समसामयिक

राजेन्द्र महतो र सत्ताधारीले गरे चलाखी, ‘नाका खोल्ने र बन्द गर्ने दुवै नातेदार’

२०७२ माघ २२ शुक्रबार, पर्सा । लामो समयदेखि अवरुद्ध वीरगन्ज रक्सौल नाका शुक्रबार मध्यान्ह एका–एक खुल्यो । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आफु सुरक्षित हुँदै भारतकै स्थानीय र  व्यापारीबाट खोल्न लगायो । रक्सौलबाट अबेर साँझ सम्म कम्तिमा पनि डेढ सय मालवाहक ट्रक तथा कन्टेनरहरु नेपाल भित्रिएका बताइएको छ । साना सवारी र यात्रुवाहक सवारी साधन भने नाका खुल्ने वित्तिकै चल्न थालिसकेका वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकृत सुशील प्रसाद शर्माले बताए ।    रोचक त, सत्ताध ... बाँकी अंश»

‘इतिहास रच्नबाट चुक्यो नेपाल’, डर सान्टोको थियो, हसन जोडी चम्कियो

२०७२ माघ २२ शुक्रबार, काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटको क्वार्टर फाइनलमा नेपाल पराजित भएको छ । १५ वर्षपछी क्वार्टरफाइनलमा पुगेको नेपाल टेष्ट मान्यता प्राप्त बंगलादेशलाई अन्तिम सम्म दबाबमा राख्दै ६ विकेटले पराजित भएको हो ।  २ सय १२ रनको मध्यम चुनौती पछ्याएको बंगलादेशले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गरेको थियो । जितसंगै आयोजक बंगलादेश अपराजित रहँदै सेमिफाइनल पुगेको छ ।    बंगलादेशका लागि कप्तान मेहेदी हसन मिराज र विकेट किपर जाक ... बाँकी अंश»

काँग्रेस काभेमा सबै क्षेत्रमा प्यानल सहित उम्मेदवारी

२०७२ माघ २२ शुक्रबार, बनेपा। नेपाली काँग्रेस सबै गाउँ, नगरको चुनाव सकाएर आज क्षेत्रको चुनावमा होमिएको छ। सबै मुख्य पदहरु क्षेत्रबाटै निर्वाचन हुने भएपछि सबैले क्षेत्रिय चुनावलाई आकर्षणको रुपमा हेरेका छन्। क्षेत्रबाट महाधिबेशन प्रतिनीधि र जिल्ला सदस्य पनि छनौट हुने हुँदा क्षेत्रको चुनावलाई सबै कार्यकर्ताहरुले विषेशरुपमा हेरेका छन्। नेपाली काँग्रेस गाउँ र नगरबाट छनौट भएका प्रतिनीधिहरु आफनो महाधिबेशन प्रतिनीधि, जिल्ला सदस्य एवं क्षेत्रिय कार्यसमितिको लागि अधिबेश ... बाँकी अंश»

भारतीयले ढाट लुकाएपछी रक्सौल खुल्यो, भाडाका सवारी ओहोर दोहोर, मालवाहक लाइनमा

२०७२ माघ २२ शुक्रबार, पर्सा । वीरगन्जस्थित प्रमुख भारतीय भन्सार नाका खुलेको छ । रक्सौलमा भारतीय पक्षले नै खोलिदिएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले लगाएको बाँसको बार र ढाँट भारतीयहरुले हटाएर लुकाई दिएका छन् । मितेरी पुलको अवरोध हटेपछि साना सवारी साधन र ठेला, टाँगा तथा टायरगाडाहरु निर्वाध चलेका छन् । ठूला सवारी साधन भने नेपाल आई नपुगेको सहकर्मी कुबेर गौतमले जानकारी दिए । भारतीय कष्टमले जाँच गर्नु पर्ने भएकाले ढिलोगरी मात्रै मालवाहक गाडी आउने उनल ... बाँकी अंश»

नेपाल–बंगलादेश क्वार्टरफाइनल भिडन्त र कप्तान राजु

२०७२ माघ २२ शुक्रबार, काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू –१९ विश्वकप क्रिकेटमा १५ वर्ष पछी क्वार्टरफाइनल खेलेको नेपाली यू–१९ टोली कप्तान राजु रिजाल आकर्षण रहे । यद्यपि, विश्वकप छनोट खेलमा युगाण्डाविरुद्ध शतक प्रहार गरेका राजुको शतक बनाउनने योजना सफल हुन सकेन । राजुले हाल सम्म बंगलादेशमा जारी प्रतियोगितमा नेपालकोतर्फबाट उच्च स्कोर बनाएका हुन् ।   बंगलादेशको यू–१९ टोलीको सहजिकरणका लागि  शेर बंगला नेशनल स्टेडियम पुगेका बंगलादेशी सिनियर टिम प्रशिक्षकलाई र ... बाँकी अंश»

काठमाडौं ४मा शेर बहादुर, प्रकाशमान र गगन थापा सबैका उमेद्वार श्रेष्ठ

२०७२ माघ २१ बिहिबार, काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता तथा सभापति पदका दावेदार शेर बहादुर देउवा संयोगले काठमाडौं ४का बासिन्दा हुन्। निर्वाचन सुदुरपश्चिमाञ्चलबाट उठ्दै आएपनि राष्ट्रिय राजनीतिमा देउवालाई सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने बुढानिलकण्ठका बासिन्दा भनेर चिन्ने गर्छन। नेपाली काँग्रेसभित्र एउटा स्थायि शक्ती केन्द्रको रुपमा चिनिएका देउवाको घर भएको बुढानिलकण्ठ कोइराला परिवारको निवास भएका कारण महाराजगञ्ज जस्तै नयाँ शक्ति केन्द्रको रुपमा रहेक ... बाँकी अंश»

टुटेको ‘ओली–मोदी’ सम्बन्ध गाँस्लान् त पौडेलले ?

२०७२ माघ २१ बिहिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भारत भ्रमणको वातावरण बनाउन अर्थमन्त्री विष्णु पौडेल भारत भ्रमणमा जाँदै छन् । पौडेल २५ गते सोमबार दिल्ली प्रस्थान गर्ने छन् । अर्थमन्त्रीको साइत यसअघि, ओलीले भ्रमण गर्ने टाइमलाइन थियो । अहिले प्रधानमन्त्रीको भारत भ्रमण फागुनमा धकेलिएको छ । हालसम्म तिथी तय भएको छैन । सम्भावित तालिका अनुसार प्रजातन्त्र दिवस अर्थात् फागुन ७ (फेब्रुअरी १९) दिल्ली दौडाहाको बीचैमा परेकाको छ । जसले प्रधानमन्त्री ओलीको ... बाँकी अंश»

रामेछापमा युवा काँग्रेसको नयाँ प्यानल

२०७२ माघ २१ बिहिबार, रामेछाप। सोमवार हुन गइरहेको नेपाली काँग्रेसको क्षेत्रिय अधिवेशन र माघ २५ गते हुन गइरहेको जिल्ला अधिवेशनको लागि रामेछापको दुवै क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने भएको छ। विहिवार दुई वटा निर्वाचन क्षेत्रका शिर्ष नेताहरुले आ आफनै प्यानल वनाएर निर्वाचनमा जाने तयारी गरेपछि दुवै प्यानलवाट असन्तुष्ट वनेका युवाहरुले दुवै क्षेत्रमा छुट्टाछुट्टै टिम निर्माणको कसरतमा जुटेका हुन्।     महाधिवेसन प्रतिनिधि र क्षेत्रिय समितिको सभापतिलाई ध्यानमा राख ... बाँकी अंश»

झापामा काँग्रेेस संस्थापन पक्ष बलियो; सिटौला निकट थापाको पक्षमा प्रभावशालीहरु एकठाउँ

२०७२ माघ २१ बिहिबार, बिर्तामोड। नेपाली काँग्रेसका अग्रज नेता तथा पूर्व सांसद डिल्ली सिटौलाले कांग्रेसको आसन्न झापा जिल्ला अधिवेशनमा उद्वव थापाको विजय सुनिश्चित रहेको बताएका छन्। सभापति पदका प्रत्यासी उद्दव थापाले बिहीवार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाको उम्मेद्वारीमाथि प्रष्ट पार्दै अग्रज नेता सिटौलाले ८० प्रतिशतभन्दा बढी मत ल्याएर थापा विजयी हुने उद्घोष गरे।   कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद तथा अग्रज न ... बाँकी अंश»

चितवन काँग्रेसको नेतृत्वको लागि को को छन आकाँक्षी?

२०७२ माघ २१ बिहिबार, चितवन। चितवन जिल्लाका एक उपमहानगरपालिका, सात नगरपालिका र आठ गाउँ विकास समिति र तिनका वडाहरुमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भई नतिजा सार्वजनिक भएको छ। भरतपुर उपमहानगरपालिका वडा नम्वर १२ को सभापति पदको वाहेक जिल्लाभर सवै क्षेत्रको नतिजा आएको छ। जसमा सवैभन्दा वढि क्रियाशिल रहेको भरतरपुर उप महानगरपालिकामा भरत अधिकारी नगर सभापतिमा निर्वाचित भएका छन्। उप महानगरपालिकामा ७ हजार ३ सय ६३ मत खसेको थियो। जहाँ ९ हजार ५ सय क्रियाशिल रहेको नेपाली काँग्र ... बाँकी अंश»

यू–१९ विश्वकप : नेपाललाई इतिहास रच्ने अवसर, ‘सान्टोको डर र राजु र सन्दिपको भरोसा’

२०७२ माघ २१ बिहिबार, काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा शुक्रबार नेपाल र बंगलादेशबीच क्वार्टरफाइनल भिडन्त हुँदैछ । शेर बंगला क्रिकेट मैदानमा नेपाल उच्च मनोवलको साथ जित निकाल्दै इतिहास रच्ने दाउमा हुनेछ । प्रतियोगितामा नेपालले ‘जायन्ट किलर’को छवि बनाएको छ । नेपालले समूह चरणको खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्याण्डलाई ३२ रनले स्तबध बनाएको थियो । दोस्रो खेलमा आयरल्याण्डलाई सहजै ८ विकेटले हराएको थियो । समूहको अन्तिम खेलमा भारत ... बाँकी अंश»

मोर्चाको बन्दले क्षेत्रीय अधिवेशन अन्योलमा, व्यवसायीले महत्व दिन छाडे

२०७२ माघ २१ बिहिबार, जनकपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस जिल्ला अधिवेशनलाई लक्षित गरी गरेको अनिश्चतकालिन जनकपुर बन्दले क्षेत्रीय अधिवेशन अन्योलमा परेको छ । शुक्रबार क्षेत्रीय अधिवेशन गर्ने तयारी भएपनि सपही महेन्द्रनगरको अधिवेशन नभएकाले अन्योल सिर्जना भएको हो । सपही पूर्वराष्ट्रपति डा. रामवरण यादव पुत्र डा. चन्द्रमोहन यादव र महेन्द्र यादवको क्षेत्र हो ।    जनकपुरको १, २, ३, ४, ६ र ७ नम्बरमा अधिवेशन सकिएपनि ५ नम्बरमा मोर्चाको अवरोधका कारण हुन सक ... बाँकी अंश»

कुश्मा नगर कार्यसमितिमा जोशी प्यानल एकलौटी, आचार्य प्यानलबाट मतगणना बहिस्कार

२०७२ माघ २१ बिहिबार, पर्वत । कुश्मा नगरपालिकाको नगर अधिवेशनमा रामचन्द्र जोशीको प्यानल नै विजयी भएको छ । नगर अधिवेशनमा संस्थापन पक्षका रामचन्द्र जोशी र प्रजातान्त्रिक धारका मोहन आचार्य प्यानलसहित चुनावी मैदानमा थिए । निर्वाचनमा धाँधली भएको र पुनःनिर्वाचनको माग सहित मोहन आचार्य प्यानलले मतगणना वहिष्कार गरे पनि बुधबार मतगणना सम्पन्न भयो । मतगणनामा जोशी प्यानल भारी मतान्तरले विजयी भएको छ । मोहन आचार्यलाई सात सय ९८ मतले पछि पार्दै रामचन्द्र जोशी नगर सभापति निर्वाचित भ ... बाँकी अंश»

आन्दोलनकारीले साँझबाट वीरगन्ज नाका एकतर्फि खाेले

२०७२ माघ २० बुधबार, पर्सा। वीरगन्ज नाकाबाट नौ यात्रुवाहक बस र दुई वटा ट्र्याक्टर भारत प्रवेश गरेका छन् । वीरगन्जको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारीहरुको सहमतिमा साँझ ७ बजेर ४५ मिनेटमा यात्रु बस र ट्र्याक्टर भारत प्रवेश गरेका हुन् ।    भारत तीर्थ यात्रामा निस्केको ना३ख ७७९१, ना४ख १२८९, ना५ख ८१८, ना४ख ४११७, ना४ख ४४५१, ना२ख ४३५७, ना३ख २६६६, ना३ख ३२३१ र ना४ख ४२७० नं को बस तथा ना२ख ३२७८ र ना२च ६९१ नं को ट्र्याक्टर मितेरीपुलबाट भारत प्रवेश गरेका सीमा प्रहरी कार्यालय इन ... बाँकी अंश»

रामेछाप काँग्रेसमा छुट्टाछुट्टै प्यानल, २ नम्वरमा मिलाउन समस्या

२०७२ माघ २० बुधबार, रामेछाप। आगामी माघ २२ गते हुन गइरहेको क्षेत्रिय अधिवेशन र माघ २५ गते हुन गइरहेको नेपाली काँग्रेसको जिल्ला अधिवेशनको लागि रामेछापको क्षेत्र नं १ मा दुईवटा प्यानल निमार्ण भएको छ। त्यसको लागि पूर्व मन्त्री लक्ष्मणप्रसाद घिमिरेको नेतृत्वमा एउटा प्यानल र गत संविधान सभाको निर्वाचनमा समानुपातीक उम्मेदवारमा परेका कान्छाराम तामाङ्गको नेतृत्वमा अर्को प्यानल निमार्ण भएको हो। वुधवार वेलुकासम्म दुवै प्यानलले घोषित रुपमा आफ्ना टिमका पदाधिकारीहरुको नाम ... बाँकी अंश»

१५ दिनभित्र कानुनविपरीत सल्लाहकार तथा सहयोगी राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश

२०७२ माघ २० बुधबार, काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरूले कानुनविपरीत सल्लाहकार तथा सहयोगी राख्नुपर्ने कारण खुलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले १५ दिनभित्र कानुनविपरीत सल्लाहकार तथा सहयोगी राख्नुपर्ने कारण देखाउन बुधबार आदेश दिएको अदालतमा सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।   अधिवक्ताद्वय कल्पित पराजुली र आनन्द कोइरालाले यही गत माघ ४ ग ... बाँकी अंश»

बाजुरा काँग्रेसको गाउँदेखि जिल्लासम्म युवा नेतृत्व हाबी हुने सम्भावना

२०७२ माघ २० बुधबार, बाजुरा। नेपाली काँग्रेको तेह्रौ महाधिबेशन तथा छैटौं जिल्ला अधिबेशनको पूर्व सन्ध्यामा प्रत्येक जिल्लाका गाउँदेखि जिल्लामा नयाँ युवा पुस्ताको नेतृत्वको हाबी हुने देखिएको छ। नेपाली काँग्रेस बाजुराको सन्दर्भमा जिल्लाका २४ गाविस र १ नगरपालिकाको अधिबेशनमा पनि नयाँ पुस्तालाइ नेतृत्व हस्तान्तरण भएको छ। दक्षिणको काँडा गाविसदेखि उत्तरको विछ्या गाविससम्म अबको छैटौं जिल्ला अधिबशनका लागि युवाहरुको अनुहार देखिन थालेको छ।   देशकै ठुलो पार्टी नेपाल ... बाँकी अंश»

काँग्रेसको महाधिवेशन रोक्ने मोर्चाको निर्णय नभएको ठाकुरको भनाइ

२०७२ माघ २० बुधबार, पर्सा। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले काँग्रेसको  महाधिवेशन रोक्ने मोर्चाको निर्णय नभएको बताएका छन् । ठाकुरले संविधान पारित गर्न हस्ताक्षर गर्ने सभासद्लाई गाउँ छिर्न अवरोध गर्ने मोर्चाले नीति बनाएपनि काँग्रेसको गाउँमा भइरहेको अधिवेशनलाई अवरोध पुर्‍याउने कुनै योजना नरहेको प्रस्ट पारे  ।    तमलोपाले आज वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै अ ... बाँकी अंश»

काँग्रेस अधिवेशनः एउटै वडामा दुई निर्वाचन अधिकृत र दुई चुनाव

२०७२ माघ २० बुधबार, लहान । सिराहामा नगरपालिकाको वडा स्तरीय काँग्रेस अधिवेशनमा निर्वाचन अधिकृतको कारणले त कतै केन्द्रले मतदाता सम्बन्धीको निर्णयले विवाद देखिएको छ। मिर्चैया नगरपालिकाको वडा नम्बर २ र गोलवजार नगरपालिकाको वडा नम्बर १२ मा विवाद भएको हो। वडा स्तरमा खटाइएको निर्वाचन अधिकृतले आफ्नो मान्छेलाई क्षेत्रिय प्रतिनिधि र वडा सभापति बनाउनमा लागेपछि यस्तो भएको हो। केन्द्रले सिरहामा खटाएका मुख्य निर्वाचन अधिकृत राजनप्रसाद दाहालले जिल्ला सभापतिसँग कुनै सल्लाहै ... बाँकी अंश»

पटना भेटको सनसनी : ‘लालुले भेटे, नितिशले लखेटे’, मधेससंग रगतको सम्बन्ध छ, चुप-चाप बस्दैनौं : रघुवंश

२०७२ माघ २० बुधबार, काठमाडौं । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता अन्दोलनमा सहयोगको याचना गर्दै छिमेकी मुलुक भारतको प्रान्तीय सत्ता गठबन्धको शरणमा परेको विषयले देशभर सनसनी मच्चीएको छ । सरकार, नागरिक र विभिन्न राजनीतिक संघ–संगठनहरुले मोर्चाका नेताहरुको भेट र भेटका क्रममा भारतीय नेताहरुले दिएको अभिव्यत्तिप्रति कडा आपत्ति जनाएका छन् ।    परराष्ट्र मन्त्रालयले मंगबारै विज्ञप्ती जारी गरेर नेपालको सार्वभौमसत्ता र स्वाभी ... बाँकी अंश»

नयाँ