खेलकुद

टि-२० विश्वकप क्रिकेट: अन्तिम तीन बलमा तीन विकेट लिंदै भारत बिजयी

२०७२ चैत ११ बिहिबार, काठमाडौं। अनिश्चितताको खेल क्रिकेट फेरि त्यस्तै भयो। भारत बिरुद्ध जित्न ३ बलमा २ रन चाहिएको स्थितिमा बंगलादेश १ रनले पराजित भएको हो। टि-२० विश्वकपको भारत र बंगलादेश बिचको खेलको अन्तिम ओभरमा बंगलादेशलाई जीतकालगि ११ रन चाहिएको थियो।   पहिलो ३ बलमा ९ रन बनाएको बंगलादेशले अन्तिम तीन बलमा कुनै रन नबनाई ३ विकेट गुमाएको थियो। हार्दिक पाण्ड्याले अन्तिम ओभरको अन्तिम २ विकेट लिएका थिए भने एक विकेट रनआउटका रुपमा आएको थियो।    टस हारेर पहिले ब्याटिङ ... बाँकी अंश»

टि-२० विश्व कपमा शाहरुख खानले कमेन्ट्री गर्ने

२०७२ चैत १० बुधबार, एजेन्सी । क्रिकेट मनपराउने अभिनेता शाहरुख खान कमेन्ट्रेटर बन्ने भएका छन् । बुधवार हुने भारत र बङ्लादेश  बीच टी-२० विश्व कपमा  शाहरुख खानले  कमेन्ट्री गर्ने भएका हुन् ।   भारतिय संचारमाध्यमका अनुसार  बंग्लोरमा अवस्थित चिन्ना स्वामी स्टुडियिममा हुने खेलमा उनले कमेन्ट्रि गर्नेछन् । खेल सुरु भएको आधा घण्टाको कमेन्ट्रीको क्रममा उनलाई कपिल देव र शोएब अख़्तरले स्टुडियोमा सहयोग गर्नेछन् । शाहरुख खान अहिले  राहुल ढोलकियाको चलचित्र रईसको सु ... बाँकी अंश»

भारत, अष्ट्रेलिया र पाकिस्तानलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप टि–२० को सेमिफाइनलमा

२०७२ चैत १० बुधबार, एजेन्सी । लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड भारतमा जारी विश्वकप टि–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति मोहालीमा पाकिस्तानविरुद्ध २२ रनको रोमाञ्चक जित निकाल्दै न्यूजिल्याण्ड एक खेल अगावै विश्वकप टि–२० को सेमिफाइनलमा पुगेको हो ।    टस जितेर पहिले व्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओरमा ५ विकेट गुमाएर १ सय ८० रन बनायो । ओपनर मार्टिन गुप्टिलले बनाएको ८० रन नै न्यूजिल्याण्डको जितका लागि महत्वपूर्ण सावित भयो । गुप्टि ... बाँकी अंश»

सट बल फर्काउन नसके पनि कसरी भयो ह्यारीकै जित?

२०७२ चैत ९ मंगलबार, विष्णु नेपाल। लमजुङ। छात्र मनोज गुरुङले प्रहार गरेको पहिलो सट बल राजकुमार ह्यारीले फर्काउन भ्याएनन्। सोझै भन्नेहो भने सकेनन्। तर पनि उनकै समुहले खेल जित्यो। मैत्रीपूर्ण भलिबल प्रतियोगितामा उनको समूह २५–१९ ले विजयी भयो।    गौँडा गाविसको गौँडा मावि ओखरीको खेल मैदानमा आज बिहान राजकुमार ह्यारी ब्रिटिस गोर्खा नेपाल टोलीमा सहभागी भई मैत्रीपूर्ण भलिबल खेलका लागि मैदान उत्रेका थिए। राजकुमारका साथमा सोही विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्र ... बाँकी अंश»

विश्वकप टि–२० मा अष्ट्रेलियाले खोल्यो खाता, बंगलादेश स्तब्ध

२०७२ चैत ९ मंगलबार, एजेन्सी । बंगलादेशलाई हराउँदै अष्ट्रेलियाले भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा पहिलो जित हासिल गरेको छ । बैङ्गलोरमा सोमबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ३ विकेटको जित हासिल गरेको हो ।  बंगलादेशले दिएको १ सय ५७ चुनौती अष्ट्रेलियाले १८ ओभर ३ बलमै ७ विकेट गुमाएर पुरा गर्यो ।   अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले बनाएको ५८ रन जितका लागि महत्वपूर्ण ठहरियो । ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ शकिव अल हसन एक्लैले ३ विकेट लिएपन ... बाँकी अंश»

यू–१९ क्रिकेट टोलीलाई सरकारको सम्मान

२०७२ चैत ८ सोमबार, काठमाडौंं । बंगलादेशमा गत माघ र फागुनमा भएको आइसीसी यू–१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा पुग्न सफल नेपाली टोली सोमबार सम्मानित भएको छ । विश्वकप टोलीका खेलाडीलाई १ लाख पुरस्कारसहति सम्मान गरियो ।   युवा क्रिकेट टोलीलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा युवा तथा खेलकुद मन्त्री सत्यनारयण मण्डल, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मै ... बाँकी अंश»

मलेसियाविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय टोली तयार, अनिल गुरुङ, कर्ण लिम्बु, परेनन्

२०७२ चैत ८ सोमबार, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाले चैत १४ गते मलेसियाको यु–२२ टोलीसंग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुको कोजीले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।    केही महिना अघि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेको टोलीकै खेलाडी बाहुल्य रहेको नयाँ टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मि ... बाँकी अंश»

ला लिगा रोचक मोडमा : बार्सिलोना रोकियो, रियाल मड्रिड उपाधि होड नजिक

२०७२ चैत ८ सोमबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा भल्लिारियलले बार्सिलोनालाई बराबरीमा रोकेको छ । लगातार उत्कृष्ठ लय जारी राखेको बार्सा आइतबार भिल्लारियलको मैदानमा भएको खेलमा अंक बाँड्न बाध्य भएको हो । पहिलो हाफ अघि २–० को अग्रता लिएको बार्साका लागि इभाँ राकिटिच र नेमारले गोल गरे । खेल अवधिभर दुई स्टार लियोनल मेसी र लुइस सुआरेज भने ओझेलमा परे ।  दोस्रो हाफ भिल्लारियलको पक्षमा रहयो ।   भिल्लारियलका सेड्रिक बाकाम्बु र रेजेमी म्याथ्युले एक–एक गोल गर्द ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेड विजयी, म्यान्सिटी पराजित

२०७२ चैत ८ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड विजयी हुँदा लिभरपुल पराजित भएको छ । आइतबार राति भएको खेलमा म्यानयुले म्यान्चेस्टर सिटीलाई पराजित गरेको हो । सिटीको मैदान इत्तिहादमा भएको डर्बीमा युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे । जितसंगै म्यानयुले पाँचौ स्थानमा रहेको वेष्ट ह्यामसंग अंक बराबरी गरेको छ ।    यस्तै, लिभरपुल साउह्याम्पटनसंग ३–२ ले पराजित भयो । घरेलु मैदानमा साउथह्याम्पटनका लागि सादियो ... बाँकी अंश»

विश्वकप टि–२० मा दक्षिण अफ्रिका विजयी, अफगानिस्तान ३७ रनले स्तब्ध

२०७२ चैत ७ आइतबार, एजेन्सी । भारतमा जारी आइसीसी विश्वकप टि–२० क्रिकेटमा दक्षिण अफ्रिका ३७ रनले विजयी भएको छ । मुम्बईमा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३७ रनले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको २ सय १० रनको चुनौती पछ्याएको अफगानिस्तान अलआउट हुँदै एक सय ७२ रनमै समेटिएपछि दक्षिण अफ्रिका विजयी भएको हो ।    अफगानिस्तानका लागि ओपनर मोहम्मद शेहजादले ४४ रन बनाउन बाहेक अन्य व्याट्समान्यानले खासै अंक स्कोर गर्न सकेनन् । अफगान ... बाँकी अंश»

आइसीसीले नामिवियासंगको क्रिकेट नेपालमै खेलाउने

२०७२ चैत ७ आइतबार, काठमाडौं । नामिवियासंग वैशाखमा हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल नेपालको घरेलु मैदान कीर्तिपुरमै हुने पक्का भएपछि तयारी तीब्र पारिएको छ । यसअघि, खेल मैदान, खेलाडी छनोट र सुरक्षाको कारण देखाउँदै अन्यत्र सार्ने चर्चा भएकामा अब भने नेपालमै हुने पक्का पक्कि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले गएको साता नै खेल नेपालमै गर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको थियो ।    राखेप सदस्य सचिव केशवकुमार विष्टल ... बाँकी अंश»

एथ्लेटिको मड्रिड रेलिगेशन क्षेत्रको स्पोर्टिङसंग पराजित, अंक बटुल्ने सपना टुट्यो

२०७२ चैत ७ आइतबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड पराजित भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको रेलिगेशन क्षेत्रमा रहेको स्पोर्टिङ गिजोनसंग पराजित भएको हो । गिजोनको घरेलु मैदानमा एथ्लेटिकोको लागि खेलको २९औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बनाएको अग्रता अन्ततः जोगाउन सकेन । गिजोनका लागि एन्टोनियो सानाबेरिआ र कार्लोस क्यास्ट्रोले एक–एक गोल गर्दै टोलीलाई जिताए । हार संगै एथ्लेटिकोको  बार्सिलोनासंगको अंक दुरी कम गर्ने प्रयास बि ... बाँकी अंश»

प्रिमियर लिगमा लेस्टरको शीर्षता कायमै, चेल्सी बराबरीमा रोकियो

२०७२ चैत ७ आइतबार, काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लेस्टर सिटीको उत्कृष्ठ लय जारी छ । लेस्टरले शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै उपाधि दावेदारी बलियो बनाएको छ । क्रिष्टलको घेरेलु मैदानमा लेस्टरलाई विजयी गराउन रियाद माहरेजले निर्णायक गोल गरे । यस्तै, तेस्रो स्थानमा रहेको आर्सनलले एभर्टनविरुद्ध २–० को जित निकाल्यो ।   जितसंगै आर्सनलले दोस्रो स्थानको टोटनह्याम हट्सपरसंग अंक दुरी कम गरेको छ । अन्य खेलमा स्टोक सिटी ... बाँकी अंश»

टि-२० विश्वकप क्रिकेट: पाकिस्तान बिरुद्ध भारत बिजयी

२०७२ चैत ७ आइतबार, काठमाडौं। आईसीसी विश्वकपमा पुन: एक पटक ईतिहास दोहोरिएको छ। भारतले फेरि एक पटक भारतलाई हराएको छ।आईसीसी विश्वकपमा यो भारतको लगातार ११औं बिजय हो। पानी परेर २ ओभर छोट्याईएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो।    टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित १८ ओभरमा ५ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। स्पिन बलिङलाई साथ दिईरहेको पिचमा शोहेब मलिकले २६ रन बनाएका थिए भने अहमद शेहजादले २५ रनको योगदान दिएका थिए। भारतकलागि उसका स्पिनरहरु ... बाँकी अंश»

शाहीद अफिद्रीसँग सम्बन्धमा रहेको बताउने अर्शी खानले आज हुने क्रिकेटमा कपडा उतार्ने !

२०७२ चैत ६ शनिबार, एजेन्सी। भारत-पाकिस्तान बीच हुने क्रिकेटको बिषयलाई लिएर धेरै रोमान्चक खुलासा हुने गरेका छन् । जब कुरा  वर्ल्ड कप क्रिकेट खेलको हुन्छ यो रोमान्चक अझ कयौ गुणा अधिक हुन्छ । पाकिस्तानको टी-२० टीमका कप्तान शाहीद अफिद्रीसँग  सम्बन्धमा रहेको  खुलासा गरेकि अभिनेत्री तथा मोडल अर्शी खानले आज कलकातामा हुने भारत पाकिस्तानको खेल भन्दा पुर्व कपडा उतार्ने घोषणा गरेकि छिन् ।   मोडल अर्शी खानले आफ्नो शरीर एक्सपोज गर्ने घोषणा गरिन् । अर्शीले ट्विटर मा ट्व ... बाँकी अंश»

टि-२० क्रिकेट विश्वकप: भारतको अपराजित रेकर्ड तोड्ला पाकिस्तानले ?

२०७२ चैत ६ शनिबार, काठमाडौं। भारत-पाकिस्तानको क्रिकेट खेलले विश्वक्रिकेटमा जुन तरंग ल्याउँछ सायद त्यस्तो तरंग अरु कुनै देशको खेलले बिरलै ल्याउने गर्छ। टि-२० विश्वकप २०१६मा फेरि एकपटक भारत-पाकिस्तानले समुह चरणको खेलमा आमने सामने हुने भएका छन्। शनिवार कोलकाताको ईडेन गार्डेनमा दुई टोली बिच नेपाली समयानुसार ७:४५मा खेल हुने भएको छ।    क्रिकेट विश्वकपमा पाकिस्तान भारत बिरुद्ध पहिलो जीतको खोजीमा हुने छ भने भारत कहिले नहारेको ईतिहासलाई बचाउने दाउमा हुने पक्का छ। य ... बाँकी अंश»

टि-२० विश्वकप: ईङल्याण्डको एतिहासिक जीत

२०७२ चैत ६ शनिबार, काठमाडौं। अनिश्चितताको खेल क्रिकेट ! यही भनाईलाई टि-२० विश्वकपमा भएको दक्षिण अफ्रिका र ईङल्याण्ड बिचको खेलले फेरि एकपटक चरितार्थ गरिदिएको छ। निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा २२९ रन बनाएको अफ्रिकालाई २ विकेटले पराजित गर्दै ईङल्याण्डले नयाँ ईतिहास नि्र्माण गरेको छ।    टस हारेर पहिले ब्याटिङ गरेको अफ्रिकाले हासिम आमला (५८), क्विन्टन डे-कक(५२) र जेपी डुमीनी (५४) को मदतले २२९ रन बनाएको थियो।  सजिलो जीत कल्पना गरेको अफ्रिकालाई ईङ्लिस ब्याट्स ... बाँकी अंश»

अष्ट्रेलिया न्यूजिल्याण्डको दोस्रो सिकार

२०७२ चैत ५ शुक्रबार, एजेन्सी  । भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा न्यूजिल्याण्डले अष्ट्रेलियाविरुद्ध ८ रनको रोमान्चक जित निकालेको छ । जारी प्रतियोगितामा न्यूजिल्याण्डको यो दोस्रो जित हो । यसअघि आयोजक भारत न्यूजिल्याण्डको पहिलो सिकार भएको थियो । हिमाञ्चल प्रदेशस्थित धर्मशाला खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको न्यूजिल्याण्डका लागि मार्टिन गुप्टिल र केन विलियमसनले सुखद सुरुवात गरे । मध्यक्रमका व्याटसम्यानले गतिलो प्रदर्शन गर्न नसकेपछि न्यूजिल्याण्ड ... बाँकी अंश»

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र, बार्सा र एथ्लेटिको भिड्ने

२०७२ चैत ५ शुक्रबार, एजेन्सी । युरोपको सर्वााधिक चर्चित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गतको क्वार्टरफाइनलको ड्र आज सार्वजानिक भएको छ । समीकरण अनुसार सेमीफाइनल प्रवेशका लागि रियाल मड्रिडले उल्फवर्ग, बार्सिलोनाले एथ्लेटिको मड्रिड, जर्मन क्लब बायर्न म्युनिख स्पेनिश क्लब बेनिफिका र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले इङ्गलिश क्लब म्यानचेस्टर सिटीसंग खेल्ने छन् । अन्तिम ८ को भिडन्त ’होम एण्ड अवे’ का आधारमा प्रेत्यक टोलीले पहिलो र दोस्रो लेग खेल्ने छन ... बाँकी अंश»

विश्वकप टि–२० मा पाकिस्तान र वेष्ट इन्डिजको शानदार विजय

२०७२ चैत ४ बिहिबार, एजेन्सी । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटको सुपर टेन खेलमा पाकिस्तान र वेष्ट इन्डिजले विजयी सुरुवात गरेका छन् । मुम्बइमा बुधबार राती भएको खेलमा वेष्ट इन्डिजले इङ्गल्याण्डविरुद्ध ६ विकेटको शानदार जित निकाल्यो । टस हारेर पहिले व्याटिङ गरेको इङ्गल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो । उसका लागि जो रुटले ४८, जोस बट्लरले ३० तथा एलेक्सले २८ रन बनाए ।    जवाफमा १ सय ८७ रनको चुनौती वेष्ट इन्डिजले १८ ओभर १ ब ... बाँकी अंश»

नयाँ