खेलकुद

प्रिमियर लिग : टोटनह्याम विजयी, वेष्टह्याम ४–१ ले स्तब्ध

२०७२ मङ्सिर ७ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा खेलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाइटेडलाई फराकिलो अन्तरले हराएको छ ।  आइतबार राति आफ्नै मैदानमा टोटनह्यामले वेष्ट ह्यामलाई ४–१ गोल अन्तरले हरायो । टोटनह्यामलाई जिताउन गराउन ह्यारी केनले दुई गोल गरे । डिफेन्डरद्वय टोबी अल्डरवेराल्ड र कायल वाल्करले एक–एक गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । जितसँगै टोटनह्याम लिगको अंक तालिकामा १३ खेलबाट २४ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । लिगको शीर्ष स्थान ... बाँकी अंश»

एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको उपाधि जोकोभिचलाई, एकै वर्ष ११ उपाधि

२०७२ मङ्सिर ७ सोमबार, एजेन्सी । एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको उपाधि शीर्ष सर्वियन खेलाडी नोभाक जोकोभिचले कब्जा गरेका छन् । लण्डनमा आइतबार राति भएको फाइनलमा तेस्रो बरियताबा स्वीस टेनिस स्टार रोजर फेडेररलाई हराँउदै जोकोभिचले उपाधि जितेका हुन् । यसअघि तीन पटक च्याम्पियन बनिसकेका जोकोभिचले एटिपी विश्व टुर फाइनल्सको उपाधि जित्न फेडेररलाई सोझो २–० सेटले हराए ।   पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेका जोकोभिचले दोस्रो सेट ६–४ ले जिते । समूह चरणका खेलमा जोकोभिच फे ... बाँकी अंश»

आईओएफटीसीमा २३ राष्ट्रका पाँच सय खेलाडी सहभागि हुने

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौं । ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा नेपालसहित विभिन्न २३ राष्ट्रका ५ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने भएका छन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा खेलाडी सहभागिताबारे जानकारी दिइयो ।   युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युएनएनटीएफ) को सहयोग तथा आईओएफटीसीको आयोजनामा प्रतियोगिता सन् २०१६ को अक्टोबर १४ र १५ तारिखमा अमेरिकाको पोर्टल्या ... बाँकी अंश»

एटीपी वर्ल्ड टुर टेनिस : जोकोभिच र फेडेररबीच फाइनल भिडन्त

२०७२ मङ्सिर ६ आइतबार, एजेन्सी । लण्डनमा जारी एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको फाइनल भिडन्त शीर्ष बरियताका सर्वियन खेलाडी नोभाक जोकोभिच र तेस्रो बरियताका स्वीस खेलाडी रोजर फेडेररबीच हुने भएको छ ।   शनिबार राति भएको सेमिफाइनलमा जोकोभिचले पाँचौ परियताका स्पेनिस खेलाडी रफाइल नदाललाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै फाइनलमा ठाउँ बनाए । उता, स्वीस भिडन्तमा चौथो बरियताका स्टानिस्लास वावरिन्कालाई ७–५, ६–३ को सोझो सेटमा हराउँदै फेडेरररले जोकोभिचसंगको फाइनल भेट पक्क ... बाँकी अंश»

प्रिमियर लिग : लेस्टर सिटी शीर्ष स्थानमा, म्यान्चेस्टर सिटी पछारियो

२०७२ मङ्सिर ६ आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको अग्रतामा पूर्णविराम लागेको छ । शनिबार भएको खेलमा म्यान्सिटी लिभरपुलसंग ४–१ ले पराजित भएपछि अग्रतामा पूर्णविराम लागेको हो । यो हारले सिटी दुई स्थान पछि परेको छ । खेलमा लिभरपुललाई विजयी गराउन फिलिप कौटिन्हो, रोबर्टो फर्मीनो र लुकास लिभाले एक–एक गोल गरे ।   सिटीका मांगालाले आत्माघाती गोल गर्दा सर्जियो अगुएरोले सान्तोना गोल फर्काए । उता, न्यूकासल युनाइटेडलाई ३–० ले हराँउदै लेष्टर ... बाँकी अंश»

मेसीको बार्सिलोनाको भारी जित, रोनाल्डो चुके

२०७२ मङ्सिर ६ आइतबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई ४–० को फराकिलो अन्तरले हराएको छ । शनिबार राति रियालको मैदान सान्टियागो स्थित बर्नव्यउमा भएको खेलमा बार्सिलोना विजयी भएको हो । बार्सिलोनालाई विजयी गराउन लुइस सुआरेजले दुई तथा नेमार र एन्ड्रेस आइनिस्टाले एक–एक गोल गरे ।    बार्साका मुख्य फरवार्ड लियोनल मेसी चोटले खेलमा फर्किन नसकिरहेको अवस्थामा टोलीको जिम्मा नेमार र सुआरेजले लिइरहेका छन् । उनीहरुले बार्सालाई अग्रता दिला ... बाँकी अंश»

अमेरिका जाने पाँच खेलाडीको टुंगो

२०७२ मङ्सिर ५ शनिबार, काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी छनोट भएका छन् ।मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ), नेपालले संयुक्त रुपमा संचालन गरेको प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ महिला गरी ५ खेलाडी अर्को वर्ष (२०१६) को अक्टोबरमा हु ... बाँकी अंश»

एण्डी मरे समूह चरणबाटै बाहिरिए

२०७२ मङ्सिर ५ शनिबार, एजेन्सी । चौथो बरियताका स्वीस खेलाडी स्टानिस्लास वावरिन्का दोस्रो बरियताका ब्रिटेन खेलाडी एण्डी मरेलाई हराउँदै लण्डनमा जारी एटिपी वर्ल्ड टुर फाइनल्स टेनिसको अन्तिम चारमा पुगेका छन् ।  शुक्रबार राति भएको समुह चरणको अन्तिम खेलमा मरे वावरिन्कासंग ७–६ (७–४) र ६–४ को सेटले पराजित हुँदै समूहचरणबाटै बाहिरिए ।   वावरिन्काले सेमिफाइनलमा तेस्रो बरियताका स्वीस खेलाडी रोजर फेडेररसंग खेल्ने छन् । फेडेररले जाप्नीज् खेलाडी केइ निसिकोरीलाई हराएर स ... बाँकी अंश»

इङ्गलिश प्रिमियर लिग : घाइते चेल्सीले हार सुधार गर्ला ?

२०७२ मङ्सिर ५ शनिबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शनिबार राति आठ खेल हुँदै छन् । शिर्ष स्थानको म्यान्चेस्टर सिटीले आफ्नै मैदानमा लिभरपुलसंग खेल्दैछ । दोस्रो स्थानको आर्सनले वेष्ट ब्रोमबिच आल्बियनसंग, तेस्रो स्थानको लेस्टर सिटीले न्यूकासल युनाइटेडसंग तथा चौथो स्थानको म्यान्चेस्टर युनाइटेडले वाट्फोर्डसंग खेल्ने तालिका छ ।   घाइते चेल्सीले नर्विच सिटीसंग खेल्दै छ । यस्तै, अन्य खेलमा एभर्टन र एस्टन भिल्ला, साउथ ह्याम्टन र स्टोक सिटी तथा स्वान्सी सिटी र ... बाँकी अंश»

युरोपमा खेल संचालनमा चुनौनी, बार्सिलोना र रियाल मड्रिडबीचको खेल कडा सुरक्षा घेरामा

२०७२ मङ्सिर ५ शनिबार, एजेन्सी । फ्रान्सको पेरिस घटनापछि असुरक्षित बनेको युरोपेली फुटबलका महत्वपूर्ण प्रतियोगिताहरु संचालन चूनौचीपूर्ण बन्दै गएको छ । यस्तै, स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत  शनिबार राति हुने बार्सिलोना र रियाल मड्रिडबीचको खेलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।    एक साता अघि फ्रान्सको राजधानी पेरिसमा रहेको स्टेड डे फ्रान्स स्टेडियममा आत्मघाती आक्रमण भएपछि युरोपेली फुटबल असुरक्षित भएको हो । इस्लामिक स्टेट आइएसले पेरिसका विभिन्न स्थानमा गर ... बाँकी अंश»

चार खेलको एक दिवसीय इङ्गल्याण्डलाई, पाकिस्तानलाई झट्का

२०७२ मङ्सिर ५ शनिबार, एजेन्सी । पाकिस्तानविरुद्धको चार खेलको एक दिवसीय क्रिकेट श्रृंखला इङ्गल्याण्डले जितेको छ । संयुक्त अरब इमिरेट्स युएईको दुबईमा भएको चौथो तथा अन्तिम एक दिवसीय क्रिकेट ८४ रनले जित्दै इङ्गल्याण्डले श्रृंखला कब्जा गरेको हो ।    अन्तिम खेलमा इङ्गल्याण्डले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ३ सय ५५ रनको उच्च स्कोर बनायो । इङ्गल्याण्डका लागि जोस बट्लरले सर्वाधिक एक सय १६ रन बनाए । ३ सय ५६ रनको चुनौती पछ्याएको पास्तिान २ सय ७१ रनमै खुम्चियो । ... बाँकी अंश»

गणेश थापा प्रकरणबारे बोल्यो अख्तियार

२०७२ मङ्सिर ४ शुक्रबार, काठमाडौं । विश्व फुटबल महासंघ फिफाको कारबाहीमा परेका अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष गणेश थापाबारे प्रकाशन–प्रसारण भएका समाचारप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँसो देखाएको छ । अख्तियारले थापाको कारबाहीको प्रसंगलाई लिएर आयोगलाई समेत समाचारमा जोडिएको भन्दै संचार सामग्रीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।    आयोगका प्रवक्ता कृष्णहरि पुस्करले शुक्रबार विज्ञप्ति जारी गरी फिफाले थापालाई गरेको  कारबाही सन् २००९ र २०११ मा फिफ ... बाँकी अंश»

इङ्गल्याण्ड र पाकिस्तानबीच अन्तिम एक दिवसीय भिडन्त

२०७२ मङ्सिर ४ शुक्रबार, एजेन्सी । युएई भ्रमणमा रहेको इङ्गल्याण्डले पाकिस्तान विरुद्धको चौथो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल्दै छ । अबुधावीमा दिउँसो हुने खेलमा इङ्गल्याण्ड जित निकाल्ने दाउमा छ भने पाकिस्तान चार खेलको श्रृंखला बराबरी पार्ने सुरमा छ ।    यसअघि, भएका तीन एक दिवसीय मध्ये दुई खेल जित्दै इङ्गल्याण्डले २–१ को अग्रता लिएको छ । इङ्गल्याण्ड इओन मोर्गन र पाकिस्तान अजहर अलीको कप्तानीमा मैदान उत्रँदै छन् । यसपछि यी दुईले तीन खेलको ट्वेन्टी–ट्वेन्टी श्रृंख ... बाँकी अंश»

गणेश थापा प्रकरणपछि एन्फाको विवाद चरम उत्कर्षमा

२०७२ मङ्सिर ४ शुक्रबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष गणेश थापा फिफाको कारबाहीमा परेपछि नेपाली फुटबलमा झन् खैलाबैला मच्चिएको छ । यसअघि, खेलाडीको म्याच फिक्सिङ्ग प्रकरणले बद्नामित भएको नेपाली फुटबलको विवाद फेरि चरम उत्कर्षमा पुगेको छ ।     भ्रष्टाचारी हठर थापालई १० वर्ष खेल गतिविधिमा प्रतिबन्धित लागेपछि उनकै डिजाइनमा मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई एन्फाको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको भन्दै असन्तुष्ट एन्फा पदाधिकारीहरु मतभेदमा उ ... बाँकी अंश»

रुस नियम उल्लंघन गर्ने राष्ट्रको सूचीमा

२०७२ मङ्सिर ३ बिहिबार, एजेन्सी । विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रुसलाई नियम उल्लंघन गर्ने राष्ट्रको सूचीमा राखेको छ । रुससहित वाडाले हालसम्म ६ देशलाई नियम उल्लंघनको कारबाही गरिसकेको छ ।    रुस अघि कारबाहीमा पर्ने मुलुकहरुमा विश्व फुटबलको महारथी अर्जेन्टिना, युक्रेन, बोलिभिया, एण्डोरा र इजरेल हुन् । यी राष्ट्रले नियम उल्लंघन गरेर गैर कानूनी रुपमा खेल गतिविधि गरेको वाडाको ठहर छ ।    यसैगरी, ब्राजिल, बेल्जियम, फ्रान्स, ग्रिस, मेक्सिको र स्पेन समेत वाडाको विशेष न ... बाँकी अंश»

बद्मानित एन्फाले राखेपलाई टेरेन

२०७२ मङ्सिर ३ बिहिबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ एन्फालाई नीतिगत निर्णय नगर्न भनेको छ । एन्फा अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ फिफाले भ्रष्टाचार ठहर गर्दै खेल गतिविधिमा १० वर्षको प्रतिबन्ध लगाएपछि राखेपले अर्को निर्णय नभएसम्मका लागि कुनै पनि नीतिगत निर्णय नगर्न एन्फालाई भनेको हो ।    परिषद्ले एन्फासंग गणेश थापाको भ्रष्टाचार काण्डबारे लिखित स्पष्टीकरण समेत सोधेको छ । फिफाको कारबाहीपछि नेपाली खेल फुटबल अन्तर्राष्ट्रिय स् ... बाँकी अंश»

नेपालको युएई यात्रा निराशाजनक, पपुवा न्यूगिनीसंग लगातार दोस्रो हार

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिप खेल्न युएई पुगेको नेपाल पपुवा न्यूगिनीविरुद्धको दोस्रो खेलमा समेत पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्ने क्रममा लगातार चौथो खेल हारेको हो । बुधबार संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा नेपाल पपुवा न्यूगिनीसँग ३ विकेटले पराजित भयो । दुई सय २५ रनको चुनौती पछ्याउको पपुवा न्यूगिनीले दुई बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर जित हासिल गरेको हो । एक सय ४१ रन जोड् ... बाँकी अंश»

पपुवा न्यूगिनीलाई नेपालले दियो २२५ रनको लक्ष्य

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । युबईको अबुधाबीमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्यूगिनीलाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । केही क्षण पछि पपुवा न्यूगिनीले ब्याटिङ गर्दैछ । प्रतियोगितामा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले पाँच चौकासहित ३६, सागर पुनले एक चौकासहित ७४, कप्तान पारस खड्काले पाँच चौकासहित ५८, शरद भेष्वाकरले ४२ रन बनाएका थिए ।    ... बाँकी अंश»

स्वीडेन र युक्रेन युरोकपमा छनोट, सबै २४ टोलीको टुंगो

२०७२ मङ्सिर २ बुधबार, एजेन्सी । स्वीडेन र युक्रेन आउँदो वर्ष फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपमा छनोट भएका छन् । मंगलबार राति भएका प्ले अफ् खेलका दोस्रो लेगमा प्रतिस्प्रर्धीसंग बराबरी खेलेका दुबै टोली छनोट भए । यी दुई राष्ट्र पहिलो लेगमा हासिल गरेको जितको आधारमा युरोकपमा यात्रा तय गर्न सफल भए ।    डेनमार्कमा भएको खेलमा स्वीडेनले घरेलु टोलीसंग २–२ को बराबरी खेल्यो । पहिलो लेगमा २–१ ले विजयी भएको स्वीडेन समग्रमा ४–३ ले विजयी भएको हो । प्ले अफ्को दोस्रो ... बाँकी अंश»

नेपाल पुबुदुको प्रशिक्षणको अन्तिम खेल जित्ला ?

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अवुधाबीमा आज दोस्रो खेल खेल्दै छ । प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको नेपालले ‘होम एन्ड अवे’को दोस्रो खेल खेल्न लागेको हो । पपुवा न्यूगिनीसंगको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो ।    पहिलो जितको खोजीमा रहेका नेपालका लागि यो खेल अवसर र प्रतिष्ठा दुवै हुनेछ । यसै खेलबाट नेपालको युएई बस ... बाँकी अंश»

नयाँ