खेलकुद

आईपीएल क्रिकेट: बलर हावी रहेका आइतवारका खेलहरु

२०७३ बैशाख २७ सोमबार, काठमाडौं। हैदरावाद र गुजरातले आ-आफ्नो खेल जितेका छन्। हैदरावादले मुम्बईलाई पराजित गरेको छ भने गुजरातले कोलकातालाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। पहिलो स्थानमा आजको जीतसँगै गुजरात रहेको छ।   आईतवार भएको २ खेलमा बलरहरुको राम्रो दिन रहेको थियो। हैदरावादबाट आशिष नेहरा र मुस्तफिजुर रहमानले राम्रो प्रदर्शन गरेका थिए भने गुजरातका प्रविण कुमारले पनि राम्रो बलिङ गरेका थिए। दुवै खेलमा प्लेयर अफ म्याच घोषित भएका थिए।   हैदरा ... बाँकी अंश»

ला-लिगा: बार्सा र रियाल उपाधि होडमा, एथ्लेटिको बाहिरियो

२०७३ बैशाख २६ आइतबार, काठमाडौं। लालिगाको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। लामो समयसम्म उपाधि होडमा रहेको एथ्लेटिको मड्रिड बाहिरिएको छ। रेलिगेसन जोनमा रहेको लेबान्तेसँग पराजित भएपछि एथ्लेटिको बाहिरिएको हो।   बार्सिलोना र रियाल मड्रिड दुवैले आ-आफ्नो खेल जित्दै उपाधिकालागि अन्तिम खेलको निर्णय हुनुपर्ने बनाएका छन्। ३७ खेलमा ८८ अंक सहित अग्रस्थानमा बार्सिलोना रहेको छ भने उतीनै खेलबाट ८७ अंकका साथ रियाल दोस्रो स्थानमा रहेको छ।    अन्तिम खेलमा बार्सिलोना बिज ... बाँकी अंश»

‘एक प्रदेश एक रंगशाला’ : झापाको लखनपुरमा अन्तर्राष्ट्रिय रंगशाला

२०७३ बैशाख २६ आइतबार, काठमाडौं । सरकारले खेलकुदको विकासका लागि आगामी नीति तथा कार्यक्रममा प्रादेशिक संरचनाअनुसार एक प्रदेश एक रंगशालाको नीति अघि सारेको छ । व्यवस्थापिका संसदमा आइतबार प्रस्तुत आर्थिक वर्ष २०७३–०७४ को नीति तथा कार्यक्रममा सरकारले खेलकुद क्षेत्रको विकासका लागि भएका खेलकुद संरचनाको स्तरोन्नतिलाई समेत जोड दिएको छ ।    यद्यपि, वुद्धलाई चिनाउन नेपालको सबैभन्दा होचो स्थान झापाको केचनामा बुद्धको मुर्ति निर्माण गर्ने र सो क्षेत्रलाई अन्तर्राष्ट्र ... बाँकी अंश»

प्रिमियर लिग: लेस्टरले उपाधि उचाल्यो, भार्डीको जादु जारी

२०७३ बैशाख २६ आइतबार, काठमाडौं। लेस्टर सिटीले दुइ खेल बाँकी रहँदा प्रिमियर लिग उपाधि जितेको घोषणा भएपनि १ खेल बाँकी छँदा ट्रफि उचालेको छ। आफ्नो घरेलु मैदान किंग पावर मैदानमा ईभर्टन बिरुद्ध ३-१ गोलको जीत हासिल गर्दै ट्रफी उचालेको हो।   ईबर्टन बिरुद्ध केलको ५औं मिनेटमा स्टार स्टराईकर जेमी भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको ३३औं मिनेटमा एण्डी किङ्गले गोल गर्दै २-०को अग्रता दिलाए।    खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै भार ... बाँकी अंश»

आईपीएल क्रिकेट: पञ्जाबले दिल्लीलाई हरायो

२०७३ बैशाख २६ आइतबार, काठमाडौं। किंग्स इलेवन पञ्जाबले दिल्ली डेयरडेविल्सलाई ९ विकेटले पराजित गर्दै आफ्नो ९ खेलमा तेस्रो जीत हात पारेको छ।    टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विेकटको नोक्सानीमा १८१ रन बनाएको थियो। पञ्जाबका मार्कोस स्टोईनिस र रिद्दिमान शाहले ५२ -५२ रनको योगदान दिएका थिए। मार्कोसले ४४ बलमा उक्त रन बनाएका थिए भने रिद्दीमान शाहले ३३ बल मात्र खेलेका थिए। दिल्लीका क्रिस मोरिसले २ विकेट लिएका थिए।    जवाफमा ब्याटिङ गर्न ओर ... बाँकी अंश»

प्रिमियर लिग: रेलिगेसन जोनमा रहेको सण्डरल्याण्डद्वारा चेल्सी पराजित

२०७३ बैशाख २५ शनिबार,   काठमाडौं। ईङलिश प्रिमियर लिगको उपाधी लेस्टरले जितिसकेको भए पनि बाँकी स्थानहरुकालागि प्रतिस्पर्धा जारी रहेको छ। अंक तालिकामा पहिलो ४ स्थानमा परे च्यामपियन्स लिग खेल्ने सपना बुनेका क्लबहरुको भिडन्त रोमाञ्चक हुँदैछ।    आजको खेलमा म्यानचेस्टर युनाईटेडले सौान्सी बिरुद्ध जीते पछि उसको ४ स्थान भित्र पर्ने सपना जिवित रहेको छ। लिगमा दुई केल खेल्न बाँकी रहेको युनाफटेड ३६ खेलमा ६३ अंक सहित पाँचौं स्थानमा रहेको छ।    स्वान्सीको घरेलु मैदा ... बाँकी अंश»

आईपीएल क्रिकेट: कोहलीको शानदार ब्याटिङ, धोनीको पराजय जारी

२०७३ बैशाख २५ शनिबार, काठमाडौं। भारतीय कप्तान महेन्द्र सिंह धोनीको पुणे सुपरजायन्ट्सको हारको सिलसिला जारी रहेको छ। रोयल च्यालेन्जर्स बैंगलोरले ७ विकेटले पुणेलाई पराजित गरेको छ।    टस हारेर पहिले ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा ६ विेकट गुामउँदै १९१ रन बनाएको थियो। हजन्के रहाणेले ४८ बलमा ७४ रन बनाएका थिए। त्यसैगरि सऔरभ तिवारीले ३९ बलमा ५२ रनको योगदान दिएका थिए। बैंगलोरका शेन वाट्सनले ३ विकेट लिएका थिए।    जवाफमा ब्याटिङ गर्न ओर्लेको बैगलोरका विराट क ... बाँकी अंश»

आईपीएल क्रिकेट: हैदरावाद बिजयी

२०७३ बैशाख २५ शनिबार, काठमाडौं। अंक तालिकाको दोस्रो स्थानमा रहेको गुजरात लायन्सलाई सनराईजर्स हैदरावादले ५ विकेटले पराजित गरेको छ।    टस हारेर पहिले बयाटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १२६ रन बनाएको थियो। एरोन फिन्चले ४२ बलमा ५१ रन बनाएका थिए। कप्तान सुरेश रैनाले १० बलमा २० रनको योगदान दिएका थिए। भुवनेश्वर कुमार र मुस्तफिजुर रहमानले २-२ विकेट लिएका थिए।    जवाफमा ब्याटिङ गर्न ओर्लेको हैदरावादले १९ ओभरमा ५ विकेट गुामउँदै १२९ रन बनाउ ... बाँकी अंश»

युरोपा लिग: लिभरपुल र सेभिया बिच उपाधिकालागि भिडन्त हुने

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौं। युरोपा लिग फुटबलको सेमीफाईनलको दोस्रो लेगमा लिभरपुल र सेभियाले आ-आफ्नो खेल जित्दै फाइनल प्रवेश गरेका छन्। लिभरपुलले भिल्लारियाललाई ३-० र सेभियाले शख्तर डोनेत्स्कलाई ३-१ गोलले पराजित गरेको हो।    पहिलो लेगमा भिल्लारियालसँग १-० गोलले पराजित लिभरपुलले समग्रमा ३-१ले बिजयी हुँदै फाईनलको यात्रा तय गरेको हो। त्यसैगरि पहिलो लेगमा १-१ गोलको बराबरी गरेको सेभियाले समगर्मा ५-३ले खेल जित्दै फाईनल प्रवेश गरेको हो।    मे १८मा दुवै टोलीले फा ... बाँकी अंश»

आईपीएल क्रिकेट: धोनीको पुणेले दिल्लीलाई हरायो

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौं। भारतीय कप्तान महेन्द्र सिंह धोनीको पुणे सुपरजायन्ट्सले दिल्ली डेयरडेविल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो उपस्थिती जनाएको छ।    पछिल्लो केहि खेलमा लगातारको पराजय भोगेको पुणेले फर्ममा रहेको दिल्लीलाई पराजित गरेको हो। अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीलाई छैठौं स्थानमा रहेको पुणेले पराजित गरेको हो।   टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १६२ रन बनाएको थियो। कसिल ... बाँकी अंश»

फिफा बरियतामा नेपाल एक स्थान तल झर्‍याे

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । नेपाल विश्व फुटबलको बरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले विहिबार जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको हो । यसअघि नेपाल ६ स्थान सुधार गर्दै १ सय ७९ स्थानमा पुगेको थियो ।   त्यसअघिको बरियतामा नेपाल १ सय ८५औं स्थानमा थियो । यद्यपि, दक्षिण एसियाको बरियतामा भने नेपाललाई फरक परेको छैन । दक्षिण एसियामा भने नेपाल पाचौं स्थानमा छ । विश्वबरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायम छ ।  ... बाँकी अंश»

च्याम्पियन्स लिग : रियाल मड्रिड फाईनलमा, 'मड्रिड डर्बी' हुने

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं। स्पेनी क्लब रियाल मड्रिड च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको छ। ईङलिश क्लब म्यानचेस्टर सिटीलाई आफ्नो गृह मैदानमा १-० गोलले पराजित गर्दै रियालले फाईनलको यात्रा तय गरेको हो। दुई टोली बिच सेमीफाईनलको पहिलो लेग ०-० बराबरीमा सकिएको थियो।    मड्रिडको मैदानमा भएको खेलको २०औं मिनेटमा गारेथ बेलले गरेको प्रहार सिटीका डिफेण्डरले बचाउने प्रयासमा गोल भएको थियो। उक्त गोललाई आत्मघाती मानिएको थियो।    त्यसपछिको समयमा कुनै गोल हुननसक् ... बाँकी अंश»

आईपीएल क्रिकेट: पञ्जाबको कमजोर प्रदर्शन जारी, कोलकाता बिजयी

२०७३ बैशाख २२ बुधबार, काठमाडौं। कोलकाता नाईटराईडरले किङ्ग्स ईलेवन पञ्जाबलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। कोलकाताको यो पाँचौं जीत हो भने पञ्जाबको पाँचौं हार । यो हारसँगै पञ्जाब पुछारमा पुगेको छ।    टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो। प्रारम्भिक जोडी रविन उथप्पा र कप्तान गौतम गंभिरले १०१ रनको साझेदारी गरेर बलियो राम्रो शुरुवात गरेका थिए। उथप्पाले ४९ बलमा ७० रन बनाएका ... बाँकी अंश»

रियो ओलम्पिक छनोट आइतबार

२०७३ बैशाख २२ बुधबार, काठमाडौं । नेपाल एथलेटिक्स संघले रियो ओलम्पिक– २०१६ का लागि महिला खेलाडीको छनोट गर्न आइतबार छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा हुने एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए ।   छनोट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । पुरुषतर्फ भने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटर दौडका कांस्य विजेता हरिकुमार रिमाल छनोट भइसकेको सचिव विष्टले जनाएका छन् । ... बाँकी अंश»

च्याम्पियन्स लिग सेमीफाईनल: दोस्रो लेगमा म्युनिख बिजयी, एथ्लेटिको फाईनलमा

२०७३ बैशाख २२ बुधबार, काठमाडौ। स्पेनी क्लब एथ्लेटिको मड्रिड च्यामपियन्स लिगको फाईनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखसँग दोस्रो लेगमा २-१ गोलले पराजित भएर पनि कुल २-२ गोलको स्थितीमा मड्रिड फाईनल प्रवेश गरेको हो। पहिलो लेगमा आफ्नो घरमा बायर्नलाई १-०ले हराएको एथ्लेटिको दोस्रो खेलमा बायर्नको घरमा १ गोल गर्न सफल भएर 'अवे' गोलका कारण फाईनल स्थान पक्का गरेको हो।    बायर्नले दोस्रो लेगमा राम्रो खेलको प्रदर्शन गरेको थियो। खेलको ३१औं मिनेटमा जावी एलोन्सोले ग ... बाँकी अंश»

आईपीएल क्रिकेट: १८ बर्षिय रिसबको बिष्फोटक ब्याटिङले दिल्ली बिजयी

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं। दिल्ली डेयरडेवोल्सले अंक तालिकामा पहिलो स्थानमा रहेको गुजरात लायन्सलाई ८ विकेटले परजित गरेको छ। आजको जीत पछि दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। गुजराको ९ खेलमा ६ जितका साथ १२ अंक रहेको छ भने दिल्लीको ७ खेलमा ५ जितसँगै १० अंक रहेको छ।    टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो। दिनेश कार्तिकले ५३ रन बनाएका थिए भने रविन्द्र जडेजाले ३६* रनको योगदान दिएका थिए।    द ... बाँकी अंश»

ओलम्पिकको ज्वाला बोक्दै सिरियाली शरणार्थी बालिका

२०७३ बैशाख २१ मंगलबार, ब्रासिलिया । ब्रासिलियामा ओलम्पिकको ज्वाला (टर्च) बोक्ने व्यक्तिहरुमा एकजना सिरियाली शरणार्थी बालिका पनि परेकी छिन् । उनी १२ वर्षकी छिन् र सन् २०१५ देखि ब्राजिलमा बस्दै आएकी हुन । ब्राजिलमा राखिने सो टर्चको यात्रा मङ्गलबारबाट सुरु भएको छ ।    यो टर्च बोकेर लाने १० जनामध्ये अरु नौ जना भने ब्राजिलियन नै रहेका छन् । दाक्वा हानन नामकी ती बालिकालाई ब्राजिलमा हुन लागेको सन् २०१६ को ओलम्पिक खेलका लागि गठित समितिले उनलाई छानेको हो । संयुक्त राष्ट्रसं ... बाँकी अंश»

लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि, भार्डीको घरमा सबै खेलाडी

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं। प्रिमियर लिगमा दुई खेल बाँकी छँदै लेस्टर सिटीले उपाधि जितेको छ। टोटेह्याम हटस्पर र चेल्सीको खेल २-२ गोल बराबरी भएपछि लेस्टरले स्वत उपाधि जितेको हो। दोस्रो स्थानमा रहेको स्परलाई उपाधिकालागि चेल्सीसँगको खेल जित्नु पर्ने आवश्यक रहेको थियो।    लेस्टरका खेलाडीहरुले चेल्सी र स्पर्सको खेल जेमी भार्डीको घरमा जम्मा भएर हेरेका थिए। भार्डीको घरमा उनीहरुले जीतको खुशियाली मनाएका थिए। लेस्टरका सबै खेलाडी भार्डिको घरमा जनम्मा भएर आफ्नो जीतक ... बाँकी अंश»

आईपीएल क्रिकेट: कोलकाताद्वारा स्टार खेलाडीले सुसज्जीत बैंगलोर पराजित

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं। भारतीय स्टार खेलाडी विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोर कोलकाता नाईट राईडर्ससँग ५ विेकटले पराजित भएको छ। बैंगलोरको हारको श्रृखंला जारी रहेको छ। ७ खेल खेलेको बैंगलोरले ५ खेल हारिसकेको छ ।    टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १८५ रन बनाएको छ। कप्तान कोहली र केएल राहुल दुवैले ५२ रन बनाएका थिए। शेन वाट्सनले ३४ रनको योगदान दिएका थिए।    टि-२०का विश्व स्टारहरु क्रिश गेल र एबी डिव ... बाँकी अंश»

राखेपले भन्यो, ‘मुद्दा फिर्ता लिनुस्, एउटै क्रिकेटसंघ बनाऔंं’

२०७३ बैशाख २० सोमबार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघ क्यानमा एउटै स्वतन्त्र समिति बनाउनेबारे राष्ट्रिय खेलकुद परिषद् राखेपले नयाँ प्रस्ताव गरेको छ ।    राखेप सदस्य–सचिव केशवकुमार विष्टले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यानको निर्वाचित समितिका लागि शून्यबाट प्रक्रिया सुरु गर्न आफुहरु तयार रहेको भन्दै प्रस्ताव अघि सारेका हुन् । उनले क्यानको निर्वाचित समितिले सर्वोच्चमा दायर गरेको मुद्दा फिर् ... बाँकी अंश»

नयाँ