खेलकुद

ब्लाटरसहित तीनलाई ९० दिनको निलम्बन

२०७२ असोज २१ बिहिबार, लण्डन । फूटबलको सर्वोच्च निकाय संस्था फिफाले संस्थाका अध्यक्ष सेप ब्लाटरसहित महत्वपूर्ण तीन व्यक्तिलाई निलम्बन गरेको छ । फिफाले ब्लाटरसहित महासचिव जेरोम भाल्के र उपाध्यक्ष मिचेल प्लाटिनीलाई ९० दिनका लागि निलम्बन गरेका हो । संस्थाले पूर्व फिफा उपाध्यक्ष चुङ मोङ जोनलाई ६ वर्ष प्रतिबन्धसहित ६७ हजार युरो डलर जरिवाना गरेको छ । संस्थाको अनुशासन कमिटिले उनीहरु भ्रष्टाचारको मुद्धामा मुछिएकाले कारवाही गरिएको जनाएको छ ।   ... बाँकी अंश»

मनाङ गर्जियो, उपाधि होड बलियो बन्दै

२०७२ असोज २० बुधबार, काठमाडौं । मोफसलको झापा ११ लाई हराउँदै मनाङ मस्र्याङ्दी क्लव रेडबुल राष्ट्रिय लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । जितसंगै मनाङले उपाधि होड बलियो पारेको छ । वुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १३ औं खेलमा झापा ११ लाई मनाङले ३–२ गोल अन्तरले हरायो । प्रतिसपर्धात्मक खेल जित्दै मनाङ २५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । खेलमा झापाले मध्यान्तरसम्म कर्ण लिम्बुको गोलबाट १–० को अग्रता लिए पनि त्यसपछि विशाल राई ... बाँकी अंश»

मनाङको दावेदारी : सशस्त्रलाई पछार्दै चोथो स्थानमा

२०७२ असोज २० बुधबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलमा मनाङ–मस्र्याङ्दी क्लव चौंथो स्थानमा उक्लिदै दावेदारी पेश गरेको छ । सोमबार सशस्त्र प्रहरीलाई १–० ले जित्दै मनाङ महत्वपूर्ण तीन अंक बटुलेर चौथो स्थानमा उक्लिएको हो ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङलाई विजयी गराउन इन्जुरी समयमा रुपेश केसीले निर्णायक गोल गरे । लिग तालिकामा १३ खेलबाट २६ अंक जोडेको थ्रीस्टार शीर्ष स्थानमा छ । समान खेलबाट २४ अंक बटुलेको त्रिभुवन आर्मी गोल ... बाँकी अंश»

कप्तान खड्काद्वारा स्पष्टीकरणको माग

२०७२ असोज १८ सोमबार, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यही असोज १५ गते अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक प्रत्रिकामा प्रकाशित कप्तान पारस खड्कालाई कप्तानबाट हटाउने भन्ने समाचारमा आपत्ति जनाएका छन् । उनले आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरीे व्यक्तिगत तथा व्यावसायिक रुपमा उक्त समाचारले आफूलाई दुःखी तुल्याएको बताए । आधिकारिक जानकारी नभई आफनो प्रतिष्ठामा आँच आउने खालको समाचार प्रकाशन गरेको भन्दै कप्तान खड्काले आइतबार नै अन्नपूर्ण पोष्ट ... बाँकी अंश»

नेपाल संयमित, फाइनल चरणको यात्रा कठिन

२०७२ असोज २० बुधबार, काठमाडौं । इरानमा जारी १९ वर्ष मुनिको एएफसी छनोट फुटबलको दोस्रो खेलमा नेपाल बराबरीमै रोकिएको छ ।    आइतबार नेपालले कुवेतसंग १–१ को बराबरी खेलेको हो । पहिलो खेलमा आयोजक इरानसँग १०–० को फराकिलो अन्तरले स्तब्ध भएको नेपालले कुवेत विरुद्ध संयमित भएर खेलेपनि सोचे अनुरुप जित हासिल गर्न सकेन ।    खेलको ६१औं मिनेटमा कप्तान विमल घर्ती मगरले गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता दिलाए । कुवेतले विमलले गोल गरेको १० मिनेटमै गोल फर्काउँदै बराबरी ग ... बाँकी अंश»

ला लिगा फुटबल : शीर्ष स्थानको भिल्लारियल पराजित

२०७२ असोज २० बुधबार, एजेन्सी । स्पेनिस लिग ला लिगामा शीर्ष स्थानको भिल्लारियल पराजित भएको छ । भिल्लारियल लेभान्तेको घरेलु मैदानमा १–० ले हारेको हो । लेभान्तेका डायभर्सनले ८३औं मिनेटमा निर्णायक गोल गरे ।   आइतबार राति भएका खेलमा रियाल बेटिस र एथ्लेटिक बिल्वाओ विजयी भए । रियाल बेटिसले रायो भायकानोलाई २–० ले तथा एथ्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३–१ ले हरायो ।   रियाल मड्रिड र एटलेटिको मड्रिडले १–१ को बराबरी खेल्दै अंक बाँडे । बराबरीले रियाल १५ अंक जोड्द ... बाँकी अंश»

साफ यु–१९ च्याम्पियन नेपालको एएफसी यु–१९ खेल्ने सपना चक्नाचुर

२०७२ असोज २० बुधबार, काठमाडौं । अर्को वर्ष बहराइनमा हुने एएफसी अण्डर नाइन्टिन फुटबलको फाइनल खेल्ने नेपालको सपना चक्नाचुर भएको छ । नेपाल १९ वर्ष मुनिको छनोट फुटबलबाटै बाहिरिएपछि फाइनल चरण खेल्ने सपना चक्नाचुर भएको हो । निराशाजनक प्रदर्शनसँगै समूहको उपविजेता बन्दै उत्कृष्ट पाँचभित्र पर्दै फाइनल चरण खेल्ने नेपालको सपना तुसारापात भयो ।    इरानमा भएको समूह चरणको खेलमा १ अंकमात्र हासिल गरेको नेपाल समूहको पुछारमा रहँदै बाहिरियो ।    मंगलबार नेपाल समूहको अन्ति ... बाँकी अंश»

कडा भिडन्त, मनाङ र झापा आमने सामने

२०७२ असोज २० बुधबार,   काठमाडौं। रेडबुल राष्ट्रिय लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी र झापा एघार भिड्दै छन् । तेस्रो स्थानको झापा र चौथो स्थानमा रहेको मनाङबीचको खेलले उपाधि होडमा उचारचढाव ल्याउने छ । यो खेलमा झापा विजयी भए शीर्ष स्थानमा उक्लिने छ भने मनाङ विजयी भए सोस्रो स्थानमा उक्लिने छ । बराबरी भएको खण्डमा झापा दोस्रो स्थानमा उक्लिँदा मनाङ यथा स्थानमा रहने छ । १३ खेलबाट झापाको २४ अंक छ । एक खेल कम खेलेको मनाङको २२ अंक छ ।   उता, नेपाल पुलिस क्लवको खराव लय जारी छ । पु ... बाँकी अंश»

हारसँगै नेपालको यात्रा सकियो

२०७२ असोज २० बुधबार, काठमाडौँ। इरानमा जारी एसियाली फुटबल महासङ्घ १९ वर्षमुनि (एएफसी यु–१९) छनोट प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको छ।   आजको हारले आगामी वर्ष बहराइनमा यु–१९ एएफसी च्याम्पियनसिपमा खेल्ने नेपालको सम्भावना सकिएको छ ।   नेपाललाई निराश बनाउने क्रममा जोर्डनले खेलको ७ औँ, १४औँ र खेल सकिन अतिरिक्त समयमा गोल गरेको थियो । सुरुमै गोल खाएका कारण दबाबमा आएको नेपालले गोल फर्काउने प्रयास गरे पनि सफल भएन ... बाँकी अंश»

क्रिकेट प्रशिक्षक दासानाइकेले दिए राजीनामा

२०७२ असोज २० बुधबार, काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्।   प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् ।   सन् २०११ देखि नेपाली टोलीका श्रीलङ्काली मूलका क्यानेडाली नागरिक प्रशिक्षक दासानायकले व्यक्तिगत कारणले राजीनामा दिएको बताइएको छ ।   उनकै प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा बङ्गलादेशमा विश्व ट्वान्टी–२० विश् ... बाँकी अंश»

नयाँ