प्रवास

एनआरएनए मकाउका उपाध्यक्ष सहित ६जनाले दिए राजिनामा

२०७२ फाल्गुण १६ आइतबार, मकाउ। एनआरएनए एनसीसी मकाउका उपाध्यक्ष सहित ६ जनाले संयूक्त बिज्ञप्ति निकाल्दै राजिनामा दिएका छन्। राजिनामा दिनेहरुमा बर्तमान कार्यसमितिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, महिला संयोजक छोरी मैया श्रेष्ठ महर्जन, सदस्यहरु कुमारी लिम्बु, सुमन कुमार कार्की, पुर्ण चन्द्र लामिछाने र गोपाल बहादुर दर्लामी रहेका छन्। बर्तमान अध्यक्ष मुकेश कुमारप्रति असन्तुष्टी देखाउदै राजिनामा दिएको जनाईएको छ।    करिब एक महिना अगाडि एनआरएनए मकाउमा सहयोग माग्न आएकी ... बाँकी अंश»

जनसम्पर्क अष्ट्रेलियाले छान्यो ७ जना महाधिवेशन प्रनितिधि

२०७२ फाल्गुण १५ शनिबार, अष्ट्रेलिया । नेपाली कांग्रेस पाटीको भातृ संगठनको रुपमा रहेको नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । २० र २१ फेब्रोरी अष्ट्रेलियाको सिड्नी शहरमा भएको तेश्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्नुका साथै अधिवेशनको उद्घाटन, बन्दसत्र लगायत पाटी सभापति स्वर्गीय सुशील कोइराला प्रति श्रद्धाञ्जली सभा समेत गरेको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यलय जनसम्पर्क बिभागले खटाएका प्रतिनिधि नेपाली जनसम्पर्क समिति मक ... बाँकी अंश»

सामुहीक प्रयासमा टीम कन्सल्ट

२०७२ फाल्गुण १४ शुक्रबार, अस्ट्रेलिया । अस्ट्रेलियाको ब्यस्त शहर सीड्नीमा शिक्षामुलक सेवा र सुविधा प्रदान गर्ने सोचका साथ अनुभवी अनुहारहरुको सहभागितामा टीम कन्सल्टको औपचारिक सेवा प्रारम्भ भएको छ ।नेपाली युवाहरुको उत्कृष्ट रोजाइका रुपमा अस्ट्रेलिया रहेका कारण पनि शिक्षामुलक सेवा केन्द्रहरुको चाप पनि बढेको छ । यसै बिच सिड्नीको मुटु मानिने टाउनहलको पीट स्ट्रीटमा टिम कन्सल्टको कार्यालयको शुक्रबार औपचारिक उदघाटन भएको छ ।    लिबरल फ्रेन्डस अफ नेपालका संयोजक श्री ना ... बाँकी अंश»

‘साउदीमा तत्काल महिला कामदार नपठाऊ’

२०७२ फाल्गुण १२ बुधबार, साउदी अरब । नेपाल सरकारले साउदी अरबसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाइरहेकै बेला गैरआवासीय नेपाली सङ्घ (एनआरएन) साउदीले भने घरेलु महिला कामदार नपठाउन तथा यसबारे श्रम सम्झौता अघि नबढाउन आग्रह गरेको छ । पछिल्लो समय रोजगारीका लागि साउदी अरब आउने पुरुष कामदारले नै विभिन्न समस्या भोग्नुपरिरहेको अवस्थामा महिला कामदार पठाइए समस्या झन् जटिल बन्ने भन्दै सङ्घले सो प्रक्रिया अघि नबढाउन सरकारसँग आग्रह गरेको हो ।    सङ्घले यहाँ आउने घरेलु महिला कामदा ... बाँकी अंश»

साउदीमा बन्दी बनाइएकी नेपाली चेलीको उद्धार

२०७२ फाल्गुण ११ मंगलबार, साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा कचलकी ३१ वर्षीया निर्मला परियारलाई उद्धार गरी स्वदेश पठाइएको हो । रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित निर्मलालाई नेपाली जनप्रगतिशील मोर्चाले दूतावासको समन्वयमा उद्धार गरेको हो ।  गत २९ जनवरीमा उद्धार गरी रि ... बाँकी अंश»

जनसम्पर्क समिति अमेरिकाले तोक्यो काँग्रेस महाधिवेशन प्रतिनिधि

२०७२ फाल्गुण १० सोमबार, अमेरिका। नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसको महाधिवेशनको लागि सातजना महाधिवेशन प्रतिनिधि तोकेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट २०७२ फागुन ३ गतेका मितिमा प्रेषित पत्र र नेपाली जनसम्पर्क समिति अमेरिकाको विद्यमान विधानको दफा २३ (एफ) मा उल्लेख भए अनुसार मातृपार्टी नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति,अमेरिकाबाट प्रतिनिधित्व गर्ने सात जना महाधिवेशन प्रतिनिधि र सातजना महाधिवेशन प्रतिनिधि मध ... बाँकी अंश»

अष्ट्रेलियामा कोईरालाको शोक–सभा

२०७२ फाल्गुण ९ आइतबार, सिड्नी (अष्ट्रेलिया) l नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री स्वर्गिय शुसिल कोईरालाको १३ दिनको पुण्य तिथीको अवसरमा नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आज शोक तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ  । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको प्रमुख आतिथ्यतामा सड्नीको वोण्डाईमा आयोजित सो शोक–सभामा एनआरएन एनएसडव्लुुका स्टेट संयोजक दिनेश पोख्रल, एनआरएनका पूर्व अध्यक्ष महेन्द्र ओलि, प्रवासी नेपाली मञ्च अष्ट्रेलि ... बाँकी अंश»

जनसम्पर्क समिती अस्ट्रेलियाको निर्वाचन सम्पन्न, १३औ महाधिवेशनका लागि ७ प्रतिनिधी चयन

२०७२ फाल्गुण ९ आइतबार, सिड्नी। नेपाली कांग्रेशका सभापती तथा पुर्व प्रधानमन्त्री शुसील कोइरलाको निधन भएको १३ दिनको पुन्यतीथी पारेर सिड्नीमा श्रद्धान्जलीसभाको आयोजना गरिएको छ।   जनसम्पर्क समिती अस्ट्रेलिया निर्वाचन समितीले आयोजना गरेको श्रद्धान्जलीसभामा स्थानिय अभिभावक लगायत केन्द्रिय प्रतिनिधी शुर्दसन थापामगरले फुलगुच्छाले श्रद्धासुमन ब्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै मकाउ जनसम्पर्क समितीका अध्यक्ष शुर्दशन थापामगरले संविधान निर्माता र सादगी जिवन अन ... बाँकी अंश»

युएईबाट आएका ७ मध्ये सबै संस्थापन निकट; लिगेसीवालालाई भोट पक्का

२०७२ फाल्गुण ४ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसको १३औ महाधिबेसनको लागि देशभित्रबाट महाधिवेशन प्रतिनिधीहरुको नाम आउने क्रमसँगै नेपाली जनसम्पर्क समितिहरुले पनि नामावली पठाउन थालेका छन्।    नेपाली जनसम्पर्क समिति युएईको तर्फबाट सातजनालाई महाधिवेशन प्रतिनिधी तोकेर पठाइएको छ। सातमध्ये ३ जनालाई महासमिति सदस्य र ४ जनालाई महाधिबेसन प्रतिनिधि तोकेर पठाइएको छ। महासमिति सदस्य स्वत महाधिवेशन प्रतिनिधी हुन्छन। जनसम्पर्क समिति युएले सातै जनाको नाम सर्बसम्मत रुपमा च ... बाँकी अंश»

संविधानका पीताका रुपमा कोइराला सिड्नीमा सम्झिए

२०७२ माघ २८ बिहिबार, अस्ट्रेलिया। नेपाली काँग्रेशका सभापती शुसील कोइरालाको असमायिक निधन भएको दोस्रो दिन सिड्नीका युवाहरुले उनप्रति श्रद्धाञ्जली दिन श्रद्धान्जलीसभाको आयोजना गरेका छन्। स्थानिय रकडेलका स्थानिय युवा जमात रकडेल ब्वाइजले बिहिवार श्रद्धान्जली सभाको आयोजना गर्दै नेपालको नया संविधानका पीतामहका रुपमा रहेका कोइरालाप्रती सम्मान अपर्ण गर्नु सबै नेपालीको कर्तब्य रहेको जनाए।    कार्यक्रममा जनसम्पर्क समिती अस्ट्रेलियाका प्रेम सापकोटाले नेपाली राज ... बाँकी अंश»

सारजाहको जेलमा ६ जना नेपाली

२०७२ माघ २८ बिहिबार, फुजैराह यूएई। गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले नेपाली राजदूतावाससंग समन्वय गरी फेब्रुअरी महिना भरि यूएईमा कार्यरत नेपालीहरुलाई लक्षित गर्दै जनचेतना तथा जागरण अभियान चलाएर साप्ताहिक यूएईका विभिन्न प्रान्तहरुमा भ्रमण गरेर चेतना जगाउदै गर्ने क्रममा १० फेब्रुअरी बुधवारका दिन सारजाहको जेलमा पुग्दा ६ जना नेपालीहरु भेटाएको छ।   गैर आवासीय नेपाली संघ (एनआरएन) युएई अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ र महिला संयोजक कल्पना राईको टोली ... बाँकी अंश»

जिते नेपालीले कार उपहार

२०७२ माघ २७ बुधबार, साउदी अरब । वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् । तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।    साउदीबाट नेपाल पैसा पठाउने ग्राहकलाई लक्ष्यित गरेर लक्ष्मी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेससँगको सहकार्यमा टेलिमनीले ल्याएको बम्परमा कार उपहार योजनाअन्तर्गत विश्वकर्मा कार जितेका हुन् । कार विजेता विश्वकर ... बाँकी अंश»

साउदीमा बिचल्लीमा परेका नेपालीलाई राहत

२०७२ माघ २३ शनिबार, साउदी अरब । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि  साउदी अरबमा क्रियाशील नेपाली सङ्घसंंस्थाले खाद्यान्न सामग्री सहयाेग गरेको हुन् । तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार भोकभोकै बसेकाे समाचार अाए सगैं साउदीमा क्रियाशील नेपाली सङ्घसंस्थाले राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।    साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको उक्त कम्पनीको क्याम्पम ... बाँकी अंश»

साउदीमा बिचल्लीमा परेका नेपाली कामदारले राहत पाए

२०७२ माघ २३ शनिबार, साउदी अरब । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सामग्री सहयोग गरेका छन् । काम गरेको तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार  प्रकाशन भएपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले तत्कालको राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।    साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको ... बाँकी अंश»

साउदीमा बिचल्ली परेकाको उद्धार गर्न पहल सुरु

२०७२ माघ १९ मंगलबार, साउदी अरब। रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा साउदी अरबमा बिचल्ली परेका नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल थालेको छ । सो विषयमा राससले समाचार प्रकाशन तथा प्रसारण गरेपछि रियादस्थित नेपाली दूतावासले दमामको सह्मी अल हजारी कम्पनीमा बिचल्लीमा परेका तीनसय नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो । सोमबार श्रम सहचारी कृष्णप्रसाद दवाडीको नेतृत्वमा आएको दूतावासको टोलीले कम्पनी सञ्चालकसँग छलफल गरेको छ । छलफलका क्रममा रोजगारदाताले ए ... बाँकी अंश»

सुतेकै अवस्थामा कुवँरको मलेसियामा मृत्यु

२०७२ माघ १७ आइतबार, इलाम। ‘वैशाखमा घर आउँछु, नानीलाई राम्ररी पढाउनु’ अहिले फोन राखें है भनेर फोन राखेको एक दिन नबित्दै छोराको मृत्युको खबरले बरबोटे–६ का कुवँर परिवार शोकमा डुबेको छ ।    चार वर्षअघि मलेसिया पुगेका इलाम बरबोटे–६ का ३१ वर्षीय जगत कुवँरको सुतेकै अवस्थामा शनिबार दिउँसो ज्यान गएको हो । मलेसियास्थित जेसीवाई कम्पनीमा कार्यरत कुवँरको रातको ड्युटी सकेर सुतिरहेका अवस्थामा ज्यान गएको उनका भाई ठाकुर कुवँरले जानकारी दिए ।    आगामी वैशाखमा घर फर् ... बाँकी अंश»

साउदीमा तीन सय नेपालीको बिचल्ली

२०७२ माघ १७ आइतबार, साउदी अरब । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । सडक निर्माण क्षेत्रमा कार्यरत ती कामदार तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन् । उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन् ।    अधिकांश नेपाली कामदारको ... बाँकी अंश»

मलेसिया कारागारमा ‘रोतन’ पर्खँन बाध्य नेपाली कामदार

२०७२ माघ ७ बिहिबार, काठमाडौँ। ‘‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ/दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर, लौन चाँडो रोतन मिलाइदिनुपयो ।’’ मलेसियामा कार्यरत महोत्तरीका २२ वर्षीय एक युवाले भने ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव जीवनप्रकाश सिटौलासँग गुनासो गर्दै चोरीको अभियोगमा मलेसियाको सुनगाई बोलाहा कारागारम ... बाँकी अंश»

देउडामा रमाएका युएईका नेपाली

२०७२ माघ ५ मंगलबार, युएई । माघे संक्रान्तिको अवसर पारेर यूएईको बरदुबईस्थित ईम्पेरिअल सुईट्स होटेलमा सुदूर पश्चिम सेवा समाज यूएईले आफ्नो प्रथम बार्षिक उत्सव तथा देउडा सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ । संस्था गठन भएको एक बर्ष पुगेको खुशीयालीमा आयोजित कार्यक्रमको शुभारम्भ प्रमुख अतिथी नेपाली राजदुत धनन्जय झाले केक काटेर दिप प्रज्वलन गर्दै राष्ट्रिय गीत बजाएर गरेका थिए । संस्थाका अध्यक्ष शिवराज जैशीको सभापतित्वमा भएको कार्यक्रममा देउडा सम्राट नन्दकृ ... बाँकी अंश»

साउदीमा कपिलबस्तुका एक कामदारको हत्या

२०७२ माघ ३ आइतबार, मणि प्रसाद गैहे्ररे, कपिलबस्तु ।साउदी अरबमा एक नेपाली कामदारको हत्या भएको छ । कपिलबस्तु जिल्ला पकडि गाबिस वार्ड नं. ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको हत्या भएको हो । मुसलमानको यहि पौष ३० गते बङगलादेशी कामदारहरुको ५ जनाको समुहले हत्या गरेको मृतक कामदारका नेपाली साथीहरुले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाइ जानकारी दिएका थिए ।   साउदी स्थित अलियमामा कम्पनीमा कार्यरत मुसलमानलाइ हत्या गरेका बंगलादेशीहरुलाइ स्थानीय प्रहरि ... बाँकी अंश»

नयाँ