खेलकुद

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल भारतसँग पराजित

२०७३ श्रावण १३ बिहिबार, काठमाडौँ । भारतविरुद्वको पहिलो मैत्रीपूर्ण महिला भलिबल खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको खेलमा भारतले नेपाललाई २५–२०, २५–१९ तथा २७–२५ ले लगातार पराजित गर्‍यो ।   खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले सर्वाधिक २६ स्कोर गरिन् । उनी खेलकै सर्वाधिक स्कोर गर्ने खेलाडी हुन् । त्यस्तै नेपालका तर्फबाट दोस्रो सर्वाधिक स्कोर गर्नेमा अरुणा शाही बनिन् । उनले ७ स्कोर जोडेकी थि ... बाँकी अंश»

रियल मड्रिडलाई च्याम्पियन्स कपमा झड्का

२०७३ श्रावण १३ बिहिबार, काठमाडौं । स्पेनिश लिग ला लिगा सुरु हुनुअघिको च्याम्पियन्स कप फुटबलमा रियल मड्रिडलाई झड्का लागेको छ । रियल मड्रिड फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनसंग ३–१ ले पराजित भएको छ ।   पिएस्जीका लागि डेब्यु गर्ने क्रममा थोमस मुनियरले दुई गोल गरेसंगै रियल मड्रिड स्तव्ध बनेको हो ।     खेलको दोस्रो मिनेटमै नानितामो इकोनेले गोल गर्दै पिएस्जीलाई अग्रता दिलाए ।   त्यसपछि मुनियरले ३५ औं र ४० औं मिनेटमा गोल गर्दैै अग्रतालाई तेब्बरमा पु¥याए ।   ... बाँकी अंश»

आइसीसीको टोलीले आशा जगायो

२०७३ श्रावण १२ बुधबार, काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानका लागि अध्ययनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टोलीले वुधबार राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव केशव कुमार विष्टलाई भेटेको छ ।    भेटका क्रममा टोलीले नेपाली क्रिकेटको विवादको कारण र तदर्थ समिति गठन गर्नु पर्ने अवस्थाका बारेमा चासो राखेको थियो । राखेप सदस्य सचिवले भने, ‘क्यानको निर्वाचन र तदर्थ समिति गठन गर्नु परेको कारण र अवस्थाबारे सोध्नु भएको थियो । यद्यपि, क्यान निलम्बन फुक ... बाँकी अंश»

रियो ओलम्पिक फितलो बन्दै, ब्राजिलकै राष्ट्रपति सहभागी नहुने

२०७३ श्रावण १२ बुधबार, रियो । ब्राजिलको राजनीतिक संकटको छाँया आसन्न ओलम्पिक खेलकुदमा पनि देखिने भएको छ । संसदमा महाभियोगको प्रस्ताव खेपिरहेकी राष्ट्रपति डिल्मा रुसेफले ओलम्पिक गेम्समा सहभागी नहुने घोषणा गरेसँगै राजनीतिक संकटको आंशिक प्रभाव ओलम्पिक खेलमा देखिएको हो ।   ब्राजिलमा ओलम्पिक खेल आयोजना गराउने जिम्मा पाउन महत्वपूर्ण भुमिका खेलेका तत्कालिन राष्ट्रपति लुईज इनासियो लुला डा सिल्भा पनि ओलम्पिकमा सहभागि नहुने भएका छन् ।   निलम्बित राष्ट्रपति रुसेफको ... बाँकी अंश»

आइसीसीको टोलीले प्रधानमन्त्रीलाई नभेट्ने

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं । नेपाली क्रिकेटको विवादको शोधी खोजी गर्न आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टोलीले प्रधानमन्त्रीलाई नभेट्ने भएको छ । नेपालको राजनीतिक परिवेशका कारण  र आइसीसीको प्रमुख कार्यकारी टोलीमा नभएका कारण टोली नभेट्ने निष्कर्षमा पुगेको हो ।    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले अहिले सरकार काम चलाउ भएको र आइसीसीकै प्रमुख कार्यकारी टिममा नभएपछि भेट्ने कार्यक्रम टरेको बताए ।   उनले भने, ‘सीइओ आएको भए ... बाँकी अंश»

राष्ट्रिय महिला क्रिकेटको उपाधि एपीएफलाई, पूर्वाञ्चल १० रनले स्तब्ध

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं । सिनियर राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । कीर्तिपुर मैदानमा भएको फाइनलमा पूर्वाञ्चललाई १० रनले हराउँदै एपीएफले उपाधि जितेको हो ।     वर्षाका कारण समयमा सुरु हुन नसकेको खेल १० ओभरमा छोट्याइएको थियो । पहिले व्याटिङ गरेको पूर्वाञ्चलले १० ओभरमा ४ विकेट गुमाएर ५४ रन मात्रै बनाउन सक्यो । जवाफमा एपीएफले १ मात्र एक विकेट गुमाएर ५५ रनको चुनौती पार गर्दै ६५ रन बनायो । जितसंगै एपीएफले एक लाख पुरस् ... बाँकी अंश»

दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस : भारतका कुमुदलाई उपाधि

२०७३ श्रावण १० सोमबार, काठमाडौं । भारतका कुमुदकुमार राईले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष सिंगल्सको उपाधि जितेका छन् ।   लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ‘बेस्ट अफ सेभेन’ फाइनलमा कुमुदले भारतकै प्रकाशलाई ११–९, ११–६, ११–८ र ११–७ को सोझो सेटमा पराजित गरे ।    कुमुद २०३१ सालका नेपाल राष्ट्रिय जुनियर च्याम्पियन हुन् । सन् १९७५ मा कुमुद परिवारसहित भारत गएका थिए । नेपालका किरण श्रेष्ठ र रञ ... बाँकी अंश»

नेपाली क्रिकेटको लफडा मिलाउन आइसीसीको प्रशासकीय टोली काठमाडौंमा

२०७३ श्रावण १० सोमबार, काठमाडौं । नेपाली क्रिकेटको विवाद मिलाउन भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको प्रतिनिधि मण्डल अध्ययनका लागि काठमाडौं आएको छ । पाँच सदस्यीय प्रतिनिधि मण्डलका तीन सदस्य सोमबार नेपाल आइसकेका छन् । सीइओ र अर्का एक सदस्य मंगलबार आउने कार्यक्रम छ ।   काठमाडौं आइपुग्नेमा डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दुला वार्नापुरा र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा छन् । आइसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डशन र कानुनी अधिकारी पल म्याक्माह ... बाँकी अंश»

रियो ओलम्पिकमा एकै देशका पाँच लभबर्डस् पनि

२०७३ श्रावण १० सोमबार, रियो दि जेनेरियो । ओलम्पिक नयाँ कीर्तिमान बन्ने खानी हो । त्यही खानी यसपटक पनि देखिने छ । खेलाडीले पदक जितेर रच्ने कीर्तिमान त छँदैछ त्यसबाहेक रोचक कीर्तिमान पनि जोडिंदै आएका छन् । ... बाँकी अंश»

वेष्ट इन्डिजमाथि भारतको कीर्तिमानी जित

२०७३ श्रावण १० सोमबार, एन्टिगुवा । भारतले पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिजलाई एक इनिङ र ९२ रनले हराउँदै कीर्तिमान रचेको छ । वेष्ट इन्डिजलाई उसकै मैदानमा पहिलो टेष्टमा फराकिलो रनले हराउँदै भारतले ८४ वर्षे करियरमा एसिया बाहिर यतिठूलो जित पहिलो पटक हासिल गरेको हो ।   यसअघि सन् २००५ मा बुलावायोमा भारतले जिम्बावेमाथि एक इनिङ र ९० रनको जित हासिल गरेको थियो ।    खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ८ विकेटको क्षतिमा ५६६ रन बनायो । कप्तान विराट कोहलीले २०० ... बाँकी अंश»

एपिएफले लगातार जित निकाल्दा सुदूपश्चिमाञ्चलको विजयी सुरुवात

२०७३ श्रावण ९ आइतबार, काठमाडौँ । महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रको टोलीलाई नौ विकेटले हराउँदै दोस्रो जित हात पारेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा पनि एपिएफले जित हात पारेको थियो ।    टस हारेर ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको एपिएफ ... बाँकी अंश»

नेपाल ‘बी’ दक्षिण एसियाली भेट्रान्स टेबलटेनिसको सेमिफाइनलमा

२०७३ श्रावण ८ शनिबार, काठमाडौं । नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।   लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल ‘बी’ ले बंगलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउदै उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल भयो ।   त्यस्तै समूह ‘ए’ बाट भारत ... बाँकी अंश»

वेष्ट इन्डिजविरुद्ध भारतको आक्रामक सुरुवात, कोहली चम्किए

२०७३ श्रावण ७ शुक्रबार, एन्टिगुवा, भारत र वेष्ट इन्डिजबीचको पहिलो टेष्ट क्रिकेट एन्टिगुवाको नर्थ साउन्डमा सुरु भएको छ । पहिलो दिनको खेल समाप्तिसम्म भारतले ४ विकेटको क्षतिमा ३०२ रन जोडेको छ ।   कप्तान विराट कोहलीको ब्याट् चलेसंगै भारतले उच्च योगफल जोडेको हो । कोहली १४३ बलमा नटआउट छन् । त्यस्तै शिखर धवनले ८४ रनको योगदान टिमलाई दिए । रविचन्द्रन आश्विन २२ रनमा नटआउट छन् ।    खेलमा पहिले ३ रन जोडेसंगै कोहलीले तीन हजार रनको आँकडा पूरा गरेका थिए । यसपटक भारत ठूलो जितक ... बाँकी अंश»

सातौं राष्ट्रियमा ३२ खेल

२०७३ श्रावण ६ बिहिबार, काठमाडौँ ।  नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।   समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले यसअघि सातौं राष्ट्रियअन्तर्गत शारीरिक सुगठन, पौडी र ट्रायथलन सम्पन्न भइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरेको राखेपका प्रेस सल्ला ... बाँकी अंश»

नवयुग वर्षको उत्कष्ट पुरुष खेलाडी, पीपुल्स च्वाइसमा परिन् नविता

२०७३ श्रावण ६ बिहिबार, काठमाडौ । नेपाली फुटबलका स्टार स्ट्राइकर नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोटर्स अवार्डमा नवयुगले पुरुष उत्कृष्ट पुरुष खेलाडी विधाको अवार्ड थापेका हुन् । पीपुल्स च्वाइसको पाँच भित्र परेका नवयुगले उत्कृष्ठ पुरुष खेलाडीको अवार्ड पाएका हुन् । पीपुल्स च्वाइसको अवार्ड भने टेवल टेनिसकी नविता श्रेष्ठले थापिन् ।    नवयुगले नेपाल बंगलादेशमा भएको बंगबन्धु गोल्डप च्याम्पियन बन्दा र भारतमा भएको १२ ... बाँकी अंश»

इङ्लिश फुटबल टिमका नयाँ कप्तान बन्दै अलार्डाइस

२०७३ श्रावण ६ बिहिबार,   लण्डन । इंङ्गलिस प्रिमियर क्लव सण्डरल्याण्डका प्रशिक्षक साम अलार्डाइस इङ्ल्याण्डको राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक बन्ने भएका छन् ।   युरोकप फुटबलमा इङ्ल्याण्डले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेपछि तत्कालीन प्रशिक्षक रोय हज्सनले पदबाट राजीनामा दिएसंग रिक्त पदमा अलार्डाइसलाई इंङ्गलिस फुटबल संघ एफएले प्रशिक्षक बनाउन लागेको हो ।      विगत ९ महिनादेखि सण्डरल्याण्डको प्रशिक्षक रहेका ६१ वर्षीय अलार्डाइसले यसअघि वेष्टह्या ... बाँकी अंश»

पल्सर स्पोर्टस् अवार्ड हुँदै

२०७३ श्रावण ६ बिहिबार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुँदै आएको बजाज पल्सर स्पोर्टस अवार्ड–२०७२ आज बिहीबार हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजेदेखि हुने स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएकोे आयोजकले जनाएको छ ।   अवार्डमा पिपुल्स च्वाइस अवार्डसहित विभिन्न आठ विधामा अवार्ड वितरण गरिन्छ । २०७२ सालमा हात पारेको उपलब्धिको आधारमा हुने बर्षका उत्कृष्ट पुरुष खेलाडी, बर्षका उत्कृष्ट महिला खेलाडी, बर्षका उत्कृष्ट युवा खेलाडी, पारा एथ् ... बाँकी अंश»

पीपुल्स च्वाइसमा परेकी प्रतिभालाई सहयोग गर्नेको ओइरो, ४ लाख ५० हजार नाग्यो

२०७३ श्रावण ५ बुधबार, काठमाडौं । पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पीपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई जिताउन विदेशमा बस्ने खेलाडी तथा सुभचिन्तक, नेपाल भलिबल संघ, भलिबल प्रेमीको सहयोगबाट सकलन रकम ४ लाख ५० हजार नाघेको छ ।   अमेरीकामा बसोबास गर्ने भलिबलका राष्ट्रिय खेलाडीद्धय राम श्रेष्ठ र रमिला तण्डुकारको पहलमा रोमन श्रेष्ठ, कैलास भट्लगायतले अमेरिकाबाट १ लाख ४० हजार ५ सय ५५ रुपैंया पठाएका छन् ।    त्यस्तै अष्ट्रेलियाबाट भलिबलका ... बाँकी अंश»

म्यानचेष्टर युनाइटेड चीनमा, थाक्दैनन् मौरिन्हो

२०७३ श्रावण ५ बुधबार, काठमाडौं। इङ्लिश प्रिमियर क्लव म्यानचेष्टर युनाइटेडका नयाँ प्रशिक्षक जोजे मौरिन्हो नौलो प्रयोग गर्न थाक्दैनन्। त्यसैले त उनको ज्यानलाई कहिल्यै बुढेसकाल लाग्दैनजस्तो लाग्छ। ... बाँकी अंश»

एमसीसी बिरुद्ध लर्ड्स क्रिकेट मैदानमा नेपाल बिजयी

२०७३ श्रावण ४ मंगलबार, काठमाडौं। मेरिलीबोन क्रिकेट क्लब (एमसीसी) बिरुद्धको खेलमा नेपाली टोली ४१ रनले बिजय भएको छ।    २१८ रनको बिजय लक्ष्य पच्छ्याएको एमसीसी ४७.२ ओभरमा १७६ रनमा अलआउट भएपछि नेपालले खेल ४१ रनले जितेको हो।नेपालकालागि सागर पुनले ३ विकेट लिएका थिए। एमसीसीका अडेरले १०० रन बनाएका थिए।    विश्वकै पुरानो मेरिलेबोन क्रिकेट क्लब एमसीसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली क्रिकेट टोलीले  २१८  रनको चुनौती पेश गरेको थियो । निर्धारित ५० ओभरको खेलमा नेपालल ... बाँकी अंश»

नयाँ