खेलकुद

भायकानोको पोष्टमा रियालको गोल वर्षा, ग्यारेथ बेल एक्लैको चार गोल

२०७२ पौष ६ सोमबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले रायो भायकानोको पोष्टमा गोलको वर्षा गरेको छ । आफ्नै मैदानमा आइतबार राति रियालले भायकानोविरुद्ध १० गोल गरेको हो । खेलको तेस्रो मिनेटमै डेनिलोको गोलबाट अग्रता लिएको रियालका लागि ग्यारेथ बेल एक्लैले चार गोल गरे ।   करिम बेन्जेमाले ह्याट्रिक गर्दा मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले दुई गोल गरे । पहिलो हाफ अघि भायकानोका अमाया र जोजाबेडले एक–एक गोल गरेपनि दोस्रो हाफ रियालको कब्जामा रहयो । प ... बाँकी अंश»

लिभरपुल पराजित

२०७२ पौष ६ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । आइतबार वाट्फोर्डको मैदानमा भएको खेलमा लिभरपुल ३–० को फराकिलो अन्तरले पराजित भएको हो । वाट्फोर्डलाई विजयी गराउन नाइजेरियन स्ट्राइकर इगालोले दुई तथा नाथन आकेले एक गोल गरे । हारपछि लिभरपुल प्रशिक्षक यर्गेन क्लप दबाबमा परेका छन् । जितसंगै वाट्फोर्ड लिगको अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । यस्तै, स्वान्सी सिटी र वेष्टह्याम युनाइटेडले गोल रहित बराबरी खेलेका छन् ।    ... बाँकी अंश»

मोदीको कारणले भारत-पाकिस्तान क्रिकेट सीरीज रद्द

२०७२ पौष ५ आइतबार, एजेन्सी ।  बीसीसीआई सेक्रेटरी अनुराग ठाकुरले पाकिस्तानसगँ हुने भनिएको प्रस्तावित द्विपक्षीय सीरीज को संभावना लगभग खारेज गरिदिएका  छन्। उनले भने  ’ अब दुई देशबिचको क्रिकेट बोर्डले यती कम समयमा सिरीज आयोजना गर्न लगभग असंभव  छ' ।   इन्डो-पाक क्रिकेट बोर्ड बिच यो महिना श्रीलंकाको मेजबानीमा सिमित ओभरको  सिरिज  खेल हुने तय भएको थियो । तर भारत सरकारबाट अनुमति नमिलेपछि बीसीसीआई ले पीसीबी ले पठाएको लिखित आधिकारिक्ता सम्बन्धी प्रश्नको जबाफ ... बाँकी अंश»

महिला फुटबलको उपाधि बंगलादेशको पोल्टामा, नेपाल १–० ले स्तब्ध

२०७२ पौष ५ आइतबार, काठमाडौं । एएफसी अन्डर–फोर्टिन महिला च्याम्पियन्सिप फुटबलको उपाधि बंगलादेशले खोसेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको मैदानमा आइतबार भएको फाइनल खेलमा बंगलादेशको महिला टोलीले नेपाललाई १–० ले हरायो । बंगलादेशको १४ वर्ष मुनिको राष्ट्रिय टोलीले एएफसी अन्डर फोर्टिन क्षेत्रीय च्याम्पियनसिपको उपाधि चुमेको हो ।    पहिलो हाफमै १–० ले पछि परेको नेपालले दोस्रो हाफको अन्तिम समयसम्म लयमा फर्कने संघर्ष गरेको थियो । आपसी समन्यवको अभावमा न ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेड खस्कँदै, भान गालको जागिर संकटमा

२०७२ पौष ५ आइतबार, एजेन्सी । इङ्गलिश क्लब म्यान्चेस्टर युनाइटेड म्यानेजर लुइस भान गाल आफ्नो जागिरप्रति चिन्तित देखिएका छन् । म्यानयुको पछिल्लो प्रदर्शनले उनको भविष्य संकटमा परेको छ । शनिबार राति समेत म्यानयु आफ्नै मैदानमा २–१ ले पराजित भएपछि भान गाल थप चिन्तामा परेका हुन् । म्यानयु नर्विच सिटीसंग २–१ ले हारेको हो । म्यानयु पछिल्लो सयम खस्किँदै गएको छ ।   प्रिमियर लिगको मध्यसम्म शीर्ष चार भित्र रहेको म्यानयु अहिले शनिबारको हारसंगै पाँचौ स्थानमा झरेको छ । ज ... बाँकी अंश»

मौरिन्हो बहिर्गमनको पहिलो खेलमै चेल्सी विजयी, समर्थक मौरिन्होमय

२०७२ पौष ५ आइतबार, एजेन्सी । जारी इङ्गलिश प्रिमियर लिगमा खराब प्रदर्शनले संकटमा परेको डिफेन्डिङ च्याम्पियन चेल्सी प्रशिक्षक जोजे मौरिन्होको बहिर्गमनको पहिलो खेलमै विजयी भएको छ । मौरिन्हो विहिबार मात्रै बर्खास्त भएका थिए । मौरिन्हो बाहिरिएपछि शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले सन्डरल्याण्डलाई ३–१ ले हरायो ।   चेल्सीलाई विजयी गराउन ब्ररानिस्लाभ ईभानोभिच, पेड्रो रोड्रिग्वेज र ओस्कारले एक–एक गोल गरे । सन्डरल्याण्डका फाबिओ बोरीनीले एक गोल फर्का ... बाँकी अंश»

महिला फुटबलको उपाधि कब्जा गर्ने नेपालको दाउ

२०७२ पौष ४ शनिबार, काठमाडौं । काठमाडौंमा आइतबार हुने एएफसी अण्डर–फोर्टिन महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने जिकिर गरेका छन् ।    फाइनल खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षक तथा कप्तानले आ–आफ्नो टोलीले उपाधी जित्ने ठोकुवा गरे । वैशाख १२ गते काठमाडौंको दशरथ रंगशालामा नेपाल र बंगलादेश प्रतियोगिताको उपाधिका लागी भिड्ने तय भएकामा सोही दिन गएको शक्तिशाली भूकम्पले फाइनल तथा तेस्रो स्थ ... बाँकी अंश»

रजत विजेता रुजेश सम्मानित, शारीरिक सुगठनमा हाल सम्मकै उपलब्धी

२०७२ पौष ३ शुक्रबार, काठमाडौं । सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेका रुजेश शाही सम्मानित भएका छन् । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रबार गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य–सचिव केशवकुमार विष्टले शाहीलाई २ लाख १० हजार रुपैयाँको चेक र सम्मान पत्र प्रदान गरे ।    कुल रकम मध्ये शारीरिक सुगठन संघले २० हजार, संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ५० हजार, महासचिव दिनेश राजभण्डारी, कोषाध्यक्ष सागर वगाले, सदस् ... बाँकी अंश»

चेल्सी मुख्य प्रशिक्षक मौरिन्हो बर्खास्त, टोली संकटमा

२०७२ पौष ३ शुक्रबार, एजेन्सी । इङ्गलिश क्लब चेल्सीका मुख्य प्रशिक्षक जोजे मौरिन्हो निलम्बनमा परेका छन् । जारी इङ्गलिश प्रिमियर लिगमा तीन दशककै खराब प्रदर्शन गरेको चेल्सी संकटमा पर्दै गएको छ  । संकटग्रस्त चेल्सी अंक तालिकाको १६ औं स्थानमा छ । लिगका १६ मध्ये ९ खेल हारेको चेल्सीले ४ खेल मात्रै जित्दा क्लब व्यवस्थापन पक्षले प्रशिक्षक मौरिन्होलाई हटाएको हो ।    लिगको रेलिगेशन क्षेत्रभन्दा एक अंकमात्रै माथि रहेको चेल्सीले युएफा च्याम्पियन्स लिगमा आशाजनक प्रदर्शन ... बाँकी अंश»

बंगलादेशसंग नेपाल १–० ले पराजित

२०७२ पौष २ बिहिबार, काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशसँगको अभ्यास खेलमा पराजित भएको छ । बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल घरेलु टोलीसंग १–० ले पराजित भएको हो । घरेलु टोलीलाई विजयी गराउन शक्हवत रोनीले निर्णायक गोल गरे । बंगलादेशी टोलीले पुरै समय नेपाललाई दबाबमा राख्यो । पहिलो हाफ १–० ले गुज्रिदा निर्धारित समय सम्म नेपालले थुवै अवसर खेल फाल्यो । थपिएको अतिरिक्त समयमा समेत टोली गोल गर् ... बाँकी अंश»

नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय टोलीबीचको अभ्यास खेल (लाइभ अपडेड)

२०७२ पौष २ बिहिबार, बंगलादेशसंगको मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल १–० ले पराजित भएको छ । थपिएको अतिरिक्त समयमा समेत नेपालले गोल गर्न सकेन । निर्धारित समय सकिन केही मिनेट मात्र बाँकी । नेपाल १–० ले पछि ।  ८४ औं मिनेटमा जगजीतले कर्नर किक प्रहार गरेर फल गरे ।  रोहित र विमल टप फर्ममा देखिए पनि गोल गर्न चुकेका छन् । ६२औं मिनेट सम्म पनि नेपाल १–० ले पछि ।  रोहित चन्दले सुवर्ण मौका गुमाएका छन् ।  विकाश बाहिर–किरण भित्र ।  ... बाँकी अंश»

मोदी सरकारका वित्तमन्त्री चरम भ्रष्टाचारी, बजेट २४ करोड, खर्च १ सय १४ करोड

२०७२ पौष २ बिहिबार, एजेन्सी । भारतीय जनता पार्टी भाजपाका केन्द्रिय वित्त मन्त्री अरुण जेटलीले दिल्ली जिल्ला क्रिकेट संघको अध्यक्ष हुँदा चरम भ्रष्टाचार गरेको आरोप लागेको छ । आम आदमी पार्टी आपले सो आरोप लगाएको हो । जेटली १९९९ देखि २०१३ सम्म दिल्ली क्रिकेटसंघको अध्यक्ष थिए । पछि एक वर्ष संघको प्याटर्न इन चिफ भए ।    आरोपकै आधारमा आपका नेताहरुले वित्त मन्त्रीको राजीनामा माग गरेका छन् । त्यसो नगरिए आपनेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोरम बर्खास्त गर्न भनेक ... बाँकी अंश»

नेपाली फुटबलको परिक्षा : गोल खडेरीकाबीच आकर्षण नवयुग

२०७२ पौष २ बिहिबार, काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग अभ्यास खेल खेल्दैछ । बंगलादेशको ढाकामा हुने खेल साँझ पौने ५ बजे सुरु हुनेछ । एक हप्ते तयारीका लागि बंगलादेश पुगेको नेपाली टोली त्यहाँबाट सोझै साफ च्याम्पियनसिपको लागि आयोजनास्थल भारतको केरला पुग्ने तालिका छ ।     अनिल गुरुङको कप्तानी रहेको नेपाली राष्ट्रिय टोलीमा यसपटक युवा खेलाडीहरुको बर्चश्व छ । जसमा आकर्षणको केन्द्र हुन् । नवयुग श् ... बाँकी अंश»

महिला भारोत्तोलनमा ७ खेलाडी छनोट

२०७२ पौष १ बुधबार, काठमाडौं । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भारोत्तोलनमा सहभागी हुने महिला खेलाडी छनोट भएका छन् । विभिन्न ७ तौलसमूहमा ७ खेलाडी छनोट भए । ४८ केजीमा नेपाली सेनाकी मनीषा राना, ५३ केजीमा नेपाल प्रहरी क्लबकी देवी चौधरी, ५८ केजीमा सेनाकी कमला श्रेष्ठ, ६३ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ६९ केजीमा सेनाकी मनीता श्रेष्ठ, ७५ केजीमा प्रहरीकी लक्ष्मी बन तथा ७५ केजीमाथि प्रहरीकी तारादेवी पुन छन् । पुरुषतर्फ ८ खेलाडी यसअघि नै छनोट भइसकेका ... बाँकी अंश»

सागका लागि बक्सिङ खेलाडी छनोट

२०७२ पौष १ बुधबार, काठमाडौं । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि बक्सिङ खेलाडी छनोट पूरा भएको छ । विभिन्न १० स्पर्धा उत्तिनै खेलाडी सागका लागि छनोट भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चारदिने प्रतियोगितामा ५१ पुरुषले ७ स्पर्धा तथा १७ महिलाले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएको बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्माले जनाएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४८–५१ केजीमा न ... बाँकी अंश»

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्लाई अमान्य

२०७२ पौष १ बुधबार, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मतिबाट चुनिनु भएको छ । क्यानको हिजो राति सम्पन्न साधारणसभाबाट यसअघि क्यानका पूर्व उपाध्यक्ष रहनुभएका चन्द सर्वसम्मत चुनिनु भएको हो । उहाँसहित साधारणसभाले १७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, उपाध्यक्ष द्वयमा शैलेसकुमार चौधरी र दिवाकर घले तथा महासचिवमा अशोकनाथ प्याकुरेललाई चुनेको छ ।    यस्तै, क्यानको सदस्यमा १२ ... बाँकी अंश»

क्यान सुधारको जिम्मा लिएर आउँदै योगेश र गगन, भित्र–भित्रै सेटिङ्ग ?

२०७२ मङ्सिर २९ मंगलबार, काठमाडौं । नेपाल क्रिकेटसंघमा फेरि नेतृत्वबारे लडाई सुरु भएको छ । अर्कातिर राजनीतिक खेलाडीको आगमनको चर्चा चुलिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले चुनावी साधारण सभा रोकेको जनाउँदा जनाउँदै नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्वलाई राखेप र निवर्तमान अध्यक्ष टंक आङबुहाङ समूहले नमान्ने भएपछि क्यानमा नेतृत्वबारे चर्को झगडा सुरु भएको छ । नेपाल क्रिकेट संघको चुनावी साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्विरोध निर्वाचित भए । चन्द यसअघि क्यानका उ ... बाँकी अंश»

च्याम्पियन्स लिग : नक आउट चरण भिडन्त तय

२०७२ मङ्सिर २९ मंगलबार, एजेन्सी । युरोपियन क्लव फुटबलको प्रतिष्ठीत प्रतियोगिता च्याम्पियन्स लिगक नक आउट चरणको खेल तालिका सार्वजनिक भएको छ । जारी तालिका अनुसार साविक बिजेता बार्सिलोनाको भेट इङ्गलिश क्लव आर्सनलसँग हुनेछ । अर्को इङ्गलिश क्लब चेल्सीको भिडन्त कठिन मानिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसंग हुने भएको छ । अन्तिम १६ कै खेलमा स्पेनिश क्लब रियाल मड्रिडले ईटालियन क्लब एएस रोमासँग खेल्नेछ  । जर्मन क्लब बायर्न म्युनिख र ईटालियन क्लब युभेन्टस् भिड्दा ब ... बाँकी अंश»

लेस्टर सिटी शीर्ष स्थानमा, चेल्सीको संकट चुलिँदै

२०७२ मङ्सिर २९ मंगलबार, एजेन्सी । संकटग्रस्त चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा सिटीले चेल्सीलाई २–१ गोल अन्तरले हरायो । सिटीलाई विजयी गराउन जेमी भार्डी र रियाद माहारेजले एक–एक गोल गरे । भार्डीले पहिलो हाफ अघि ३४औं मिनेटमा टोलीलाई अग्रता दिलाए । मध्यान्तर लगत्तै ४८औं मिनेटमा माहारेजले अग्रता दोब्बर पारेका हुन् । चेल्सीका लोइक रेमीले ७७औं मिनेटमा सान्त्वना गोल फर्काएपनि हार टरेन । जितसंगै लेस्टर सि ... बाँकी अंश»

साफ च्याम्पियनसिप : अनिलको कप्तानीमा २० सदस्यीय टोली

२०७२ मङ्सिर २८ सोमबार, काठमाडौं । आगामी पुस ८ गतेदेखि भारतमा हुने साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले आज पत्रकार सम्मेलन गरी २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको फर्वार्ड लाइनमा अनिलसँगै जगजित श्रेष्ठ, विमल घर्ती मगर, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र नवीन लामा छन् । मिडफिल्डमा रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विशाल राई र योगेश गुरुङ तथा डिफेन्डरमा रञ्जित धिमाल, रवीन श्रेष्ठ, जितेन् ... बाँकी अंश»

नयाँ