खेलकुद

यु-१९ विश्वकप क्रिकेट: प्रेम तामाङ र सन्दिप लामिछाने नेपालका उदाउँदा तारा

२०७२ माघ २८ बिहिबार,   काठमाडौं। बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आठौं स्थानमा चित्त बुझाउनु परेको छ। कुल १६ टिम सम्मिलित विश्वकपमा आठौं स्थान भनेको राम्रो मान् सकिन्छ तर सातौं स्थान ओगट्न सकेको भए सन् २०१८मा न्युजिल्याण्डमा हुने विश्वकपमा सौझै प्रवेश पाईने थियो जुन कुरा नेपालले नामिबियासँग पराजित हुँदै गुमायो।    समुह चरणमा नेपालले टेष्ट खेल्ने न्युजिल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डलाई पनि पराजित गर्दै दोस्रो चरणको या ... बाँकी अंश»

साग : पुरुष फुटबलमा नेपाल बंगलादेशसंग पराजित, सेमिफाइनल भेट माल्दिभ्ससंग

२०७२ माघ २८ बिहिबार, काठमाडौं । भारतमा जारी १२ औ दक्षिण एसियाली खेलकुद ‘साग’को पुरुष फुटबलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा पराजित हुँदै नेपाल समूह उपविजेता बनेको छ । बंगलादेश समूह विजेता बन्दै सेमिफाइन पुगेको छ । यद्यपि, नेपाल समेत एक खेल अगावै सेमिफाइनल पुगिसकेको थियो । नेपालले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो ।   अनन्त तामाङले गरेको गोल विरुद्ध बंगलादेशले पहिलो हाफमै ४० र ४५औं मिनेटमा २ गोल गर्दै अग्र ... बाँकी अंश»

यू–१९ विश्वकप : नेपाल नामिवियासंग पराजित, ‘गुम्यो सोझै विश्वकप खेल्ने अवसर’

२०७२ माघ २८ बिहिबार, काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल नामिवियासंग १५ रनले पराजित भएको छ । नामिवियाले दिएको २ सय २६ रनको चुनौती पछ्याएको नेपाल ४२ आभेर २ बलमा अलआउट हुँदै २ सय १० रनमै समेटिएपछि पराजित भएको हो । सातौं स्थानका लागि भएको प्ले अफमा पराजित भएसंगै नेपालले दुई वर्ष पछि २०१८ मा न्यूजिल्याण्डमा हुने विश्वकप सिधै खेल्ने अवसर गुमाएको छ ।   नामिवियाविरुद्धको यो खेल जितेको भए नेपाललाई सोझै विश्वकपमा सहभागि हुन सहज हुने थियो । अब फ ... बाँकी अंश»

यू–१९ विश्वकप : नेपाललाई नामिवियाको २ सय २६ रनको चुनौती

२०७२ माघ २८ बिहिबार, काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले सातौं स्थानका लागि नामिवियासंग खेलिरहेको छ । खान शाहेब ओस्मान अली स्टेडियम फतुल्लाहमा जारी प्ले अफमा नामिवियाले नेपाल सामु  २ सय २६ रनको चुनौती पेश गरेको छ । मौसममा खराबि आएपछि ढिलो गरी सुरु भएको खेलमा नामिवियाले घटाएको ४५ ओभरमा ९ विकेट गुमाउँदै २ सय २५ रन बनायो ।    टस जितेर पहिले व्याटिङ गरेको एसोशियट राष्ट्र नामिवियाका लागि लोहन लवरेन्सले ५९ रन बनाए । यस्तै, मिखाइन भान ल ... बाँकी अंश»

बार्सिलोना ‘कोपा डेल रे’को फाइनलमा, मेसी, सुआरेज र नेमार मैदान उत्रेनन्

२०७२ माघ २८ बिहिबार, एजेन्सी । स्पेनिश क्लब बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगमा भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको बार्सिलोना समग्रमा ८–१ को जित निकाल्दै फाइनलमा पुगेको हो । बार्साको घरेलु मैदान नउ क्याम्पमा भएको पहिलो लेगमा भ्यालेन्सिया ७–० ले स्तब्ध भएको थियो । अवे खेलमा भने बार्सिलोना बराबरीमा रोकियो । घरेलु मैदानमा अलवारो नेगरेडोलले ३९औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए । &nb ... बाँकी अंश»

नेपाललाई उसुमा अन्तिम दिन ६ रजत, गौरिकाले रचिन् इतिहास

२०७२ माघ २७ बुधबार, काठमाडौं । नेपालले भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद ‘सागक’को  छैठौं दिन वुधबार मात्रै ७ रजत जितेको छ । उसुको अन्तिम दिन बुधबार नेपालले ६ रजत जितेको हो । यस्तै पौडीमा गौरिका सिंहले ऐतिहासिक रजत जितिन् । नेपाली खेलाडीले अन्तिम दिन थाउलोमा २ र सान्सौं ४ गरी उसुमा ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । सबै खेलाडी फाइनलमा चुकेपछि रजतमा खुम्चिए ।   पुरुषको थाइची छ्वान अलराउन्डमा हरिप्रसाद गोलेले १७.६२ अंक जोड्दै रजत जिते । सोही स्पर्धाको महल ... बाँकी अंश»

नेपाली पौडीवाज गौरिकालाई ऐतिहासिक रजत, जारी सागमा चौथो सफलता

२०७२ माघ २७ बुधबार, काठमाडौं । १३ बर्षीया पौडीवाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमानसहित ऐतिहासिक रजत पदक हासिल गरेकी छन् । जारी १२ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा गौरिकाको यो चौथो र महत्वपूर्ण सफलता हो । जारी साग गेम्समा सहभागि पौडी खेलाडी मध्ये सबैभन्दा कान्छी नेपाली खेलाडी गौरिकाले २ सय मिटर इन्डिभिज्यूअल मिड्लेमा २ मिनेट ३३.२६ सेकेन्डको र्कीतिमान राख्दै रजत जितिन् । यस स्प्रर्धामा श्रीलंकाली पौडीवाजले किमिको रहीमले स्वर्ण तथा भारतीय पौडीबाज माना पटेलले रज ... बाँकी अंश»

साग : उसुमा नेपालको सुखद् सहभागिता, ‘१ स्वर्ण’ जसले अझै आश जगाइरहेको छ,

२०७२ माघ २७ बुधबार, काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत उसुका सबै खेल सकिएका छन् । छैठौं दिन उसुका सबै खेल सकिँदा सम्म नेपालले १ स्वर्ण सहित २७ पदक जित्यो । बुधबार नेपाल थप ६ रजत पदक हात पारेको हो ।  बुधबार नेपालका लागि उसुका हरिप्रसाद गोले र सविता राईले रजत जिते । उसुको सान्सौतर्फ ५२ केजी तौल समूहमा झरना गुरुङ, ६० केजी तौल समूहमा जुनीराई र ७० केजी तौल समुहमा विन्दु पुनमगरले रजत जिते । यस्तै, राजेश गुरुङले रजत जिते । यस पटकको साग सहभागितामा नेप ... बाँकी अंश»

सागमा नेपालको पदक संख्या २६, तीन राष्ट्रलाई उछिन्दै पाँचौ स्थानमा (अपडेट)

२०७२ माघ २७ बुधबार, काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद सागको छैठौं दिन सम्म नेपालले १ स्वर्ण सहित २६ पदक जितेको छ । नेपालले बुधबार थप ५ रजत पदक जितेको पछी पदक संख्या २६ पुगेको हो । नेपालका लागि उसुका हरिप्रसाद गोले र सविता राईले रजत पदक जिते । पदक तालिकाको पाँचौ स्थानमा रहेको नेपालले १ स्वर्ण, १० रजत र १५ कास्यसहित कूल २५ पदक जित्यो । सस्तै,  उसुको सान्सौतर्फ ५२ केजी तौल समूहमा झरना गुरुङ, ६० केजी तौल समूहमा जुनीराई र ७० केजी तौल समुहमा विन्दु पुनमगरले र ... बाँकी अंश»

साग : पुरुष फुटबलको सेमिफाइनलमा नेपाल, पौडीमा गौरिकाको नयाँ कीर्तिमान

२०७२ माघ २६ मंगलबार, काठमाडौं । नेपाल एक खेल अगावै भारतमा जारी दक्षिण एसियाली खेलकुद ‘साग’ पुरुष फुटबलकाे सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत समूह ‘बी’ काे खेलमा मंगलबार भुटान र बंगलादेशले १–१ को बराबरी खेलेपछि नेपाललाई फाइदा पुगेको हो । समूहको पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूह ‘डी’मा रहेको नेपाल तीन अंकसँगै शीर्ष स्थानमा छ । भुटान र बंगलादेशको एक–एक अंक छ । बिहीबार समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसं ... बाँकी अंश»

प्रेम तामाङको सशक्त प्रर्दशनबीच पराजित भयो नेपाल

२०७२ माघ २६ मंगलबार, काठमाडौं । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसंग पराजित भएको छ । नेपालका लागि प्रेम तामाङले उत्कृष्ठ प्रदर्शन गरेपनि हार टरेन । तामाङले १ छक्का ११ चौकाको मद्दतले अविजित ६५ रन बनाए । फतुल्ताह स्थित खान शाहेब ओस्मान अलि स्टेडियममा भएको प्ले अफ सेमिफाइनलमा  नेपाल पाकिस्तानसंग १ सय २२  रनले पराजित भयो । टस जितेर नेपालले फिल्डिङ रोजेपछी पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ५८ रनको विशाल यो ... बाँकी अंश»

सागमा नेपालको पदक बढ्दै, गौरिकालाई अर्को कास्य

२०७२ माघ २५ सोमबार, काठमाडौं । नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थपेकी छन् । १२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् । गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक जितेकी हुन् । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेत कास्य पदक प्राप्त गरेकी थिइ्न् । भारतले १ मिनट ०३.७८ सेकेन्डमा साथ स्वर्ण र दोश्रो स्थानमा रहेको श्रीलङकाले उक्त दुरी १ मिनट ०६.०० सेकेन ... बाँकी अंश»

डेब्यू खेल खेलेकै राष्ट्रविरुद्ध ‘अन्तिम’ जित निकाल्दै विदा भए म्याक्कुलम

२०७२ माघ २५ सोमबार, एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्ड ५५ रनले  विजयी भएको छ । यो जितसंगै तीन खेलको एक दिवसीय श्रृंखला न्यूजिल्याण्डले २–१ ले कब्जा गरेको छ । अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको घरेलु टोली ४५.३ ओभर खेल्दै २ सय ४६ रन बनाएर अलआउट भयो । न्यूजिल्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले ५९, ग्रान्ट इलिओटले ५० तथा आफ्नो अन्तिम एकदिवसीय खेलेका कप्तान ब्रेन्डन म्याक्कुलमले आक्रमक ४७ रनक ... बाँकी अंश»

१८ गर्लफ्रेण्डका धनी फुटबल स्टार नेमार

२०७२ माघ २५ सोमबार, एजेन्सी। ब्राजीलका स्टार स्ट्राइकर नेमार पटक पटक चर्चामा छाउने गरेका छन् । उनी  आफ्नो 'अफेयर'लाई लिएर चर्चामा आउने गरेका छन् । ब्राजीली मोडल तथा एक्ट्रेस ब्रूना मारक्यूजिनसँग उनको 'ब्रेकअप' भएपछि उनि फेरि अफेयरमा रहेका छन्  ।'ब्रेकअप' भएको खुलासा  १९ वर्षयी ब्रूनाले सामाजिक सज्जाल मार्फत गरेकी थिइन् । ब्राजील र बार्सिलोना क्लबका स्टार फोरवर्ड नेमार विगत दुर्इ वर्षमा दोस्रो पटक आफ्नो प्रेमिका ब्रूना मारक्यूजिनसँग टाडा भएका हुन् ... बाँकी अंश»

साग : निमाले दिलाइन् नेपाललाई पहिलो स्वर्ण, नेपालकाे पदक संख्या ११

२०७२ माघ २५ सोमबार, काठमाडौं । भारतको गुवाहाटी र सिलोङ्गमा जारी १२ औ दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो स्वर्ण पदक हासिल गरेको छ ।  प्रतियोगिता सुरु भएको चौथो दिन नेपालले स्वर्ण पदक जितेको हो । नेपालका लागि उसु तर्फको नान्ताओउतर्फ निमा घर्तिमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।    आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोस्रो चरणमा ८.४६ गरी कुल १६.९१ अंकसहित स्वर्ण जितेकी हुन् । रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्दै आएकी छन् । उनी डनबस ... बाँकी अंश»

बार्सिलोनामा सुआरेज र रियालमा करिम बेन्जेमा चम्किए

२०७२ माघ २५ सोमबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा शीर्ष क्लब बार्सिलोना र रियाल मड्रिड विजयी भएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई २–० ले हरायो । बार्सालाई विजयी गराउन डेभिड नाभारो र लुइस सुआरेजले एक–एक गोल गरे । दबाबमा रहेको लेभान्तेका चार खेलाडीले पहेंलो कार्ड पाए । यस्तै, रियाल मड्रिडले ग्रनाडाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो । रियाललाई विजयी गराउन करिम बेन्जेमा र लुका मोड्रिचले गोल गरे । ग्रनाडाका युसेफ अल अरबीले एक गोल फ ... बाँकी अंश»

प्रिमियर लिग : आर्सनल जित्यो, चेल्सी र म्यानयु रोकिए

२०७२ माघ २५ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । आइतबार राति भएको खेलमा आर्सनले एएफसी बर्नमाउथलाई २–० ले हरायो । आर्सनललाई विजयी गराउन मेसुत ओजिल र एलेक्स ओक्लेड एक–एक गोल गरे । अर्को खेलमा शीर्ष क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेड १–१ बराबरीमा रोकिए । सुरुवातमा म्यानयुले जेस लिंगार्डको गोलबाट अग्रता लियो । यद्यपि, अन्तिम समयमा चेल्सीका डिएगो कोष्टाले गोल फर्काएपछि खेल १–१ को बराबरीमा सकियो ।    लिगमा २५ खेलबाट ५३ अंक जोडेक ... बाँकी अंश»

रोचक बन्दै प्रिमियर लिग, शीर्ष क्लब पछारिए, लेस्टर अग्रस्थानमा

२०७२ माघ २४ आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबल रोचक बन्दै गएको छ । लिगमा शीर्ष क्लबहरु पछारिएका छन् । शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीलाई हराँउदै लेस्टर सिटीले लिगको अंक तालिकामा अग्रता लिएको छ । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा ३–१ ले विजयी भयो । लेस्टरलाई विजयी गराउन रोबर्ट हुथले दुई तथा रियाद माहारेजले एक गोल गरे । सिटीका सर्जियो अगुएरोले एक गोल फर्काए । यस्तै, टोटनह्याम हट्सपरले वाट्फोर्डलाई १–० ले हराउँदै लिग तालिकाको दोस्रो स्थानम ... बाँकी अंश»

अपाङ्गता भएकाले खेले बास्केटबल

२०७२ माघ २३ शनिबार, काठमाडौँ  । नेपाल स्पाइनल कर्ड इन्ज्योरी खेलकुद सङ्घले विश्व अपाङ्गता खेलकुद दिवसका अवसरमा आज आयोजना गरेको बास्केटबलमा अपाङ्गता भएका मानिसले धेरै दर्शकलाई आकर्षित गरे ।  पाँच पाँच जनाको समूह बनाएर स्थानीय सिफलचौरमा खेलाइएको उक्त कार्यक्रममा उनीहरुको एकापसमा भएको सौहार्दपूर्ण प्रतिस्पर्धा हेर्नलायकको थियो । कार्यक्रममा ६० जनाले सहभागिता जनाएका थिए ।  कार्यक्रमको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका–७का प्रशासकीय अधिकृत कुमारी रा ... बाँकी अंश»

आइपिएलका लागि ९ करोडमा बिके अष्ट्रेलियन अलराउण्डर वाट्सन

२०७२ माघ २३ शनिबार, मुम्बई । आइपिएलको नवौं संस्करणका लागि बैङ्लोरमा भएको खेलाडी लिलाम विक्रीमा अष्ट्रेलियाका अलराउण्डर शेन वाट्सनलाई रोयल च्यालेञ्जर्स बैंङ्लोरले ९ दशमलब ५ करोड रुपैंयाँको सर्वाधिक महंगो मूल्यमा खरिद गरेको छ । गत वर्ष सबैभन्दा महंगो खेलाडी बनेका भारतीय क्रिकेटर युवराज सिंहलाई यसवर्ष सनराईज हैदराबादले सात करोड रुपैंयाँमा किन्यो । दक्षिण अफ्रिकाका अलराउण्डर खेलाडी क्रिस मौरिसलाई दिल्ली डेयरविल्सले ७ करोडमा किन्यो । उनको न्यूनतम मूल्य ५० लाख र ... बाँकी अंश»

नयाँ