प्रवास

दुबईमा ३५ औं मगर दिवस मनाइने

२०७३ माघ २९ शनिबार, युएई । यहि आउने २४ फेब्रुअरी २०१७ का दिन दुबईको ईम्पिरियल सुईट होटलमा विगतमा जस्तै यसपालि पनि ३५ औं मगर दिवस भव्य रुपमा मनाईने भएको छ । प्रथम शहीद लखन थापा मगरको १४० औं स्मृति तथा विविध सांगीतिक माहौलमा नेपाल मगर संघ शाखा युएईको आयोजनामा मनाउन लागिएको हो ।    प्रवासको भूमिमा पनि सम्पूर्ण मगरहरुलाई ऐक्यबद्धता गर्दै नेपालीहरुले मगरहरुको कला, संस्कृति, मौलिक भाषा र भेषभुसाहरुको जर्गेना गर्दै आएका छन् । दैनिक आ–आफ्नो कामका बावजुद पनि परिआउने समस ... बाँकी अंश»

बेल्जियममा नेपाली पाठशाला

२०७३ माघ २६ बुधबार, लिस्बन (पोर्चुगल)। प्रवासी मूलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीहरुले नेपाली बालबालिकाहरुलाई लक्षित गरि बेल्जियममा नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरेका छन् ।   नेपाली बालबालिकाहरूलाई नेपाली भाषा, कला र लोक संस्कृती सिकाउने उद्धेश्यले बेल्जिक सरकार सँग स्वीकृती लिएर बेल्जियमको राजधानी ब्रसेल्समा बिगत एक बर्ष देखि उक्त केन्द्र सञ्चालनमा ल्याईएको हो । बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकाह ... बाँकी अंश»

जापानमा बस्ने नेपाली कष्ट सहँदै, पीडा पोख्न कार्यक्रम

२०७३ माघ २६ बुधबार, टोक्यो । जापानमा बस्ने नेपाली अझै गर्वसाथ बस्न नपाएको एक कार्यक्रमका सहभागिले बताएका छन् । बाँके–बर्दिया मैत्री समाज जापानले गरेको कार्यक्रममा एनआरएनए जापानका सल्लाहाकार जिज्ञानकुमार थापाले नेपालीहरु अझै पनि जापानी समुदायसँग नजिक बन्न नसकेको र जापानी समुदायमा भिज्न नसकिएको बताए । यस्तै, अन्य सहभागिले पनि नेपालीहरुले ससम्मान काम गर्ने वातावरण अझै बन्न नसकेको र हेपिएको महसुस पटक–पटक गरिरहेको बताएका छन् । जापानी समुदायसँग घुलमिल हुन सके व ... बाँकी अंश»

जापानमा नेपालीका समस्या र समाधान बारे वृहत अन्तरक्रिया कार्यक्रम हुँदै

२०७३ माघ २१ शुक्रबार, टोकियो । प्रवासमा आईपर्ने समस्या,बढ्दो चुनौती र गर्नुपर्ने समाधानको बिषयमा टोकियोमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । बाँके बर्दिया मैत्री समाज जापानको आयोजना  नेपाली राजदुतावास जापान र गैर आवसीय नेपाली संघ ,जापानको बिशेष सहयोगमा बिभिन्न क्षेत्रका विषय वज्ञहरुको उपस्थितिमा फेब्रुवरी ५ तारिख आइतबार विशेष अन्तरक्रिया हुने भएको हो ।    विशेष गरी जापानमा बस्ने नेपाली संख्यात्मक रुपमा बढे पनि आत्महत्या, विद्यार्थीका समस्या, स्वास्थ्य समस ... बाँकी अंश»

बोमलाल गिरीले देखाएको बाटो र चुनौती

२०७३ माघ १८ मंगलबार, टोकियो । हामी रहरै रहरको जिल्ला पत्रकारीता गर्दा बोमलाल गिरीको  आवाज कहिले समाचार कहिले रिपोर्ट त कहिले अन्तर्वार्ता मार्फत  उज्यालो नेटर्वकमा सुनिन्थ्यो । आज म परको देश जापानमा छु । काम र पढाईमा व्यस्त छु ।समयको व्यवस्थापन गर्न निक्कै कठिन भईरहेको छ । मैले एक दशक अघि रेडियोमा सुनेको चर्चित नाम बोमलाल गिरी अब फेरी  युरोप नफर्कने गरी स्वदेश फर्केको सुन्न पाउँदा केही कुराहरूको मेरो दिमागमा तरगं पैदा भयो । जसोतसो समय व्यवस्थापन गरी उहाँकै नामम ... बाँकी अंश»

वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्छ : पौडेल

२०७३ माघ १० सोमबार,  रियाद ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने धारणा राखेका छन्  । साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सो धारणा राखेका हुन् ।    श्रम मन्त्रालय एक्लैले वैदेशिक रोजगारको भार थेग्न नसक्ने भन्दै उनले खाडी मुलुक सहित अन्य राष्ट्रहरुमा रहेका झण्डै ४० लाख श्रमीकहरुको समस्या स ... बाँकी अंश»

जापानमा नेपाली युवा थापालाई 'युथ लिडर अवार्ड'

२०७३ माघ ६ बिहिबार, टोकियो । जापानमा 'युथ लिडर अवार्ड'बाट नेपाली युवा जिज्ञान कुमार थापा सम्मानित हुने भएका छन् । सामाजिक काममा योगदान गरे वापत थापा ‘युथ लिडर अवार्ड’बाट सम्मानित हुने भएका हुन् ।  'डेप्लोपमेन्ट एसोसिएसन फर युथ लिडर्स ' ले ७ वर्ष अघि देखि प्रदान गर्दै आएको युवा नेतृत्व पुरस्कार पहिलो पटक विदेशी नागरिकका रुपमा नेपाली युवा थापाले प्राप्त गर्न लागेका हुन् ।   जापानलाई अन्तराष्ट्रियकरण गर्न तथा गैरसहकारी संस्था मार्फत सामाजिक कार्यमा अग्रस ... बाँकी अंश»

गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा महतको आग्रह

२०७३ माघ २ आइतबार, वासिङ्टन डिसी । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गरेका छन् ।     गैरआवासीय नेपाली सङ्घ अमेरिकाको पाँचौँ साधारणसभालाई शनिबार अमेरिकाको टेक्सास, डालासमा सम्बोधन गर्दै मन्त्री डा महतले नेपाल नयाँ संविधानको कार्यान्वयनमार्फत अब आर्थिक विकासको एजेन्डामा ... बाँकी अंश»

पत्रकार महासंघ युएईको अध्यक्षमा बस्याल

२०७३ पौष २८ बिहिबार, युएई । नेपाल पत्रकार महासंघ युएईको अध्यक्षमा भुपराज बस्याल चयन भएका छन् । डिसेम्बर ३० शुक्रबार युएईको बरदुबईमा भएको पाँचौ अधिवेशनले बस्याललाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव धु्रव लम्सालको प्रमुख आतिथ्यमा भएको अधिवेशनले बर्ष २०१७ र १९का लागि नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।    बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिकबाट पन्ध्र बर्ष अघि पत्रकारिता शुरु गरेका बस्याल यस अघि केन्द्रिय प्रतिनि ... बाँकी अंश»

पोखराका गुरुङको पोर्चुगलमा निधन

२०७३ पौष २६ मंगलबार, लिस्बन (पोर्चुगल)। बैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हृदयघातका कारण निधन भएको छ । बेजाको ओढीमिरा स्थित साओ तेतोनियो भन्ने स्थानमा कृषि मजदुरका रुपमा कार्यरत पोखरा उपमहानगरपालिका १० अमरसिंह चोकका ३८ बर्षीय दीपकमान गुरुङको शुक्रवार राती मृत्यु भएको हो ।   यहाँ स्थित नेपालीद्धारा सञ्चालित कृषि कम्पनी भुपेन्द्र बस्नेत एल डी ए कम्पनीमा कार्यरत गुरुङ शुक्रबार दिउँसो आफ्नै कोठाको सोफामा बसिरहेका बेला एक्कासी बेहोस भएक ... बाँकी अंश»

जनसम्पर्क समिति साउदीको प्रथम अधिवेशन हुदै, युवा नेता प्रदिप पौडेल साउदी आउने

२०७३ पौष १९ मंगलबार, साउदी अरब। नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव युवा नेता प्रदिप पौडेल साउदी अरब आउने भएका छन् । यही २० जनवरीमा हुने नेपाली काँग्रेसको प्रवासी भातृसँगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको प्रथम अधिवेशनलाई सम्बोधन गर्न युवानेता पौडेल साउदी आउने भएका हुन् ।   नेता पौडेलको स्वागत एवं प्रथम अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका निम्ती ब्यापक तयारी भईरहेको व्यवस्थापन उपसमितिका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो । बृहत् कार्यक्रमका बिच अध ... बाँकी अंश»

दक्ष जनशक्ति विदेश पलायन, राज्यको दोष : प्रदीप पौडेल

२०७३ पौष १७ आइतबार, डेनमार्क  ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय राजनीति समाधान तथा योजनामुखी नभएकै कारण ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पलायन भइरहेको बताएका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेलले दक्ष जनशक्ति विदेश पलायन हुनुमा राज्यको दोष रहेको जिकिर गरे ।      नेपाली जनसम्पर्क समिति डेनमार्कले कोपनहेगनमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  केन्द्रीय सदस्य पौडेलले राजनीतिक नेतृत्वले युवाहरुको समस्या नबुझ्नु गम्भीर भूल भ ... बाँकी अंश»

अमेरिकाको क्यालिफोर्नियामा गायक नरेन्द्र प्यासी सम्मानित

२०७३ पौष १५ शुक्रबार, काठमाडौं । क्रिसमस तथा अँग्रेजी नयाँ वर्षको अवसरमा अमेरिकाको क्यालिफोर्नियामा भएको एक कार्यक्रममा गायक नरेन्द्र प्यासी सम्मानित भएका छन् । क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीले गरेको कार्यक्रममा सुमधुर स्वरका धनी गायक नरेन्द्र प्यासीलाई सम्मान गरिएको एनआरएन क्यालिफोर्निया च्याप्टरले जनाएको छ । उक्त शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली काँग्रेस गोरखाका पार्टी सचिव नन्द प्रसाद न्यौपानेलाई बोलाईएको थियो । कार्यक ... बाँकी अंश»

नर्वे पुगेर पौडेलले भने -'संशोधन प्रस्तावको निकास कांग्रेसकै नेतृत्वमा'

२०७३ पौष ११ सोमबार, नर्वे ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान संशोधनसम्बन्धी प्रस्तावले निकास पाउने दाबी गरेका छन् । नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशनको ओस्लोमा उद्घाटन गर्दै पौडेलले नेपाली कांग्रेस बाहेक अन्य कुनै दलले पनि राष्ट्रिय समस्याको समाधान गर्न नसक्ने दाबी गरे।    नेता पौडेलले  संविधान संशोधनसम्बन्धी प्रस्तावलाई प्रक्रियमा नै प्रवेश गर्न नदिई प्रमुख प्रतिपक्षी दल एमालले संसद ... बाँकी अंश»

पृथ्वी जयन्ती मनाउने घोषणाले एनआरएनए–अमेरिका विवादमा तानियो

२०७३ पौष ८ शुक्रबार, अमेरिका – पृथ्वी जयन्ती मनाउने विषयले गैर आवासीय नेपाली संघ–अमेरिका विवादमा तानिएको छ । आगामी सन् २०१७ देखि संयुक्त राज्य अमेरिकामा पृथ्वी जयन्ती संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा गरेपछि एनआरएनए–अमेरिका विवादमा तानिएको हो । यसैबीच अमेरिकास्थित विभिन्न संघसंस्थाले बुधबार (२१ डिसेम्बर) संयुक्त रुपमा पत्रकार सम्मेलन गरी एनआरएनए–अमेरिकाको उक्त निर्णयको भ्रत्र्सना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), नेपाली स ... बाँकी अंश»

एक वर्षमा युएईमा ६४ जना नेपालीले ज्यान गुमाए

२०७३ पौष ८ शुक्रबार, दुबई । वैदेशिक रोजगारीका लागि नेपाली रोजगारदाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलोको रुपमा मानिँदै आईएको छ । तर यही राम्रो गन्तव्य भित्रको दर्दनाक पीडाको बारेमा भने थोरैले थाहा पाउलान् । पछिल्लो एक वर्षको अवधिमा नेपालबाट बैदेशिक रोजगारको लागि युएई आएका नेपाली मध्ये ६४ जनाको ज्यान गएको संयुक्त अरब इमिड्ट्स(युएई) स्थित नेपाली दूताबासले जनाएको छ । नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले द ... बाँकी अंश»

कतारमा दोलखाकी युवतीको शव अलपत्र

२०७३ पौष ५ मंगलबार, दोलखा । कतारमा रहस्यमय रुपमा मृत्य भएकी दोलखा लापिलाङ्ग गाविसकी एक युवतीको शव करिव दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्ष अघि कतार पुगेकी दोलखा लापिलाङ्ग गाविस–३ निवासि मसली थामीको २८ वर्षिया छोरी विन्दु थामीको गत मंसिर २४ गते रहस्यमय रुपमा मृत्यु भएको थियो ।    कतारको दोहास्थित आफु वस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको थियो । तर दुई साता वित्न लाग्दा समेत घट्नाको छ ... बाँकी अंश»

भारतीय राजदूतलाई फिर्ता पठाउन बेलायतस्थित नेपालीबाट विश्वव्यापी अभियान सुरु

२०७३ मङ्सिर २३ बिहिबार, लण्डन । नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै नेपालका लागि भारतीय राजदूत रन्जित रेलाई फिर्ता गराउन बेलायतस्थित नेपाली युवाहरुले नयाँ अभियान सुरु गरेका छन् । विद्यार्थी अभियन्ता गणेश खड्काको नेतृत्वमा फोटो पत्रकार एभरेष्ट गौतम लगायतले अभियानलाई विश्वभर फैल्याउँदै रे लाई फिर्ता पठाउन माग गरेका हुन् ।    अनलाइन हस्ताक्षर सुरु गरेका उनीहरुले उक्त हस्ताक्षर चाँडै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने बताएका छन् । हालसम् ... बाँकी अंश»

सहमतिमै नेतृत्व चयन हुन्छ : एनआरएन उपाध्यक्ष पन्त

२०७३ मङ्सिर २० सोमबार, न्युजिल्याण्ड ।  दुई उपाध्यक्षको उपस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद न्युजिल्याण्डले अन्तरक्रिया कार्यक्रम गरेको छ। आइतबार बिहान भएको कार्यक्रममा एनआरएनएका दुई उपाध्यक्षहरु कुमार पन्त र भवन भट्ट सहभागी भए ।   उपाध्यक्ष कुमार पन्तले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघले एउटै साझा सञ्जालमा आवद्ध गरेर सामूहिक लगानीको वातावरण बनाएको बताए। रोजगारी र राम्रो शिक्षाका लागि विदेशिएका नेपालीहर ... बाँकी अंश»

जापानमा नेपालीले बोलेरै जिते

२०७३ मङ्सिर १९ आइतबार, जापान । नेपाली युवाले जापानमा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिताको उपाधि हात पारेका छन् । शरद राईले जापानमा आयोजना गरिएको प्रतियोगितामा पाचँ सय प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी पाएका हुन् ।    उनले  पुरस्कार स्वरुप ११ लाख १० हजार जापानी येन जितेका छन् । ६ बर्ष  अगाडि खोटाङ युमे स्कुलको स्थापना गरेका शरदले सामाजिक र शैक्षिक काममा पुरस्कार खर्च गर्ने बताएका छन् ।    शरद नेपाल खोटाङका हुन । फाईनल चरणमा पुगेका अर्का नेपाली विष्णु ... बाँकी अंश»

नयाँ