खेलकुद

सहारा अब अस्ट्रेलियामा पनि

२०७२ माघ १७ आइतबार, सिड्नी । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता र फुटबल एकेडेमी सन्चालन गरेर अलग पहिचान बनाउन सफल सहाराका प्रंशसकहरुको भिड बिदशेमा पनि बढ्दै गएको छ । हङकङ र बेलायतमा सहाराका शाखाहरु क्रीयासील रहेको सहारा अब अस्ट्रेलियामा पनि बिस्तार भएको छ ।  सीड्नीमा रहेका फुटबलप्रेमीहरुले एक भब्य समारोह बिच सहारा अस्ट्रेलियाको गठन गरेका छन । च्यारीटी डिनरसँंगै गठन भएको सहारा अस्ट्रेलियाको संयोजकमा पुराना खेलप्रेमी राजमान थकाली रहेका छन । यस पटक यहा संकलन ... बाँकी अंश»

आहा–रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाइ

२०७२ माघ १६ शनिबार, पोखरा । १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । सहारा क्लब पोखराद्वारा आयोजित सो प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरी विजेता बनेको हो ।    मनाङको जितमा सुभास गुरुङले खेलको ४७ औँ मिनेटमा गरेको गोल नै क्लबलाई विजेता बनाउन निर्णायक बनेको थियो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी मनाङ म ... बाँकी अंश»

यु-१९ क्रिकेट विश्वकप: नेपाललाई आयरल्याण्डको १३२ रनको चुनौती

२०७२ माघ १६ शनिबार, काठमाडौँ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप त्रिकेटअन्तर्गत आयरल्यान्डले नेपालसामु १३२ रनको सामान्य स्कोरको चुनौती पेस गरेको छ ।    बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।    आयरल्यान्डका सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । ह्याट्रिक गर्ने क्रममा उनले चौथो, पाँचौ, छैठौं विकेट लिएका थीए।  त्यस्तै, दीपे ... बाँकी अंश»

‘आयरल्याण्डलाई हराए–न्यूजिल्याण्ड हारे’ भारतसंग भिड्नु अघि क्वार्टरफाइनलमा नेपाल

२०७२ माघ १५ शुक्रबार, काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा शनिबार नेपाल र आयरल्याण्ड खेल्दै छन् । खान शाहेब ओस्मान अली स्टेडियम फतुल्लाहमा बिहान पौने ९ बजे हुने खेल जिते नेपालको क्वार्टरफाइनलको ढोका खुल्ने छ । समूह ‘डी’मा रहेको नेपालले पहिलो खेलमा न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै क्वार्टरफाइनल पुग्ने बलियो वातावरण तयार पारेको छ । समूह ‘डी’कै अर्को खेलमा भारतले आयरल्यान्डलाई हराएको छ ।    शनिबार नेपालले आयरल्याण्डलाई र भारतले न्यू ... बाँकी अंश»

एक खेल अगाबै श्रृंखला कब्जा, अष्ट्रेलियामाथि भारत हावी

२०७२ माघ १५ शुक्रबार, एजेन्सी । भारत र अष्ट्रेलियाबीचको  दोस्रो टि–२० क्रिकेटमा भारत २७ रनले विजयी भएको छ । अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछी पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ८४ रनको सम्मानजनक योगफल बनायो । भारतीय ओपनर रोहित शर्माले सर्वाधिक ६० रन जोडे । शर्माले ४७ वलमा २ छक्का ४ चौका वर्षाए । खेलको म्यान अफ द म्याच विराट कोहलीले ५९ रनको योगदान दिए । बलिङतर्फ अष्ट्रेलियन बलर ग्लेन म्याक्सवेल र एजी टेइले समान १–१ विकेट लिए ।   ... बाँकी अंश»

यू–१९ विश्वकप : इङ्गल्याण्ड ६१ रनले विजयी, वेष्टइन्डिज स्तब्ध

२०७२ माघ १५ शुक्रबार, एजेन्सी । बङ्गलादेशमा जारी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इङ्गल्याण्डले  वेस्टइन्डिजलाई ६१ रनले पराजि गरेको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको इङ्गल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायो । उसका लागि कल्यम टेलरले सर्वाधिक ५९ रन बनाए । अर्का व्याट्सनम्यान डेन लवरेन्सले ५५ रनको योगदान गर । वेस्टइन्डिजको फितलो बलिङ्गबीच गिडरोन पोपले २ विकेट झारे ।    २ सय ८३ रनको चुनौती पछ्याउँदै मैदान उत्रिएको वेस्टइन्डिजका गिडरोन पोप ... बाँकी अंश»

संजयलाई राखेपको सम्मान

२०७२ माघ १४ बिहिबार, काठमाडौं। उल्टो हिडेर अफ्रीकाको सर्बोच्च शिखर किलिमन्जारो आरोहण गरेका किर्तिमानी बिश्व पर्वतारोही तथा धाबक संजय पण्डितलाई राखेपले २५ हजार नगद सहित सम्मान गरेको छ। राखेपका सदस्यसचिब केशब कुमार बिस्टले आज उक्त रकम बराबरको चेक पण्डितलाई हस्तान्तरण गरेका हुन्। पण्डितले सगरमाथा, मनास्लु लगायत बिश्वका चर्चित हिमालहरुको सफल आरोहण सम्पन्न गरिसकेका छन्। चेक हस्तान्तरण कार्यकममा सदस्यसचिब बिष्टले संजयले राष्ट्रलाई चिनाउन बिशेष योगदान दिएकोमा खुशी ... बाँकी अंश»

आयरल्याण्डलाई भारतले ७९ रनले हरायो

२०७२ माघ १४ बिहिबार, एजेन्सी । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७९ रनले पराजित गरेको छ । श्री बंगला नेशनल मैदान, मिरपुरमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । भारतका लागि सफ्र्राज खानले सर्वााधिक ७४ रन बनाए । वसिङ्गउटन सुन्दरले ६२ रनको योगदान गरे । बलिङतर्फ आयरल्याण्डका रोय आन्द्रेसले ३ विकेट लिए ।   २ सय ८० रनको रनको चुनौची पछ्याएको आयरल्याण्ड ४९ ... बाँकी अंश»

टेष्ट मान्यता प्राप्त न्यूजिल्याण्डविरुद्ध दोस्रो जित, दोहोरियो प्लेट च्याम्पियनसिपको इतिहास

२०७२ माघ १४ बिहिबार, काठमाडौं। बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटमा नेपालले न्यूजिल्याण्डविरुद्ध शानदार प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा समूह डी मै रहेको न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको नेपालले दिएको दुई सय ३९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्ड १७ बल खेल्न बाँकी छँदै अलआउट भएर मात्र दुई सय ६ रनमा समेटियो । योसंगै नेपालले अघिल्लो चरण प्रवेशको बाटो खुल्ला गरेको छ  । सन् २००६ को विश्वकप प्लेट च्याम्पियनसिपमा न्यूजिल्याण्डलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो। ... बाँकी अंश»

आइसीसी यू–१९ विश्वकपमा नेपालको विजयी सुरुवात, न्यूजिल्याण्डविरुद्ध शानदार प्रदर्शन

२०७२ माघ १४ बिहिबार,   काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटमा नेपालले न्यूजिल्याण्डविरुद्ध शानदार प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा समूह डी मै रहेको न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको नेपालले दिएको दुई सय ३९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्ड १७ बल खेल्न बाँकी छँदै मात्र दुई सय ६ रनमा समेटियो । योसंगै नेपालले अघिल्लो चरण प्रवेशको बाटो खुल्ला गरेको छ  । सन् २००६ को ... बाँकी अंश»

कस्ले जित्ला लिग कप उपाधि ?‘लिभरपुल वा म्यान्चेस्टर सिटी’

२०७२ माघ १४ बिहिबार, एजेन्सी । इङ्गलिश लिग कप (क्यापिटल वान कप) को फाइनल भिडन्त दुई इङ्गलिश क्लबबीच हुने भएको छ । म्यान्चेस्टर सिटी लिग कपको फाइनलमा पुगे संगै दुई इङ्गलिश टोली लिभरपुल र सिटीको फाइनल भेट पक्का भएको हो । उपाधि भिडन्त आउँदो फेब्रुअरी २८ अर्थात फागुन १६ गते हुनेछ । सेमिफाइनल दोस्रो लेगमा सिटीले घरेलु मैदानमा एभर्टनलाई ३–१ ले हरायो । पहिलो लेगको खेलमा एभर्टनसँग २–१ ले पराजित सिटीले बुधबार राती घरेलु मैदानमा जित निकाल्दै समग्रमा ४–३ ले फाइनल यात्रा तय ग ... बाँकी अंश»

आइसीसी यू–१९ विश्वकप : न्यूजिल्याण्डलाई जित्लान् नेपाली युवाले ?

२०७२ माघ १३ बुधबार, काठमाडौं । १९ वर्ष मुनिको आइसीसी विश्वकप क्रिकेट वुधबारबाट बंगलादेशमा सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा बङ्गलादेश र दक्षिण अफ्रिका तथा फिजी र इङ्गल्याण्ड आमने सामने भएका छन् । नेपालले आफ्नो पहिलो खेलमा विहिबार बिहान ८ः४५ बजे न्यूजिल्याण्डसंग खेल्ने छ । खान शहेब मैदानमा हुने समूह ‘डी’  को खेलमा नेपाल न्यूजिल्याण्डलाई हराउदै अघिल्लो चरणमा पुग्ने बलियो आधार बनाउने सुरमा छ । न्यूजिल्याण्ड आफ्नो पहिलो खेल जित्दै नकआउट चरण पुग्ने दाउमा छ ... बाँकी अंश»

यु-१९ विश्वकप क्रिकेट: बंगलादेश र ईङल्याण्ड बिजयी

२०७२ माघ १३ बुधबार, काठमाडौं। आईसीसी यु-१९  विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेशमा शुरु भएको छ। ४ समुहमा बिभाजित २० टोलीमा नेपाल समुह 'डी'मा रहेको छ। समुह डीमा नेपाल लगायत भारत, न्युजिल्याण्ड र आयरल्याण्ड रहेका छन्। त्यसैगरि समुह 'ए'मा दक्षिण अफ्रिका, बंगलादेश, स्कटल्याण्ड र नामिबिया रहेका छन् भने समुह 'बी'मा पाकिस्तान, श्रिलंका, अफगानिस्तान र क्यानाडा रहेका छन्। ईङल्याण्, वेष्ट ईण्डिज, जिम्बाब्वे र फिजी भने समुह 'सी'मा रहेका छन्।    बंगलादेश- दक्षिण अफ ... बाँकी अंश»

काठमाडौंका फुटसल व्यवसायीलाई कानुनको परिबन्ध, कार्यविधि तयार

२०७२ माघ १३ बुधबार, काठमाडौं । च्याखे नथाप्ने र दाउ नहान्ने शर्तमा प्रतिबन्ध लागेको दोस्रो दिनमै खुलेका फुटसल संचालनको कार्यविधि तयार भएको छ । कार्यविधि पारित हुने वित्तिकै सबै फुटसलहरु कानुनी दायरामा आउने छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले हाम्राकुरासंग भने,‘कार्यविधि बनाउने जिम्मा व्यवसायीहरुसंगको सम्झौतामा सहभागि सम्बन्धित निकाय जिल्ला घरेलु कार्यालयलाई दिएका थियौं, मंगलबार मात्रै मेरो कुरा कानी भएको थियो, त्यहाँबाट घरेलुको डिजी सा ... बाँकी अंश»

टेण्डीले राकेशलाई भेटे

२०७२ माघ १२ मंगलबार, काठमाडौं । १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको सहभागितालाई व्यवस्थित र उपलब्धिमूलक बनाउन राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष लामा टेण्डी शेर्पाले मङ्गलबार भारतको नयाँ दिल्लीमा भारतीय ओलम्पिक कमिटीका उपमहासचिव राकेश गुप्तासँग छलफल गरेका छन् । गुप्ता १२ औँ साग खेलकुदका टेक्निकल कन्डक्ट कमिटीका उपाध्यक्ष समेत हुन् ।    सो अवसरमा उपमहासचिव गुप्ताले नेपालको खेलकुदको विकास र विस्तारमा भारतीय ओलम्पिकबाट ६ सकारात्मक सहयोग रहने बाचा गरेक ... बाँकी अंश»

इङ्गल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको जित, श्रृंखला जोगाउन सकेन

२०७२ माघ १२ मंगलबार, एजेन्सी  । सेन्चुरियनमा भएको चौथो तथा अन्मि टेष्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । अन्तिम टेस्ट हारे पनि इङ्गल्याण्डले श्रृंखला समग्रमा २–१ ले जितेको छ ।  । टस जितेर पहिले व्याटिङ्ग रोजेको दक्षिण अफ्रिका लागि डेव्यु म्याच खेलिरहेका स्टेफेन कुकको  १ सय १५ रनको मद्दत तथा  अन्य दुई ब्याट्स म्यानसको शतकिय पारीको मद्दतले पहिलो इनिङमा ४ सय ७५ रन जोड्यो । वलिङ्ग तर्फ इङ्गल्याणका वेन स्टोकले सर्वाधिक ४ विकेट लिए ।   इङ्गल् ... बाँकी अंश»

राखेपलाई सर्वोच्चले भन्यो किन तदर्थ समिति गठन गरेको ?

२०७२ माघ ११ सोमबार, काठमाडौं । सर्वोच्च अदालते राष्ट्रिय खेलकुद परिषद्का नाममा नेपाल क्रिकेट संघको नयाँ निर्वाचित कमिटीलाई मान्यता नदिई आफैं समानान्तर अर्को तदर्थ समिति गठन गर्नुको कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले सोमबार गरेको आदेशमा परिषदलाई एक साता  भित्रमा लिखित जवाफसहित अदालत उपस्थित हुन भनेको हो ।   रमेश शिलवालको नेतृत्वमा राखेपले गठन गरेको नेपाल क्रिकेट संघ क्यानको तदर्थ समितिलाई तत्काल काम गर्न रोक लगाउने ... बाँकी अंश»

चतुरबहादुर चन्दपक्षलाई स्टे अर्डर, क्यानको तदर्थ समितिलाई तत्काल काम नगर्न सर्वोच्चको निर्देशन

२०७२ माघ ११ सोमबार, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको नेपाल क्रिकेटसंघ क्यानको तदर्थ समितिलाई तत्काल काम कारबाही अघि नबढाउन निर्देशन दिएको छ । यद्यपि, चतुरबहादुर चन्दको निर्वाचित कार्यसमितिलाई अन्तरिम आदेश जारी गरेको छ ।  चन्द पक्ष केही दिन अघि मात्रै निर्वाचित कार्यसमिति हुँदा हुँदै तदर्थ समिति गठन गरेको भन्दै सर्बोच्च पुगेको थियो । ... बाँकी अंश»

‘४ गोल’ नेपाली फुटबल सफलताको संयोग (१९८४ देखि २०१६ सम्म)

२०७२ माघ ११ सोमबार, काठमाडौं । प्रतियोगिताहरु जहिले पनि खेलाडीको कला–कौशलले जितिन्छन् ।  तर, मेहनत र कौशलले जितिने खेलहरुमा पनि केही अनौठा संयोग जोडिएका हुन्छन् । यस्तै, संयोग नेपाल र माल्दिभ्सको फुटबल खेलमा रहयो । जुन संयोगले नेपाली फुटबलको २३ वर्षे फुटबल इतिहासमा एक अपार खुसी जोडिदियो । अनौंठो संयोग हो ‘४ गोल’ । नेपाल र माल्दिभ्स धेरै पटक आमने सामने भएका छन् तर, प्रतियोगिता जित्ने क्रममा ४ गोलको संयोग अर्थपूर्ण देखिएको छ ।   सन् १९८४ मा काठमाडौंमा भएको प ... बाँकी अंश»

चेल्सीले आर्सनललाई हरायो, स्वान्सी रेलिगेशन क्षेत्रबाट जोगियो

२०७२ माघ ११ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा संकग्रस्त इंङ्गलिश क्लब चेल्सीले आर्सनललाई हराएको छ । आइतबार राति आर्सनलकै मैदानमा चेल्सीले १–० को जित निकालेको हो । डिएगो कोष्टाले २३ औं मिनेटमा गरेको गोल नै चेल्सीलाई विजयी गराउन निर्णायक बन्यो ।   आर्सनलका डिफेन्डर पर माटेसाकर १८औ मिनेटमै रातो कार्ड पाएर मैदानबाट बाहिरीएपछि घरेलु टोली १० जनामा समेटियो । चेल्सीका ३ खेलाडीले समेत पहेंलो कार्ड खाए । यो नितसंगै चेल्सी २३ खेलबाट २८ जोड्दै लिगको अंक तालि ... बाँकी अंश»

नयाँ