खेलकुद

फुटबलर विमलकी बहिनी मनिषाको पोष्टमार्टम रिपोर्ट आएन, अझै दुई दिन लाग्ने

२०७३ जेठ १६ आइतबार, काठमाडौं । नेपाली फुटबलका स्टार स्ट्राइकर विमन घर्तीमगरकी बहिनी मनिषाको निधन भएको पाँच दिन वितिसक्दा समेत घटनाको सत्यता खुल्न सकेको छैन । हत्या भएको शंका गर्दै प्रहरीले शव परीक्ष गर्न त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्यायो । शिक्षण अस्पताल महाराजगन्जमा शव परिक्षण (पोष्टमार्टम) भएको तीन दिन विति सक्दा समेत रिपोर्ट आउन सकेन । अब, मनिषाको पोष्टमार्टम रिपोर्ट मंगलबार मात्रै आउने भएको छ ।    नवल परासी प्रहरीको मुद्दा शाखाका अनुसार त्रिवि शिक्षण ... बाँकी अंश»

लाओसविरुद्ध नेपालको सशक्त प्रदर्शन, खेल १–१ को बराबरी

२०७३ जेठ १६ आइतबार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओससंगको मैत्रिपूर्ण फुटबलमा १–१ को बराबरी खेलेको छ । लाओसको भिन्तिआनमा भएको खेलमा नेपालले १–१ को बराबरी खेलेको हो । निकै प्रतिस्प्रधात्मक खेलमा नेपालका लागि ७८ औं मिनेटमा विशाल राईले गोल गरे । त्यसको एक मिनेट वित्न नपाउँदै लाओसले गोल फर्कायो । यसअघि मलेसियासंग भएको खेलमा पनि नेपालले १–१ को बराबरी गरेको थियो । पहिलो हाफ गोल रहित बराबरी सकिएकामा दोस्रो हाफको अन्तिमतिर दुबै टोली सक्रिय भए ।    ... बाँकी अंश»

प्रधानमन्त्रीको पोष्टमा मुख्य सचिवको ३ गोल, टिम लिडर ओली भन्छन्–‘मेरो टिमले ठिकै मात्र खेल्यो’

२०७३ जेठ १६ आइतबार, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण रमाइलो फुटबलमा मुख्य सचिव ११ टिम विजयी भएको छ । प्रधानमन्त्री ११ र मुख्य सचिव ११ का बीच दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा मुख्य सचिव सोमलाल सुवेदीको टोली ३–२ ले विजयी भएको हो ।    मुख्य सचिव टिमलाई विजयी गराउन लोक सेवा आयोगका सचिव माधवराज रेग्मी एक्लैले दुई गोल गरे । उनले खेलको २० औं मिनेटमै सुवाती अग्रता दिलाएका थिए । प्रधानमन्त्रीको टिमले दोस्रो आफपछि ४८औं मिनेटमा मात्रै गोल फर्काय ... बाँकी अंश»

पहिलो लाङटाङ्ग-गोसाईकुण्ड हाफ म्याराथुन सम्पन्न

२०७३ जेठ १६ आइतबार, काठमाडौं। ट्रेकिङ एजेन्सीस असोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको पहिलो टान लाङटाङ्ग-गोसाईकुण्ड हाल्फ म्याराथुन सम्पन्न भएको छ। गोसाईकून्डबाट शुरु भएको म्याराथून धुन्चेमा आएर समापन भएको थियो।    पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका भरत खत्रीले १ घण्टा २२ मिनेट ५५ सेकेण्डमा उक्त म्याराथुन पुरा गर्दै प्रथम भएका थिए। आर्मी कै होमलाल श्रेष्ठले उक्त दुरी १ घण्टा २३ मिनेट ३५ सेकेण्डमा पुरा गर्दै दोस्रो भए भने जुम्लाका गोविन्द बहादुर अधिकारीले १ घण् ... बाँकी अंश»

आइपीएल क्रिकेट: तेस्रो फाइनलमा पहिलो उपाधि खोज्दै बेंग्लोर

२०७३ जेठ १६ आइतबार, काठमाडौं। इन्डियन  प्रिमियर लिग क्रिकेट (आईपीएल) प्रतियोगिताको फाइनल खेल रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावादबीच बेंग्लोरको घरेलु मैदान चिन्न स्वामी स्टेडियमा हुँदैछ ।    बेंग्लोर वा हैदरावाद जस्ले जिते पनि आइपीएलले नयाँ बिजेता पाउने छ । यसअघि दुवै टोलीले आइपीएलकाे उपाधि जितेका छैनन् । सन् २००८ देखि प्रियोगितामा रहेको बेंग्लोर र सन् २०१३ देखि आइपीएल खेल्न थालेको हैदरावादले यो उपाधि हात पारेका छैनन् ।    बेंग्लोर सन् २० ... बाँकी अंश»

च्याम्पियन्स लिग ईतिहास: रियाल मड्रिड पहिलो र रोनाल्डो सार्वाधिक गोलकर्ता

२०७३ जेठ १६ आइतबार, काठमाडौं। सन् २०१६को च्याम्पियनस् लिग उपाधि जित्दै रियाल मड्रिडले उपाधि संख्या ११ पुर्‍याएको छ। सबैभन्दा धेरै पटक उपाधि जित्ने रियाल पहिलो स्थानमा रहेको छ। रियाललाई पच्छ्याउँदै ईटालीको क्लब एसी मिलान ७ उपाधिका साथ दोस्रो स्थानमा रहेको छ।    सन् १९५६ देखि शुरु भएको युईएफए च्याम्पियन्स लिग अहिलेसम्म २२ क्लबले जितिसकेका छन्। सन् १९५६ देखि सन् १९६० सम्म लगातार पाँच पटक रियाल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको हो। रियालले १९६६, १९९८, २० ... बाँकी अंश»

च्याम्पियन्स लिग: रियाल मड्रिडको ११औं उपाधि, एथ्लेटिको तेस्रोपल्ट स्तब्ध

२०७३ जेठ १६ आइतबार, काठमाडौं। रियाल मड्रिडले ११औं पल्ट युरोपको ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग उपाधि जितेको छ। नियमित समयमा १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा निर्णय हुन नसकेको खेल रियाले पेनाल्टी शुटआउटमा ५-३ गोलले जित हात पारेको हो।    यसअघिको सन् २०१३-१४को च्याम्पियनस् लिगको फाईनलमा पनि रियालले एथ्लेटिकोलाई पराजित गरेको थियो।     खेलको पहिलो हाफ रियाल मड्रिडले आफ्नो पक्षमा पारेको थियो। खेलको १५औं मिनेटमा सर्जियो रामोसले गारेथ बेलको हेडफ् ... बाँकी अंश»

च्याम्पियन्स लिगको उपाधि रियाल मड्रिडलाई, जिदानको कीर्तिमान, सिजनको सुखद् विदाई

२०७३ जेठ १६ आइतबार, एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिश क्लब रियाल मड्रिडले जितेको छ । आफ्नै होम टाउनको एथ्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियालले उपाधि जितेको हो । योसंगै रियालले सर्वाधिक ११ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । एथ्लेटिको तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।  ... बाँकी अंश»

च्याम्पियन्स लिग: सार्वाधिक गोलकर्ता रोनाल्डोको रियाल उपाधिको दाउमा

२०७३ जेठ १५ शनिबार, एजेन्सी। युरोपको क्लब फुटबलमा  सबै भन्दा ठुलो तथा व्यग्र प्रतिक्षा  गरिएको च्याम्पियन्स लिगको फाइनल खेल मिलानमा  हुदैछ। यो पटकको फाइनलमा स्पेनका दुई माहारथी रियल मड्रिड र एथिलेटिको मड्रिड उपाधीको लागि भिड्दै छन्।     रियाल उपाधि जित्ने दाउमा रहेको उसका प्रशिक्षक जिनेदिन जिदानले दवाब आफुलाई राम्रो लाग्ने र दवाबमा खेल्न मजा आउने प्रतिकृयाले पनि स्पष्ट पारेको छ। स्टार खेलाडी रोनाल्डो पनि पुर्ण स्वस्थ रहेको पनि जिदानले बताएका छन्।    ... बाँकी अंश»

बजेट (०७३–०७४) : झापा र काठमाडौंमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण

२०७३ जेठ १५ शनिबार, काठमाडौं । सरकारले काठमाडौंको मूलपानीमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन गरेको छ । बजेटमा तीन वर्षभित्र मूलपानी, धनगढी र भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने उल्लेख छ । यस्तै सरकारले प्रत्येक प्रदेशमा एउटा रंगशाला निर्माण गर्ने कार्यक्रम अघि सारेको छ ।    झापाको लखनपुर र काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ब ... बाँकी अंश»

आईपीएल: फाईनलमा वार्नरको हैदरावादले कोहली-डिविलियर्सको बेंगलोरको सामना गर्ने

२०७३ जेठ १५ शनिबार, काठमाडौं। दोस्रो क्वालिफायरमा गुजरात लयन्सलाई ४ विकेटले हराउँदै सनराईजर्स हैदरावाद फाईनल प्रवेश गरेको छ। हैदरावादले फाईनलमा रियल च्यालेन्जर्स बैंगलोरको समाना गर्ने छ।    डेविड वार्नरको एकल प्रदर्शनले हैदरावादले गुजरात लायन्सलाई पराजित गरेको हो। १६३ र पच्छ्याएको हैदरावादका वार्नरले ९२* रन बनाएका थिए। उक्त रन बनाउने क्रममा उनले ५८ बलमा ३ छख्का र ११ चौका प्रहार गरेका थिए। नियमितरुपमा विकेट झरिरहेको अवस्थामा वार्नरले सम्अालिएर खेलेका थिए ... बाँकी अंश»

संसदमा पनि विमलकी बहिनीको अस्वभाविक मृत्युको चर्चा

२०७३ जेठ १४ शुक्रबार, काठमाडौं । शुक्रबार बसेको व्यवस्थापिका संसद बैठकमा नेपाली फुटबलका स्टार  स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषाको अस्वभाविक मृत्युको चर्चा भयो । घटनाको सत्य तथ्य बाहिर ल्याउन र हत्या भएको भए दोषीलाई कडा कारबाही गनै सांसदहरुले माग गरेका छन् । संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका पदाधिकारीहरुले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको मनिषाको शव हेर्दा घटना स्वभाविक हुनै नसक्ने जिकिर गरे ।    यस्तै, दुलारी हरी ... बाँकी अंश»

‘फुटबलर विमल बेल्जियमबाट फर्किनेबारे एजेन्टसंग कुरा हुँदै’

२०७३ जेठ १३ बिहिबार, काठमाडौं । नेपाली फुटबल टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगर बहिनीको रहस्यपूर्ण मृत्युको खबर सुनेपछि घर फर्किने बताइएपनि यकिन भएको छैन ।   तीन दिन अघि मात्रै बेल्जियम गएका विमल बहिनीको असामयिक निधनले छाँगाबाट खसेझैं भएका छन् । एन्फाका प्रमुख कार्यकारी एवं प्रवक्ता इन्द्रमान तुलाधरले विमल बेल्जियममै रहेको बताए । दुःखद घटनाबारे जानकारी पाएको सुनाउँदै उनले भने, ‘विमल आवद्ध भएको क्लब एजेण्टसंग कुरा त भएको छ, पठाउने नपठाउने यकिन भएको छैन, सकभर ... बाँकी अंश»

फुटबलर बिमल घर्ती मगरकी बहिनीको हत्या, बिमल बेल्जियममा

२०७३ जेठ १३ बिहिबार, काठमाडौं। नेपाली फुटबल टोलीका स्टार स्ट्राईकर बिमल घर्ती मगरकी बहिनिको हिजो राती आफ्नै घरमा हत्या भएको पत्रकार भरत क्षेत्रीले जानकारी दिएका छन्।    प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ। मनिषालाई अन्तिम फोन गर्ने उक्त पुरुषलाई शंकाको आधारमा पक्राउ गरिएको प्रहरीले  जनाएको छ।    नवलपरासी जिल्लाको बर्दघाट ८ स्थित आफ्नै घरमा मनिषाको हत्या भएको हो। नेपाल प्रहरीको अनुसन्धान शुरु गरिसकेको छ। घरमा एक ... बाँकी अंश»

आईपीएल क्रिकेट: कोलकाता उपाधि होडबाट बाहिरियो

२०७३ जेठ १२ बुधबार, काठमाडौं। सनराईजर्स हैदरावादले कोलकाता नाईटरईड्रर्सलाई २२ रनले पराजित गर्दै फाईनल प्रवेशकालागि प्लेअफमा स्थान बनाएको छ। हैदरावादले गुजरात लायन्सको सामना गर्ने छ। यो हारसँगै कोलकाता उपाधि होडबाट बाहिरिएको छ।   टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। युवराज सिंहले ४४ रन बनाएका थिए भने कप्तान डेविड वार्नरले २८ र मोईसे हेन्रिक्सले ३१ रनको योगदान गरेका थिए। कोलकाताका कुलदिप यादवले ३ वि ... बाँकी अंश»

आईपीएल क्रिकेट: डिविलियर्सको उत्कृष्ट ब्याटीङ प्रदर्शनले बेंगलोर फाईनलमा

२०७३ जेठ ११ मंगलबार, काठमाडौं। एबी डिविलियर्सको उत्कृष्ट ब्याटिङ प्रदर्शनले रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात लायन्सलाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै बेंगलोर फाईनल प्रवेश गरेको छ भने गुजरातले दोस्रो प्ले-अफ बिजेतासँग खेल्न पाउने छ।    १५९ रनको लक्ष्य पच्छ्याएको बेंगलोरले ५.३ ओभरमा २९ रन बनाउँदा ५ विकेट गुमाएको थियो भने ६८ रनमा ६ विकेटको स्थितीबाट डिविलियर्सले स्टुअर्ट बिन्नी र ईकबाल अब्दुल्लाहसँग राम्रो साझेदारी गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। ... बाँकी अंश»

नेपाली क्रिकेटको भविष्य फैसला अक्टोबरपछि, आइसीसीको पत्राचारले अर्को विवाद

२०७३ जेठ ११ मंगलबार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निलम्बन लम्बिने संकेत आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले गएको पुसमा सम्पन्न साधारण सभाबाट निर्वाचित भएका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गरी आगमी अक्टोबरमा बस्ने बोर्ड बैठकमा मात्रै नेपालबारे केही छलफल हुने जनाएको छ । त्यसअघि आइसीसीको प्रतिनिधी मण्डल जाँच बुझका लागिथ नेपाल आउने भएपनि बोर्ड बैठक अक्टोबरमा भएकाले त्यसअघि निलम्बनबारे कुनै टुंगो नलाग्ने देखिएको हो ।    गएको वैशा ... बाँकी अंश»

विश्व नम्बर २ मरेलाई आठौं बरियताका स्टेपानेकले कडा टक्कर दिए

२०७३ जेठ ११ मंगलबार, एजेन्सी । दोस्रो बरियताका ब्रिटिश खेलाडी एन्डी मरेलाई आठौं बरियताका चेक खेलाडी राडेक स्टेपानेकले कडा टक्क दिएका छन् । फ्रेन्च ओपन टेनिसको पहिलो चरण अन्तर्गत सोमबार राति भएकोे पुरुष सिंगल्समा दोस्रो बरियताका मरे पहिलो दुई सेटमा पछि परे ।  पहिलो दुई सेटमा मरे ६–३, ६–३ ले पछि परे ।   पछिल्लो दुईसेटमा केही सुधार गरेपनि खेल खराब प्रकाशका कारण स्थगित भयो । स्टेपानेकले ६–३, ६–३, ०–६, २–४ ले अग्रता कायम गरे । यी दुईबीचको खेल मंगलबार फेरि हुनेछ ... बाँकी अंश»

निरौला र जोशी नयाँ राष्ट्रिय चेस च्याम्पियन

२०७३ जेठ ११ मंगलबार, ईलाम। क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला र सिन्दिरा जोशी नेपाली चेसमा नयाँ राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन्।   ईलाममा सम्पन्न १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरेका झापा दमक निवासी भुपेन्द्रका लागि अन्तिम खेल विर्सनलायक रह्यो। एक चरण अघि नै १९ औं राष्ट्रिय च्याम्पियन बन्नका लागि पर्याप्त अंक जोडेका भुपेन्द्रले पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँगको खेलमा ब्लन्डर गरेपछि खेल त्याग गरे। &nbs ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेड प्रशिक्षक भान बर्खास्त, मौरिन्हो भित्रँदै

२०७३ जेठ १० सोमबार, एजेन्सी । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक लुइस भान गाललाई बर्खास्त गरेको छ । पछिल्लो समय भान गालले टोलीलाई सम्हाल्न नसकेको भन्दै निकै आलोचना भइरहेको थियो । शनिबार राति वेम्बलेमा म्यानयुले एफए कपको उपाधि उचाल्दा अधिकांश फुटबल पण्डितहरुले भान गालको यो खेल नै अन्तिम हुने बताएका थिए । यस्तै, क्रिष्टल प्यालेससंगको एफए कप फाइनल भिडन्तअघि चेल्सी प्रशिक्षक जोजे मौरिन्होसंग सैद्धान्तिक सहमति भएको थियो । क्लबले केही दिन भित्रै मौर ... बाँकी अंश»

नयाँ