खेलकुद

बंगबन्धु गोल्डकपमा नेपाल विजयी, श्रीलंकालाई विमलले फर्काए ‘साफ’ हारको जवाफ

२०७२ पौष २९ बुधबार, काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई हराएको छ । बंगबन्धु राष्ट्रिय फुटबल मैदानमा नेपाल १–० ले विजयी भयो । नेपालको दोस्रो खेलका लागि विमल घर्तीमगर नायक सावित रहे । विमलले खेलको दोस्रो मिनेटमै गरेको गोल नै टोलिलाई विजयी गराउन पर्याप्त बन्यो । खेलको सुरुवातमै खेलमा कब्जा जमाएको खेलको अधिकांश समय श्रीलंकन रक्षापंक्तिलाई दबावमा राख्यो । यद्यपि, खेलमा पाएका अन्य अवसरको उपयोग गर्न नसक्दा फराकिलो अन्त ... बाँकी अंश»

भारतलाई पिट्यो अष्ट्रेलियाले

२०७२ पौष २८ मंगलबार, एजेन्सी । भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । ३ सय १० रनको चुनौती पछ्याएको अष्ट्रिेलियाले ४ बल बाँकी छँदा ५ विकेट गुमाएर जित हासिल गरेको हो । जित संगै अष्ट्रेलियाले ५ खेलको एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ ।   पर्थमा भएको खेलमा कप्तान स्टेभेन स्मिथ र जर्ज बेलीले विष्फोटक व्याटिङ गरे । तेस्रो विकेटका लागि कप्तान स्मिथले एक सय ३५ बलको सामना गर्दै एक सय ४९ रन बनाए । चौथो विकेटका लागि बेलीले एक सय १२ ... बाँकी अंश»

मेसीको पोल्टामा बेलन डि'अर २०१५

२०७२ पौष २८ मंगलबार, एजेन्सी। ४१.३३ प्रतिशत मत पाउँदै अर्जेन्टिनी स्टार फुटबल खेलाडी लिओनल मेस्सीले फिफा बालोन डि'अर २०१५को उपाधी हात पारेका छन्। मेसीको यो पाँचौ उपाधी हो।  त्यसैगरि पोर्चुगीज स्टार क्रिष्टियानो रोनाल्डोले २७।७६ प्रतिशत मत पाउँदै दोस्रो स्थानमा रहे भने ब्राजिलियन स्टार नेयमारले ७.६८ प्रतिशत मत पाएका थिए। विश्वभरिका फुटबल टोलीका प्रशिक्षक, कप्तान र पत्रकारको मतका आधारमा खेलाडीहरु बिजयी घोषित भएका थिए।    मेसीले गत सिजन ५ वटा उपाधि हात पारेका ... बाँकी अंश»

बेलन डि’अर : मेसी कि रोनाल्डो वा नेमार ?

२०७२ पौष २७ सोमबार, एजेन्सी । फुटबल खेलमा विश्वको सर्वोच्च पुरस्कार फिफा बेलन डि’अर २०१५ को घोषणा हुँदैछ । आइतबार (आज) घोषणा हुने अवार्डका लागि अर्जेन्टाइनी स्टार एवं बार्सिलोनाका मुख्य फरवार्ड लियोनल मेसी, पोर्चुगिज स्टार एवं रियाल मड्रिडका मुख्य फरवार्ड क्रिष्टियानो रोनाल्डो र ब्रजिलियन स्टार एवं बार्सिलोनाका फरवार्ड नेमार अन्तिम तीनमा परेका छन् ।    तीन खेलाडी मध्य एक विश्वका सबैभन्दा उत्कृष्ट खेलाडीको ताजले सम्मानित हुने छन् ।   स्वीट्जरल्याण्डको ज्य ... बाँकी अंश»

संजय पण्डितलाई पूर्व लेफ्टिनेन्ट कर्णेल राणाले गरे सहयोग र सम्मान

२०७२ पौष २७ सोमबार, काठमाडौं। उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका किर्तिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख सहित सम्मान गरेका छन्। नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए। उनलाई केहि दिन अगाडी उनले उक्त झन्डा आरोहणमा फरफराउन प्रदान गरेका थिए।   देशको नाम पर्बतोरोहण क्षत्रबाट संसारभर फैलाउन बिशेष भू ... बाँकी अंश»

फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा

२०७२ पौष २६ आइतबार, पाँचथर । डिफेन्डीङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी पूर्वान्चल स्तरीय वाईवाई सातौ फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनमा पुगेको छ । आइतबार भएको क्वार्टर फाइनल खेलमा माइ भ्याली क्लव इलामलाई २–० ले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लवले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।   पहिलो हाफमा दुबै टिम बाट गोल हुन सकेन । दोस्रो हाफमा फिदिम स्पोटिङ क्लबले दुई गोल गरेको हो । फिदिमलाई जिताउन धिरज तामाङ र पिटर सेगुनले गोल गरे ।  माइभ्य ... बाँकी अंश»

एफए कपमा शीर्ष टोलीको संघर्षपूर्ण जीत

२०७२ पौष २६ आइतबार, एजेन्सी । इङ्गल्याण्डको प्रष्ठिीत फुटबल प्रतियोगिता एफए कपमा शीर्ष क्लबहरुले संघर्षपूर्ण जित हासिल गरेका छन् । शीर्ष क्लब आर्सनल, म्यान्चेस्टर सिटी र मान्चे युनाइटेडले संघर्षपूर्ण जित निकालेका हुन् । आर्सनलले सन्डरल्याण्डलाई ३–१ ले हराउँदा म्यान्चेस्टर सिटीले नर्विच सिटीलाई ३–० ले हरायो । म्यान्चेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । जितसंगै म्यानयु चौथो चरणमा पुगेको छ । यस्तै, अर्को प्रिमियर क्लब एएफसी बर्नमाउथ ... बाँकी अंश»

मेस्सीको ह्याट्रिकले बार्सा विजयी, ग्रानाडाको पोष्टमा ४ गोल

२०७२ पौष २६ आइतबार, एजेन्सी । लियोनल मेस्सीको ह्याट्रिकले बार्सिलोना ४–० ले विजयी भएको छ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० ले हरायो । मेस्सीले खेलको ८औं मिनेटमा पहिलो गोल गरे । १४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेस्सीले दोस्रो हाफ पछि ५८औं मिनेटमा ह्याट्रिक पूरा गरे । खेलको अन्तिम समय अर्थात् ८३ औं मिनेटमा नेमारले एक गोल गर्दै जित फराकिलो पारे । जितसंगै बार्सा शीर्ष स्थानमा उक्लिएको छ ।    यस्तै, अन्य ख ... बाँकी अंश»

जिदान प्रशिक्षणको पहिलो खेलमै ग्यारेथ बेलको ह्याट्रिक

२०७२ पौष २६ आइतबार, एजेन्सी । स्पेनिश क्लव रियाल मड्रिडले नयाँ प्रशिक्षणको पहिलो खेलमै फराकिलो जित हासिल गरेको छ । फ्रेन्च फुटबल हस्ती जिनेदिन जिदान प्रशिक्षक भएर आएपछि रियालका ग्यारेथ बेलले उनको पहिलो प्रशिक्षण खेलमै ह्याट्रिक गरेका छन् ।  स्पेनिश ला लिगा फुटबल अन्तर्गत शनिबार राति घरेलु मैदानमा रियालले डेपोर्टीभो लाकोरुनालाई ५–० को फराकिलो अन्तरले हरायो । खेलको १५औं मिनेटमा करिम बेन्जेमाले पहिलो गोल गरे । २३ मिनेट देखि ६३ मिनेट सम्मको समय एकलौटी बेलको कब्जाम ... बाँकी अंश»

वाइवाई सातौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा सिक्किमको विजयी शुरुवात

२०७२ पौष २५ शनिबार, जितेन्द्र भण्डारी,पाँचथर । पाँचथरको फिदिममा आज बाट वाइवाई सातौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज भएको उद्घाटन खेलमा के.एफ.सी सिक्किम भारतलले विराट स्पोर्टस एकेडेमी मोरङ ११ विराटनगरलाई ४–२ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिम बाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।    ट्राइबेकरमा सिक्किमका तर्फबाट हाङसो लिम्वू,आइत शर्मा,दावा लेप्चा र राज कुमार लिम्वुल ... बाँकी अंश»

बंगबन्धुमा नेपालको मलेसियासँग अंक बाँडफाँड

२०७२ पौष २५ शनिबार, काठमाडौं । बंगलादेशको जेसोरमा जारी बंगबन्धु गोल्डपअन्तर्गत शनिवार नेपालले पहिलो खेल मलेसियाको फेल्डा युनाइटेड फुटबल क्लबसँग गोलरहित खेलेको छ । अधिकांश अन्डर २३ का खेलाडीहरु र केही सिनियर खेलाडी रहेको नेपाली टिम र दुई वर्तमान राष्ट्रिय खेलाडी तथा अन्य पूर्व खेलाडी सम्मिलित मलेशियाली टिमबीच भएको प्रतिष्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएको हो ।  मलेसियाको यो फूटबल क्लब त्यहाँ हुने मलेसिया सुपरकपमा पाँचौं स्थानमा छ भने यो टिम मलेसिया क ... बाँकी अंश»

नेपाली फुटवल टिमले मेहनत गरेपनि परिणाम भने राम्रो आउन सकेन : एन्फा अध्यक्ष श्रेष्ठ

२०७२ पौष २५ शनिबार, जितेन्द्र भण्डारी,पाँचथर । अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली फुटवल टिमले सक्दो मेहनत र परिश्रम गरेपनि परिणाम भने राम्रो हुन नसकेको वताउनुभएको छ । पाँचथरको फिदिमा आज विहान भएको सरोकारवाल सित भएको छलफलम वोल्दै उहाँले आगामी दिनमा अझै कडा मेहनत गर्दे जाने र भाग्ले पनि साथ दिने उहाँले उल्लेख गर्नुभयो ।  भुकम्प पछि अहिले पनि रंगशालामा खेलकुद प्रतियोगिता संचालन गर्न नसकेको वताउँदै यसका लागि सरकार पनि गम्भिर भएर सोच्नुपर् ... बाँकी अंश»

सुआरेजलाई फेरि खेल प्रतिबन्ध, खेल मैदानमा लफडा गरेकाे सजाय

२०७२ पौष २४ शुक्रबार, एजेन्सी । उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजलाई दुई खेलको प्रतिबन्ध लागेको छ । बुधवार स्पेनिश फुटबल प्रतियोगिता कोपा डेल रे को अन्तिम १६ का लागि भएको पहिलो लेगको खेलमा सुआरेजले इस्पानियोलका खेलाडीसंग झगडा गरेका थिए । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने २८ वर्षीय सुआरेजले खेलबाट फर्किने क्रममा टनेलमा विपक्षी टोलीका खेलाडीसंग झगडा गरेका थिए ।    इस्पानियोलका खेलाडी पेपे डिओपले रातो कार्ड खाँदै बाहिरिने क्रममा आफुलाई गाली गरेको भन्दै रन्थिन ... बाँकी अंश»

बंगबन्धु गोल्ड कपमा आज नेपालले मलेसियाको सामना गर्ने

२०७२ पौष २४ शुक्रबार, काठमाडौँ । नेपालले डिफेन्डिङ च्याम्पियन मलेसियाको सामना गर्दै बङ्गलादेशमा आयोजित बंगबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको सामसुल हुदा स्टेडियममा नेपालले भोलि दिउँसो ३:१५ बजे मलेसियाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्न लागेको हो । विभिन्न आठ टोलीले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।    यसमा नेपाल ‘समूह ए’ मा परेको छ । ‘समूह ए’मा मलेसिया, बङ्गलादेश र श्रील ... बाँकी अंश»

क्रिकेट संघको तदर्थ समिति गठन, अध्यक्ष रमेश सिलवाल, महासचिव पवन अग्रवाल

२०७२ पौष २४ शुक्रबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेटसंघ क्यानको तदर्थ समिति गठन गरेको छ । राखेपले रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको परिषद् सदस्य सचिव केशव कुमार विष्टले हाम्रा कुरालाई जानकारी गराए । विष्टले भने,‘राखेपको बैठक बस्ने कुरा थियो, म व्यस्त छु ।’ थप जानकारी कार्यालयले केही बेरमा गराउँछ । सिलवाल संयोजक रहेको समितिको महासचिवमा पवन अग्रवाल चयन भएका छन् ।     अध्यक्ष सिलवाल एमालेनिकट मदन भण्डारी स ... बाँकी अंश»

फिफा बरियतामा नेपाल एसियाकै पुछारमा

२०७२ पौष २३ बिहिबार, काठमाडोँ। विश्व फुटबल महासङ्घ (फिफा)को विश्व बरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा झरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियताअनुसार चार स्थान तल झरेको नेपाल १९६ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १९२ औं स्थानमा रहँदा दक्षिण एसिया क्षेत्रको पुछारमा श्रीलङ्का दुई स्थान तल अर्थात १९४ औँ स्थानमा थियो । तर भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई १–० ले पराजित गरेको श्रीलङ्काले बरियतामा नेपाललाई अन्तिममा पुर्‍याएको छ । भुटानलाई पनि पछि ... बाँकी अंश»

बंगबन्धु कप खेल्न नेपाली टोली आज बङ्गलादेश जाँदै

२०७२ पौष २३ बिहिबार, काठमाडौँ । बंगबन्धु गोल्ड कप खेल्न बङ्गलादेश प्रस्थान गर्न लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान मानन्धरलगायतले खेलाडी तथा पदाधिकारीलाई सफलताका लागि शुभकामना दिनुभयो ।    बङ्गलादेश प्रस्थान गर्ने टोलीमा २३ खे ... बाँकी अंश»

श्रीलंका बिरुद्ध न्युजिल्याण्डको रोमान्चक जित

२०७२ पौष २३ बिहिबार, एजेन्सी। पहिलो टि-२० खेल अन्तर्गत  वाय ओभल खेल मैदानमा भएको श्रीलंका बिरुद्धको प्रतिस्पर्धात्मक खेलमा न्युजिल्याण्ड ३ रनले विजयी भएको छ । टस हारेर ब्याटिङ्को निम्तो पाएको घरेलु टोलीले  निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १८२ रन जोड्न सफल भयो। उसका लागि मार्टिन गुप्टिलले ३४ बलको सामना गरि ५८ रन बनाए भने केन विलियमसनले ४२ बल खेल्दै ५३ रन बनाए। श्रीलंकाको तर्फबाट कुलशेकराले २ विकेट लिएका थिए। १८३ रनको बिजयी लक्ष्य पछ्याएको श्रीलंकन टोली ... बाँकी अंश»

अफ्रिकी क्रिकेट टिम कप्तानबाट अमलाको राजिनामा, डि विलियर्स नयाँ कप्तान

२०७२ पौष २३ बिहिबार, एजेन्सी। इङ्गल्याण्ड बिरुद्धको दोस्रो टेस्ट बराबरीमा सकिए पछी दक्षिण अफ्रिकी कप्तान हसिम अमलाले कप्तानी छोडेका छन्। अमलाको राजिनामा पछि  एबी डि विलियर्स ले अफ्रिकाको कप्तानी समाल्ने छन्। कप्तानी छोडेपनि अमला खेल्न भने छोडने छैनन्। अमलाको राजिनामा पछि दक्षिण अफ्रिकी व्यवस्थापनले डिविलियर्सलाई नयाँ कप्तानको प्रस्ताव गरेपछि उनले सहजै स्विकारेका थिए। डिविलियर्स ईङ्ल्याणसँगको बाँकी श्रृखंलाकालागि नयाँ कप्तान नियुक्ता भएका हुन् ।    गत ... बाँकी अंश»

लुइस सुआरेजको अर्को लफडा, विपक्षीलाई भने,‘तिमीहरु धर्तीका बोझ हौ’

२०७२ पौष २३ बिहिबार, एजेन्सी । प्रतिष्ठित स्पेनिश फुटबल प्रतियोगिता कोपा डेल रे मा बार्सीलोनाका स्टारहरु चम्किएपछि इस्पानियोल फराकिलो अन्तरले पराजित भएको छ । अन्तिम १६ को लागि भएको पहिलो लेगको खेलमा बार्सीलोनाले इस्पानियोललाई ४–१ को फराकिलो  अन्तरले पराजित गरेको हो । बार्सीलोनाको घरेलु मैदानमा भएको खेलमा इस्पानियोलले सुरुवाती अग्रता लिएपनि   बार्साका स्टारहरु चम्किएपछि संघर्षपूर्ण हार बेहोर्नु परेको हो ।   खेलको नवौं मिनेटमै फेलिपले गोल गरेका थिए । बार् ... बाँकी अंश»

नयाँ