प्रवास

जनसम्पर्क समिति कोरियामा आस्था भर्सेज भजेन्द्र

२०७५ बैशाख २२ शनिबार, दक्षिण कोरिया । नेपाली कांग्रेसको अन्र्तराष्टिय भातृ संगठन जन सम्पर्क समिति दक्षिण कोरियाको पाँचौ अधिबेशन बैशाख २३ अर्थात मे ६ आइतबारबाट हुदैछ । अधिबेशनको तयारीको लागी गएको अप्रिल २२ मा कोरियाका ८ क्षेत्रको एकै दिन क्षेत्रिय अधिबेशन सम्पन्न भैसकेका छन । नेपाली काग्रेसका प्रभाबशाली युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाबाट अधिबेशनको उद्घाटन गरिने छ । अधिबेशनको लागी गगन थापा लगाएतको टोली शनिबार कोरिया पुगेको जनसम्पर्क समिति कोरियाका सभापति गिरीराज कुवरले बताए । सबै तयारी विगतको भन्दा अलि फरक छ हामीले मिनि महोत्सव जस्तै गरी अधिबेशन गदै छौ सभापति कुवरले भने । ... बाँकी अंश»

स्पेनमा नेपाली दुताबासले सेवा दिन शुरु गर्‍यो

२०७५ बैशाख २१ शुक्रबार, मेड्रीड, स्पेन । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थालेको छ । नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो । ... बाँकी अंश»

रुकुमेली नेपालीको अमेरिकामा गयो ज्यान

२०७५ बैशाख २० बिहिबार, रुकुम । आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो ।  ... बाँकी अंश»

पोर्चुगलको सडकमा बुद्धका शान्ति सन्देश

२०७५ बैशाख १८ मंगलबार, लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा निकाली नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गरेका हुन् । सोमबार यहाँ आयोजना गरिएको बृहत् शोभायात्राले राजधानी लिस्बनका मुख्य सडक नेपालमय नै बनेको थियो । ... बाँकी अंश»

ओमानमा नेपाली महिलामाथि जवरजस्ती गर्ने पाँच अभियुक्त पक्राउ

२०७५ बैशाख १८ मंगलबार, काठमाडौँ । ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि जवरजस्ती काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ । ... बाँकी अंश»

कारको ठक्करबाट लण्डनमा पाँचथरकी मिना लिम्बुको मृत्यु

२०७५ बैशाख १७ सोमबार, पाँचथर। गुडिरहेको कारले ठक्कर दिँदा लण्डनको हन्स्लो वेष्ट बस्ने एक नेपाली महिलाको मृत्यु भएको छ । ... बाँकी अंश»

पोर्चुगलमा कांग्रेसले गर्यो शुभकामना आदानप्रदान 

२०७५ बैशाख १० सोमबार, लिस्बन । नेपाली काँग्रेसको प्रवासी भ्रातृ सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।  ... बाँकी अंश»

प्रवासको राजनीति र अनुभव

२०७५ बैशाख ८ शनिबार, दक्षिण कोरिया । सन् २००९ को अन्त्यतिर कोरियाको भिषा लागेपछि पासपोर्ट च्यापेर घर परिवार सहित आफन्तहरुसंग बिदा हुँदा मन मष्तिकमा एक मात्र लक्ष्य थियो छोटो समयमा केही धन कमाउने र घर परिवारमा आफ्नो जिम्मेवारी पूरा गरी स्वदेश फर्कने ।केही लक्ष्य र सपना बोकेर कोरियाको कर्म भुमिमा पाईला बिसाउन आईपुगेको त्यस समयमा मेरो मनमा कतै पनि लागेको थिएन कोरियामा पनि संगठित रुपमा पार्टी राजनीतिमा सक्रिय हुन पाइएला भन्ने । ... बाँकी अंश»

नेपाली काँग्रेस बाजुरा दिल्ली  सम्पर्क समिति गठन

२०७५ बैशाख ६ बिहिबार, बाजुरा । ‘नेपाली काँग्रेस हुनुमा नै हाम्रो शान, प्रवासमा रहेका नेपालीलाई एकता गर्नु हाम्रो अभियान’ भन्ने मुल नाराका साथ भारतको नयाँ दिल्लीस्थित सादरामा रतनबहादुर शाहीको अध्यक्षता १५ सदस्यीय नेपाली काँग्रेस बाजुरा सम्पर्क समिति गठन भएको छ ।  ... बाँकी अंश»

इन्टरनेशनल पोलिटिकल फोरममा प्रजातान्त्रिक समाजवाद निर्विकल्प रहेको ठहर

२०७४ चैत २९ बिहिबार, सिड्नी । प्रजातान्त्रिक समाजवादको अभियानलाई अझ सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता सहित इन्टरनेशनल पोलिटिकल फोरमको बैठक अष्ट्र्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । बैठकमा नेपालको तर्फबाट सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार आपसी भाइचार अभिवृद्धि गर्दै कानुनी शासनमा आधारित समुन्नत समाज निर्माणका लागि प्रजातान्त्रिक समाजवादको विकल्प नरहेको निष्कर्ष समेत बैठकले निकालेको छ । ... बाँकी अंश»

पोर्चुगलमा नेपाली दम्पत्तीको बिचल्ली : श्रीमान्‌लाई पक्षघात– श्रीमतीको दुवै मिर्गौला फेल, सहयोगको याचना

२०७४ चैत २५ आइतबार, लिस्बन,पोर्चुगल। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् । आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् । चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ्यानमै थलिएका छन् । उनकी श्रीमती शर्मिलाको दुवै मिर्गौला बिग्रेपछि दुई महिनादेखि ओछ्यानमै छिन् । ... बाँकी अंश»

न्यूयोर्क च्याप्टरले गिरिजाबावुलाई संम्झियो

२०७४ चैत १० शनिबार, न्यूयोर्क । शुक्रवारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले जननायक गिरिजा प्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस एक स्मृति सभाको आयोजना गरेको छ । न्यूयार्कका बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले देश र जनताका निमित्त गिरिजा प्रसाद कोइरालाले गरेको योगदानका बारेमा चर्चा गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए । ... बाँकी अंश»

पैचिङमा गरियो ‘नेपालमा जलविद्युत परियोजनाहरूमा लगानीको अवसर’ विषयक गोष्ठी

२०७४ चैत ९ शुक्रबार, चीन । पैचिङ अवस्थित चीनका लागि नेपाली दूतावासले शुक्रबार ‘नेपालमा जलविद्युत परियोजनाहरूमा लगानीको अवसर’ विषयक एक गोष्ठीको आयोजना गरेको छ। नेपाल सरकारका तीन वटा जलविद्युतसम्बन्धित संस्थाका प्रतिनिधिसमेतको सहभागितामा रहेको गोष्ठीमा चिनियाँ लगानीकर्तालाई लगानी लगाउनेसम्बन्धमा प्रस्तुतिसहित लगानीकर्ताको जिज्ञासा मेट्न प्रश्नोत्तर सत्रको समेत आयोजना गरिएको थियो। ... बाँकी अंश»

टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश भएका उमेश भन्छन्  – ‘घर आउँछु आमा’

२०७४ चैत ६ मंगलबार, महेन्द्रनगर । बाह्र वर्षदेखि साउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” ... बाँकी अंश»

बेल्जियममा रहेको नेपाली पाठशालाले मनायो दोस्रो अभिभावक दिवस

२०७४ चैत ५ सोमबार, लिस्बन । बेल्जियमको राजधानी ब्रसेल्समा रहेको नेपाली पाठशाला नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्रले बिबिध कार्यक्रम सहित आफ्नो दोश्रो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि केन्द्रले दोश्रो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो। ... बाँकी अंश»

लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरुका मालिक छनौट

२०७४ फाल्गुण २२ मंगलबार, लाप्राक, गोरखा।   गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गको समुपस्तिथितिमा लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु कुन लाभग्राहीलाई कुन क्षेत्रको कुन नम्वरको घर पर्ने हो गोलाप्रथा द्वारा निर्धारण गरिएको छ ।  ... बाँकी अंश»

पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

२०७४ फाल्गुण १५ मंगलबार, लिस्बन, पोर्चुगल । कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । ... बाँकी अंश»

झापाली समाज यूकेको तिम्सिनाको नेतृत्वमा १७ सदस्यीय समिति गठन

२०७४ फाल्गुण ६ आइतबार, लन्डन। झापाली समाज यूकेको चौथो अधिवेसन लन्डनको प्लमस्टिडमा सम्पन्न भएको छ। अधिवेशनले अर्कराज तिम्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। ... बाँकी अंश»

अमेरिकामा नेपालीले स्थपना गरे आफ्नै स्वामित्वमा मन्दिर

२०७४ फाल्गुण ३ बिहिबार, अमेरीका । अमेरिकाको लस एन्जलसमा नेपालीहरुले मन्दिर स्थपना गरेका छन् । श्री पशुपतिनाथ फाउण्डेसनको करीब ५ बर्षको अथक प्रयासपछिलस एन्जलसवासीले आफ्नै स्वामित्वमा नेपाली मन्दिर पाएका छन् । जहाँ आरग्यदेव श्री पशुपतिनाथ लगायत अन्य देवी देउताहरुका सुन्दर मुर्तिहरु स्थापना गरिएको छ । यही फेब्रुअरी ११ -१३ मा आचार्य चुडामणी पाठकको दिब्य ज्ञान मार्फत मुर्तिहरुमा प्राण प्रतिष्ठाको कार्य गरियो । नित्य पूजाका लागि पनि आचार्य चुडामणी पाठकलाई नै पूजारीको रुपमा नियुक्त गरिएको छ । ... बाँकी अंश»

पोर्चुगलमा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने

२०७४ माघ १९ शुक्रबार, लिस्बन। प्रथम शहिद लखन थापा मगरको स्मृती एवं मगर दिवसको अवसरमा युरोपेली मूलुक पोर्चुगलमा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । ... बाँकी अंश»

नयाँ