खेलकुद

धोनीको विष्फोट निर्णायक, दक्षिण अफ्रिका २२ रनले पराजित

२०७२ असोज २८ बिहिबार, एजेन्सी । भारतले दक्षिण अफ्रिका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट २२ रनले जितेको छ । जितसंगै भारतले पाँच खेलको एक दिवसीय श्रृंखला १–१ को बराबरी गरेको छ । दुई सय ४८ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिका अलआउट हुँदै दुई सय २५ रनमै समेटिएपछि भारत विजयी भएको हो । दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले अर्ध शतक बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भुवनेश्वरकुमार र अक्सर पटेलले समान तीन तीन विके ... बाँकी अंश»

रोचक राष्ट्रिय लिग, मनाङ र थ्रीस्टारको अन्तिम भिडन्त निर्णायक, आर्मीको सम्भावना जिवित

२०७२ असोज २७ बुधबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबल अन्तिम समयमा आएर रोचक बन्दै गएको छ । प्रतियोगिताको उपाधि छिनोफानो समेत अन्तिम खेलबाटै टुंगो लाग्ने भएको छ । असोज ३० गते शनिबार हुने मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लवबीचको खेलबाटै उपाधि छिनोफानो हुने भएको हो । शीर्ष स्थानमा रहेको थ्रीस्टारको १५ खेलबाट ३२ अंक छ । दास्रो स्थानमा रहेको मनाङको समान खेलबाट ३१ अंक छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङले १५ औं खेलमा नेपाल पुलिस क्लवलाई १–० ... बाँकी अंश»

थ्रीस्टार राष्ट्रिय लिगको उपाधि नजिक, सशस्त्रले शीर्ष तीनको सम्भावना गुमायो

२०७२ असोज २६ मंगलबार, काठमाडौं । ललितपुरको थ्रीस्टार क्लव रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । मंगलबार १५ औं खेलमा सशस्त्र प्रहरी बललाई ३–१ ले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । शीर्ष स्थानमा पुगेको थ्रीस्टारको ३२ अंक छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्रीस्टारलाई जिताउन नाइजेरियन खेलाडी ओलावालेले दुई गोल गरे । यस्तै विजय गुरुङ्गले एक गोल पथे । सशस्त्रका लागि गणेश लावतीले एक गोल फर्काए । १५ खेलबा ... बाँकी अंश»

नेपाली यु–१९ क्रिकेट टोली मलेसिया गयो

२०७२ असोज २६ मंगलबार, काडमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी हुन नेपाली युवा क्रिकेट टोली मलेसिया गएको छ । राजु रिजालको कप्तानीमा मलेसिया गएको टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्वकप १९ वर्ष मुनिको क्रिकेटमा छानिने लक्ष्य लिएको छ । मलेसियाको क्वालालम्पुरमा बिहीबारबाट सुरु हुने छनोट प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा संचालन हुने  प्रतियोगिताको शीर्ष स्थान ... बाँकी अंश»

थ्रीस्टार महत्वपूर्ण खेल जित्ला ?

२०७२ असोज २६ मंगलबार, काठमाडौं । रेडबुल राष्ट्रिय लि फुटबलमा आज थ्रीस्टार क्लव र सशस्त्र प्रहरीबल भिड्दैछन् । दोस्रो स्थानमा रहेको थ्रीस्टारलाई उपाधि भिडन्त पक्का गर्न यो खेल निर्णायक हुनेछ । सशस्त्रको उपाधि यात्रामा भने समाप्त भइसकेको छ । १४ खेलबाट २३ अंक मात्रै जोडेको सशस्त्र शीर्ष तीन भित्र पर्न संघर्षरत हुने छ । थ्रीस्टारले यो खेल जिते उपाधि भिडन्त पक्का हुने छ । दोस्रो स्थानमा रहेको थ्रीस्टारको शीर्ष स्थानको आर्मी भन्दा एक अंक कम छ । आर्मीले १५ खेल खेल्दा थ्रीस् ... बाँकी अंश»

रुस र स्लोभाकिया युरोकपका लागि छनोट

२०७२ असोज २६ मंगलबार, एजेन्सी । रुस र स्लोभाकिया युरोकप खेल्न पाउने भएका छन् । सोमबार राति भएका खेलमा विजयी हुँदै यी दुईले युरोकप यात्रा तय गरेका हुन् । रुसले मोन्टेनेग्रोलाई २–० ले हराउँदै समूह ‘जी’को उपविजेता बनेर युरोकप यात्रा पक्का गरेको हो । लग्जेम्वर्गलाई ४–२ ले हराएको स्लोभाकिया समूह ‘सी’को उपविजेता बन्दै पहिलो पटक युरोकपका लागि छनोट भयो । यस्तै स्वीडेनले माल्दोभालाई २–० ले हराएको छ । स्लोभेनियाले सान मारिनोलाई समान २–० हरायो । बेलारुस र मेसेडोनि ... बाँकी अंश»

आर्मी शीर्ष स्थानमा, नवयुग हिरो

२०७२ असोज २५ सोमबार, काठमाडौं । इलामका नवयुग श्रेष्ठ रेडबुल राष्ट्रिय लिगमा सबै भन्दा बढी गोल गर्ने खलाडी बनेका छन् । उनले सोमबार एन्फा कम्प्लेक्सको मैदानमा लुम्बिनी फुटबल क्लवबिरुद्ध दुई गोल गरेसंगै सर्वाधिक गोल गर्ने खेलाडीको तालिकामा शीर्ष स्थानमा छन् । ५ फिट ६ इन्च उचाई र ६१ केजी तौल भएका उनी छरितो छन् । नवयुग र टंक बस्नेतको आक्रामक प्रदर्शनले त्रभुवन आर्मी क्लव राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनी फुटवल क्लव रुपन्देहीलाई ५–० को फराकिलो ... बाँकी अंश»

आर्मी जित्ला ?

२०७२ असोज २५ सोमबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिगमा आज तेस्रो स्थानको त्रिभुवन आर्मी र आठौं स्थानमा रहेको लुम्बिनी फुटबल क्लव रुपन्देही भिड्दैछन् । सातदोबाटो स्थित एन्फा कम्पलेक्सको मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा आर्मीलाई जित्नै पर्ने दबाब छ । यो खेल जिते आर्मीको उपाधि सम्भावना रहनेछ । पुछारको लुम्बिनीलाई कुनै फरक पार्ने छैन । १४ खेलबाट २७ अंब बटुलेको आर्मीका लागि यही खेल महत्वपूर्ण हुनेछ ।   ... बाँकी अंश»

विश्व विजेता जर्मनी र पोल्याण्डको युरोकप यात्रा तय

२०७२ असोज २५ सोमबार, एजेन्सी । विश्व विजेता जर्मनी अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबलका लागि छानिएको छ । आइतबार राति भएको समूह ‘डी’ को खेलमा जर्जियालाई २–१ हराएको जर्मनी समूह विजेता बन्दै युरोकपका लागि छनोट भयो । जर्मनीलाई विजयी गराउन ५०औं मिनेटमा थोमस मुलरले पेनाल्टी सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए । उनले गोल गरेको तीन मिनेटपछि जर्जियाका जाबा कानकाभाले जवाफी गोल फर्काए । ७९ औं मिनेटमा म्याक्स क्रुजले गोल गर्दै जर्मनीलाई विजयी गराए । यसैबीच, समूह ‘डी& ... बाँकी अंश»

रोमानिया र अल्बानिया पनि युरोकप खेल्ने

२०७२ असोज २५ सोमबार, एजेन्सी । रोमानिया र अल्बानिया अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबलका लागि छानिएका छन् । आइतबार राति भएको छनोट खेलमा आ–आफ्नो समूहबाट विजयी हुँदै दुवै राष्ट्रले युरोकप यात्रा तय गरेका हुन् । समूह एफ्को खेलमा फारो आइसल्याण्डसलाई ३–० ले हराउँदै रोमानिया उपविजेताको रुपमा युरोकपका लागि छनोट भयो । उता समूह आइमा रहेको अल्बानियाले अर्मेनियालाई ३–० ले नै हरायो । अल्बानिया समेत समूह उपविजेता बन्दै युरोकप २०१६ का लागि छानियो । यस्तै, छनौटमा परिसक ... बाँकी अंश»

भारतीय क्रिकेट अधोगतिमा, एक दिवसीयमा दक्षिण अफ्रिकालाई अग्रता

२०७२ असोज २४ आइतबार, एजेन्सी । भारतबिरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका पाँच रनले विजयी भएको छ । एबी डे भिलियर्सको सतकिय मद्दतले विजयी हासिल गरेसँगै दक्षिण अफ्रिकाले ५ खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । भारतको कानपुरमा आइतबार भएको खेलमा ३ सय ४ रनको चुनौती पछ्याएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९८ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले एक सय ५० रनको शानदार व्याटिङ गर्दै भारतलाई जित नजिक ल्याए । यद्यपि, अन्य ब्या ... बाँकी अंश»

मनाङ लिगको दोस्रो स्थानमा, उपाधि यात्रा बलियो, रविले गरे ह्याट्रिक

२०७२ असोज २४ आइतबार, काठमाडौं । मनाङ मस्र्याङदी क्लव रेडबुल राष्ट्रिय लिगको दोस्रो स्थानमा उक्लिएको छ । १४औं खेलमा लिगको पुछारमा रहेको मोरङ फुटबल क्लव विराटनगरलाई ७–१ ले हराउँदै मनाङ उपाधि यात्रा बलियो पारेको हो । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङलाई विजयी गराउन रवि पासवान ह्याट्रिक गरे । आषिश लामाले दुई गोल गर्दा अनिल गुरुङ र सुनिल केसीले एक–एक गोल गरे । जितसंगै मनाङको १४ खेलबाट २८ अंक भएको छ । समान खेलबाट २९ अंक जोडेको थ्रीस् ... बाँकी अंश»

राष्ट्रिय लिगमा कडा भिडन्त, मनाङ र सशस्त्रको बलियो सम्भावना

२०७२ असोज २४ आइतबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलमा आइतबार दुई खेल हुँदै छन्  । दिउँसो साढे १२ बजे हुने खेलमा सशस्त्र प्रहरी बल र सुदूरपश्चिम फुटबल क्लव कैलाली भिड्दै छन् । सातदोबाटो स्थित एन्फा कम्पलेक्सको मैदानमा दिउँसो साढे ३ बजे हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी र मोरङ फुटबल क्लव विराटनगर आमने सामने हुँदै छन् । तेस्रो स्थानमा रहेको मनाङलाई उपाधि भेटका लागि यो खेल जित्नै पर्ने दबाब छ । यो सहित ३ खेल खेल्न बाँकी मनाङ उपाधिका लागि खेल्न पाउने यात्रा बलियो ... बाँकी अंश»

बेल्जियम, ईटली र वेल्स युरोकप खेल्ने पक्का

२०७२ असोज २४ आइतबार, एजेनसी । बेल्जियम, ईटली र वेल्स अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएका छन् । शनिबार राती भएको खेलमा एण्डोरालाई ४–१ ले हराँउदै बेल्जियम अर्को वर्ष फ्रान्समा हुने युरोकपका लागि छनोट भयो । यस्तै, अजरबैजानलाई उसैको मैदानमा ३–१ ले पराजित गर्दै ईटली पनि युरोकपमा स्थान पक्का गर्न सफल भयो । बोस्निया हर्सगोभिनासँग २–० ले पराजित भएपनि वेल्स युरोकपका लागि छनोट भएको छ । युरोकप फुटबल छनोटका अन्य खेलमा नेदरल्याण्ड्सले काजखस्तानलाई २–१ ले हराउँद ... बाँकी अंश»

झापा ११ लाई पछाडि पार्दै थ्रीस्टार शीर्ष स्थानमा

२०७२ असोज २३ शनिबार, काठमाडौँ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब झापा ११ लाई पछाडि पार्दै १–० गोलअन्तरले शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स् मैदानमा आज भएको खेलमा थ्रीस्टारलाई जित दिलाउन खेलको ६९औँ मिनेटमा जगजित श्रेष्ठले निर्णायक गोल गरे ।    गोल खाएर दबाबमा आएको झापाले खेलमा फर्कन अन्तिम समयसम्म गरेको प्रयास सफल हुन सकेन र हारमा चित्त बुझाउनुपयो । विजयी टोलीका निराजन खड्का म्यान अफ द म्याच घोषित भए । आजको जितबाट स्पष ... बाँकी अंश»

थ्रीस्टार र झापाको भिडन्त, कस्ले जित्ला ?

२०७२ असोज २३ शनिबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलमा शनिवार थ्रीस्टार क्लव र झापा ११ भिड्दै छन् । दावेदार थ्रीस्टार र झापा ११ बिचको खेल रोचक हुनेछ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो हुने खेलमा चौथो स्थानमा रहेको झापालाई उपाधि दावेदारी बलियो बनाउन जित्नै पर्ने दबाब छ । थ्रीस्टार विजयी भए उपाधि दावेदारी अझै सशक्त हुनेछ । उपाधि समीकरणका लागि पनि यो खेल निकै महत्वपूर्ण मानिएको छ । यसअघि, शुक्रबार त्रिभुवन आर्मी क्लव सुदूरपश्चिम फुट ... बाँकी अंश»

राष्ट्रिय लिग : त्रिभुवन आर्मी र सुदूरपश्चिमको भिडन्त

२०७२ असोज २२ शुक्रबार, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा शुक्रबार त्रिभुवन आर्मी र सुदूरपश्चिम फुटबल क्लव कैलाली भिड्दै छन् । लिगमा १३ खेलबाट २४ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ  । १४ खेलबाट १७ अंक जोडेको सुदूरपश्चिम ९ टोली सहभागि लिगको छैठौं स्थानमा छ । उपाधि दावेदारी बलियो पार्न आर्मीले खेल जित्नैपर्ने हुन्छ । बिहिबार भएको खेलमा सशस्त्र प्रहरी बलले लुम्बिनी फुटबल क्लवलाई ५–१ ले हरायो । सशस्त्रलाई विजयी गराउन गणेश लावतीले ह्याट्रिक गरे । जितसँगै १३ खेलबाट २३ अं ... बाँकी अंश»

सशस्त्रको शान : लुम्बिनीको पोष्टमा पाँच गोल

२०७२ असोज २१ बिहिबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलमा विभागिय टोली सशस्त्र प्रहरी बलले मोफसलको लुम्बिनी फुटबल क्लव रुपन्देहीलाई हराउँदै उपाधि संभावना जिवित राखेको छ । विहिबार ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १३औं खेलमा सशस्त्र प्रहरी गणेश लावतीको ह्याट्रिकले ५–१ को फराकिलो अन्तरले विजयी भयो ।   खेल सुरु भएको तीन मिनेटमै पहिलो गोल गरेका गणेशले पहिलो हाफको अन्तिम समयमा दोस्रो तथा मध्यान्तरपछी ५५औं मिनेटमा तेस्रो गोल गर्दै ह्य ... बाँकी अंश»

ब्लाटरसहित तीनलाई ९० दिनको निलम्बन

२०७२ असोज २१ बिहिबार, लण्डन । फूटबलको सर्वोच्च निकाय संस्था फिफाले संस्थाका अध्यक्ष सेप ब्लाटरसहित महत्वपूर्ण तीन व्यक्तिलाई निलम्बन गरेको छ । फिफाले ब्लाटरसहित महासचिव जेरोम भाल्के र उपाध्यक्ष मिचेल प्लाटिनीलाई ९० दिनका लागि निलम्बन गरेका हो । संस्थाले पूर्व फिफा उपाध्यक्ष चुङ मोङ जोनलाई ६ वर्ष प्रतिबन्धसहित ६७ हजार युरो डलर जरिवाना गरेको छ । संस्थाको अनुशासन कमिटिले उनीहरु भ्रष्टाचारको मुद्धामा मुछिएकाले कारवाही गरिएको जनाएको छ ।   ... बाँकी अंश»

मनाङ गर्जियो, उपाधि होड बलियो बन्दै

२०७२ असोज २० बुधबार, काठमाडौं । मोफसलको झापा ११ लाई हराउँदै मनाङ मस्र्याङ्दी क्लव रेडबुल राष्ट्रिय लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । जितसंगै मनाङले उपाधि होड बलियो पारेको छ । वुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १३ औं खेलमा झापा ११ लाई मनाङले ३–२ गोल अन्तरले हरायो । प्रतिसपर्धात्मक खेल जित्दै मनाङ २५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । खेलमा झापाले मध्यान्तरसम्म कर्ण लिम्बुको गोलबाट १–० को अग्रता लिए पनि त्यसपछि विशाल राई ... बाँकी अंश»

नयाँ