खेलकुद

गौरिका र शिरिष रियो ओलम्पिक खेल्ने पक्का

२०७३ असार २९ बुधबार, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिकमा भाग लिने नेपाली पौडीबाजको टुंगो लागेको छ । विश्व पौडी संघले नेपालको तर्फबाट साग पदक धारी गौरिका सिंह र राष्ट्रिय कीर्तिमान धारी शिरिष गुरुङलाई छनोट गरेको छ ।    विश्व पौडी संघ फिनाले खेलाएका ओलम्पिक क्वालिफाईमा गौरिका र सिरिशले आफुले बनाएका राष्ट्रिय कीर्तिमान सुधार गर्दै रियो ओलम्पिकको यात्रा तय गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उनले भने, ‘गौरिका र ... बाँकी अंश»

सरकारको गैंडा उपहार फण्डा : नेपाल क्रिकेट संघ र गैंडाको राणाकालिन नाता

२०७३ असार २७ सोमबार, काठमाडौं । नेपाली क्रिकेट र दुर्लव वन्य जन्तु गैंडाको के सम्बन्ध होला र ? नेपाली क्रिकेट प्रेमी बाहेक अधिकांशले यसको गहिराई बुझ्न पाएका छैनन् । यद्यपि, दुर्लव वन्यजन्तु गैंडा र नेपाल क्रिकेट संघको सम्बन्ध नेपाली क्रिकेट तंग्रिएपछि भएको होइन । नेपालमा क्रिकेटको प्रतिस्पर्धात्मक सुरुवाती देखिनै सम्बन्ध जोडिएको हो । विक्रम सम्बत् २००३ सालमा जहाँनिया राणा शासन कायम थियो । सोही राणाकालिन समयमा गैंडा र नेपाली क्रिकेटको साइनो जोडियो ।   क्रिकेटला ... बाँकी अंश»

युरोकपको फाइनल खेलपछि भएको हिंसामा ४० जना पक्राउ

२०७३ असार २७ सोमबार, पेरिस । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ । पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए ।    ती समर्थकहरुले आइफल टावरका अधिकारीहरुमाथि शिशाका बोटल तथा मिनरल वाटरका बोटलहरु फालेका थिए । त्यस क्रममा प्रहरीले पानीको फोहरा र टियर ग्याँस हानेको थियो । पोर्चुगलले जितेपछि सो खेलमैदानमा नै पोर्चुगल ... बाँकी अंश»

सरकारको राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार नवयुगसहित १० जनालाई (सूचीसहित)

२०७३ असार २७ सोमबार, काठमाडौं । सरकारले नेपाली फुटबल स्टार नवयुग श्रेष्ठ सहित १० खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मान गर्ने भएको छ ।   आउँदो साउन २८ (अगस्त १२) मा पर्ने युवा दिवसको अवसर पारी युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्ने भएको हो । खेलकुद मन्त्रालयका प्रवक्ता चूडामणि पौडेलका अनुसार १२ औं साग पदकधारी पाँच र राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने १० खेलाडी तथा प्रशिक्षकलाई जनही  एक लाख सहित सम्मान गर्न लागिएको हो ... बाँकी अंश»

फ्रान्सका ग्रिजम्यानलाई गोल्डेन बुट र बल, सान्चेस उत्कृष्ट युवा खेलाडी

२०७३ असार २७ सोमबार, काठमाडौं। फ्रान्सकालागि उपाधि जित्न नसके पनि स्ट्राईकर एन्तोईन ग्रिजम्यानले ब्यक्तिगत प्रदर्शनका आधारमा 'गोल्डेन बुट' र गोल्डेन बल जितेका छन्। आफ्नो टोलीलाई उपाधि दिालउन नसके पनि ब्यक्तिगत उपाधिका लागि भने ग्रिजम्यानलाई प्रतियोगिता सुखद रहेको छ।  ... बाँकी अंश»

विम्बल्डन पुरुष एकल तर्फको उपाधि दोस्रो पटक एण्डी मर्रेलाई

२०७३ असार २६ आइतबार, काठमाडौं। ब्रिटेनका नम्बर १ टेनिस खेलाडी एण्डी मर्रेले विम्बलडन टेनिसको पुरुष तर्फको उपाधि जितेका छन्। उनले क्यानाडाका मिलोस राओनिचलाई ६-४, ७-६, ७-६ले सोझो सेटमा पराजित गर्दै दोस्रो पटक विमबल्डनको उपाधि जितेका हुन्।    पहिलो पटक ग्राण्ड स्ला फाईनलमा पुगेक क्यानाडाका राओनिचले कुनै पनि समयमा जितको संभावनालाई छाडेनन् तर मर्रेले राओनिच भन्दा उत्कृष्ठ टेनिस खेल्दै उपाधि हात पारेका हुन्।    विश्व बरियतामा दोस्रो नंबरमा रहेका मर्रेले यस अघि ... बाँकी अंश»

उपाधिकालागि पोर्चुगल र फ्रान्स आमने सामने हुँदै

२०७३ असार २६ आइतबार, काठमाडौं। आयोजक फ्रान्स र पोर्चुगल युरो २०१६को उापधिकालागि नेपाली समय अनुसार सोमबार बिहान १२:४५मा आमने सामने हुँदैछन्।    पोर्चुगलकालागि यु उापधि पहिलो हुनेछ भने फ्रान्सले यस अघि २ पटक युरो प्रतियोगिताको उपाधि जितीसकेको छ। दुई टोलीलाई सिधा हेर्दा फ्रान्स बलियो देखिन्छ र फ्रान्सले पोर्चुगललाई पछिल्लो १० खेलमा हराएको ईतिहास छ।    फ्रान्सलाई घरेलु मैदान र दर्शकको साथ पनि रहनेछ। आफ्नो घरेलु मैदानमा फ्रान्सले सन् १९८४मा युरो कप र सन् १९९ ... बाँकी अंश»

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल रद्द

२०७३ असार २६ आइतबार, काठमाडौं । बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल रद्द भएको छ । बंगलादेशको फुटबलसंघले अखिल नेपाल फुटबलसंघ एन्फालाई पत्राचार गरी खेल रद्द भएको जानकारी गराएको हो ।   एन्फालाई पठाएको पत्रमा खेलाडीले तयारी गर्न नभ्याएको र त्यहाँ अब लगत्तै सुरु हुने प्रिमियर डिभिजनका खेलका कारण प्राविधिक कठिनाई आएको जनाइएको छ । हो पत्र हामीले पाएका छौं, ‘हामी पूर्ण तयारी थियौं । बंगलादेशले प्राविधिक कारण देखाउँदै रद्द गरिदिएको हो–एन्फाका प्रमुख कार्यकारी इन् ... बाँकी अंश»

विम्बल्डन टेनिस जितेर सेरेनाले रचिन् कीर्तिमान

२०७३ असार २६ आइतबार, लण्डन । अमेरिकी विश्व नम्बर एक टेनिस खेलाडी सेरेना विलियम्सले २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि जितेर कीर्तिमान रचेकी छिन् । विम्बल्डन टेनिसको उपाधि जित्दै सेरेनाले जर्मनीकी खेलाडी स्टेफी ग्राफले राखेको सर्वाधिक २२ औ पटकको उपाधि कीर्तिमानको बराबरीसमेत गरेकी हुन् ।    विम्बल्डन टेनिसको शनिबारको फाइनलमा चौथो वरीयताकी जर्मनीकै खेलाडी एन्जेलिक केर्बरलाई पराजित गर्दै सेरेनाले किर्तिमानी बराबरी गरेकी हुन् ।   उपाधि जित्ने क्रममा सेर ... बाँकी अंश»

मेसी फसे नेयमार बचे, नेयमार बिरुद्धको आर्थिक अपचलन मुद्दा खारेज

२०७३ असार २५ शनिबार, एजेन्सी। स्पेन स्थित मड्रिडको न्यायलयले ब्राजिलियन एवं बार्सिलोनका स्टार खेलाडी नेयमार बिरुद्ध आर्थिक अनियमितताको आरोपलाई खारेज गरेको छ।    ब्राजिलियन लगानीकर्ता समुह 'डिआइएस'ले नेयमार , उनका पिता एवं बार्सिलोना बिरुद्ध आर्थिक अनियमितता गरेको भनदै उजुरी गरेको थियो।    सन् २०१३मा ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना जाँदा पाउनु पर्ने ४०% रकम पाए पनि नेयमारसँगको समझौता गोप्य राखिएकोले पुरा पैसा नपाएको भन्दै उजुरी गरेको थियो। गोप् ... बाँकी अंश»

रोनाल्डो भन्छन्- क्लब र आफ्नालागि सबै जितें अब देशकालागि जित्न चाहान्छु

२०७३ असार २५ शनिबार, काठमाडौं। युरो २०१६मा साधारण सुरुवात गरेको पोर्चुगलले फाईनलमा आयोजक फ्रान्सको सामना गर्दैछ। आफ्नो घरेलु मैदानमा बलियो मानिने फ्रान्सलाई पोर्चुगलले पाखा लगाउन हम्मे नै पर्ने देखिन्छ।    सन् २००४को युरोमा ग्रीससँग फाईनले हारेको पोर्चुगलले फेरि अर्को फाइनल हार्न चाहाँदैन्। ग्रीससँग हार ब्योहोर्ने टोलीमा रहेका रोनाल्डो १२ पर्ष पछि फाईनल पुग्ने पोर्चुगिज टोलीका कप्तान रहेका छन्। उनी आफ्नो देशलाई ठुलो प्रतियोगिताको उपाधि दिालउन चाहान्छन् ... बाँकी अंश»

बंगलादेशविरुद्ध खेल्ने फुटबल टोली तयार, कप्तान घोषणा हुन बाँकी

२०७३ असार २४ शुक्रबार, काठमाडौं । बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि २१ सदस्यीय नेपाली टोली घोषणा भएको छ । आउँदो शुक्रबार  र आइतबार बंगलादेशको ढाकामा हुने मैत्रीपूर्ण खेलका लागि २१ सदस्यीय अन्तिम टोली घोषणा भएको हो ।   टोलीको कप्तान घोषणा हुन भने बाँकी रहेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले जानकारी दिए । उनले भने, ‘हालसम्म कप्तान को भन्ने तोकिएको छैन । अनिल सिनियर हो, उसैले जिम्मेवारी पाउँछ होला ।’ खेल तय भएपनि ढाकाको क ... बाँकी अंश»

विम्बल्डन टेनिसको फाइनलमा सेरेना र केर्बर भिड्ने, पुरुष सेमिफाइनल आज

२०७३ असार २४ शुक्रबार, लन्डन । विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि अमेरिकी खेलाडी सेरेना विलियम्स र जर्मनीकी खेलाडी एन्जेलिक केर्बर भिड्ने भएका छन् । छ पटककी विम्बल्डन च्याम्पियन सेरेनाले सेमिफाइनलमा रुसकी एलिना भेस्निनालाई ६–२ र ६–० को सोझो सेटमा हराउँदै नवौं पटक फाईनलमा स्थान सुरक्षित गरेकी हुन् ।   करियरमा २१ वटा ग्रान्डस्लाम जितिसकेकी सेरेना २२ औं उपाधिको खोजीमा छिन् ।   २२ पटक उपाधि जितेको खण्डमा सेरेनाले सर्वाधिक ग्रान्ड स्लाम जित्ने खेलाडी ... बाँकी अंश»

जर्मनीलाई हराउँदै फ्रान्स फाइनलमा

२०७३ असार २४ शुक्रबार, काठमाडौं। आयोजक फ्रान्स जर्मनीलाई हराउँदै युरो २०१६को फाईनलमा प्रवेश गरेको छ। फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गरेको हो। फाईनलमा फ्रान्सले पोर्चुगलको सामना गर्ने छ।    फ्रान्सको जितकालागि एन्टोनी ग्रिजम्यानले दुवै गोल गरेका थिए। खेलको ४५औं मिनेटमा पेनाल्टी मार्पत पहिलो गोल गरेका थिए भने ७२औं मिनेटमा दोस्रो गोल गर्दै ग्रिजम्यानले प्रतियोगितामा आफ्नो कुल गोल संख्या ६ पुर्‍याएका छन्। ६ गोल सहित ग्रिजम्यान युरो २०१६को सार्वाधिक गोलकर ... बाँकी अंश»

अमेरिकामा चम्किए रत्नजित, ग्राँपी ब्याडमिन्टनको अन्तिम १६ मा

२०७३ असार २३ बिहिबार, काठमाडौं । नेपाल नम्बर एक रत्नजित तामाङ अमेरिकाको क्यालिफोर्नियामा जारी योनेक्स युएस ओपन ग्राँपी ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष सिंगल्समा प्रिक्वाटरफाइनलमा पुगेका छन् ।    पहिलो चरणमा जापानी खेलाडीबाट वाकओभर पाएका रत्नजितले दोश्रोमा चरणमा ग्वाटेमालाका खेलाडीलाई १८–२१, २१–१५ र २१–८ को सेटमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।    प्रि–क्वाटरफाइनल प्रवेश गरेसंगै रत्नजितले कम्तीमा ७ सय ५० युएस डलर न ... बाँकी अंश»

फ्रान्सलाई घरेलु मैदानमा जर्मनीको चुनौती

२०७३ असार २३ बिहिबार, काठमाडौं। युरो २०१६को दोस्रो सेमिफाइनलमा आयोजक फ्रान्स र जर्मनी आमने सामने हुँदैछन्। नेपाली समय अनुसार शुक्रबार बिहान १२:४५ बजे दोस्रो सेमिफाईनल खेल हुनेछ।    जर्मनी र फ्रान्सको बिजताले फाईनलमा पोर्चुगलको समाना गर्ने छ। पहिलो सेमीफाईनलमा पोर्चुगलले वेल्सलाई २-० गोलले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरिसकेको छ।    घरेलु मैदान र समर्थन प्राप्त फ्रान्सेली टोलिलाई पाखा लगाउन जर्मनीलाई हम्मे पर्नेछ। तर जर्मनीको लय हेर्दा फ्रान् ... बाँकी अंश»

मेसी सर्वोच्च अदालत जाने

२०७३ असार २३ बिहिबार, काठमाडौं।  पाँच पटकका बेलोन डे’ओर विजेता फुटबल स्टार लियोनल मेसी सर्वोच्च अदालतमा जाने भएका छन् । स्पेनस्थित बार्सिलोनाको अदातलले पुर्व अर्जेन्टिनी फुटबल स्ट्राइकर तथा बार्सिलोनाका फरवार्ड  मेसीलाई कर छलीको आरोपमा २१ महिनाको जेल सजाय सुनाएपछि उनी न्यायका लागि सर्वोच्च अदालत जान लागेका हुन् ।    बुधबार अदालतले मेसीले कर छलेको आरोपमा अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । उनले बार्सिलोनामा रहँदा कर छली गरेको आरोप उनी विरूद्ध ला ... बाँकी अंश»

रोनाल्डोको किर्तिमानी गोलसँगै पोर्चुगल फाइनलमा

२०७३ असार २३ बिहिबार, काठमाडौं। क्रिष्टियानो रोनाल्डोको किर्तिमानी गोलका साथ पोर्चुगलले वेल्सलाई २-० गोलले पराजित गर्दै युरो २०१६को फाईनलमा आफ्नो स्थान पक्का गरेको छ।    खेलको ५०औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई १-० गोलको अग्रता दिलाएका थिए। कर्नरबाट पाएको क्रसलाइ आफ्नो ट्रेडमार्क स्टाईलमा रोनाल्डोले हेड गर्दै गोल गरेका थिए।    उक्त गोलका साथ रोनाल्डोले युरो कप प्रतियोगीतामा सार्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन्। उनले फ्रान्सका माईक ... बाँकी अंश»

मेस्सीलाई २१ महिनाको जेल सजाय

२०७३ असार २२ बुधबार, काठमाडौं।  पुर्व अर्जेन्टिनी फुटबल स्ट्राइकर तथा बार्सिलोनाका फरवार्ड  लियोनेल मेस्सीलाई स्पेनको एक अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ । बिबिसीका अनुसार मेस्सीले  कर छलेको आरोपमा अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।    उनले वार्षिलोनामा रहँदा कर छलि गरेको आरोप उनी विरूद्ध लाग्दै आएको थियो । गत वर्ष उनका बार्सिलोनाका सहकर्मी जाभीयर मस्सेरानो पनि कर छलिको मुद्दामा दोषी पाइए पछि उनलाई १ वर्षको जेल सजाय सुनाइएकोमा स्पेनको नियम ... बाँकी अंश»

युरोकप फुटबलको पहिलो सेमिफाइनलमा पोर्चुगल र वेल्स खेल्दै, भिडन्त रोनाल्डो–बेलको

२०७३ असार २२ बुधबार, लियों । फ्रान्समा जारी युरोकप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज पोर्चुगल र वेल्स खेल्दैछन् । लियोंको मैदानमा हुँदै गरेको खेल नेपाली समय अनुसार राति पौने १ बजे हुँदैछ । पोर्चुगलले क्वार्टरफाइनलमा पोल्याण्डलाई हराएको थियो भने वेल्सले विश्व नम्बर दुई टिम बेल्जियमलाई पछाडि पारेको थियो । त्यसअघि प्रिक्वार्टरफाइनलमा वेल्सले इङल्याण्डलाई हराएको थियो ।    यो समीकरण अनुसार वेल्सले दुई दावेदार टिमलाई हराउँदा पक्कै पनि गौरव बनाइसकेको छ । कसैले पनि ... बाँकी अंश»

नयाँ