खेलकुद

लयमा रियाल, लस पल्मस २–१ ले स्तब्ध, रोनाल्डो परे ओझेलमा

२०७२ चैत १ सोमबार, एजेन्सी । स्पेनिश ला लिगा फुटबलमा रियाल मड्रिड, सेभिया र एथ्लेटिक बिल्वाओ विजयी भएका छन् । आइतबार राति लस पल्मसको मैदानमा रियालले २–१ को जित निकाल्यो । रियाललाई विजयी गराउन सर्जिओ रामोस र क्यासिमिरोले एक –एक गोल गरे । लस पल्मसका विलियन जोसले एक गोल फर्काए । यो खेलमा मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डो भने ओझेलमा परे ।    खेलको अन्तिम समयमा सर्जिओ रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछी रियाल १० जनामा सिमित भयो । जितसंगै रिय ... बाँकी अंश»

प्रिमियर लिग : टोटनह्यामले लेस्टरसंगको अंक दूरी घटायो

२०७२ चैत १ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा गटोटनह्याम हट्सपर विजयी भएको छ । टोटनह्यामले एस्टन भिल्लालाई २–० ले हरायो । टोटनह्यामलाई विजयी गराउन दुवै गोल ह्यारी केनले गरे ।    जितसँगै टोटनह्यामले लिगको अंक तालिकामा शीर्ष स्थान कब्जा गरेर बसेको  लेस्टर सिटीसँग अंक दुरी छोट्याएको छ । अब लेस्टरसंग दुई अंक मात्र फरक छ । २९ खेलबाट लेस्टर सिटीको ६० अंक हुँदा एक खेल बढी खेलेको टोटनह्यामको ५८ भएको छ । तेस्रो स्थानको आर्सनलको ५२ अंक छ ।    ... बाँकी अंश»

वाट्फोर्ड एफए कपको सेमिफाइनलमा, आर्सनल स्तब्ध

२०७२ चैत १ सोमबार, एजेन्सी । आर्सनललाई हराउँदै वाट्फोर्ड एफए कप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार राति आर्सनलको मैदानमा भएको खेलमा खेलमा वाट्फोर्डले २–१ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । वाट्फोर्डलाई विजयी गराउन ओडियन इगालो र एड्लेन ग्वेडीओराले एक–एक गोल गरे ।   खेलको अन्तिम समयतिरु आर्सनलका ड्यानी वेलबेकले एक गोल गरे पनि हार टरेन । वाट्फोर्डसंगै सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । यसअघि क्रिष्टल प्यालेस र एभर्टन स ... बाँकी अंश»

बंगलादेश विश्वकप टि–२० को सुपर टेनमा, इक्वालको विष्फोटक ब्याटिङ्

२०७२ चैत १ सोमबार, एजेन्सी । बंगलादेश ओमानलाई हराउँदै विश्वकप टि–ट्वेन्टी क्रिकेटको सुपर टेनमा पुगेको छ । भारतकोे धर्मशालामा भएको समूह ‘ए’अन्तर्गतको अन्तिम लिग खेलमा आइतबार बंगलादेशले ओमानलाई ५४ रनले हराउँदै सुपर टेनको यात्रा तय गरेको हो ।   टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकट गुमाएर १ सय ८० रन बनायो ।बंगलादेशका लागि तमिम इक्वालले १ सय ३ रनको शतकीय पारी खेल्दा सबीर रहमानले ४४ रन बनाए । इक्वालको विष्फोटक व्याटिङ नै बंगलादेशलाई ... बाँकी अंश»

विश्वकप टि–२० क्रिकेटमा नेदरल्याण्ड्स १२ रनले विजयी

२०७२ फाल्गुण ३० आइतबार, एजेन्सी । भारतमा जारी आइसीसी विश्वकप टि–२० क्रिकेटमा नेदरल्याण्ड्स १२ रनले विजयी भएको छ । वर्षाले खेल निकैबेर रोकिपछि ६ ओभरमात्र खेलाइएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले ६ ओभरमा ५ विकेट गुमाउँदै ५९ रन बनायो । ६० रनको चुनौती पछ्याएको आयरल्याण्ड ६ ओभरमा ७ विकेट गुमाएर ४७ रनमै खुम्चिएपछि नेदरल्याण्ड्स १२ रनले विजयी भयो ।   धर्मशालामा भएको विश्वकप टि–२० पहिलो चरणको खेलमा नेदरल्याण्ड्सका लागि स्टेफेनले २७ रन बनाए । आयरल्या ... बाँकी अंश»

म्यान्चेस्टर सिटीलाई झट्का, रेलिगेशन क्षेत्रको नर्विचले गोल गर्न दिएन

२०७२ फाल्गुण ३० आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीलाई झट्का लागेको छ । नर्विच सिटीसंग गोलरहित बराबरी खेलेसंगै सिटीलाई धक्का पुगेको हो ।  शनिबार राति भएको खेलमा रलिगेशन क्षेत्रमा रहेको नर्विचले म्यान्सिटीलाई घरेलु मैदानमा गोल रहित बराबरीमा रोकेको हो ।   उता, एएफसी बर्नमाउथ भने ३– २ गोल अन्तरले विजयी भएको छ । बर्नमाउथले स्वान्सी सिटीलाई ३–२ ले पाखा लगाएको हो । यस्तै, साउथ ह्याम्पटनले स्टोक सिटीलाई २–१ गोल अन्तरले हराएको छ ।    ... बाँकी अंश»

गेटाफेको पोष्टमा बार्सिलोनाको गोल वर्षा, मेसीले पेनाल्टी खेर फाले

२०७२ फाल्गुण ३० आइतबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेको पोष्टमा ६ गोल गरेको छ । शनिबार राति भएको खेलमा बार्साले घरेलु मैदानमा गेटाफेलाई फराकिलो अन्तरले हराएको हो । बार्सालाई विजयी गराउन । हुवाँ रोड्रिग्वेजले खेलको ८ औं मिनेटमै गोल गरे । ११औं मिनेतमा पाएको पेनाल्टी सदुपयोग गर्न नसेकको मुख्य फरवार्ड लियोनल मेसीले खेल अवधिभर १ गोल मात्रै गर्न सके ।    उनले ४०औं मिनेटमा गोल गरे । त्यसअघि १९ औं मिनेटमा मुनिर अल हद्दादीले गोल गरे । नेमारले ३२ं र ... बाँकी अंश»

चेल्सी स्तब्ध, एभर्टन एफए कपको सेमिफाइनलमा

२०७२ फाल्गुण ३० आइतबार, एजेन्सी । चेल्सीलाई हराउँदै एभर्टन एफए कप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा एभर्टनले चेल्सीलाई घरेलु मैदानमा २–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । एभर्टनलाई विजयी गराउन दुवै गोल रोमेलु लुकाकुले गरे ।   पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा लुकाकुले दोस्रो हाफपछी ७८ र ८२औं मिनेटमा गोल गरे । ८४ औं मिनेटमा चेल्सीका डिएगो कोष्टाले दोहारो पहेंलोकार्ड खाँदै मैदानबाट बाहिरिएको ३ मिनेटमै एभर्टनका ग्यारेथ ब ... बाँकी अंश»

अफगानिस्तान विश्वकप टि–२० को सुपर टेनमा, सुपर टेनको भिडन्त श्रीलंकासंग

२०७२ फाल्गुण ३० आइतबार, एजेन्सी । जिम्बावेलाई हराउँदै अफगानिस्तान आइसीसी विश्वकप टि–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो चरण अर्थात सुपर टेनमा पुगेको छ । भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा शनिबार जिम्बावेलाई ५९ रनले हराउँदै अफगानिस्तानले सुपर टेनको यात्रा तय गरेको हो ।    टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो । अफगानिस्तानका लागि मोहम्मद नावीले ५२ रन बनाए । अफगानिस्तानले दिएको १ सय ८७ रनको चुनौती पछ्याएको ... बाँकी अंश»

ला लिगामा मालागा जित्यो

२०७२ फाल्गुण २९ शनिबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा मालागाले स्पोर्टिङ गिजोनलाई हराएको छ । शुक्रबार राति घरेलु मैदानमा मालागाले गिजोनलाई १–० ले हराएको हो । मालागालाई विजयी गराउन खेलको २५औं मिनेटमा हुवाँपीले गरेको गोल नै निर्णायक बन्यो । जितसंगै मालागा अंक लातिकाको ८औं स्थानमा उक्लिएको छ । गिजोन भने रेलिगेशन क्षेत्रमा छ । २८ खेलबाट ७२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६४ तथा तेस्रो स्थानको रियाल मड्रिडको ६० अंक छ । ५३ ... बाँकी अंश»

क्रिष्टल प्यालेसलाई २१ वर्षपछिको सफलता : एफए कपको सेमिफाइनल यात्रा तय

२०७२ फाल्गुण २९ शनिबार, एजेन्सी । क्रिष्टल प्यालेस एफए कप फुटबलको सेमिफाइलनमा पुगेको छ । शुक्रबार राति भएको क्वार्टरफाइलनमा रिडिङलाई २–० हराउँदै सेमिफाइलनमा पुगेको हो । ८५औं मिनेटमा रिडिङका जेक कूपर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा खुम्चिएको च्याम्पियन रिडिङलाई राउँदै क्रिष्टिल पछिल्लो २१ वर्षमा पहिलो पटक एफए कपको अन्तिम चारमा पुगेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । क्रिष्टिल प्यालेसको जिताउन ८६औं मिनेटमा योहन कबायले पेनाल ... बाँकी अंश»

आइसीसी टि–२० : अफगानिस्तानको लगातार दोस्रो जित

२०७२ फाल्गुण २८ शुक्रबार, एजेन्सी । भारतमा जारी आइसीसी टि–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो चरणको खेलमा समूह ‘बी’ मा रहेको अफगानिस्तानले हङकङलाई ६ विकेटले हराउँदै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो ।   नागपुरमा भएको खेलमा टस जितेर व्याटिङ गरेको हङकङले दिएको एक सय १७ रनको चुनौती अफगानिस्तानले १२ बल बाँकी छँदै भेट्टायो । उसले १८ ओभर खेल्दै मात्र ४ विकेटको क्षतिमा चुनौली पा ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेडको पोष्टमा लिभरपुलको दुई गोल, म्यानयु दबाबमा

२०७२ फाल्गुण २८ शुक्रबार, एजेन्सी । युरोपा लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई २–० ले हराएको छ । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतिष्ठीत प्रतियोगिता युरोपा लिगको प्रि–क्वाटरफाइनल पहिलो लेगको खेलमा लिभरपुल २–० ले विजयी भएको हो । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा म्यानयु निरिह बन्यो । म्यानयुले यो सिजन कुनै पनि प्रतियोगितामा सुखद प्रदर्शन गर्न सकेको छैन ।    लिभरपुललाई विजयी गराउन ड्यानिएल स्टुरिज र रोबेर्टो फर्मिनोले एक–एक गोल गरे । ड्यानिएल ... बाँकी अंश»

टि–२० विश्वकप क्रिकेट : जिम्बावेको लगातार दोस्रो जित, स्कटल्याण्ड ११ रनले स्तब्ध

२०७२ फाल्गुण २७ बिहिबार, एजेन्सी । भारतमा जारी आइसीसी टि–२० विश्वकप क्रिकेटमा जिम्बावेले लगातार दोस्रो जित निकालेको छ । विश्वकप पहिलोचरण अन्तर्गत समूह ‘बी’ को खेलमा जिम्बावेले लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको यात्रा बलियो बनाएको छ । नागपुरमा भएको खेलमा जिम्बावेले स्कटल्याण्डविरुद्ध ११ रनको रोमान्चक जित निकाल्यो । टस जितेर पहिले व्याटिङ गरेको जिम्बावेले दिएको १ सय ४८ रनको चुनौती पछ्याएको स्कटल्याण्ड अन्तिम २ बल बाँकी छँदा अलआउट हुँदै एक सय ३६ रनमै स ... बाँकी अंश»

नामिवियासंगको क्रिकेट नेपालमै हुन्छ : भावना, ‘ठोकुवा गरेरै नेपालमा हुन्छ भन्ने आधार छैन’ : प्याकुर्‍याल

२०७२ फाल्गुण २७ बिहिबार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति विवादले वैशाख २ र ४ गते कीर्तिपुर मैदानमा नामिवियासंग हुने भनिएको विश्व क्रिकेट लिग च्याम्पियनसिवको खेल नेपालमै हुने जिकिर गर्दै क्यान कार्यकारी अधिकृत भावना घिमिरेले विज्ञप्ती प्रकाशन गरेकी छन् ।  नेपाल र नामिवियाबीचको खेल भारतको नोयडामा हुने भनि आएका समाचारबारे आफुहरुको ध्यानाकर्षण भएको भन्दै कार्यकारी भावनाले मैदान र खेलाडीको सुरक्षा दिन सक्ने ग्यारेन्टी भए नेपालमै खेल हुने प्रस्ट्याएक ... बाँकी अंश»

टि–२० विश्वकप क्रिकेटमा ओमान विजयी, आयरल्याण्ड स्तब्ध

२०७२ फाल्गुण २७ बिहिबार, एजेन्सी । भारतमा जारी आइसीसी टि–ट्वेन्टी विश्वकप क्रिकेटको पहिलो चरणको चौथो खेलमा ओमानले आयरल्याण्डलाई हराउँदै विजयी सुरुवात गरेको छ । धर्मशालामा भएको खेलमा ओमानले आयरल्याण्डविरुद्ध २ विकेटको जित निकालेको हो । टस जितेर पहिले व्याटिङ गरेको आयरल्याण्डले दिएको एक सय ५५ रनको चुनौती ओमानले २ बल बाँकी छँदै ८ विकेटको क्षतिमा पार गर्न सक्यो । ओमानका लागि ओपनर जीशान मकसूदले ३८, खावर अली ३४ र अमिर अलीले ३२ रन बनाए । बलिङतर्फ केभिन खो ब्राइन र म्याक्स सोर ... बाँकी अंश»

चेल्सीको दुरदर्शा, च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै बाहिरियो

२०७२ फाल्गुण २७ बिहिबार, एजेन्सी । इङ्गलिश क्लब चेल्सीले युएफा च्याम्पियन्स लिग फुटबलमा झट्का लागेको छ । वुधबार राति अन्तिम आठका लागि भएको प्रि–क्वार्टरफाइनल दोस्रो लेगमा चेल्सी घरेलु मैदानमै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसंग २–१ पराजित भयो । दोस्रो लेगको खेल २–१ ले हारेको चेल्सी समग्रमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । चेल्सीलाई च्याम्पियन्स लिगमा झट्का लागेसंगै यो सिजन कुनै पनि प्रतियोगिता उसको पक्षमा छैनन् भन्ने आँकलन गरिएको छ । अघि ... बाँकी अंश»

टि–२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात, इक्वालको विष्फोटक व्याटिङ

२०७२ फाल्गुण २६ बुधबार, एजेन्सी । आइसीसी टि–२० विश्वकप क्रिकेटको पहिलो चरणको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको छ । धर्मशालामा भएको तेस्रो खेलमा बंगलादेशले ८ रनको रोमान्चक जित निकालेको हो । टस जितेर फिल्डिङ रोजेको नेदरल्याण्ड्सले बंगलादेशले दिएको एक सय ५४ रनको चुनौती निर्धारित ओभरभित्र पूरा गर्न सकेन ।   चुनौती पछ्याउने क्रममा नेदरल्याण्ड्स ७ विकेट गुमाएर एक सय ४५ रनमै समेटियो । उसका लागि कप्तान पिटर बोरेन र ओपनर स्टेफेनले समान ... बाँकी अंश»

ओलिभर जिरु र थियो वाल्कोटको जादुले आर्सन क्वार्टरफाइलनमा

२०७२ फाल्गुण २६ बुधबार, एजेन्सी । ओलिभर जिरु र थियो वाल्कोटको सशक्त प्रदर्शनले आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । आर्सनलले हल सिटीलाई उसैको घरेलु मैदानमा ४–० ले हराउँदै क्वार्टरफाइलनमा स्थान सुरक्षित गरेको हो । मंगलबार राति भएको पाँचौ चरणको रि प्ले म्याचमा आर्सनलका लागि जिरु र  वाल्कोटले समान दुई–दुई गोल गर्दै टोलीलाई शानदार जित दिलाए । जिरुले ४१ र ७२औ र वाल्कोटले ७७ र ८९औं मिनेटमा गोल गरे ।   यसअघि, आर्सनलको मैदानमा भएको पहिलो खेल गोलरहित बराबरीमा ... बाँकी अंश»

जम्दै रोनाल्डो, रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

२०७२ फाल्गुण २६ बुधबार,  एजेन्सी । स्पेनिश क्लव रियाल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति अन्तिम आठका लागि भएको प्रि–क्वार्टरफाइनल दोस्रो लेगको खेलमा इटालियन क्लब एएस रोमालाई २–० ले हरायो । यसअघि  भएको पहिलो लेगको खेलमा समेत २–० ले विजयी भएको रियालले समग्रमा ४–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । रियाललाई जिताउन मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डाले ६४औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ... बाँकी अंश»

नयाँ