खेलकुद

मेस्सीको जादुई प्रदर्शन, २३ बर्षको उपाधि खडेरी अन्तको बाटोमा अर्जेन्टिना

२०७३ असार ८ बुधबार, काठमाडौं। लियोनल मेस्सीको उत्कृष्ठ प्रदर्शनले अर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा प्रवेश गरेको छ। सेमीफाईनलमा आयोजक अमेरिकालाई ४-०ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा पुगेको हो।    खेलको तेस्रो मिनेटमा एजेक्वेल लावेजीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। ३२औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत दर्शनिय गोल गर्दै अग्रता २-० बनाएका थिए। खेलको ५० र ८६औं मिनेटमा गोन्जालो हिगुईनले गोल गर्दै खेल ४-०ले आफ्नो पक्षमा पारेका ... बाँकी अंश»

स्पेनलाई हराउँदै क्रोएसिया समुह बिजेता

२०७३ असार ८ बुधबार, काठमाडौं। क्रोएसियाले स्पेनले हराउँदै समुह 'डी'को बिजेता बन्दै दोस्रो चरणको यात्रा तय गरेको छ। त्यसैगरि स्पेन समुह उप-बिजेता हुँदै 'राउण्ड अफ सिक्सटिनमा' स्थान पक्का गरेको छ।    खेलको ७औं मिनेटमा अलवेरो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। खेलको ४५औं मिनेटमा क्रोएसियाका निकोला कालिनिचले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए।    खेललप ८७औं मिनेटमा ईभान पेरिसिचले क्रोएसियाकालागि गोल गर्दै २-१को अग्रता लिएका थिए। ... बाँकी अंश»

जर्मनी र पोल्याण्ड दोस्रो चरणमा

२०७३ असार ८ बुधबार, काठमाडौं। समुह 'सी'बाट जर्मनी र पोल्याण्डले 'राउण्ड अफ सिक्सटिन'मा स्थना पक्का गरेका छन्। जर्मनीले उत्तरी आयरल्याण्डलाई १-०ले पराजित गरेको छ भने पोल्याण्डले युक्रेनलाई १-० गोलले पराजित गरेको हो। जर्मनी र पोल्याण्ड दुवैले ३ खेलमा ७-७ अंक हासिल गर्दै दोस्रो चरणको यात्रा संभव पारेका हुन्।    जर्मनीले उत्तरी आयरल्याण्डलाई हराउने क्रममा ३०औं मिनेटमा मारियो गोमेजले गोल गरेका थिए। क्त गोल नै निर्नायक सावित भएको थियो। एकतर्फी जस्तो भएको खेलमा ... बाँकी अंश»

क्रोएसिया र चेक रिपब्लिककाे परीक्षा

२०७३ असार ७ मंगलबार, काठमाडाैँ । बुधबार विहान पाैने १ बजे समूह 'डी' अन्तर्गतको पहिलो खेलमा चेक रिपब्लिक र टर्की आपसमा भिड्दैछन । समूहकै दोस्रो खेलमा क्रोएसिया स्पेनविरुद्ध मैदानमा उत्रदैछ । समूह डी मा स्पेन दुई खेलबाट ६ अंक जोड्दै पहिकलो स्थानमा रहेको छ भने समान खेलबाट क्रोएसिया ४ तथा चेक रिपब्लिक १ अंकको साथमा क्रमश दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् भने टर्कीले हाल सम्म अंक जोड्न नसकेको छैन ।   पहिलो तीन टोली अंक प्राप्त गर्ने ध्यानमा रहने छन् । टर्की आफ्नो प्र ... बाँकी अंश»

जर्मनी, पोल्याण्ड र उत्तरी आयरल्याण्ड दोस्रो चरण प्रवेशको दौडमा

२०७३ असार ७ मंगलबार, काठमाडौं। युरो २०१६ अन्तर्गत समुह 'सी'को अन्तिम खेलहरु मंगलबार राती ९:४५ बजेदेखि शुरु हुँदैछ। जर्मनी र उत्तरी आयरल्याण्ड एक अर्का बिरुद्ध भिड्दैछन् भने अर्को खेलमा  युक्रेन र पोल्याण्ड आमने सामने हुँदैछन्।    उक्त समुहमा २ खेलमा ४ अंकका साथ जर्मनी पहिलो स्थानमा रहेको छ भने पोल्याण्ड पनि २ खेलमा ४ अंक लिएर बसेको छ। त्सयैगरि उत्तरी आयरल्याण्डले २ खेलमा ३ अंक प्राप्त गरेको छ भने युक्रेन अंकबिहिन रहेको छ।    समुह 'सी'मा पहिलो तीन वटा टि ... बाँकी अंश»

समुह बिजेता बन्दै वेल्स दोस्रो चरणमा, ईङल्याण्ड उप-बिजेता

२०७३ असार ७ मंगलबार, काठमाडौं। समुह'बी'बाट वेल्स र ईङल्याण्ड 'राउण्ड अफ सिक्सटिन' चरणकालागि छनौट भएका छन् भने स्लोभाकियाले उक्त चरणमा पुग्न सबै समुहका खेल कुर्नु पर्ने भएको छ।    वेल्स समुह बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो भने ईङल्याण्ड उप बिजेता रहेको छ।    वेल्सले रसियालाई ३-०ले पराजित गर्दै समुह बिजेता बनेको हो। खेलको ११औं मिनेटमा एरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए। त्यसैगरि २०औं मिनेटमा निल टेलरले दोस्रो गोल गरेका थिए। स्टा ... बाँकी अंश»

फुटबलर विमलकी बहिनी मनिषाका हत्या आरोपी चौधरीलाई जन्मकैदको माग

२०७३ असार ६ सोमबार, कावासोती । फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा आज मुद्दा दर्ता गरेको छ ।    सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताए ।  कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको हो । अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको बयान लिने र पछि मुद्दा फैसला गर्ने पन्थीले बताए । रासस  ... बाँकी अंश»

इङ्गल्याण्ड, वेल्स र स्लोभाकिया तीनैलाई स्पष्ट जित आवश्यक

२०७३ असार ६ सोमबार, काठमाडौं। युरो २०१६ को समुह ‘बी’का अन्तिम खेलहरु मंगलबार बिहान पौने १ बजे हुँदै छन् । एकै समयमा इङ्गल्याण्ड र स्लोभाकिया तथा वेल्स र रसिया भिड्दै छन् ।    इङ्गल्याण्ड, वेल्स र स्लोभाकिया तीन वटै टोली स्पष्ट जित निकालेर दोस्रो चरणकालागि मार्ग प्रशस्त गर्न चाहन्छन्।  इङ्गल्याण्ड दुई खेल मध्य एकमा जित र एक खेल बराबरी गर्दै ४ अंक सहित पहिलो स्थानमा छ भने, स्लोभाकिया एक खेलमा जित र एकमा हार व्यहोर्दै ३ अंककासाथ तेस्रो स्थानमा रहेको छ। यी दुई टोल ... बाँकी अंश»

हंगेरी, बेल्जियम र पोर्चुगलले अनुशासन मिचेकै हुन्: युएफा

२०७३ असार ६ सोमबार, एजेन्सी । यूरोपीयन फुटबल संघ युएफाले फ्रान्समा जारी यूरोकप फुटबलमा सहभागि हंगेरी, बेल्जियम र पोर्चुगलका फुटबल संघमाथि अनुशासन उल्लंघनको आरोप लगाएको छ । यी राष्ट्रका समर्थकले देखाएको उदण्ड र उग्र व्यवहारका कारण फुटबल संघलाई अनुशासन उल्लंघनको आरोप लागेको हो ।    हंगेरीको फेड्रेशनमाथि उसका समर्थकले हुलदंगा गरेको, आतिशवाजी गरेको र आइलयाण्डविरुद्धको खेल बराबरी भएपछि मैदानमा आगोको लप्का तथा बोतल फालेको आरोप लागेको छ ।    यस्तै, युएफाले बे ... बाँकी अंश»

फ्रान्स र स्विजरल्याण्ड दोस्रो चरण प्रवेश, अल्बानियाले कुर्ने

२०७३ असार ६ सोमबार, काठमाडौं। समुह 'ए'को अन्तिम खेलहरुबाट फ्रान्स र स्विजरल्याण्ड रोउण्ड अफ सिक्सटिन आफ्नो स्थान बनाएका छन् भने आल्बानियाले अरु समुहको तेस्रो हुनेको अंक कुर्नु पर्ने भएको छ।    फ्रान्स र स्विजरल्याण्डले गोल रहित बराबरी खेले पछि १-१ अंक बाँड्दा ३ खेलमा फ्रान्सको ७ र स्विजरल्याण्डको ५ अंकका साथ पहिलो र दोस्रो स्थान हासिल गरेका थिए।    त्यसैगरि अल्बानियाले रोमानियालाई पराजित गर्दै ३ खेलमा तीन अंक प्राप्त गरेर समुहमा तेस्रो भएको छ। यस पालीक ... बाँकी अंश»

उपत्यकाव्यापी टेबल टेनिसमा काठमाडौं पहिलो

२०७३ असार ५ आइतबार, काठमाडौं । ओलम्पिक डेको अवसरमा आयोजित उपत्यकाव्यापी टिम टेबलटेनिस प्रतियोगिताको पुरुषमा काठमाडौं पहिलो भएको छ । आइतबार भएको खेलमा ललितपुर दोश्रो र भक्तपुर तेश्रो भए । स्पोर्ट्स फर अल कमिसन तथा अखिल नेपाल लनटेनिस संघले संयुक्त रुपमा गरेको प्रतियोगिताको महिला टिम इभेन्टमा ललितपुर पहिलो, काठमाडौं दोश्रो र भक्तपुर तेश्रो बने ।   लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगिताका विजेतालाई टेबलटेनिस संघका अध्यक्ष ... बाँकी अंश»

समुह चरणको अन्तिम खेलहरु शुरु, फ्रान्स-स्विजरल्याण्ड र रोमानिया-अल्बानिया भिड्दै

२०७३ असार ५ आइतबार, काठमाडौं। युरो २०१६ अन्तर्गत समुह चरणको अन्तिम खेलहरु आजबाट शुरु हुन गईरहेको छ। नेपाली समय अनुसार सोमबार बिहान १२:४५ बजे समुह 'ए'को दुई खेल हुनेछन्।    समुह 'ए'को  अन्तिम खेलहरुमा स्विजरल्याण्ड र फ्रान्स एवं रोमानिया र अल्बानिया भिड्ने छन्। फ्रान्स २ खेलमा ६ अंकका साथ पहिलो स्थानमा रहेको छ भने स्विजरल्याण्ड २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ।   रोमानिया २ खेलमा १ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने अल्बानियाले २ खेलमा कुनै अं ... बाँकी अंश»

एकतर्फी खेलमा मेक्सिको माथि चिलीको ७ गोल

२०७३ असार ५ आइतबार, काठमाडौं। अमेरिकामा जारि कोपा अमेरिका फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा चिलीले ७-० गोलको सानदार बिजय हात पारेको छ। यस अघिको कोपाको बिजेता चिलीले मेक्सिकोलाई ७ गोल गरेको थियो।    पहिलो हाफमा २ गोल हानेको चिलीले बाँकी ५ गोल दोस्रो हाफमा गरेको हो। एडुहर्डो भारगासले ४ गोल प्रहार गरेक थिए। एडसन पचले २ र एलेक्सी सान्चेजले १ गोल गरेका थिए।    १६औं मिनेटमा एडसन पचले गोलको खाता खोलेका थिए। भार्गसले ४४, ५३, ५८ र ७४औं मिनेटमा गोल गरेका थ ... बाँकी अंश»

हिगुईनको दुई गोलले अर्जेन्टिना कोपाको सेमीफाईनलमा

२०७३ असार ५ आइतबार, काठमाडौं। अर्जेनटिना कोपा अमेरिकाको सेमीफाईनलमा प्रवेश गरेको छ। भेनेजुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिनाले सेमीफाईनलमा स्थान पक्का गरेको हो। अर्जेन्टिनाले सेमीफाईनलमा आयोजक अमेरिकाको सामना गर्नेछ।    खेलको ८औं मिनेटमा गोन्जालो हिगुईनले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको २८औं मिनेटमा हिगुईनले दोस्रो गोल गरेका थिए।    ४४औं मिनेटमा बेनेजुएलाका लुईस सेईजासले पेनाल्टीमा गोल गर्न नसक्दा खेलमा फर्किन ... बाँकी अंश»

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगलले अंक बाँड्यो

२०७३ असार ५ आइतबार, काठमाडौं। रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगलले अष्ट्रिया बिरुद्ध तीन अंक हासिल गर्ने मौका गुमाएको छ। अष्ट्रियाका मार्टिन हिन्टरेगरले डि-एरिया भित्र रोनाल्डोलाई लडाएपछि पाएको पेनाल्टी पोष्ट बारमा लागेर फर्के पछि पोर्चुगलको अग्रता लिने संभावना सकिएको थियो।    अष्ट्रिया बिरुद्ध पोर्चुगलले गोल गर्न सकने धेरै राम्रा मौका गुमाएको थियो। नानी र रोनाल्डोले लगातार आक्रमण गरिरहे पनि गोल भने गर्न सकेका थिएनन्। २ खेलमा २ अंककासाथ तेस् ... बाँकी अंश»

अन्तिम समयमा भएको आत्मघाति गोलले आइसल्याण्डले हंगेरीसँग अंक बाँड्यो

२०७३ असार ४ शनिबार, काठमाडौं। आइसल्याण्डका बिरकिर साएवर्सनको अन्तिम समयमा भएको आत्मघाती गोलका कारण हंगेरीसँग अंक बाँडेको छ। २ खेलमा हंगेरी ४ अंक सहित अंक तालिकाको पहिलो स्थानमा रहेको छ।    खेलको ४०औं मिनेटमा गिल्फी सिगर्दसनले पेनाल्टी मार्फत गोल गर्दै आईसल्याण्डलाई अग्रता दिलाएका थिए। ८८औं मिनेटमा आत्मघाती गोल गर्दै हंगेरीलाई बराबरी गर्ने मौका आएको थियो।    पहिलो खेलमा अष्ट्रियालाई पराजित गरेको हंगेरीले आइसल्याण्डसँग बराबरी खेल्दै ४ अंक प्राप्त गरे ... बाँकी अंश»

लुकाकुको २ गोलले आयरल्याण्ड बिरुद्ध बेल्जियम बिजयी

२०७३ असार ४ शनिबार, काठमाडौं। रोमेलु लुकाकुको २ गोलको मदतले बेल्जियम आयरल्याण्ड बिरुद्ध जित निकाल्न सफल भएो छ। फ्रान्समा जारि युरो २०१६मा समुह 'ई'को समुह चरणको खेलमा बेल्जियमले आयरल्याण्डलाई ३-० गोलले पराजित गर्दै तीन अंक प्राप्त गरेको छ।    खेलको ४८औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। ६१औं मिनेटमा एक्सेल विटसेलले बेल्जियमकालागि दोस्रो गोल गरेका थिए भने लुकाकुले ७०औं मिनेटमा आफ्नो दोस्रो तथा बेल्जियमकालागि तेस्रो गोल गर्द ... बाँकी अंश»

अंकबिहिन बेल्जियम आयरल्याण्ड बिरुद्ध स्पष्ट जितको दाउमा

२०७३ असार ४ शनिबार, काठमाडौं। ईटली बिरुद्ध अप्रत्यासित नतिजा ब्योहोरेको बेल्जियम आयरल्याण्ड बिरुद्ध स्पष्ट जित हासिल गर्ने योजनामा रहेको छ। आयरल्याणड्ले आफ्नो पहिलो खेलमा बलियो मानिएको स्विडेनसँग बराबरी खेलेको कारणले उच्च मनोबलका साथ मैदानमा उत्रने छ।    बेल्जियम र आयरल्याण्डले एक अर्का बिरुद्ध १३ पटक खेलेका छन्। १३ खेलमा ५ जित, ५ बराबर र ३ पराजित  नतिजा बेल्जियमको पक्षमा रहेको छ। सन् १९९७मा अन्तिम पटक भेटेका दुइ टोलीको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गर ... बाँकी अंश»

दवाबमा रहेको पोर्चुगल तीन अंकको खोजीमा , रोनाल्डोको किर्तिमानी खेल

२०७३ असार ४ शनिबार, काठमाडौं। युरो २०१६को समुह 'एफ'मा आईतवार बिहान १२:४५ बजे पोर्चुगल र अष्ट्रिया भिड्दैछन्। आफ्नो पहिलो खेलमा हंगेरीसँग २-० गोलले पराजित गरेको अष्ट्रिया आईसल्याण्डसँग १-१ गोलले बराबरी खेलेको पोर्चुगलसँग भिड्नेछ।    स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगललाई हंगेरी बिरुद्ध स्पष्ट ३ अंक ल्याउने दवाब रहेको छ। अंकबिहिन अष्ट्रियालाई आज जितको दवाब हुनेछ भने दोस्रो चरणमा सजिलै पुग्न पोर्चुगललाई जित आवश्यक रहेको छ। युरो छनौट खेलहरुमा ... बाँकी अंश»

उत्साहित आइसल्याण्ड र हंगेरीको खेल रोमाञ्चक हुने

२०७३ असार ४ शनिबार, काठमाडौ। पोर्चुगलसँग बराबरी खेलेर उत्साहित बनेको आईसल्याण्डको सामना अष्ट्रियालाई २-० गोलले पराजित गर्दै होसिएको हंगेरी बिरुद्ध हुँदैछ। पहिलो पटक युरो खेल्दै गरेको आइसल्याण्ड पोर्चुगलसँगको बराबरी नतिजाले उत्साहित बनेको हो।    हंगेरी र आइसल्याण्ड बिच अहिलेसम्म १० खेल खेलिएका छन्। १० खेलमा ७ केलमा हंगरी बिजयी रहेको छ भने तीन खेल आइसल्याण्डले जितेको छ। सन् २०११को अन्तिम भेटमा अंगेरीले आइसल्याण्डलाई ४-० गोलले पराजित गरेको थियो। त्यसपछि दुई ... बाँकी अंश»

नयाँ