खेलकुद

मेस्सीको आँखामा आँसु देख्दा दुख लाग्छ: रोनाल्डो

२०७३ असार २१ मंगलबार, एजेन्सी। पोर्चुगलका सुपर स्टार तथा रियल मड्रिडका फरवार्ड क्रिश्चियानो रोनाल्डोले मेस्सीको आँखामा आशु देख्दा आफुलाई दुख लागेको बताएका छन्। विश्वका शीर्ष दुई खेलाडीमा पर्ने  दुई खेलाडी बिच सधै को उत्कृष्ट भन्ने कुरा दाज्जिँने गर्दछ।    मेस्सीको संन्यासको बारेमा रोनाल्डोले पहिलो पटक बोल्दै उनले भने "  कुनै एक पेनाल्टीले कुनै पनि खेलाडीलाई नराम्रो  बनाउदैन। उनको आँखाबाट  जुन पिडादायी हारमा आसु झरेको थियो त्यो देखेर दुख लाग्छ , मलाई वि ... बाँकी अंश»

मरे र फेडेरर विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश

२०७३ असार २१ मंगलबार, लण्डन । ब्रिटिश खेलाडी एन्डी मरे र स्वीस खेलाडी रोजर फेडेरर इङ्ल्याण्डमा जारी वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । विश्व नम्बर दुई मरेले प्रिक्वार्टरफाइनलमा निक किर्गिसलाई सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा ठाउँ पक्का गरेका हुन् । मरे ७–५, ६–१ र ६–४ को सोझो सेटमा विजयी हुँदै नवौं पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा ठाउँ बनाएका हुन् ।    अब मरेको भिडन्त बुधबार १२ औं वरियत ... बाँकी अंश»

नेपाली टोलीले बेलायतमा टि–ट्वेन्टी र मैत्रीपूर्ण क्रिकेट खेल्ने

२०७३ असार २० सोमबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि बेलायत भ्रमणमा जाने भएको छ । नेदरल्याण्डससंगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहको नेपाली टोली अभ्यासका लागि बेलायत जान लागेको हो ।    घरेलु मैदानमा अभ्यासरत टोली अभ्यस्त बन्न बेलायत जान लागेको नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले हाम्राकुरालाई बताए । उनले भने, ‘टोली आउँदो जुलाई ११ अर्थात् २७ गते बेलायत जाने र ३० गते टि–ट्वेन्टी क्रिकेट खेल्ने छ । विचमा एक द ... बाँकी अंश»

रोनाल्डोलाई बेलले भने -'अब चम्किने समय हाम्रो हो'

२०७३ असार २० सोमबार, एजेन्सी। क्वार्टरपाईनलमा उपाधी दावेदार बेल्जियमलाई ३-१ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको वेल्सको मनोबल उच्च रहेको छ। वेल्सका स्टार खेलाडी गारेथ बेलले आफ्नो टोलीलाई प्रोत्साहित गर्दै भनेका छन् -' अब समय हाम्रो हो, हामीले ईतिहास रचिसकेका छौ। बुधबारको सेमिफाइनल रोमाञ्चक हुनेछ'।    प्रेससँग बोल्दै बेलले 'अब समय हाम्रो हो' भन्नुलाई रोनाल्डो तिर ईंगित गरेको रुपमा बुझिएको छ। रोनाल्डो भने प्रेससँग कुरा गर्न खासै रुची राक्दैनन्।    स ... बाँकी अंश»

ग्ल्यामर प्रशिक्षक मौरिन्हो म्यानचेष्टर युनाइटेड पुगे

२०७३ असार २० सोमबार, ओल्ड ट्राफर्ड । विश्वकै सर्वाधिक ग्ल्यामरमा नाम कहलिएका फुटबल प्रशिक्षक होजे मौरिन्हो इङ्लिश प्रिमियर लिगको नयाँ सिजनका लागि ओल्ड ट्राफर्ड पुगेका छन् । यसअघिको सिजनमा इङ्लिश क्लव चेल्सीले खराव प्रदर्शन गरेसंगै मौरिन्हो टिमबाट हटाइएका थिए । यसपटक फेरि अर्को इङ्लिश क्लव म्यानचेष्टर युनाइटेड सम्हाल्दै गर्दा उनका अगाडि धेरै चुनौती खडा भएका छन् ।    म्यानचेष्टर युनाइटेड पहिलेजस्तै सशक्त नभएका कारण पनि मौरिन्होलाई चुनौती छ । त्यसो त लिगको इत ... बाँकी अंश»

आईसल्याण्डको सुखद यात्रामा बिराम, फ्रान्स सेमीफाईनलमा

२०७३ असार २० सोमबार, काठमाडौं। फ्रान्ससँग ५-२ गोलले पराजित हुँदै आईसल्याण्डको सुखद यात्राको अन्त भएको छ। पहिलो पटक युरो २०१६मा सहभागी टोली आईसल्याण्डको क्वार्टरफाईनलसम्मको यात्रा सुखद रहेको थियो।    फ्रान्सकालागि ओलिभर जिराउले १३ र ५९औं मिनेटमा गोल गरेका थिए भने पउल पोग्बा, डिमिट्रि पाएट र एन्टोनी ग्रिजम्यानले १-१ गोल गरेका थिए।    आईसल्याण्डका तर्फबाट कोलबिन सिथोर्सन र बिरकिर जार्नासोनले १-१ गोल गरेक थिए। खेलको शुरुमा फ्रान्सको दबदबा रहेको खेलमा आईसल् ... बाँकी अंश»

राखेपमा कर्मचारी दरबन्दी रिपोर्ट पेश

२०७३ असार १९ आइतबार, काठमाडौं । लामो समय देखि राष्ट्रिय खेलकुद परिषदमा कर्मचारीको बढुवा तथा पदपूर्ति नभएकोले कर्मचारीको दरवन्दी मिलान गर्न गठित राखेप कर्मचारी दरवन्दी निर्धारण समितिले दरवन्दी मिलानको रिपोर्ट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टलाई पेश गरेको छ ।   खेलकुद विकास ऐन २०४८ को दफा ११ बमोजिम राष्ट्रिय खेलकुद परिषदका सदस्य विरेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिले राष्ट्रिय खेलकुद परिषदमा देखिएको दरवन्दी सम्वन्धि अन्यौलतालाई स ... बाँकी अंश»

'आईसल्याण्डले आफ्नो 'बेस्ट' प्रदर्शन गर्न बाँकी छ' , फ्रान्स तयार

२०७३ असार १९ आइतबार, काठमाडौं। पहिलो पटक युरो फुटबल खेलिरहेको आइसल्याण्डले अन्तिम क्वार्टरफाईनल खेलमा आयोजक फ्रान्सको समाना गर्दैछ। आफ्नो घरेलु मैदानमा सफलताको राम्रो रेकर्ड रहेको फ्रान्सलाई प्रतियोगिताको चमत्कारिक टोली आईसल्याण्डले कडा टक्कर दिने निश्चित रहेको छ।    वेल्सले बेल्जियमलाई ३-१ गोलले पाखा लगाएपछि आईसल्याण्ड टोलीको मनोबल भने बढेको हुनु पर्छ। उपाधि दावेदार मानिएको बेल्जयमलाइ वेल्सले क्वार्टरफाईनलमा पराजित गरेको थियो।    सन् १९८४मा आफ्न ... बाँकी अंश»

जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणबाटै चट्

२०७३ असार १९ आइतबार, वेम्बले । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच इङ्ल्याण्डमा जारी विम्बल्डन टेनिसको तेस्रो चरणबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा सर्वियाका खेलाडी जोकोभिच अमेरिकी खेलाडी साम क्विरीसंग पराजित भएका हुन् । सन् २०१५ को फ्रेन्च ओपनपछि पहिलो पटक पराजित भएका जोकोभिच २८ औं वरियताका क्विरीसंग ७–६, ६–१, ३–६ र ७–६ ले पराजित भएका हुन् ।  स्कटल्याण्डका दोस्रो वरियताका खेलाडी एन्डी मरे भने चौथो चरणमा पुगेका छन् । मरेले अष्ट्रेलियाका खेलाडी जोन ... बाँकी अंश»

युरो कप फुटबलको सेमिफाइनल समीकरण बन्दै, अन्तिम क्वार्टरफाइनलमा फ्रान्स–आइसल्याण्ड भिड्दै

२०७३ असार १९ आइतबार, फ्रान्स । फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनल समीकरण भोलि बिहान पूरा हुँदैछ । राति हुने अन्तिम क्वार्टरफाइनलमा आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दै छन् । राउण्ड अफ सिक्सटिनमा चमत्कारिक प्रदर्शन गर्ने क्रममा आइसल्याण्डले इङ्गल्याण्डलाई २–१ ले हराएको थियो । त्यसैगरी फ्रान्सले पनि आयरल्याण्डको चुनौती २–१ ले पार गरेको थियो ।  तुलनात्मक रुपमा आइसल्याण्ड कमजोर टिम भए पनि कम नआँक्ने फ्रेन्च प्रशिक्षक डिडियर डेस्च्याम्पस् र कप्तान ह्युगो लो ... बाँकी अंश»

नाटकीय टाईब्रेकरमा ईटलीलाई हराउँदै जर्मनी सेंमीफाईनलमा

२०७३ असार १९ आइतबार, काठमाडौं। ईटलीलाई टाईब्रेकरमा हराउँदै जर्मनी युरो २०१६को सेमीफाईनल प्रवेश गरेको छ। निर्धारित समयको खेल १-१मा सकिएपछि भएको टाईब्रेकरमा ६-५ले जर्मनी बिजयी भएको हो।    खेलको ६५औं मिनेटमा मेसुट ओजीलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। ७८औं मिनेटमा जर्मनीका खेलाडी बोएटिङले डि-एरिया भित्र हातले बल रोकेपछि पाएको पेनाल्टीलाई लियोनार्डो बोनुचीले गोल गर्दै खेल १-१को बराबरीमा ल्याएका थिए।    निर्धारित ९० मिनेटको खेलमा नतिजा ननिस्केपछि ... बाँकी अंश»

युरोकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा जर्मनी र इटाली भिड्दै

२०७३ असार १८ शनिबार, फ्रान्स । फ्रान्समा जारी युरोकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा जर्मनी र इटाली भिड्दै छन् । खेल शनिबार राति पौने १ बजे हुँदैछ । प्रिक्वार्टरफाइनलमा जर्मनीले स्लोभाकियालाई ३–० ले तथा इटालीले स्पेनलाई २–० ले हराएको थियो ।   साविक विजेता स्पेनलाई नै पाखा लगाइसकेपछि जर्मनीसमेत इटालीका लागि ठूलो चुनौती होइन भन्न थालिएको छ । विश्वकप विजेता जर्मनी पनि कम भने पक्कै छैन ।    इटालीले सन् २०१२ को युरोकपमा जर्मनीलाई हराएको थियो । त्यस्तै इटालीले ... बाँकी अंश»

ओलम्पिक खेलाडीलाई सशक्त बनाउन ‘ह्वयर अबाउट’ अभियानमा एनओसी

२०७३ असार १८ शनिबार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीले ५ अगष्टदेखि २१ अगस्टसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने ओलिम्पक खेलमा सहभागिताका लागि तयारीदेखि प्रशिक्षणलगायतको अवलोकन तथा अनुगमन गर्ने जिम्मेवारी एनओसीका सदस्य निलेन्द्रराज श्रेष्ठलाई दिएको छ । एनओसीको भवन ललितपुरको सातदोबाटोमा रियो ओलम्पिकमा सहभागी ५ खेलका ७ खेलाडी, प्रशिक्षक र सम्बन्धित संघका प्रतिनिधिसँगको बैठकले व्यवस्थित र प्रभावकारी तयारीका साथ ओलम्पिकमा सहभागी गराउने विषयमा छलफल गरिएक ... बाँकी अंश»

एन्फामा अध्यक्षको चुनाव हुने छाँट छैन, फिफालाई गुहार्ने तयारी

२०७३ असार १८ शनिबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विवाद तत्काल समाधान हुने सम्भावना सकिएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बित चार पदाधिकारीलाई पुनर्बहाली गरी अध्यक्षको निर्वाचन गर्न निर्देशन दिए पनि त्यो निर्देशनलाई लत्याउँदै संस्थापन पक्ष भने चुप लागेर बसेको छ । एन्फा पारदर्शी हुनुपर्ने तथा संस्था विधि र विधानअनुसार चल्नुपर्ने माग गर्दै उपाध्यक्षत्रय कर्माछिरिङ्ग शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज चन्दले आवाज उठाएकामा गणेश था ... बाँकी अंश»

वेल्स सेमीफाईनलमा,रोनाल्डो र बेल बिच प्रतिस्पर्धा हुने

२०७३ असार १८ शनिबार, काठमाडौं एक गोलले पछि परेको स्थितीलाई उल्टाउँदै वेल्स बेल्जियमलाई ३-१ गोलल पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। .वेल्सले सेमीफाईनलमा पोर्चुगलको सामना गर्ने छ।    पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डो र वेल्सका स्टार गारेथ बेल दुवै स्पेनी क्लब रियाल मड्रिडबाट खेल्ने गर्छन्। एउटै क्लबका स्टार खेलाडीहरु बिचको प्रतिस्पर्धा रोमाञ्चक हुनेछ। विश?वका दुई उत्कृष्ट र महंगा खेलाडी आमने सामने हुनेछन्।    प्रतियोगिताको उपाधि बिजेताका रुपम ... बाँकी अंश»

‘पिपल्स च्वाइस’ नवयुग कि सन्दिप ? कस्लाई पर्ला अवार्ड

२०७३ असार १७ शुक्रबार, काठमाडौं । फुटबलर नवयुग श्रेष्ठ र कान्छा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।    पवल्सर स्पोर्ट्स अवार्ड २०७२ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड मनोनयनमा टेबल टेनिस खेलाडी नविता श्रेष्ठ, फुटबलर नवयुग श्रेष्ठ, भारोत्तोलक तारादेवी पुन, क्रिकेटर सन्दीप लामिछाने र भलिबलकी प्रतिभा माली परेक ... बाँकी अंश»

वेल्सकालागि ऐतिहासिक खेल, बलियो बेल्जियमलाई चुनौती

२०७३ असार १७ शुक्रबार, काठमाडौं। सन् १९५८को विश्वकपको क्वार्टरफाईनलमा ब्राजिलसँग पराजित भए पछिको पहिलो ठुलो प्रतियोगितामा छनौट भएको वेल्सकालागि बेल्जियमसँगको खेल ऐतिहासिक हुने म्यानेजर क्रिस कोलम्यानले बिबिसीलाई बताएका छन्।    वेल्स र बेल्जियम बिचको खेल शनिवार बिहान नेपाली समय अनुसार १२:४५ बजे हुनेछ।    दुई टोली बिचको खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ। युरोमा पहिलो पटक सहभागी भएको वेल्सले राम्रो प्रदर्शन गरिहेको छ। गारेथ बेल, राम्सेले आफ्नो नाम अनुसा ... बाँकी अंश»

टाईब्रेकरमा पोल्याण्डलाई हराउँदै पोर्चुगल सेमीफाईनलमा

२०७३ असार १७ शुक्रबार, काठमाडौं। पोल्याणडलाई टाई ब्रेकरमा हराउँदै पोर्चुगल युरो २०१६को सेमीफाईनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १-१ गोलले बराबरी भएपछि थपिएको समयमा पनि कुनै गोल हुन नसकी खेल टाईब्रेकरमा पुगेको थियो।    पोल्याण्डका जाकुब ब्लास्जीकोस्कीको पेनाल्टीलाई पोर्चुगलका गोलकिपरले रोक्दै आफ्नो टोलीलाई जितको बाटो देखाएका थिए। अन्तिममा पेनाल्टी हान्न आएका  रिकार्डो करिश्माले गोल गर्दै आफ्नो टोलीलाई जिताएका थिए।    खेलको दोस्रो मिनेटमा रोबर्ट ल ... बाँकी अंश»

विश्वकप फुटबल ऐतिहासिक बनाउन कतारको तीव्र तयारी

२०७३ असार १६ बिहिबार, कतार । आफ्नो मुलुकमा सन् २०२२ हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको तयारी सन्दर्भमा कतारले विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् सरोकार भएकाहरुसँग छलफल सुरु गरेको छ ।    विश्वकप आयोजक सर्वोच्च समिति सहायक सचिव नासेर अल खातेरले आफ्नो मुलुकमा आयोजना हुने विश्वकपलाई विश्व समुदायको एकता र सहकार्यको अनुभूति गर्ने बनाउन आफूहरु तल्लीन रहेको बताए ।    कतारमा रहेका विभिन्न राष्ट्रका प्रतिनिधि र समुदायसँगको भेटमा उनले विश्वकपको तया ... बाँकी अंश»

काठमाडौंमा फुटसल प्रिमियर लिग हुँदै, विजेताले १० लाख जित्ने

२०७३ असार १६ बिहिबार, काठमाडौं । पछिल्लो समय नेपालमा निकै चर्चित बनेको फुटसल (इन्डोर फुटबल) को प्रिमियर लिग  हुने भएको छ । फुटसल प्रिमियर लिग नेपालमा हुन लागेको यो पहिलो अवसर ो । यसअघि फुटसलका विभिन्न प्रतियोगिताहरु भएपनि लिग भने हुन सकेको थिएन । एएमए इभेन्ट्स प्रालिको आयोजनामा काठमाडौंमा फुटसलमै १० लाख पुरस्कार राशिको फुटसल प्रिमियर लिग हुन लागेको हो ।    लिगमा १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट १६ टिम छनोटका लागि साउन १० गतेबाट छनोट चरणका खे ... बाँकी अंश»

नयाँ