समसामयिक

नेपाल श्रीलंकासंग १–० ले पराजित, अबको यात्रा कठिन

२०७२ पौष ८ बुधबार, काठमाडौं । नेपाल ११औं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपकाे पहिलो खेलमै पराजित भएको छ । भारतको केरलास्थित त्रिबेन्द्रममा भएको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपाल श्रीलंकासंग १–० को झिनो अन्तरले पराजित भएको हो ।    निर्धारित समय गोल रहित बराबरीमा सकिएकामा थपिएको अतिरिक्त समयमा श्रीलंकाले गोल गरेको हो । श्रीलंकालाई विजयी गराउन मोहम्मदले अन्तिम समयमा निर्णायक गोल गरे । नेपाली खेलाडी अल्मलिएको मौका चोरेर श्रीलंकाले सह ... बाँकी अंश»

सिन्धुपाल्चोकमा चिसोले आठ जनाको मृत्यु

२०७२ पौष ८ बुधबार, सिन्धुपाल्चोक । कठ्याङग्रीदो चिसोले सिन्धुपाल्चोकको एकै गाविसमा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु भूकम्प पीडित हुन् । पीडितका अस्थायी टहरामा छिरेको चिसो नै मृत्युको कारण बन्यो । टहराको छानाबाट शीत चुहिने र स्याँठ छिर्ने भएकै कारण पीडितहरु कठ्याङग्रीएका हुन् ।   चिसोले पछिल्लो एक महिनामा ठोकर्पा गाविसमै आठ वृद्धवृद्धाको मृत्यु भएको छ । छिल्लो २० दिनबीचमा चार र त्यसअघिको १२ दिनबीचमा तीन बृद्धबृद्धाको मृत्यु भएको बताइएको छ । मृत्यु हुन ... बाँकी अंश»

सरकारको सुधार कार्ययोजनाअन्तर्गत १० क्षेत्रगत कार्यक्रम सार्वजनिक

२०७२ पौष ८ बुधबार, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल सुधार कार्ययोजनामा समावेश गरिएका मुख्यमुख्य क्षेत्रगत कार्यक्रम सार्वजनिक गरेको छ । कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव डा सोमलाल सुवेदीले कार्ययोजनामा समावेश गरिएका १० वटा क्षेत्रगत कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।    यसमा सङ्क्रमणकालीन तथा समग्र सार्वजनिक क्षेत्र, आर्थिक क्षेत्र, उद्योग क्षेत्र, ऊर्जा क्षेत्र, कानुन क्षेत्र, कृषि क्षेत्र, शान्ति सु ... बाँकी अंश»

आठ प्रदेशमा सहमति हुने गरी मिलन विन्दु खोज्छौं : दाहाल

२०७२ पौष ८ बुधबार, काठमाडौं । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेस समस्या समाधान आफुहरुले मात्रै गर्न सक्ने जिकिर गरेका छन् । केन्द्रीय समिति बैठकको निष्कर्षबारे जानकारी दिन पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा दाहालले मधेस समस्या समाधानको जिम्मा आफुहरुकै काँधमा रहेको बताएका हुन् । एमाओवादीले प्रस्ताव गरेको आठ प्रदेशमै सहमति हुनेगरी मिलनविन्दू खोजिने दाहालको भनाई छ ।   मंसिर १५ गते देखि सुरु एमाओवादी केन्द्रीय समिति बैठक मंगलबार मात्रै सकि ... बाँकी अंश»

मुलुकलाई भट्टराई जस्ता नेताको खाँचो छ : प्रधानमन्त्री ओली

२०७२ पौष ८ बुधबार, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सन्त नेता भट्टराईले देश र राष्ट्रियताका लागि सबैलाई साथमा लिई अगाडि बढेको स्मरण गर्दै भट्टराई जस्ता नेता मुलुकका लागि खाँचो रहेको बताएका  छन् ।  नेपाली काँग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम प्रतिष्ठानद्वारा आज आयोजित सन्त नेता भट्टराईको शालिक अनावरण तथा ९२ औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै अोलीले सबै राजनीतिक दल एकताबद्ध भई संविधान कार्यान्वयन गर्नुपर्ने र देशलाई विकास पथमा लैजानुप ... बाँकी अंश»

डीएसपीको पेस्तोल हराएको वा खोसिएको भन्नेबारे अन्योल, सत्य खुल्न छानविन प्रतिवेदन कुर्नैपर्छ :एआईजी

२०७२ पौष ८ बुधबार, काठमाडौं । कीर्तिपुरको चाल्नाखेलमा प्रहरी नायब उपरीक्षक (डीएसपी) टिकाबहादुर केसीको कम्बरबाटै हतियार हराएकोबारे छानविन गर्न समिति गठन भएको छ । कीर्तिपुरको चाल्नाखेलस्थित एभरेष्ट ग्याँस रिफिलिङ सेन्टरमा स्थानिय र प्रहरीबीच भएको झडपका क्रममा हराएको पेस्तोलबारे छानविन गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाको निर्देशनमा डीआईजी मधु पुडासैनीको नेतृत्वमा छानविन समिति गठन भएको छ ।    समितिमा पुडासैनीसहित एसएसपी सर ... बाँकी अंश»

नुवाकोट कांग्रेसमा खैला-बैला, रामशरण महतको निर्वाचन क्षेत्रमा लफडा (यस्तो छ केसीको विज्ञप्ती)

२०७२ पौष ८ बुधबार, नुवाकोट । आसन्न १३ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसभित्रको क्रियाशिल सदस्यता विवादबारे केन्द्रमा चर्को बहस भइरहँदा स्थानीय तहमा समेत त्यसको असर देखिएको छ । विभिन्न जिल्लामा सदस्यता विवाद जन्मिएका बेला नुवाकोट कांग्रेसमा समेत विवाद चुलिएको छ । केन्द्रीय नेताहरुको बर्चश्व रहेको नुवाकोटमा सदस्यता विवाद चुलिएपछि जिल्ला अधिवेशनमा उल्झन देखिएको छ ।       नुवाकोट कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले विज्ञप्ति जारी गर् ... बाँकी अंश»

विद्यार्थीलाई सहुलियत नदिदाको परिणाम ..

२०७२ पौष ८ बुधबार, काठमाडौँ । सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत नदिएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीले कालोबजारिया नियन्त्रणको माग गर्दै बिहानैदेखि जुलुस प्रदर्शन गरेका छन् ।    सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत माग्दा सहयोगीले रडले प्रहार गर्न खोजेपछि प्रदर्शनमा उत्रन बाध्य हुनु परेकोे नेपाल विद्यार्थी सङ्घ त्रिचन्द्र बहुमुखी क्याम्पसका इकाई अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।    सहुलियत नदिने सवारीको सिसा आक्रोशित वि ... बाँकी अंश»

चीन भ्रमण : परराष्ट्रमन्त्रीले इन्धन बारे बोल्न नपाउने, वाणिज्य मन्त्रीले भने-चीनबाटै इन्धन आउँछ

२०७२ पौष ७ मंगलबार, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार अपराह्न छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा निस्कँदै छन् । उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल, परराष्ट्र, अर्थ, र वाणिज्य मन्त्रालयका सचिवका साथै परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी छन् ।     चीन सरकारक ... बाँकी अंश»

कमल थापाको पत्रले मोर्चा बेचैन (विज्ञप्तीसहित)

२०७२ पौष ७ मंगलबार, काठमाडौं । सरकारी वार्ता टोलीका संयोजक एवं परराष्ट्रमन्त्री कमल थापाले पठाएको पत्रप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आपत्ति जनाएको छ । मोर्चामा आवद्ध चारै घटकले संयुक्त विज्ञप्ती जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्ले पास गरेको प्रस्ताव पत्रसाथ सरकारी वार्ता टोलीका संयोजकमार्फत मिति उल्लेख भएर आएको भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।   विज्ञप्तीमा सो प्रस्तावले मधेशी, आदिवासी जनजाती, थारु, दलित, मुश्लिम, महिला लगायत सीमा ... बाँकी अंश»

भारतको वक्तव्य पछि नेपाल खुशी, आपूर्ति व्यवस्था सहज हुने विश्वास

२०७२ पौष ७ मंगलबार, काठमाडौँ । मधेसी दलहरुले संविधानका सम्बन्धमा उठाएका मुद्दालाई सम्बोधन गर्न नेपाल सरकारले गरेका निर्णयका सन्दर्भमा भारतले सोमबार जारी गरेको वक्तव्यलाई सरकारले सकारात्मकरुपमा लिएको छ ।    परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भारतीय विदेश मन्त्रालयले हिजो सार्वजनिक गरेको नेपालसम्बन्धी वक्तव्यलाई सकारात्मक एवम् उत्साहप्रद भनेको छ । मित्रवत् छिमेकीबाट देखाइएको सकारात्मक सङ्केतले नेपाल–भारतबीचको सम्बन्ध सामान्यीकरणमा सहयो ... बाँकी अंश»

नेपाली काँग्रेस सरकार ढाल्ने पक्षमा छैन : नेता निधि

२०७२ पौष ७ मंगलबार, पथरी (मोरङ) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले काँग्रेस सरकार ढाल्ने खेलमा संलग्न नरहेको स्पस्ट पार्नुभएको छ ।   आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूहरू मधेसको समस्या समाधान गर्न प्रयासरत रहेकाले तत्काल सरकारको विकल्प नखोज्ने बताउनुभयो ।    उहाँले संयुक्त मधेसी मोर्चासँग निरन्तर वार्ता भइरहेको बताउँदै वार्ता सकारात्मक भएकाले छिट्टै तराईको समस्या समाधान हुने दाबी पनि गर्नुभयो ।  ... बाँकी अंश»

उधारो तीन बुँदेले मोर्चा विच्कियो, सरकारसंग टकराब

२०७२ पौष ७ मंगलबार, काठमाडौं । सरकारले अघि सारेको तीन बुँदे प्रस्तावलाई मधेसी मोर्चाले अमूर्त भनेको छ । छिमेकी  भारतले प्रस्तावकाे स्वागत गरेपछि फुर्किएको सरकार मोर्चासंग अर्थपूर्ण वार्ता तयारी गर्दै छ । सोमबार भारतीय राजदूत रणजीत रायसंगको भेटपछि अनौपचारिक छलफलमा व्यस्त भएका मोर्चा नेताहरु मंगलबार समेत छलफलमा व्यस्त रहे । यद्यपि, उनीहरुको पुरानै हठका कारण छलफल अनिर्णित भएका छन् ।    सरकारले वार्ताको मिति तय गरेर मोर्चालाई बोलाउने तयारी गरेको सुचना संचार ... बाँकी अंश»

प्रधानमन्त्री ओलीलाई उर्जा समितिमा बोलाएर गगन थापाले लिए 'क्लास'

२०७२ पौष ७ मंगलबार, काठमाडौं। देशले उर्जा संकट वेहोरिरहेको बेला संसदको कृषि, उर्जा तथा जलस्रोत समितिले तत्कालिन तथा दीर्घकालिन रुपमा सरकारले गर्नुपर्ने कामको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री टोप बहादुर रायमाझीलाई समितिमा बोलाएर 'क्लास' लिएको छ।     भारतले लगाएको अघोषित नाकावन्दीले हिउँदमा देखिने उर्जा संकटलाई अझ कहालिलाग्दो अवस्थामा पुर्‍याउँदा पनि जनताले राहत नपाएको अवस्थामा समितिले नेपालले उर्जा सुरक्षाको बारेमा प्रधानमन्त्री तथ ... बाँकी अंश»

काँग्रेस र मोर्चा निर्णयविहिन,छलफल सकारात्मक

२०७२ पौष ६ सोमबार, काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको निवास महाराजगञ्जमा मंगलबार बिहान भएको नेपाली कांग्रेस र मधेसी मोर्चाबीचको वार्ता केही समय अघि सकिएको छ । वार्ताले कुनै ठोस निर्णय नगरे पनि सकारात्मक रहेको वार्तामा सहभागी नेताहरुले बताएका छन् । छलफलमा मधेसी मोर्चाका नेता महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका मोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।  वार्तापछि सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले वार्ता टुंगोमा नपुगे पनि ... बाँकी अंश»

मोर्चाद्धारा भेली बोकेको ट्रकमा आगजनी

२०७२ पौष ७ मंगलबार, मणिप्रसाद गैहे्र, कपिलवस्तु । कपिलवस्तुमा आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भेली बोकेको ट्रकमा आगजनी गरेको छ । गए राती ११ बजे कृष्णनगरवाट भेली लोड गरी काठमाण्डौ जादै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताहरुले शिवराज नगरपालिका वीरपुरमा ट्रकमा आगजनी गरेका हुन । बन्दको अवाज्ञ गरेको भन्दै ना २ ख २९७७ नम्बरको ट्रकमा आगजनी गरेको मोर्चाले जनाएको छ । ट्रक जलेर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । पटक पटक अनुरोध गर्दा पनि बन्दको अवज्ञा गरेको भन्द ... बाँकी अंश»

मधेशी मोर्चालाई वार्ता गर्न भ्याइ नभ्याइ; सरकारसँग र काँग्रेससँग सघन छलफल

२०७२ पौष ६ सोमबार, काठमाडौँ। सरकारले मधेशी मोर्चाले राखेका मागहरु सम्वोधनका क्रममा आइतवारको मन्त्रीपरिषदको वैठकबाट ३ बुँदे निर्णय गरे लगत्तै आन्दोलनरत मधेशी मोर्चा सरकार र प्रमुख प्रतिपक्षी दल काँग्रेससँग व्यापक छलफलमा लागेको छ।    भारतीय दुतावासमा पनि छलफलमा गएका मधेशी मोर्चाका नेताहरुलाई त्यहाँ मन्त्रणा भएको थियो। भारतीय सरकारका तर्फबाट नेपाल सरकारको निर्णयलाई विदेश मन्त्रालयले ४ बुँदे वक्तव्य मार्फत स्वागत गरेपछि मधेशी नेताहरुले नेपालमा वार्ताला ... बाँकी अंश»

भारतीय राजदूतले झपारे मोर्चा नेतालाई, राजदूतको झपाराइपछी आन्तरिक छलफलमा

२०७२ पौष ६ सोमबार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत राय मधेसी मोर्चाका नेतासंग खरोरुपमा प्रस्तुत भएका छन् । भारतीय विदेश मन्त्रालयले सरकारले गरेको निर्णयको स्वागत गरेकै बेला रायले भेटका लागि दूतावास पुगेका मोर्चा नेताहरुलाई सधै बोक्न नसकिने अभिव्यक्ति दिएका छन् ।    कडा शब्दमा रायले लामो आन्दोलनले नागरिकले चरम कष्ट पाएको भन्दै सहमति खोज्न आग्रह गरे । राजदूतावासमा मोर्चाका नेतालाई डाकेर राजदूत रायले तत्काल सहमति गर्न भने । राजदूत रायले आन्दोलन ल ... बाँकी अंश»

वन्तले १० मिनेटमै जुटाए १० करोड, अख्तियार कर्मचारी चक्कर खाए

२०७२ पौष ६ सोमबार, काठमाडौं । अकुत सम्पत्ति आर्जन तथा करोडौ भ्रष्टाचार गरेको अभियोगमा निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले १० मिनेटमै १० करोड जुटाएर धरौटी बुझाएका छन् । बयानका क्रममा थुनामा बस्न नमानेका वन्त १० करोड धरौटी बुझाएर थुनामा पर्नबाट जोगिएका छन् । सामान ढुवानीमा चरम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बयानका लागि आयोगमा बोलाएकामा वन्तको बयान लम्बिने भएपछि थुनाको प्रसंग उठेको थियो ।    अख्तियारका अनुसन ... बाँकी अंश»

सरकारको तीन बुँदे निर्णयको भारतद्वारा चार बुँदामा स्वागत

२०७२ पौष ६ सोमबार, काठमाडौं । भारतले आइतबार नेपाल सरकारले गरेको तीन बुँदे निर्णयको स्वागत गरेको छ । राजनीतिक सहमतिबाटै वर्तमान गत्यावरोध अन्त्य गर्ने वातावरण तयार पारेकामा भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ती जारी गरी सरकारी निर्णयको स्वागत गरेको हो । विदेश मन्त्राललयले जारी गरेको चार बुँदे विज्ञप्तीमा परराष्ट्रमन्त्री कमल थापाले सरकारले गरेको निर्णयबारे भारत सरकारलाई जानकारी गराएको उल्लेख छ ।    विज्ञप्तीको पूर्ण पाठ  Statement on Nepal December 21, 2015 1. External ... बाँकी अंश»

नयाँ