खेलकुद

एसिया कपमा भारतले पाकिस्तानलाई पिट्यो

२०७२ फाल्गुण १६ आइतबार, एजेन्सी । बंगलादेशमा जारी एसिया कप क्रिकेट अन्तर्गत चौथो खेलमा पाकिस्तानले भारतसंग लज्जास्पद हार व्यहोरेको छ । शेर बंङला खेल मैदानमा टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तान आफ्ना सुरुवाती ब्याट्सम्यानहरु नचलेपछि १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै समेटियो । पाकिस्तानको लागि सर्फराज अहमदले २५ तथा खुराम मन्जुरले १० रन बनाउने बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । पाकिस्तानी ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका हार्दिक पान्ड ... बाँकी अंश»

रोनाल्डो चुके : रियाल मड्रिडको हार, एथ्लेटिको १–० ले विजयी

२०७२ फाल्गुण १६ आइतबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिड पराजित भएको छ । रियाल घरेलु मैदानमा एथ्लेटिको मड्रिडसंग १–० ले पराजित भएको हो । एथ्लेटिकोलाई विजयी गराउन एन्टोनी ग्रिजम्यानले निर्णायक गोल गरे । हारसंगै जिनेदिन जिदान प्रशिक्षणको रियालको दोस्रो स्थान उक्लने सपना पुरा हुन सकेन ।  आक्रामक रियालका कुनै खेलाडीले गोल गर्न सकेनन् । जिदान र क्रिश्चियानो रोनाल्डो टोलीलाई अग्रता दिनबाट चुकेका छन् । ला लिगाका अन्य खेलमा इस्पानियोलले स्पोर्टिङ्ग गिज ... बाँकी अंश»

लेस्टर सिटीको अग्रता कायमै, संकटग्रस्त चेल्सी जित्यो

२०७२ फाल्गुण १६ आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लेस्टर सिटीले अग्रता बलियो पारेको छ । शविबार राति घरेलु मैदानमा भएको खेलमा नर्विच सिटीलाई १–० ले हराउँदै लेस्टर सिटीले अग्रता बलियो बनाएको हो । लेस्टरलाई विजयी गराउन जोस लिओनार्दो उलाले निर्णायक गोल गरे । यस्तै, संकटग्रस्त चेल्सीले साउथ ह्याम्पटनविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो । स्टोक सिटीले एस्टन भिल्लालाई २–१ ले हराउँदा वेष्ट ब्रोमविच आल्बियनले क्रिष्टल प्यालेसविरुद्ध ३–२ ... बाँकी अंश»

बिराट गोल्डकपको उपाधि पुलिसलाई

२०७२ फाल्गुण १५ शनिबार, काठमाडौ । बिराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापा ११ लाई पराजित गर्दै पुलिसले उपाधी जितेको हो । पुलिसले उपाधीसँगै पाँच लाख एक हजार र ट्रफी पायो । त्यस्तै  उपविजेता  झापाले तीन लाख एक हजार नगद र ट्रफी हात पारेको छ ।   सहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा पुलिसका भरत साहले गरेको गोल नै निर्णयक बन्यो ।उनले पुलिसको जितका लागि दोस्रो हाफको ४२ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द फाइनल पुलिसका भोला सिलवाल र उत्कृष्ट खेला ... बाँकी अंश»

युएफा महासचिव इन्फान्टिनो फिफा अध्यक्ष निर्वाचित

२०७२ फाल्गुण १५ शनिबार, एजेन्सी । विश्व फुटबल महासंघ फिफाको नयाँ नेतृत्वमा जियानी इन्फान्टिनो निर्वाचित भएका छन् । युरोपेली फुटबल संघ युएफा महासचिव समेत रहेका स्वीस नागरिक इन्फान्टिनो चुनावी मैदानमा रहेका तीन प्रतिष्पर्धीलाई पछि पार्दै फिफाको अध्यक्ष निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा इन्फान्टिनोले १ सय १५ मत पाए । निकटतम प्रतिद्वन्द्वी  एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा २७ भोटले पछि परे । स्वीट्जरल्याण्डको ज्युरिचम ... बाँकी अंश»

मेसी र सुआरेज बन्न खोज्दा आपत

२०७२ फाल्गुण १४ शुक्रबार, एजेन्सी । हालै ला लिगा मा सेल्टा भिगोविरुद्ध बार्सिलोनाका स्टारद्वय लियोनल मेसीले आफुले पाएको पेनाल्टीमा लुइस सुआरेजलाई असिस्ट पेनाल्टी पास दिँदा स्वारेजले गोल गरेका थिए । जुन तालमेलको संसार भरी हाल प्रशंसा भइरहेको छ । सो तरिकाको गोल गर्ने शैली विश्वभर लोकप्रिय भएको छ । हालै  उक्त शैली को प्रयोग गरेर गोल गर्ने प्रयास गरेका जिम्बावेका खेलाडीद्वय जोडिक म्युटुअल र भ्यालेनटाइन हासोका पात्र भएका छन् ।    मेसी र सुआरेजले जस्तै गोल गर्ने प्रयास ... बाँकी अंश»

कपर्दी खेल्ने क्रममा खेलाडी घाइते, अवस्था गम्भीर, उपचारमा कठिनाई

२०७२ फाल्गुण १४ शुक्रबार, बझाङ । सातौं राष्ट्रपति रनिङ शिल्डका लागि भएको कपर्दी खेल्ने क्रममा एक खेलाडी गम्भिर घाइते भएकी छन् । गर्जेपानी उच्च माध्यमिक विद्यालयमा भएको कपर्दी खेलमा प्रतिस्पर्धी खेलाडीको हातले गला च्यापिएर जनप्रिय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा हेमा गिरी घाइते भएकी हुन् । प्रतिस्प्रर्धी गर्जेपानी उच्च माध्यमिक विद्यालयकी एक छात्राको हातले घाँटीमा दबाव परेर ढलेकी गिरीको सदरमुकाम स्थित अमिसा अस्पतालमा उपचार भइरहेको छ ।    गिरी ... बाँकी अंश»

खेल जगतका सबैभन्दा सेक्सी खेलाडी

२०७२ फाल्गुण १४ शुक्रबार, एजेन्सी। तपाईले फिल्ममा सवै जसो 'हट स्टारस्' हरु पक्कै देख्‍नु भए कै होला। तर खेलको जगतामा पनि कयौँ यस्ता सेक्सी खेलाडीहरु छन् जसले फिल्मी हस्तीहरुलाई पनि टक्कर दिन सक्ने छन्। ... बाँकी अंश»

विराट गोल्डकप : पुलिस फाइनलमा, उपाधि भिडन्त झापासंग

२०७२ फाल्गुण १३ बिहिबार, विराटनगर । विभागिय नेपाल पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबलकाे फाइनलमा पुगेको छ । मोरङ फुटबल क्लवलाई १–० ले हराउंदै पुलिसले फाइनल यात्रा तय गरेको हो । पुलिसका लागि सुमन सुवेदीले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । सुमन म्यान अफ द म्याज समेत भए । शनिबार उपाधिका लागि विभागीय टिम पुलिसले मोफसलको झापा–११ सँग खेल्नेछ ।    दुई सेमिफाइनलिस्टले समान १ लाख पाएका छन् । यसैबीच, पुलिससंग पराजित भएको आयोजक मोरङ फुटबल क्लवले प्रोत्साह ... बाँकी अंश»

मेसीका फ्यान भन्दै सनसनी मच्चाउने को हुन् यी पाँच वर्षीय बालक ?

२०७२ फाल्गुण १३ बिहिबार, एजेन्सी । अर्जेन्टाइनी स्टार एवं बार्सिलोनाका मुख्य फरवार्ड लियोनल मेसीको १० नम्बर जर्सी एक पाँच वर्षीय बालकले लगाएको फोटो सामाजिक संजालमा भाइरल बनेको छ । जर्सी मेसीले नै हस्ताक्षर गरेर दिएको भन्दै फोटोको चर्चा भएको छ । जर्सीमा मेसीको दुई वटा हस्ताक्षर छ । ती पाँच वर्षीय फुटबल फ्यान हुन् मुर्तजा अहमदी । यसअघि, उनले पोलिथन ब्यागमा मेसीको नाम लेखेर जर्सी लगाएका थिए । जुन तस्वीर इन्टरनेटमा भाइरल बनेको थियो । अब उनले मेसीको खास १० नम्बर जर्सी पाए ... बाँकी अंश»

भारतसंग बंगलादेश निरिह

२०७२ फाल्गुण १३ बिहिबार, एजेन्सी । बंगलादेशमा जारी एसिया कप क्रिकेटको पहिलो खेलमा आयोजक बंगलादेश भारतसंग ४५ रनले पराजित भएको छ । मिरपुर स्थित शेर बंगला स्टेडियममा भएको खेलमा घरेलु टोलीले टस जितेर फिल्डिङ् रोजेपाछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै  १ सय ६६ रन बनायो ।    भारतका ओपनर रोहित शर्माले आक्रमक ब्याटिङ्गको प्रदर्शन गर्दै केवल ५५ बलमा ८३ रन बनाए पछि भारत बलियो स्थितीमा पुगेको थियो। उसका अर्का ब्याटसम्यान पान्यडाले ३१ रन ... बाँकी अंश»

१ नम्बर रोनाल्डो : सामाजिक सञ्जालमा २० करोड फ्यान

२०७२ फाल्गुण १३ बिहिबार, एजेन्सी । पोर्चुुगिज स्टार तथा रियाल मड्रिडका मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या २० करोड बढी नाघेको छ । २० करोड बढीले पछ्याएका रोनाल्डो सामाजिक संजालमा यति धेरै फ्यान बटुल्ने पहिलो खेलाडी भएका छन् ।    ३१ वर्षीय फुटबलर रोनाल्डोलाई फेसबुक, ट्वीटर, इन्टाग्राम गरेर २० करोड बढीले पछ्याइरहेका छन् । रोनाल्डोले ट्वीट गरेर २० कारोड फ्यानले पछ्याउने पहिलो खेलाडी बन्न पाएकोमा गर्व महसुस भएको भन्दै सबै समर्थकल ... बाँकी अंश»

च्याम्पियन्स लीग फुटबल: सीटी बिजयी, एथ्लेटिको बराबरीमा रोकियो

२०७२ फाल्गुण १३ बिहिबार, काठमाडौं। च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टर पहिलो लेगका खेलहरु शुरु भएका छन्। पहिलो लेगमा ईङ्लिश क्लब म्यानचेस्टर सीटीले युक्रेनी क्लब डाईनामो किवलाई ३-१ले पराजित गरेको छ। त्यसैगरि सपेनिश क्लब एथलेटिको माड्रिड र डच क्लब पिएसभीले बराबरी खेलेका छन्।    सीटी-डाईनामो डाईनामो कीवको मैदानमा भएको खेलमा सीटीले ३-१ गोलले जीत हात पारेको छ। सर्जिओ आग्वेरोको पहिलो गोलले १५औ मिनेटमा अग्रता लिएको सीटीले ४०औं मिनेटमा डेविड सिल्भाको गोलको मदतले पह ... बाँकी अंश»

साग स्वर्णधारीलाई सम्मान

२०७२ फाल्गुण १२ बुधबार, काठमाडौं । भारतमा भरखरै सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक हासिल गर्न सफल खेलाडी उसुकी निमा घर्ती मगर र जुडोकी फुपु ल्हामु खत्रीलाई युनिभर्सल युनाईटेड तेक्वान्दो महासंघले सम्मान गरेको छ । उनीहरुलाई बुधबार सातदोवाटोस्थित मैत्री तेक्वान्दो डोजाङ्गमा एक कार्यक्रमबीच राखेप सदस्य सचिव केशव कुमार बिष्टले ५० हजार बराबरको चेक तथा प्रशंसा पत्र प्रदान गरे ।    सोही अवसरमा अल्ट्रा धावक मिरा राईलाई पनि प्रशंसा पत्र सहित ७५ हजारको चे ... बाँकी अंश»

विराट गोल्डकप : झापा–११ फाइनलमा, एपीएफ सेमिफाइनलबाटै बाहिरियो

२०७२ फाल्गुण १२ बुधबार, विराटनगर । मोफसलको झापा–११ विराटनगरमा जारी विराट गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा विभागिय सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई २–० ले पराजित गर्दै झापाले फाइनल यात्रा तय गरेको हो ।    झापालाई विजयी गराउन बुद्धराज चेम्जोङ र खामिरगिल्सन कन्दङवाले गोल गरे । चेम्जोङले खेल सुरु भएको १५औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । मध्यान्तरपछि ८८औं मिनेटमा कन्दङवाले निर्णायक गोल गरे ।    खेल सुरु भएको ३५औं म ... बाँकी अंश»

ब्रेण्डन मकलमको अन्तिम टेष्टमा अष्ट्रेलिया बिजयी

२०७२ फाल्गुण १२ बुधबार, काठमाडौं। न्युजिलयाण्डका स्टार क्रिकेटर ब्रेण्डन मकलमको अन्तिम टेष्टमा अष्ट्रेलिया ७ विकेटले बिजयी भएको छ। यो जीतसँगै अष्ट्रेलियाले २ खेलको श्रृखंला २-०ले जितेको छ।    आफ्नो अन्तिम टेष्ट खेलिरहेका मकलमले पहिलो ईनिङमा टेष्ट क्रिकेटमा सबै भन्दा छिटो शतक बनाएका थिए। उनले ५४ बलमा शतक प्रहार गरेका थिए। तीस बर्ष अघि विवियन रिचर्ड्सको नाममा रहेको ५६ बलको रेकर्ड मकलमले भमग गरेका हुन्।    टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले आफ्नो प ... बाँकी अंश»

च्याम्पियन्स लिग फुटबल: मेस्सीको २ गोलले बार्सा बिजयी, बायर्न बराबरीमा रोकियो

२०७२ फाल्गुण १२ बुधबार, काठमाडौं। च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टर पहिलो लेगका खेलहरु शुरु भएका छन्। पहिलो लेगमा स्पेनिश क्लब बार्सिलोनाले बिजयी शुरुवात गरेको छ । बार्सिलोनाले ईङ्लिश क्लब आर्सनललाई २-० गोलले पराजित गरेको हो। त्यसैगरि जर्मन क्लब बायर्न म्युनिख र युभेन्टसले २-२ गोलको बराबरी खेलेका छन्।    बार्सा - आर्सनल   स्टार प्लेयर लिओनल मेस्सीको २ गोल मदतले  स्पेनिस क्लब बार्सिलोनाले ईङ्लिश क्लब आर्सनललाई च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल ... बाँकी अंश»

विश्वका लोकप्रिय दस खेल

२०७२ फाल्गुण ११ मंगलबार, काठमाडौ। जिन्दगीको दौरानमा तपाईले पनि कुनै न कुनै खेल खेल्नु भएकै होला। शारीरिक तथा मानसिक तन्दुरुस्तिको लागि जीवनमा खेलकुदको महत्वपूर्ण स्थान रहेको छ। खेलले मानिसलाई फूर्तिलो बनाउँछ। खेलकुदले चौतर्फी बिकासको लागि प्रत्यक्ष वा अपत्यक्ष रूपमा सहयोग पुर्‍याएको हुन्छ। मानिसहरुले आउटडुवर खेलमा फुटबल, बास्केटबल र क्रिकेटलाई विशेष प्राथमिकता दिएको पाइन्छ। आज हामी तपाईलाई संसारमा धेरै हेरिएको, खेलिएको र आम्दानीको हिसावमा सबैभन्दा लोकप्रिय दस खे ... बाँकी अंश»

विराट गोल्डकपः पुलिस सेमिफाइनलमा, मनाङ स्तब्ध

२०७२ फाल्गुण ११ मंगलबार, विराटनगर । मनाङ मस्र्याङदी क्लबलाई हराउँदै विभागिय नेपाल पुलिस क्लब विराटनगरमा जारी विराटगोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले बाजी मारेको हो । निर्धारित समयमा दुवै टोली एक–एक गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइमा पुलिसले तीन प्रहार सदर गर्दा मनाङले दुई वटा प्रहार मात्रै सदुयोग गर्न सक्यो ।    यसअघि, खेलको ७० औँ मिनेटमा मनाङका विनोद कार्कीले गोल गर्दै अग्रता दिलाए । दो ... बाँकी अंश»

टि–२० क्रिकेटमा युएईको चमत्कार, एसिया कपमा छनोट

२०७२ फाल्गुण ११ मंगलबार, एजेन्सी । सन् २०१५ को विश्व टि–२० छनोट क्रिकेटमा खराब प्रदर्शन गरेर टि–२० मान्यता गुमाएको युएई यसै वर्ष बङ्गलादेशमा हुने एसिया कपमा छनोट भएको छ । अफगानिस्तान, हङकङ, ओमान सम्मिलित छनोट खेलमा आफ्नो सवै खेल जित्दै युएई एसिया कपको लागि छनोट भएको हो ।    एसिया कपमा युएईले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता क्रिकेट महारथीहरुसंग भेट गर्ने छ । वुधबारबाट बंगलादेशमा सुरु हुनलागेको एसिया कपको पहिलो खेलमा आयोजक बंगलादेश र भारत भिड्दै छन् । ... बाँकी अंश»

नयाँ