खेलकुद

अष्ट्रियालाइ स्तब्ध पार्दै हंगेरीले लग्यो तीन अंक

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं। फ्रान्समा जारी युरो २०१६मा तुलनात्मक रुपमा बलियो मानिएको अष्ट्रियालाई हंगेरीले पराजित गर्दै सुखद शुरुवात गरेको छ। आफ्नो पहिलो खेल जित्दै हंगेरीले स्पष्ट ३ अंक प्राप्त गरेको छ।    खेलको ६३औं मिनेटमा एदम जलाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए भने १० जनामा समेटिएको अष्ट्रियाले आक्रमक खेल खेल्दा ८७औं मिनेटमा काउण्टर प्रहारमा जोटान स्टाईबरले दोस्रो गोल गरेका थिए। अष्ट्रियाका एलेक्जेण्डर ड्रागोविचले ६६औं मिनेटमा दोस्रो पहे ... बाँकी अंश»

पोर्चुगललाई रोक्न आईसल्याण्डलाई रोनाल्डो रोक्नु पर्ने चुनौती

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं।  समुह 'एफ' अन्तर्गतको दोस्रो खेल अन्तर्गत आज हुने खेलमा   आसल्याण्डले  प्रतियोगोता कै बलियो मानिएको पोर्चुगलको सामना गर्दैछ।पोर्चुगल आजको खेलमा आइसल्याण्ड विरुद्द जित हात पार्दै  आफ्नो  सुखद युरो यात्रा अघि बढाउने तरखरमा हुनेछ भने आइसल्याण्ड पोर्चुगललाई कम्तिमा बराबरीमा रोक्ने दाउमा रहेको छ।    आईसल्याण्डलाई पोर्चुगल रोक्न स्टार खेलाडी रोनाल्डोलाई रोक्नु पर्ने ठूलो चुनौती हुनेछ। रोनाल्डोलाई रोक्न सके आईसल्याण्डले ... बाँकी अंश»

छनौटमा अपराजित अष्ट्रियाले हँगेरीलाई गाह्रो पार्ने !

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं। फ्रान्समा जारि युरो २०१६ अन्तर्गत समुह 'एफ'को पहिलो खेल अष्ट्रिया र हंगेरी बिच नेपाली समय अनुसार मंगलबार साँझ ९:४५मा हुँदैछ। छनौट समुहमा अपराजित अष्ट्रियाको समाना गर्न हंगेरीलाइ गाह्रो हुने अनुमान फुटबल बिश्लेषकहरुले गरेका छन्।    अष्ट्रियाले युरो छनौटमा जस्तो खेल पस्केको खण्डमा युरो २०१६को पनि दाबेदार हुन सक्ने छ। तर ठूला प्रतियोगिताहरुमा मानसिक दवाब झेल्न सक्ने र दवाब भन्दा माथि उठेर प्रदर्शन गर्ने टोलीहरु नै सफल हुने गरेको ... बाँकी अंश»

मेक्सिको र भेनेजुएलाले अंक बाँडे, उरुग्वेको अन्तिम खेलमा पहिलो जित

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समुह 'सी' को अन्तिम खेलमा मेक्सिको र भेनेजुएलाले १-१ गोल गर्दै बराबरीमा खेल सकाएका छन्। त्यसैगरि उरुग्वेले जमैकालाई ३-० गोलले पराजित गरेको छ।    एक खेल बाँकी हुँदै दोस्रो चरण प्रवेश गरिसकेका मेक्सिको र भेनेजुएला समुह बिजेता बन्नकालागि खेलेका थिए। खेलको १०औं मिनेटमा जोसेभेलाजक्वेजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए। दुवै पक्षले लगातार आक्रमण गरिरहेता पनि थप गोल ह ... बाँकी अंश»

बेल्जियममाथि ईटलीको प्रभावशाली जित

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं। फ्रान्समा जारी युरो २०१६ अन्तर्गत समुह 'ई'को बेल्जियम र ईटली बिचको खेलमा ईटली २-० गोलले बिजयी भएको छ। बेल्जियम माथि अप्रत्यासित जीत हासिल गर्दै ईटलीले स्पष्ट ३ अंक आर्जन गरेको छ।    खेलको ३२औं मिनेटमा  इमानुएल जाकेरिनीले गोल गर्दै ईटलीलाई अग्रता दिलाएका थिए भने ९०औं मिनेटमा  ग्राजियानो पेलेले गोल गर्दै बलियो बेल्जियम माथिको जित सुनिश्चित गरेका थिए।    खेल अवधिभर बेल्जियमले बलमा नियन्त्रण राखे पनि गोल गर्न नसक्दा ईटलीले ... बाँकी अंश»

आयरल्याण्डको आत्मघाती गोलले स्वेडेनले अंक बटुल्यो

२०७३ जेठ ३१ सोमबार, काठमाडौं। युरो २०१६ अन्तर्गत समुह 'ई'को आयरल्याण्ड र स्वेडेन बिचको केल १-१ गोलको बराबरीमा सकिएको छ। दुवै टोलीले १-१ अंकमा चित्त बुझाएका छन्।    दुई टोलीमा बलियो मानिएको स्वेडेनले तुलनात्मक रुपमा आयरल्याण्ड भन्दा कमजोर प्रदर्शन गरेको थियो।खेलको ४८औं मिनेटमा आयरल्याण्डका वेस्ले हुलाहानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। सेमस कोलम्ायनको क्रसलाई हुलाहानले गोल गरेका थिए।    ७१औं मिनेटमा कियारन क्लार्कले आत्मघाती गोल गर्दै ... बाँकी अंश»

स्पेनको दबदबा रहेको खेलमा चेक निरास

२०७३ जेठ ३१ सोमबार, काठमाडौं। फ्रान्समा जारी युरो फुटबलमा समुह 'डी' अन्तर्गत पुर्व बिजेता स्पेनले चेक गणतन्त्रलाई १-० गोलले पराजित गरेको छ।    सन् २००८ र २०१२को बिजेता स्पेनले जेर्राड पिकेको ८७औं मिनेटमा गरेको गोलले बिजय भएको हो। खेल अवधीभर धेरै राम्रा आख्रमणहरु गरेता पनि गोल भने गर्न सकेको थिएन्,   चेक गणतन्त्रका गोलकिपर पिटर चेकले उत्कृष्ठ बचाउ गर्दा स्पेनका धेरै आक्रमणहरु बिफल भएका थिए। चेकले आफ्नो दर्शनिय गोलकिपिङको प्रदर्शन गरेका थिए।    स्पेन ... बाँकी अंश»

स्वर्णिम इतिहास बोकेको ईटलीलाई बेल्जियमले कडा टक्कर दिने

२०७३ जेठ ३१ सोमबार, काठमाडौं। बेल्जियमका कप्तान इडेन हाजार्ड ट्रेनिङ सेसमा घाइते भएपनि ईटालीसँगको खेलमा फिट हुने बताइएको छ। भिनसेन्ट कोम्पानी, निकोलस लोमबाएर्ट्स जोन एन्गेल्स घाइते भएर बेल्जियम टोली बाहिर रहेका छन् । बेल्जियम र ईटाली ५ पटक एक अर्का विरुद्ध खेलेका छन् । पाँच खेलमा ईटाली२ खेलमा विजयी भएको छ भने बेल्जियमले १ खेलमा जित हासिल गरेको छ।    सन् २००० को युरोकपको समूह चरणमा ईटालीले बेल्जियमलाई २–० गोलले पराजित गरेको थियो । सन् १९८० को युरोको समूह चरणमा ... बाँकी अंश»

पुनःबहाली भएका पदाधिकारी एन्फा प्रवेश गर्दा कार्यवाहक अध्यक्षले स्वागत गरेनन्

२०७३ जेठ ३१ सोमबार, काठमाडौं । नेपाली फुटबलको झगडा लगभग अन्त्य भएको भन्ने सन्देशहरु प्रवाह भइरहेकै बेला पुनःबहाली भएका पदाधिकारीलाई कार्यवहाक अध्यक्षले एन्फामा स्वागत गर्न नमानेको गुनासो बाहिर आएको छ । पुनःबहाली भएका तीन उपाध्यक्ष सहित चार पदाधिकारी सोमबार आगामी कार्यदिशाको छलफलका लागि एन्फा प्रवेश गर्दा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ भने उपस्थित भएनन् ।    उनीहरु पुनःबहाली भएको १२ दिन पछि एन्फा प्रवेश गरेका हुन् । एन्फाका कर्मचारीहरुले स्वागत् गरे प ... बाँकी अंश»

आयरल्याण्ड र स्वीडेनबीच कडा प्रतिस्पर्धा

२०७३ जेठ ३१ सोमबार, काठमाडौं । आयरल्याण्ड र स्वीडेन हाल सम्म ६ पटक आमने सामने भएका छन् । जसमा २ पटक युरोकपमा एक अर्काविरुद्ध भिडेका छन्। ६ मध्ये ४ खेलमा स्वीडेन  विजयी भएको छ, भने २ खेल बराबरीमा सकिएको छ। युरोकप अन्तरगतको २ खेलमा १  खेल स्वीडेनले जितेको छ भने १ खेल बराबरिमा सकिएकोछ । जसले आज राति हुने खेल प्रतिस्पर्धात्मक हुने देखिन्छ ।    युरो अघाडीको मैत्रीपुर्ण खेल आयरल्याण्ड १–१ नेदरल्याण्ड आयरल्याण्ड १–२ बेलारुस स्वीडेन ३–० वेल्स स्वीडेन ०–० स् ... बाँकी अंश»

ठूला क्लबको धनी स्पेनलाई रोक्ला चेक रिपब्लिक ?

२०७३ जेठ ३१ सोमबार, एजेन्सी । युरोपियन च्याम्पियनसिप युरोकप फुटबलमा समूह ‘डी’ को खेलमा सोमबार (आज) साँझ फुटबल पावर हाउस स्पेन र चेक रिपब्लिक आमने सामने हुँदै छन् । यी दुई बीचको खेल स्टेडियम म्युनिसिपलमा पौने ७ बजे हुनेछ ।     डेफेन्डिङ्ग च्याम्पियन स्पेनले विश्व फुटबलमा एक छत्र राज गरिरहेको छ । सन् १९६४ मा पहिलो पटक युरोकपमा सहभागि भएको स्पेन सन् २०१६ भन्दा अघिसम्म ९ पल्ट युरोकप खेलिसकेको छ । ९ पटकको सहभागितामा उसले ३ पटक उपाधि जितेको छ भने एक पटक उप–विजेता भएक ... बाँकी अंश»

'ह्याण्ड अप गड'ले ब्राजिल कोपाको पहिलो चरण बाटै बाहिरियो (भिडियो)

२०७३ जेठ ३१ सोमबार, काठमाडौं। अमेरिकामा जारी ४५औ कोपा अमेरिका प्रतियोगिताबाट ब्राजिल समुह चरणबाटै बाहिरिएको छ। सोमबार विहान भएको खेलमा पेरुसँग १-० ले पराजित भएको हो। ।   समुह वि अन्तर्गतको अन्तिम खेलमा पेरुका राउल रुइडायजले ब्राजिल विरुद्द हातले गरेको  गोललाई रेफ्रीले मान्यता दिएपछि ब्राजिल १–० गोल अन्तरले  पेरुसँग स्तब्ध हुन पुगेको हो । रुईडायजको गोललाई मान्यता दिने वा नदिने भन्नेमा केही समय रेफ्री र लाईन्सम्यान विच विचार बिमर्श भएको थियो।    खेलको ... बाँकी अंश»

जर्मनीको युक्रेन बिरुद्ध सहज जित

२०७३ जेठ ३१ सोमबार, काठमाडौं। युरो २०१६को समुह 'सी' अन्तर्गत जर्मनी र युक्रेन बिचको खेलमा जर्मनी २-०ले बिजयी भएको छ।    खेलको १९औं मिनेटमा सोद्रान मुस्तफीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।त्यसैगरि खेलको ९०औं मिनेटमा वास्टियन स्वेनस्टाईगरले गोल गर्दै २-०को जीत दिलाएका थिए।    जर्मनीले केही राम्रा अवसरहरुको श्रृजना गरेको भए पनि थप गोल भने गर्न सकेन त्यसैगरि युक्रेनले पनि केही राम्रा मौका गुमाएको थियो। खेलको एक मात्र पहेंलो कार्ड युक्रेनका यहभेन ... बाँकी अंश»

युरोमा पोल्याण्डको पहिलो जित, उत्तरी आयरल्याण्ड पराजित

२०७३ जेठ ३० आइतबार, काठमाडौं। पोल्याण्डले युरोमा आफ्नो पहिलो जित हात पारेको छ। समुह 'सी' अन्तर्गत भएको खेलमा उत्तरी आयरल्याण्डलाई १-० गोलले हराउँदै पोल्याण्डले युरोको ईतिहासमा पहिलो जित हात पारेको हो।    यसअघि ६ खेल खेलको पोल्याण्डले ३ खेलमा बराबरी र ३ खेलमा पराजय ब्योहोरेको थियो। खेलको ५१औं मिनेटमा अर्कादिउस मिलिकले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए। उक्त गोल नै अन्तिम नतिजा हुन पुगेको थियो।    उत्ती आयरल्याण्डका अगाडी परिस्कृत खेल खेलेको पो ... बाँकी अंश»

टर्की बिरुद्ध क्रोएसियाको सहज जीत

२०७३ जेठ ३० आइतबार, काठमाडौं। फ्रान्समा जारी युरो-२०१६को समुह 'डी' अन्तर्गत क्रोएसियाले र्कीलाई १-० गोलले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको छ।    खेलको ४१औं मिनेटमा क्रोएसियाका लुका मोड्रिकले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। टर्किका डिफेन्डरले क्लियर गरेको बललाई दर्शनिय ढंगले भली हान्दै मोड्रिकले गोल गरेका हुन्।    सन् २०१२को बिजेता स्पेन र बलियो टोली चेक रिपब्लिक रहेको समुहमा क्रोएसियाले स्पष्ट ३ अंक लिंदै दोस्रो चरण प्रवेशकालागि छो ... बाँकी अंश»

बलियो जर्मनीका सामु युक्रेनले के गर्ला ?

२०७३ जेठ ३० आइतबार, काठमाडौं। फ्रान्समा जारी युरो २०१६ फुटबल प्रतियोगितामा समुह 'सी' अन्तर्गत जर्मनी र युक्रेन बिचको खेल नेपाली समय अनुसार सोमबार बिहान १२:४५मा शुरु हुँदैछ। सन् २०१४को विश्वकप बिजेता जर्मनी युरो २०१६को संभावित बिजता रहेको छ।    जर्मनी र युक्रेन बिच पाँच पटक भेट भएको छ जहाँ जर्मनी अपराजित रहेको छ। पाँच केलमा जर्मनी २मा बिजय भएको छ भने ३ खेल बराबरीमा सकिएको छ। युक्रेन र जर्मनीको ठूलो प्रतियोगितामा यो पहिलो भेट हुनेछ।    तीन पटकको युरो कप बिज ... बाँकी अंश»

उत्तरी आयरल्याण्ड बिरुद्ध पहिलो जीतको खोजीमा पोल्याण्ड

२०७३ जेठ ३० आइतबार, काठमाडौं।फ्रान्समा जारी युरो २०१६ फुटबल प्रतियोगिता अन्तर्गत समुह 'सी'मा रहेका उत्तरी आयरल्याण्ड र पोल्याण्ड बिचको खेल नेपाली समय अनुसार आईतवार राती ९:४५मा हुँदैछ।    पहिलो पटक युरो खेलिरहेको उत्तरी आयरल्याण्डले तेस्रो पटक युरोमा सहभागिता जनाईरहेको पोल्याण्डको सामना गर्दैछ। दुई टोली बिच सन् १९६२मा भएको भेटमा उत्तरी आयरल्याण्ड बिजयी रहेको थियो। सन् २००९मा भएको भेटमा दुवै टोलिले १-१को बराबरी गरेका थिए।    उत्तरी आयरल्याण्ड दुई बिच ... बाँकी अंश»

तुलनात्मक रुपमा बलियो क्रोएसियालाई रोक्ने दाउमा टर्की

२०७३ जेठ ३० आइतबार, काठमाडौं। फ्रान्समा युरो २०१६ फुटबल प्रतियोगिता अन्तर्गत समुह 'डी'मा टर्की र क्रोएसिया भिड्दैछन्। नेपाली समय अनुसार आइतवार साँझ ६:४५ बजे दुई टोली बिच खेल हुने छ।    दुई टोलीले एक आपसमा ६ पटक खेलेका छन्। छ पटकको भेटमा क्रोएसियाले २ पटक जितेको छ भने बाँकी ४ खेल बराबरीमा सकिएको छ। युरो-२००८को क्वार्टरफाईनलमा टर्कीले क्रोएसियालाई टाईब्रेकरमा पराजित गरेको थियो। निर्धारित समयमा बराबरी केलिएकोले उक्त खेललाई रेकर्डमा बराबरी भनेर चिनिन्छ।    ... बाँकी अंश»

कोपा अमरिका: अमेरिका र कोलम्बिया दोस्रो चरणमा

२०७३ जेठ ३० आइतबार, काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समुह 'बी'बाट अमेरिका र कोलम्बिया दोस्रो चरणमा प्रवेश गरेका छन्। अमेरिकाले पाराग्वेलाई १-० गोलले पराजित गरेको थियो भने कोलम्बिया कोस्टारिकासँग ३-२ गोलले पराजित भएको थियो।   समुह चरणमा अमेरिका बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो भने कोलम्बिया समुहमा दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको हो।    अमेरिका-पाराग्वे अमेरिकी स्टार क्लिन्ट डेम्पसीले २७औं मिनेटमा गोल गर्दै आफ्नो टोलील ... बाँकी अंश»

युरो २०१६: रुसको अन्तिम समयको गोलले ईङल्याण्डले अंक बाँड्यो

२०७३ जेठ ३० आइतबार, काठमाडौं। फ्रान्समा जारी युरो २०१६ फुटबल प्रतियोगिता अन्तर्गत समुह 'बी' को ईङल्याण्ड र रुस बिचको खेल  १-१ गोल हुँदै बराबरी भएको छ।    खेलको ७३औं मिनेटमा एरिक डायरले फ्रिकीक मार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उक्त अग्रता ९०औं मिनेटसम्म जारी रहे पनि थप समयको अन्तिम मिनेटमा रुसले गोल फर्काउँदै खेल १-१को बराबरीमा पुर्‍याएको थियो।    रुसकालागि कप्तान डेनिस ग्लुस्काकोभले गोल गरेका थिए।    ईङल्याण्डले केही राम्रा आक ... बाँकी अंश»

नयाँ