खेलकुद

प्रिमियर लिग : लिभरपुल विजयी, म्यानयुको हार, भान गालमाथि ‘गाल’

२०७२ फाल्गुण २४ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल र वेष्ट ब्रोमविच आल्वियन विजयी भएका छन् । आइतबार राति भएका खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । लिभरपुललाई विजयी गराउन रोबेर्टो फर्मिनो र क्रिष्टेन बेन्टेकले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी हुँदा दोस्रो हाफपछि घरेलु टोली क्रिष्टलले सुरुवाती अग्रता लिए पनि हार जोगाउन सकेन । ४९औं मिनेटमा क्रिष्टलका जोसेफ लेड्लीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६३औं मिनेटमा जेम्स मिल्नर ... बाँकी अंश»

ला लिगामा बार्सिलोनाको एक छत्र राज, लियोनल मेसीको हिरो

२०७२ फाल्गुण २४ सोमबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । इबारको घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्साले ४–० को शानदार जित निकालेको हो । बार्सालाई विजयी गराउन मुख्य फरवार्ड लियोनल मेसीले दुई र मुनिर अल हद्दादी र लुइस सुआरेजले एक–एक गोल गरे । जितसंगै बार्सिलोनाले उपाधि कब्जाको बाटो बलियो बनाएको छ । यस्तै, दोस्रो स्थानको एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–१ ले हराउँदै उपाधि दावेदारी कायमै राखेको छ । एथ्लेटिक बिल्वाओ ... बाँकी अंश»

एशिया कप टि-२० : बंगलादेशलाई हराउँदै भारत बिजयी

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। बर्षाका कारणले १५-१५ ओभरमा छोट्याइएको एशिया कप टि-२० प्रतियोगिताको फाईनलमा भारतले बंगलादशलाई ८ विकेटले हराएको छ।    टस हारेर पहिले बयाटइङ गरेको बंगलादेशले निर्धारित १५ ओभरमा ५ विेकटको क्षतिमा १२० रन बनाएको थियो। उसकालागि महमुदुल्लाहले सार्वाधिक ३३ रन नट आउट बनाएका थिए भने अर्का ब्याट्सम्यान साब्बिर रहमानले पनि नट आउट रहि ३२ रनको योगदान गरेका थिए।    जवाफमा ब्याटिङ गर्न ओर्लेको भारतले १३.५ ओभरमा २ विकेट गुमाउँदै १२२ रन बानउँद ... बाँकी अंश»

एसिया कप उपाधि भिडन्त: भारत र बङ्गलादेश भिड्दै

२०७२ फाल्गुण २३ आइतबार, एजेन्सी । बङ्गलादेशमा जारी एसियाकप क्रिकेटको फाइनलमा भारत र आयोजक बङ्गलादेश उपाधिका लागी भिड्दै छन् । मिरपुर स्थित शेर बङ्गला मैदानमा  आज साझ ७ः१५ बजे हुने फाइनलमा आयोजक बङ्गलादेश घरेलु समर्थकको फाईदा उठाउदै पहिलो पटक उपाधि जित्ने दाउमा छ, भने भारत प्रतियोगिताको आफ्नो लयलाई कायम राख्दै आफ्नो अन्तर्राष्ट्रिय उपाधि संख्या ६ बनाउने तरखरमा छ । प्रतियोगितामा अपराजित रहेको भारतले समूह चरणमा बङ्गलादेशलाई ४५ रनले सहजै हराएको थियो । ... बाँकी अंश»

आइसीसीलाई राखेपको पत्र, ‘शंका भए पूर्वाधार हेर्न आउनुस्’

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापन विवादले नामिवियासंगको खेल अन्योलमा परेको छ । क्यानको कार्यसमिति विवादबारे सर्वोच्च अदालतमा मुद्धा चलिरहेकाले खेलबारे अन्योल सिर्जना भएको हो । अदालतको पेशी १२औं पटक सरेको छ । फैसला ढिलाईले खेल अन्योलता बढेको हो । ११औं पटक पछि आइतबारलाई सरेको पेशी फेरि स्थगित भएको छ । अदालतले अबको पेशी मंगलबारलाई तोके पनि मंगलबार, बुधबार र विहिबार लगातार सार्वजनिक विदा परेकाले अर्को आइतबार मात्रै छलफलको तयारी हुने ... बाँकी अंश»

विक्रिको सूचीमा परेका रोनाल्डोको कीर्तिमान, रियालका लागि सर्वाधिक गोल गर्ने पहिलो खेलाडी

२०७२ फाल्गुण २३ आइतबार, एजेन्सी । क्रिश्चियानो रोनाल्डोको चार गोलको मद्दतले स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा रियालले सेल्टा भिगोविरुद्ध ७–१ को फराकिलो जित निकालेको हो । क्रिश्चियानोलाई बेच्ने तयारीमा रहेको रियाल नयाँ प्रशिक्षक जिनेदिन जिदान आएपछि सशक्त बन्ने आँकलन गरिएकामा त्यसो हुन सकेको छैन । यद्यपि, रियालले उपाधिमा होडमा पुग्न निकै मेहनत गरिरहेको छ । यो जितसंगै रियालले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसंग अ ... बाँकी अंश»

लेस्टरको दबदबा कायमै, टोटनह्याम र आर्सनललाई धक्का

२०७२ फाल्गुण २३ आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लेस्टर सिटी विजयी हुँदा दोस्रो र तेस्रो स्थानमा रहेका टोटनह्याम हट्सपर र आर्सनल बराबरीमा रोकिएका छन् । बराबरीसंगै यी दुवैलाई धक्का लागेको छ । वार्टफोर्डको घरेलु मैदानमा लेस्टरले १–० को जित निकाल्यो । लेस्टरलाई जिताउन रियाद माहरेजले निर्णायक गोल गरे । यस्तै, टोटनह्याम र आर्सनलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । टोटनह्यामको घरेलु मैदानमा आर्सनलका लागि आरोन राम्सी र अलेक्सिस सान्चेज र ... बाँकी अंश»

बुढासुब्बा गोल्डकप : मस्र्याङदी तेस्रो पटक च्याम्पियन, पुलिस स्तब्ध

२०७२ फाल्गुण २२ शनिबार, सुनसरी । १८औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि कब्जा गर्दै मनाङ मस्र्याङदी तेस्रो पटक च्याम्पियन बनेको छ । धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनलमा मनाङले विभागिय टोली नेपाल पुलिस क्लवविरुद्ध १–० गोलको जित निकाल्दै उपाधि चुमेको हो ।    यसअघि मनाङले २०६० र ०६७ को बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो । बुढासुब्बा गोल्डकप च्याम्पियन मनाङले भरखरै विराट गोल्डकप फुटबलमा पुलिससंग भोगेको पराजयको बदलासमेत राम्ररी लिएको ... बाँकी अंश»

नेपाली फुटबल टोली हाँक्ने नयाँ प्रशिक्षक कोजी काठमाडौं पुगे

२०७२ फाल्गुण २२ शनिबार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नव नियुक्त प्रशिक्षक ग्योटकी कोजी काठमाडौ आइपुगेका छन् । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कोजी युरोपियन क्लवबाट पनि फुटबल खेलिसकेका छन् । सन् १९९४ बाट व्यवसायिक प्रशिक्षण सुरु गरेका उनीसंग जापानको विभिन्न डिविजनका प्रशिक्षणको सम्हालेको अनुभव छ ।     नेपाली टोलीसंग अनुबन्ध हुनु अघि थाइल्याणको ‘ए’ डिभिजन क्लवका मुख्य प्रशिक्षक थिए । दक्षिण एसियाली फुटबलसंग राम्ररी परिचित कोजीले सन् २० ... बाँकी अंश»

दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पिट्यो, डेभिड मिलरको विष्फोटक व्याटिङ्

२०७२ फाल्गुण २२ शनिबार, एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टि–२० क्रिकेटमा दक्षिण अफ्रिकाले ३ विकेटको रोमान्चक जित हासिल गरेको छ । दरबाङ्गमा भएको पहिलो टि–२० जित्दै दक्षिण अफ्रिकाले ३ खेलको टि–२० श्रृंखलामा १–० को अग्रता लिएको छ । टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले दिएको १ सय ५८ रनको चुनौती दक्षिण अफ्रिकाले चार बल खेल्न बाँकी छँदै पार गरेको हो ।    दक्षिण अफ्रिका १९ ओभर २ बलमा ७ विकेट गुमाएर जित हात पार्न सफल भयो । दक्षिण अफ्रिकालाई जिताउन डेभिड मि ... बाँकी अंश»

बुढासुब्बाको उपाधि भिडन्त : मनाङ जित्ला कि पुलिस ?

२०७२ फाल्गुण २२ शनिबार, सुनसरी । धरानमा जारी १८औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि भिडन्त शनिबार (आज) हुँदैछ । उपाधिका लागि मनाङ मस्र्याङदी र विभागिय नेपाल पुलिस क्लब भिड्दै छन् । खेल दिउँसो ३ बजेपछी एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ ।    मनाङ सेमिफाइनलमा विभागिय टोली सशस्त्र प्रहरीको एपीएफलाई ३–२ ले हराउँदै फाइनलमा पुगेको थियो । यसैगरी पुलिसले रुपन्देही ११ लाई १–० ले हराएर फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुर ... बाँकी अंश»

तेक्वान्दो टोलीले हङकङ्गबाट ४ स्वर्ण भित्र्यायो

२०७२ फाल्गुण २१ शुक्रबार, काठमाडौं । हङकङ्गस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदक सहित टिम च्याम्पियन बनेको नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फर्किको छ ।    फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । यस्तै, जुनियर विधामा राजन भण्डारी र मेलिषा खड्गीले स्वर्ण जितेको प्रशिक्षक ... बाँकी अंश»

ट्वन्टी ट्वन्टी क्रिकेट : आर्मी र प्रहरी फाइनलमा

२०७२ फाल्गुण २१ शुक्रबार, काठमाडौँ । प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताको अन्तिम चरणमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी क्लब प्रवेश गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ८ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो । अर्को खेलमा नेपाल प्रहरी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई ५ विकेटले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होराइज ... बाँकी अंश»

मेसीको ह्याट्रिकले फराकिलो जित, बार्सिलोनाले २७ वर्ष अघिको रेकर्ड तोड्यो

२०७२ फाल्गुण २१ शुक्रबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले मुख्य फरवार्ड लियोनल मेसीको ह्याट्रिकको मद्दतमा रायो भायकानोविरुद्ध शानदार जित निकालेको छ । भायकानोको घरेलु मैदानमा बार्साले ५–१ को शानदार जित निकालेको हो । बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गरे । मेसीले २३, ५३ र ७२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यस्तै, इभाँ राकिटिच  र अर्डा टुरानले एक–एक गोल गरे । लुइस सुआरेजले भने पेनाल्टी सदुपयोग गर्न सकेनन् । भायकानोका डिएगो लोरेन् ... बाँकी अंश»

रोनाल्डोलाई बेच्ने रियालको तयारी, विक्रिका १० खेलाडीकाे सूचीमा

२०७२ फाल्गुण २० बिहिबार, एजेन्सी । मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोलाई स्पेनिश क्लव रियाल मड्रडले यो सिजनको अन्त्यपछि बेच्ने खेलाडीको सुचीमा राखेको छ । रियालले पोर्चुगिज स्टार रोनाल्डोको मूल्य ६५ मिलियन अमेरिकी डलर तोकेको छ । रोनाल्डोसंगै रियालले आफ्ना १० खेलाडीलाई बेचेर नयाँ खेलाडीलाई भित्र्याउन चाहेको खुलाएको छ । स्पोर्ट म्यागजिनका अनुसार रियाल मड्रिडका मालिक फ्लोरेन्टिन प्यारेज र रियालको बिग्रदो आर्थिक अवस्थाको कारण रियालले आफ्ना स्टार खेलाडी बेच्ने मनस्थि ... बाँकी अंश»

न्युजिल्याण्डका पुर्व क्रिकेट कप्तान मार्टिन क्रोको निधन

२०७२ फाल्गुण २० बिहिबार, एजेन्सी। न्युजिल्याण्डका पुर्व क्रिकेटर एवं कप्तान मार्टिन क्रोको क्यान्सरका कारणले ५३ बर्षको उमेरमा मृत्यु भएको छ। सन् २०१४मा उनलाई क्यान्सर भएको पुष्टी भएको थियो।    सन् १९८२मा क्रिकेटमा डेब्यु गरेका क्रोले ७७ टेष्ट खेलेका थिए। उनले ४५.३६को औषतले ५४४४ रन बनाएका थीए। १७ शतक र १८ अर्ध शतक बनाएका क्रोको उच्चतम रन २९९ रहेको छ। त्यसैगरि १४३ एकदिवशिय खेलेका क्रोले ३८.५५ औषतले ४७०४ रन बनाएका थिए। उनले ४ शतक र ३४ अर्धशतक बनाएका थिए। एकदिवसियमा उनक ... बाँकी अंश»

रोनाल्डोले पेनाल्टी सदुपयोग गर्दै लेभान्तेलाई दबाए

२०७२ फाल्गुण २० बिहिबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिड, एथ्लेटिक बिल्वाओ र भ्यालेन्सिया विजयी भएका छन् । वुधबार राति भएको खेलमा रियालले लेभान्तेविरुद्ध ३–१ को जित निकाल्यो । रियाललाई विजयी गराउन मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले ३४औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । ३८औं मिनेटमा डिएगो मारिनोले एक गोल गर्दै अग्रता दोब्बर पारे । ३९औं मिनेटमा लेभान्तेका डायभर्सनले जवाफी गोल फर्काए । अन्तिम समयमा इस्कोले एक ग ... बाँकी अंश»

आर्सनल, टोटनह्याम र म्यान्सिटी पराजित, शीर्ष टोलीहरुलाई झट्का लाग्ने क्रम जारी

२०७२ फाल्गुण २० बिहिबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल विजयी भएका छन् । वुधबार राति घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वाट्फोर्डलाई १–० ले हरायो । म्यानयुलाई विजयी गराउन ह्वाँ माटाले गरेको गोल नै निर्णायक बन्यो । यस्तै, लिभरपुलले घरेलु मैदानमा म्यान्चेस्टर सिटीलाई ३–० ले हरायो । लिभरपुलका लागि एडम लालाना, जेम्स मिल्नर र रोबेर्टो फर्मिनोले एक–एक गोल गरे । स्वान्सी सिटीले आर्सनलाई २–१ ले हरायो । शीर्ष क्लबहरु ... बाँकी अंश»

रोनाल्डोलाई झट्का, रेट घट्यो, ११ करोड डलर

२०७२ फाल्गुण १९ बुधबार, एजेन्सी । पोर्चुगिज स्टार तथा रियाल मड्रिडका मुख्य फरवार्ड किश्चियानो रोनाल्डोलाई अर्को झट्का लागेको छ । स्पेनको एक म्यागजिनले गरेको सर्वेक्षण अनुसार रोनाल्डोको रेट समर्थक तथा केही क्लबले सोचेजस्तो नरहेको जनाएको छ ।  उनको यो वर्ष बजार मूल्य करिब नेपाली १ अर्ब २१ करोडले घटेको छ । उनको यो वर्ष शीर्ष क्लब र देशविरुद्धको खराब प्रदर्शनकै कारण मूल्यमा गिरावाट आएको हो ।    रोनाल्डोले व्यवसायिक फुटबल खेल्ने रियाल मड्रिड ला लिगाको उपाधि होडबाट बाह ... बाँकी अंश»

स्टार फुटबलर नवयुग श्रेष्ठ अब हवल्दार

२०७२ फाल्गुण १९ बुधबार, काठमाडौं। नेपाली फुटबलका स्टार खेलाडी नवयुग श्रेष्ठ अमलदारबाट हवलदारमा बढुवा भएका छन्। फुटबलमा उनको पछिल्लो प्रदर्शनलाई मध्यनजर गर्दै हौसला स्वरुप नेपाली सेनाले बढुवा गरेको हो।    आफ्नो पुरै खेल जिवन सेनामै बिताउने बताएका नवयुगले आफु एकदम उत्साहित भएको बताएका छन्। ईलाममा रहेका नवयुगले साग फुटबल र बगबन्धु गोल्ड कपमामा उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम उच्च पारेका थिए।    बगबन्धुमा नेपालले ट्रफी हात पारेको थियो भने साग खेलकुदमा स्व ... बाँकी अंश»

नयाँ