपाको जनमत केही अन्तरले बढी छ । नेकपा र राजमो नमिल्दा भने नेपाली काङ्गे्रस नै अगाडि छ । ... बाँकी अंश»

बमकाण्डका आरोपी आलमले दिए बयान

२०७६ कार्तिक १९ मंगलबार, १२ वर्षअघि ईटा भट्टाभित्र जिउदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ सहितका व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । ... बाँकी अंश»

प्रतिस्पर्धी ओलीबाटै थापे शेरचनले प्रदेश प्रमुखको पद

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौं । २०६२/६३ को आन्दोलन सफलपछि बनेको नेपाली कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा तत्कालिक जनमोर्चाका अध्यक्षको रुपमा अमिक शेरच सरकारमा उपप्रधानमन्त्री बनेका थिए । उनिसँगै तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओली पनि उपप्रधानमन्त्री नै थिए । ... बाँकी अंश»

कास्कीमा जमुना र बागलुङमा सन्तोष विवेकशील नेपालीका उम्मेदवार

२०७६ कार्तिक १९ मंगलबार, विभिन्न संघ-संस्थाको नेतृत्वदायी भूमिकामा बसेर होस् या सामाजिक अभियानहरुको नेतृत्व गरेर जमुना शर्माले आफुलाई प्रमाणित गरिसकेका छन् । विवेकशील नेपाली दलले आफ्नो भूमिकालाई अझ नागरिकपक्षीय र प्रभावकारी बनाउन, कास्की-पोखराको गरिमालाई सदा उँचो राख्न चुनाव जित्ने संकल्प सहित जमुना शर्मालाई उम्मेदवार बनाएको छ। ... बाँकी अंश»

नेपाली भुभाग कालापानी, लिपुलेक भारतीय नक्सामा, राप्रपाको आपत्ति

२०७६ कार्तिक १९ मंगलबार, मंगलबार राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,'नेपाली भुभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्विकार्य छ । आफ्नो भुभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न राप्रपा सरकारसंग माग गर्दछ ।' ... बाँकी अंश»

कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

२०७६ कार्तिक १९ मंगलबार, उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको कृपामा दिव्या सिंहलाई पदक र नियुक्तिको खात

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई सरकारले सम्मान र नियुक्तिको बर्षाएको छ । प्रधानमन्त्री ओली नै दाहिना भएपछि सिंहले यो अवसर पाइरहेकी छिन् । ... बाँकी अंश»

कांग्रेसलाई उम्मेदवार छान्नै सकस

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउनै सकस भएको छ । ... बाँकी अंश»

मेडिसिटीले बिरामीको ज्यान पनि बचाएन शव पनि दिएन 

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौं । ललितपुरमा रहेको मेडिसिटी अस्पतालले एक बिरामीको तीन पटकसम्म अप्रेशन गरेर ज्यान नै लिएको आफन्तले आरोप लगाएका छन्। ... बाँकी अंश»

मौसम बदली, बुधबार बेलुकीपछि खतरा

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र केही तराईका भूभागमा कुहिरो लागेको अवस्था छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको छ। ... बाँकी अंश»

कम्युनिस्ट नेताहरुलाई प्रदेश प्रमुखको जिम्मा, को कस्ता ? 

२०७६ कार्तिक १९ मंगलबार, आलङ्कारिक र संवैधानिक पदमा विशेष गरी पूर्वप्रशासकलाई प्राथमिकता दिइँदै आएकामा यसपटक भने कम्युनिस्ट पार्टीका पुराना नेतालाई जिम्मा दिइएको हो ।      ... बाँकी अंश»

ज्ञानेन्द्रलाई आक्रमण गर्ने रेणु दाहालका चालक पोख्रेल पक्राउ

२०७६ कार्तिक १८ सोमबार, काठमाडौं। भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने मुख्य आरोपी अविरल पोख्रेल भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको निकट मात्र नभइ महानगरपालिकाकै चालक समेत भएको खुलेको छ।  ... बाँकी अंश»

आलमसहित दश जनामाथि जन्मकैदको मुद्दा दर्ता

२०७६ कार्तिक १८ सोमबार, आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । ... बाँकी अंश»

पुर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

२०७६ कार्तिक १८ सोमबार, काठमाडौं। बलात्कार प्रयासका अभियुक्त पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश दिएको छ। संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएपछि अदालत उक्त आदेश दिएको हो। ... बाँकी अंश»

सुरूङभित्र फसेका तीन जनाको मृत्यु ,एकको अबस्था अज्ञात

२०७६ कार्तिक १८ सोमबार, उपरिक्षक बमले भने सुरुङ भित्र रहेका अज्ञात अबस्थामा रहेका एक जनाको समेत मृत्यु भएको हुन सक्छ सुरुङ भित्र अक्सिजनको कमी भएका कारण उद्घार गर्न समेत समस्या भएको छ । ... बाँकी अंश»

ज्ञानेन्द्र शाहीमाथि आक्रमणको अभियोगमा पोख्रेल पक्राउ

२०७६ कार्तिक १८ सोमबार, गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । ... बाँकी अंश»

नयाँ