खेलकुद

सार्क च्याम्पियनसिप: नेपाल श्रीलंकासंग १–० ले पराजित : [लाइभ अपडेट]

२०७२ पौष ८ बुधबार, भारतको केरलामा आजबाट ११ औं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप सुरु भएको छ । भारतको केरलास्थित त्रिबेन्द्रम रंगशालामा अहिले समूह ‘ए’ मा रहेको नेपाल र श्रीलंका भिडिरहेका छन् ।  नेपाल जितको खोजीमा छ । तर, श्रीलंका बलियो मानिन्छ । फिफा बरियतामा नेपाल श्रीलंका भन्दा दुई स्थान माथि छ ।   नेपाली टोली (४–३–३) कप्तान  : अनिल गुरुङ गोलकिपर : किरण चेम्जोङ डिफेन्स : रन्जित धिमाल, जितेन्द्र कार्की, विराज महर्जन, आदित्य चौधर ... बाँकी अंश»

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

२०७२ पौष ८ बुधबार, काठमाडौँ। राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । नयाँ बसपार्कमा आज भएको लिग चरणको अन्तिम खेलमा एपिएफले न्यू डायमन्ड क्लबलाई ३–१ को सेटमा पाखा लगाउँदै उपाधि माथि कब्जा जमाएको हो । प्रतियोगितामा ५१ अङ्क जोडेको एपिएफले न्यू डायमन्डलाई २५–२०, २५–२२ र २५–१० को सेटमा पराजित गरेको हो ।    खेलको पहिलो सेटमा न्यू डायमन्डले एपिएफलाई १५–१६ ले पराजित गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा दोस्र ... बाँकी अंश»

साफ च्याम्पियनसिप सुरु, नेपालको पहिलो भेट बलियो श्रीलंकासंग

२०७२ पौष ८ बुधबार, काठमाडौं । भारतको केरलामा वुधबार (आज) बाट ११ औं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप सुरु हुँदै छ । भारतको केरलास्थित त्रिबेन्द्रममा हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपाल र श्रीलंका भिड्दैछन् । साँझ पौने सात बजे हुने खेलमा नेपाल जितको खोजीमा छ । अन्तर्राष्ट्रिय खेल मिलेमतो प्रकरण र एन्फा अध्यक्ष गणेश थापा फिफा प्रतिबन्धमा परेपछि आलोचित बनेको नेपाली फुटबललाई साफ फुटबल छवि सुधारको अवसरको रुपमा हेरिएको छ । नेपाल ... बाँकी अंश»

यु–१९ विश्वकप खेल्ने टोली घोषणा

२०७२ पौष ७ मंगलबार, काठमाडौं । बंगलादेशमा आगामी माघ ८ गतेदेखि हुने अण्डर नाइन्टिन विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सम्पूर्ण जिम्मा कार्यकारी अधिकृत सीइओलाई दिनएको भोली पल्टै यु–१९ टोली घोषणा भएको हो । क्यानले राजु रिजालको कप्तानीमा ४ वैकल्पिक गरी १९ सदस्यीय टोली घोषणा गरेको हो ।   १९ जनाको टोलीमा उपकप्तान आरिफ शेख, सन्दीप सुनार, सुनील धमला, दीपेन्द्र ऐरी, सौरभ खनाल, र पेम तामाङ्ग छनोटमा परे । यस्तै, सुशील कँडेल, दिपेश श्रे ... बाँकी अंश»

तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबलमा विभागीय टोली विजयी

२०७२ पौष ७ मंगलबार, काठमाडौँ । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएको छ । भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको प्रतियोगितामा एपिएफको महिला फुटबल टोलीले पश्चिमाञ्चल महिला फुटबल टोलीलाई १६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।    त्यसैगरी सोही प्रतियोगिताअन्तर्गत लगनखेलमा आजै भएको अर्को आर्मीले सुदूरपश्चिमाञ्चल महिला फुटबल टोलीलाई पनि समान १६–० ... बाँकी अंश»

दौरा सुरुवाल लगाएका संजय उल्टो हिडेरै पुगे अफ्रिकाको छानो किलिमंजरो

२०७२ पौष ७ मंगलबार, काठमाडौं। नेपाली कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितले अफ्रिकाको सर्बोच्च शिखर किलिमंजरोमा अर्को किर्तिमान राखेका छन्। पण्डितले चर्चित मरान्गु रुटबाट यात्रा थालेर शिखर सम्म ४ दिनसम्म उल्टो हिडेर २५ घण्टा ४० मिनेटमा पार गर्दै उक्त कृतिमान राखेका हुन्। बिश्वकै एक मात्र स्वतन्त्र ज्वालामुखी पर्बत किलिमंजरोमा यो भन्दा आगाडी कुनै पर्वतारोहीले यस्तो प्रकारको किर्तिमान राखेको थिएन। सात महादेशका सातै पर्बत आरोहणको तयारीमा रहेका सगरमाथा आरोही प ... बाँकी अंश»

सेप ब्लाटर र मिचेल प्लाटिनीलाई ८ वर्ष खेल प्रतिबन्ध, उत्तराधिकारी फसेपछि ब्लाटर साख गुम्दै

२०७२ पौष ७ मंगलबार, एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अध्यक्ष सेप ब्लाटर तथा उपाध्यक्ष मिचेल प्लाटिनीलाई ८ वर्ष खेल गतिविधिमा प्रतिबन्ध गरेको छ । युएफाका अध्यक्ष समेत रहेका प्लाटिनी र अध्यक्ष ब्लाटर यसअघि केही समयका लागि मात्र प्रतिबन्धमा परेका थिए । फुटबल एसोसिएशन अध्यक्ष ग्रेक डाइकले भनेका छन्,‘ ब्लाटर र प्लाटिनीलाई आठ वर्षको प्रतिबन्ध लागेको छ ।    ती दुवैले फिफा आचारसंहिता उल्लंघन गरेको आरोप प्रमाणित गर्दैै फिफाको आचार समितिले दुबैलाई आठ वर्ष सम्म फुट ... बाँकी अंश»

आर्सनलले म्यान्सिटीलाई हरायो, चम्किए वाल्कोट र जिरु

२०७२ पौष ७ मंगलबार,  एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई हराएको छ । घरेलु मैदानमा आर्सनलले सिटीलाई २–१ ले हरायो । आर्सनलाई विजयी गराउन पहिलो हाफ अघि ३३औ मिनेटमा थियो वाल्कोटले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ओलिभर जिरुले एक गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।   पहिलो हाफमा निकै दबाब खेपेको म्यान्चेस्टर सिटीले दोस्रो हाफको ८२औं मिनेटमा एक गोल फर्कायो । सिटीका लागि याया टुरेले एक गोल गर्न बाहेक अन्य फरवार् ... बाँकी अंश»

सागका लागि उसु खेलाडी छानिए

२०७२ पौष ६ सोमबार, काठमाडौं । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने उसु खेलाडीको छनोट पूरा भएको छ । नेपाल उसु संघद्वारा आयोजित राष्ट्रव्यापी खुला छनोट उसु प्रतियोगताबाट सान्सौंतर्फ ६ पुरुष र ३ महिला गरी ९ खेलाडी छनोट भए । थाउलोतर्फ समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी छानिएका छन् । प्रत्येक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् । सान्सौं र थाउलो दुवैमा मिलाएर नेपाल आर्मी क्लबबाट सर्वाधिक ८ खेलाडी छनोट भएका छन् । आर्मीका प्रशिक्षकमा राजिव महर ... बाँकी अंश»

क्रिकेट संघको सारा जिम्मा भावनालाई

२०७२ पौष ६ सोमबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानको सम्पूर्ण कामको जिम्मा कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको छ । क्यानमा देखिएको आन्तरिक विवाद समाधान नहुँदा सम्म राखेपले सम्पूर्ण जिम्मेवारी सीइओ घिमिरेलाई दिएको भन्दै क्यानलाई पत्राचार गरेको छ ।    राखेप सदस्यसचिव केशवकुमार बिष्टले क्यानमा निर्वाचित कार्यसमितिको कार्यकाल सकिएको र हालै भएको भनिएको निर्वाचन वैध नभएको भन्दै दैनिक काम काज रोकिन नदिन तथा तत्काल हुने घरे ... बाँकी अंश»

काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल, भारतको सिक्किम र विहार क्लब सहभागि

२०७२ पौष ६ सोमबार, काठमाडौं । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता राजधानीमा सुरु भएको छ । नेपाली सेनाको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न १० टोली सहभागिता छन् । पाँच विकास क्षेत्र, विभागीय तीन टोली नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब छन् । प्रतियोगितामा भारतको सिक्किम र बिहार क्लबले समेत प्रतियोगितामा सहभागि भएका छन् ।    प्रतियोगितामा सहभागी टोली दुई समूहमा विभाजन भएका छन् । समूह ‘ए’ मा भारतको ब ... बाँकी अंश»

बेसबल खेलाडी सहयोग

२०७२ पौष ६ सोमबार, काठमाडौं । क्लब लालीगुराँस जापानले भुकम्प प्रभावित बेसबल खेलाडीहरुलाई सहयोग गरेको छ ।  क्लब लालीगुराँस जापानका अध्यक्ष योही कोबायासी, बेसबलका अन्र्तराष्ट्रिय रेफ्री शिमोजी काजुमी सहितको प्रतिनिधि मण्डलले नेपाल आएर भक्तपुरका भुकम्प प्रभावित ३० जना बेसबल खेलाडीहरुलाई सहयोग गरेको हो । सहयोग स्वरुप खेलाडीहरुलाई इन्डक्सन चुलो, प्रेसर कुकर, सोलार लाइट र कम्बल प्रदान गरिएको छ । क्लब लालीगुराँस जापानले यसअघि भुकम्प लगत्तै पनि खेलाडीहरुलाई राहतस ... बाँकी अंश»

भायकानोको पोष्टमा रियालको गोल वर्षा, ग्यारेथ बेल एक्लैको चार गोल

२०७२ पौष ६ सोमबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले रायो भायकानोको पोष्टमा गोलको वर्षा गरेको छ । आफ्नै मैदानमा आइतबार राति रियालले भायकानोविरुद्ध १० गोल गरेको हो । खेलको तेस्रो मिनेटमै डेनिलोको गोलबाट अग्रता लिएको रियालका लागि ग्यारेथ बेल एक्लैले चार गोल गरे ।   करिम बेन्जेमाले ह्याट्रिक गर्दा मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले दुई गोल गरे । पहिलो हाफ अघि भायकानोका अमाया र जोजाबेडले एक–एक गोल गरेपनि दोस्रो हाफ रियालको कब्जामा रहयो । प ... बाँकी अंश»

लिभरपुल पराजित

२०७२ पौष ६ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । आइतबार वाट्फोर्डको मैदानमा भएको खेलमा लिभरपुल ३–० को फराकिलो अन्तरले पराजित भएको हो । वाट्फोर्डलाई विजयी गराउन नाइजेरियन स्ट्राइकर इगालोले दुई तथा नाथन आकेले एक गोल गरे । हारपछि लिभरपुल प्रशिक्षक यर्गेन क्लप दबाबमा परेका छन् । जितसंगै वाट्फोर्ड लिगको अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । यस्तै, स्वान्सी सिटी र वेष्टह्याम युनाइटेडले गोल रहित बराबरी खेलेका छन् ।    ... बाँकी अंश»

मोदीको कारणले भारत-पाकिस्तान क्रिकेट सीरीज रद्द

२०७२ पौष ५ आइतबार, एजेन्सी ।  बीसीसीआई सेक्रेटरी अनुराग ठाकुरले पाकिस्तानसगँ हुने भनिएको प्रस्तावित द्विपक्षीय सीरीज को संभावना लगभग खारेज गरिदिएका  छन्। उनले भने  ’ अब दुई देशबिचको क्रिकेट बोर्डले यती कम समयमा सिरीज आयोजना गर्न लगभग असंभव  छ' ।   इन्डो-पाक क्रिकेट बोर्ड बिच यो महिना श्रीलंकाको मेजबानीमा सिमित ओभरको  सिरिज  खेल हुने तय भएको थियो । तर भारत सरकारबाट अनुमति नमिलेपछि बीसीसीआई ले पीसीबी ले पठाएको लिखित आधिकारिक्ता सम्बन्धी प्रश्नको जबाफ ... बाँकी अंश»

महिला फुटबलको उपाधि बंगलादेशको पोल्टामा, नेपाल १–० ले स्तब्ध

२०७२ पौष ५ आइतबार, काठमाडौं । एएफसी अन्डर–फोर्टिन महिला च्याम्पियन्सिप फुटबलको उपाधि बंगलादेशले खोसेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको मैदानमा आइतबार भएको फाइनल खेलमा बंगलादेशको महिला टोलीले नेपाललाई १–० ले हरायो । बंगलादेशको १४ वर्ष मुनिको राष्ट्रिय टोलीले एएफसी अन्डर फोर्टिन क्षेत्रीय च्याम्पियनसिपको उपाधि चुमेको हो ।    पहिलो हाफमै १–० ले पछि परेको नेपालले दोस्रो हाफको अन्तिम समयसम्म लयमा फर्कने संघर्ष गरेको थियो । आपसी समन्यवको अभावमा न ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेड खस्कँदै, भान गालको जागिर संकटमा

२०७२ पौष ५ आइतबार, एजेन्सी । इङ्गलिश क्लब म्यान्चेस्टर युनाइटेड म्यानेजर लुइस भान गाल आफ्नो जागिरप्रति चिन्तित देखिएका छन् । म्यानयुको पछिल्लो प्रदर्शनले उनको भविष्य संकटमा परेको छ । शनिबार राति समेत म्यानयु आफ्नै मैदानमा २–१ ले पराजित भएपछि भान गाल थप चिन्तामा परेका हुन् । म्यानयु नर्विच सिटीसंग २–१ ले हारेको हो । म्यानयु पछिल्लो सयम खस्किँदै गएको छ ।   प्रिमियर लिगको मध्यसम्म शीर्ष चार भित्र रहेको म्यानयु अहिले शनिबारको हारसंगै पाँचौ स्थानमा झरेको छ । ज ... बाँकी अंश»

मौरिन्हो बहिर्गमनको पहिलो खेलमै चेल्सी विजयी, समर्थक मौरिन्होमय

२०७२ पौष ५ आइतबार, एजेन्सी । जारी इङ्गलिश प्रिमियर लिगमा खराब प्रदर्शनले संकटमा परेको डिफेन्डिङ च्याम्पियन चेल्सी प्रशिक्षक जोजे मौरिन्होको बहिर्गमनको पहिलो खेलमै विजयी भएको छ । मौरिन्हो विहिबार मात्रै बर्खास्त भएका थिए । मौरिन्हो बाहिरिएपछि शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले सन्डरल्याण्डलाई ३–१ ले हरायो ।   चेल्सीलाई विजयी गराउन ब्ररानिस्लाभ ईभानोभिच, पेड्रो रोड्रिग्वेज र ओस्कारले एक–एक गोल गरे । सन्डरल्याण्डका फाबिओ बोरीनीले एक गोल फर्का ... बाँकी अंश»

महिला फुटबलको उपाधि कब्जा गर्ने नेपालको दाउ

२०७२ पौष ४ शनिबार, काठमाडौं । काठमाडौंमा आइतबार हुने एएफसी अण्डर–फोर्टिन महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने जिकिर गरेका छन् ।    फाइनल खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षक तथा कप्तानले आ–आफ्नो टोलीले उपाधी जित्ने ठोकुवा गरे । वैशाख १२ गते काठमाडौंको दशरथ रंगशालामा नेपाल र बंगलादेश प्रतियोगिताको उपाधिका लागी भिड्ने तय भएकामा सोही दिन गएको शक्तिशाली भूकम्पले फाइनल तथा तेस्रो स्थ ... बाँकी अंश»

रजत विजेता रुजेश सम्मानित, शारीरिक सुगठनमा हाल सम्मकै उपलब्धी

२०७२ पौष ३ शुक्रबार, काठमाडौं । सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेका रुजेश शाही सम्मानित भएका छन् । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रबार गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य–सचिव केशवकुमार विष्टले शाहीलाई २ लाख १० हजार रुपैयाँको चेक र सम्मान पत्र प्रदान गरे ।    कुल रकम मध्ये शारीरिक सुगठन संघले २० हजार, संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ५० हजार, महासचिव दिनेश राजभण्डारी, कोषाध्यक्ष सागर वगाले, सदस् ... बाँकी अंश»

नयाँ