खेलकुद

मैत्रीपूर्ण फुटबल : मलेसिया यु–२२ र नेपाल भिडन्त, सनसनीपूर्ण खेल १–१ को बराबरी (लाइभ भिडियोसहित)

२०७२ चैत १४ आइतबार, काठमाडौं । नेपाली फुटबल टोलीले मलेसियाको यु–२२ टोलीविरुद्धकाे खेल १–१ को बराबरी भएकाे  छ । खेलको ३७औं मिनेटमा नेपालका लागि भरत खवासले गोल गरेका हुन् । ८७औं मिनेटमा मेलेसियाले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्यायो ।     भिडियो,  ... बाँकी अंश»

मैत्रीपूर्ण फुटबल : मलेसिया यु –२२ विरुद्ध १–० को अग्रता, भरत खवासले गरे गोल

२०७२ चैत १४ आइतबार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको यु–२२ टोलीविरुद्ध १ गोल गरेको छ । खेलको ३७औं मिनेटमा नेपालका लागि भरत खवासले गोल गरेका हुन् । पहिलो हाफ अघि नेपालले १–० को अग्रता लिएको छ । भारतमा सम्पन्न १२ दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता नेपाली टोलीले नयाँ प्रशिक्षक ग्यातुको कोजीको पहिलो प्रशिक्षणमै मैत्रीपूर्ण फुटबलमा गोलको खाता खोलेको छ । जाप्नीज् प्रशिक्षक कोजी पूर्व खेलाडी समेत हुन् । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ ... बाँकी अंश»

विश्वकप टि–२० मा अफगानिस्तानले वेष्ट इन्डिजलाई हरायो

२०७२ चैत १४ आइतबार, एजेन्सी । भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा अफगानिस्तानले वेष्ट इन्डिजलाई हराएको छ । नागपुरमा भएको समूह चरण आफ्नो अन्तिम खेलमा वेष्ट इन्डिज ६ रनले  पराजित भएको हो । वेष्ट इन्डिजलाई हराउनु अफगानिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धी हो । यद्यपि, वेष्ट इन्डिज सेमिफाइनलमा पुगि सकेको छ । टस हारेर पहिले व्याटिङ गरेको अफगानिस्तानले दिएको एक सय २४ रन चुनौती पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १७ रन मात्रै बनाउन सक्यो ... बाँकी अंश»

मैत्रीपुर्ण फुटबल: ईङल्याण्डद्वारा विश्वबिजेता जर्मनी पराजित

२०७२ चैत १४ आइतबार, एजेन्सी। आफ्नै गृहमैदान बर्लीनमा भएको मैत्रीपुर्ण खेलमा विश्वकप २०१४ बिजेता जर्मनी ईङल्याण्डसँग ३-२ गोलले पराजित भएको छ।२ गोलले पछाडि परेको स्थितीलाई उल्टाउँदै इङल्याण्डले जीत हात पारेको हो।    खेलको पहिलो हाफको ४३औ मिनेटमामा रियाल माड्रिडका टोनी क्रुसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको ५७औ मिनेटमा जर्मनीका गोमेजले गोल थप्दै खेललाई २-०को स्थितीमा पुर्‍याएका थिए।    खेलको ६१औ मिनेटमा ईङल्याण्डका ह्यारी केनल ... बाँकी अंश»

टि-२० क्रिकेट विश्वकप: ईङल्याण्ड सेमीफाईनलमा, अष्ट्रेलिया र भारत समुहमै नकआउट खेल्ने

२०७२ चैत १४ आइतबार, काठमाडौं। श्रीलंकालाई १० रनले पराजित गर्दै ईङल्याण्ड टि-२० क्रिकेट विश्वकपको सेमीफाईनल प्रवेश गरेको छ। लंकन कप्तान एन्जेलो म्याथ्युजले खेललाई आफ्नो तर्फ पार्ने राम्रो प्रयास गरेपनि अन्तत: उनी सफल हुन सकेनन्।    टस हारेर पहिले ब्याटिङ गरेको ईङल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १७१ रन बनाएको थियो। उसकालागि जोस बटलरले ६६* बनाएका थिए भने जेसन रोयले ४२ रनको योगदान दिएका थिए।    तेस्रो ओभरमा १५ रन हुँदा ४ विकेट गुमाएको श्रीलंकाल ... बाँकी अंश»

धनगढी टि-२० क्रिकेट लिग: सुपर ओभरमा चौराहा विजयी

२०७२ चैत १३ शनिबार, धनगढी। यहाँ सम्पन्न ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–३’ प्रतियोगिताको च्याम्पियन चौराहा बनेको छ । निर्धारित २० ओभरको खेलमा टिम चौराहा र सिवाइसी अत्तरियाले समान १४६ रन बनाएपछि धकेलिएको सुपर ओभरको खेलमा टिम चौराहा विजयी बन्दै च्याम्पियन बनेको हो । सुपर ओभरको खेलमा स्टार खेलाडी भुवन कार्कीको चौकाको सहयोगमा टिम चौराहालाई विजयी बनाएको हो ।    जितसँगै टिम चौराहाले नगद रु तीन लाख पुरस्कारसहित ट्रफी उचालेको छ । उपविजेता अत्तरियाले नगद रु ए ... बाँकी अंश»

प्रतिबन्ध फुकुवा पछिको खेलमा स्वारेजको गोल, ब्राजिल-उरुग्वे बराबरी

२०७२ चैत १३ शनिबार, एजेन्सी। दक्षिण अमेरिकी विश्वकप फुटबलको छनौट चरण अन्तर्गत  भएको खेलमा ब्राजिल र उरुग्वेले २-२ गोलको बराबरी खेलेका छन्। ब्राजिलको आफ्नो गृह मैदानमा भएको खेलमा अंक बाँड्दै ब्राजिल अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने उरुग्वे दोस्रो स्थानमा छ।    विश्वकप २०१४मा ईटालीका खेलाडीलाई टोकेर ९ अन्तराष्ट्रिय खेलबाट प्रतिबन्ध लागेका लुईस स्वारेजले बराबरी गोल गर्दै आफ्नो पुनरागमनलाई पुष्टी गरेका थिए। उनले बार्सिलोनाबाट खेल्दा देखाएको फर्म क ... बाँकी अंश»

टि-२० क्रिकेट विश्वकप: वेष्टईण्डिज सेमीफाईनलमा, अफ्रिकाको भाग्य श्रीलंकाको हातमा

२०७२ चैत १३ शनिबार, काठमाडौं। दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै वेष्टईण्डिजले टि-२० विश्वकप क्रिकेटको सेमीफाईनलको यात्रा तय गरेको छ। टस हारेर पहिले ब्याटीङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १२२ रन बनाएकोमा वेष्टईण्डिजले १९.४ ओभरमा ७ विकेटको क्षतीमा १२३ रन बनाउँदै जीत आफ्नो पोल्टामा पारेको थियो।    श्रीलंकाले ईङल्याण्डलाई पराजित गर्नु पर्नेछ र आफुले श्रीलंकालाई पराजित गरे नेट रनरेटमा अघि रहे दक्षिण अफ्रिकाले सेमीफाईनल पुग्न पाउने ... बाँकी अंश»

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगल पराजित

२०७२ चैत १३ शनिबार, काठमाडौं। रियाल मड्रिडका खेलाडी क्रिष्टियानो रोनाल्डोले पेनाल्टी खेर फाले पछि घरेलु मैदानमा पोर्चुगल बुल्गेरियासँग पराजित भएको छ। मैत्रीपूर्ण खेलमा पोर्चुगल बुल्गेरियासँग १–० ले पराजित भएको हो।घरेलु मैदानमा भएको खेलमा अधिकांश समय बल माथि नियत्रण राखेपनि गोल गर्न नसक्दा पोर्चुगल घरेलु दर्शकको अगाडी पराजय भोग्न बाध्य भएको हो। खेल सुरु भएको १९ औं मिनेटमा बुल्गेरियाको लागि आफ्नो पहिलो अन्तराष्ट्रिय खेल खेल्दै गरेका मार्सेलिनोले गोल गरेर पोर ... बाँकी अंश»

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली मलेसिया प्रस्थान

२०७२ चैत १२ शुक्रबार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबल खेल्न मलेसिया गएको छ । आइतबार मलेसियाको –२२ वर्षमुनिको राष्ट्रिय टिमसँग मैत्रिपूर्ण खेल खेल्न नेपाली टिम मलेसिया गएको हो । अखिल नेपाल फुटबलसंघ एन्फामा पदाधिकारीको विषयलाई लिएर विवाद भइरहँदा विराज महर्जन नेतृत्वको नेपाली टोलीले मैत्रीपूर्ण खेलको अवसर सदुपयोग गर्ने अपेक्षा गरिएको छ ।    नेपाली टिमले सन् २०१७ सम्म कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने तालिका नभएपछि अखिल न ... बाँकी अंश»

नामिवियासंगको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न खेलाडी छनोट

२०७२ चैत १२ शुक्रबार, काठमाडौं । नेपालले नामिवियाविरुद्ध खेल्ने विश्व क्रिकेट लिगका लागि २५ सदस्यीय खेलाडी छनोट गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एसिया प्रमुख विकास अधिकृत भेन्कत्पथी राजु, प्रशिक्षक जगत टमाटा र खेलाडी पारस खड्का रहेको तीन सदस्यीय स्वतन्त्र छनोट समितिले २५ सदस्यीय खेलाडी टोलीको नामवली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।   ४० खेलाडीबाट २५ खेलाडीको छनोट गरिएको प ... बाँकी अंश»

विश्वकप टि–२० क्रिकेट : पूर्वविजेता पाकिस्तान बाहिरियो, अष्ट्रेलिया २१ रनले विजयी

२०७२ चैत १२ शुक्रबार, एजेन्सी । भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । मोहालीमा भएको पाकिस्तानविरुद्धको खेलमा अष्ट्रेलियाले २१ रनको रोमान्चक जित निकालेको हो । पूर्वविजेता पाकिस्तान हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । यो जितसंगै अष्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना जिवित राखेको छ । यद्यपि, दावेदार भारतसंगको कडा प्रतिस्पर्धाले अन्तिम चारको यात्रा तय गर्ने छ ।    समूह दूईमा रहेका दुवैको समान ४–४ अंक छ । रनरेटका आधारमा पाकिस्ता ... बाँकी अंश»

फुटबल विश्वकप छनौट: अर्जेन्टिनाद्वारा चिली पराजित, ब्राजिल र उरुग्वे भिड्ने

२०७२ चैत १२ शुक्रबार, एजेन्सी। दक्षिण अमेरिकी विश्वकप फुटबलको छनौट चरण अन्तर्गत  भएको खेलमा गत बर्षको कोपा अमेरिका बिजेता चिलीलाई सन् २०१४को विश्वकप उपबिजेता अर्जेन्टिनाले  २-१ गोल अन्तरले पराजित गरेको छ। पछिल्लो ४ खेलमा २ गोल  मात्र गरेको अर्जेन्टिनाले एकै खेलमा २ गोल गरेको हो।    खेलको १०औं मिनेटमा फिलिप गुतिरेथले चीलीकालागि गोल गरेर अग्रता दिलाएका थिए। १९औं मिनेटमा अर्जेन्टिनाका डि-मारियाले गोल गर्दै खेल बराबरीमा पुराएका थिए। २४औ मिनेटमा अर्जेन्टिनाका ... बाँकी अंश»

मैत्रीपूर्ण फुटबलमा स्पेन र इट्ली बराबरीमा रोकिए, ग्रिस र टर्की जित्यो

२०७२ चैत १२ शुक्रबार, एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा स्पेन र इट्लीले एक–एक गोलको बराबरी खेलेका छन् । इट्लीमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लोरेन्जो इन्सिग्नेले पहिलो गोल गरे । लोरेन्जोले गोल गरेको तीन मिनेटपछि स्पेनिश टोलीका अरिज अडुरीजले गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।    यस्तै, ग्रिसले मोन्टेनेग्रोलाई २–१ ले हरायो । टर्कीले घरेलु मैदानमा स्वीडेनलाई २–१ ले हराउँदा डेनमार्कले समेत आइसल्याण्डविरुद्ध २–१ कै जित निकाल्यो । युक्रेनल ... बाँकी अंश»

टि-२० विश्वकप क्रिकेट: बंगलादेश-भारतको रोमाञ्चक अन्तिम ओभर (भिडियो)

२०७२ चैत ११ बिहिबार, काठमाडौं। अनिश्चितताको खेल क्रिकेट फेरि त्यस्तै भयो। भारत बिरुद्ध जित्न ३ बलमा २ रन चाहिएको स्थितिमा बंगलादेश १ रनले पराजित भएको हो। टि-२० विश्वकपको भारत र बंगलादेश बिचको खेलको अन्तिम ओभरमा बंगलादेशलाई जीतकालगि ११ रन चाहिएको थियो। पहिलो ३ बलमा ९ रन बनाएको बंगलादेशले अन्तिम तीन बलमा कुनै रन नबनाई ३ विकेट गुमाएको थियो। हार्दिक पाण्ड्याले अन्तिम ओभरको अन्तिम २ विकेट लिएका थिए भने एक विकेट रनआउटका रुपमा आएको थियो। हेरौं अन्तिम ओभरको भिडियो:    ... बाँकी अंश»

टि-२० विश्वकप क्रिकेट: अन्तिम तीन बलमा तीन विकेट लिंदै भारत बिजयी

२०७२ चैत ११ बिहिबार, काठमाडौं। अनिश्चितताको खेल क्रिकेट फेरि त्यस्तै भयो। भारत बिरुद्ध जित्न ३ बलमा २ रन चाहिएको स्थितिमा बंगलादेश १ रनले पराजित भएको हो। टि-२० विश्वकपको भारत र बंगलादेश बिचको खेलको अन्तिम ओभरमा बंगलादेशलाई जीतकालगि ११ रन चाहिएको थियो।   पहिलो ३ बलमा ९ रन बनाएको बंगलादेशले अन्तिम तीन बलमा कुनै रन नबनाई ३ विकेट गुमाएको थियो। हार्दिक पाण्ड्याले अन्तिम ओभरको अन्तिम २ विकेट लिएका थिए भने एक विकेट रनआउटका रुपमा आएको थियो।    टस हारेर पहिले ब्याटिङ ... बाँकी अंश»

टि-२० विश्व कपमा शाहरुख खानले कमेन्ट्री गर्ने

२०७२ चैत १० बुधबार, एजेन्सी । क्रिकेट मनपराउने अभिनेता शाहरुख खान कमेन्ट्रेटर बन्ने भएका छन् । बुधवार हुने भारत र बङ्लादेश  बीच टी-२० विश्व कपमा  शाहरुख खानले  कमेन्ट्री गर्ने भएका हुन् ।   भारतिय संचारमाध्यमका अनुसार  बंग्लोरमा अवस्थित चिन्ना स्वामी स्टुडियिममा हुने खेलमा उनले कमेन्ट्रि गर्नेछन् । खेल सुरु भएको आधा घण्टाको कमेन्ट्रीको क्रममा उनलाई कपिल देव र शोएब अख़्तरले स्टुडियोमा सहयोग गर्नेछन् । शाहरुख खान अहिले  राहुल ढोलकियाको चलचित्र रईसको सु ... बाँकी अंश»

भारत, अष्ट्रेलिया र पाकिस्तानलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप टि–२० को सेमिफाइनलमा

२०७२ चैत १० बुधबार, एजेन्सी । लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड भारतमा जारी विश्वकप टि–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति मोहालीमा पाकिस्तानविरुद्ध २२ रनको रोमाञ्चक जित निकाल्दै न्यूजिल्याण्ड एक खेल अगावै विश्वकप टि–२० को सेमिफाइनलमा पुगेको हो ।    टस जितेर पहिले व्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओरमा ५ विकेट गुमाएर १ सय ८० रन बनायो । ओपनर मार्टिन गुप्टिलले बनाएको ८० रन नै न्यूजिल्याण्डको जितका लागि महत्वपूर्ण सावित भयो । गुप्टि ... बाँकी अंश»

सट बल फर्काउन नसके पनि कसरी भयो ह्यारीकै जित?

२०७२ चैत ९ मंगलबार, विष्णु नेपाल। लमजुङ। छात्र मनोज गुरुङले प्रहार गरेको पहिलो सट बल राजकुमार ह्यारीले फर्काउन भ्याएनन्। सोझै भन्नेहो भने सकेनन्। तर पनि उनकै समुहले खेल जित्यो। मैत्रीपूर्ण भलिबल प्रतियोगितामा उनको समूह २५–१९ ले विजयी भयो।    गौँडा गाविसको गौँडा मावि ओखरीको खेल मैदानमा आज बिहान राजकुमार ह्यारी ब्रिटिस गोर्खा नेपाल टोलीमा सहभागी भई मैत्रीपूर्ण भलिबल खेलका लागि मैदान उत्रेका थिए। राजकुमारका साथमा सोही विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्र ... बाँकी अंश»

विश्वकप टि–२० मा अष्ट्रेलियाले खोल्यो खाता, बंगलादेश स्तब्ध

२०७२ चैत ९ मंगलबार, एजेन्सी । बंगलादेशलाई हराउँदै अष्ट्रेलियाले भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा पहिलो जित हासिल गरेको छ । बैङ्गलोरमा सोमबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ३ विकेटको जित हासिल गरेको हो ।  बंगलादेशले दिएको १ सय ५७ चुनौती अष्ट्रेलियाले १८ ओभर ३ बलमै ७ विकेट गुमाएर पुरा गर्यो ।   अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले बनाएको ५८ रन जितका लागि महत्वपूर्ण ठहरियो । ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ शकिव अल हसन एक्लैले ३ विकेट लिएपन ... बाँकी अंश»

नयाँ