खेलकुद

एनओसी र एनआरएनएबीच साझेदारी

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौं । नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार सम्झौता भएको छ । नेपाल ओलाम्पीक कमिटिको भवन सातदोबाटोमा भएको कार्यक्रममा खेल क्षेत्रको  विकास गर्न नेपाल ओलाम्पीक कमिटी  र गैर आवासिय नेपाली संघ बीच सम्झौता भएको हो । सम्झौतामा  एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सम्झौता अनुसार अब देखी ... बाँकी अंश»

मेसी मैदानमा देखिएपछि रियाल थर्कमान, नेमार र सुआरेजको सशक्त प्रदर्शन

२०७२ मङ्सिर १३ आइतबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित हासिल गर्दै अग्रता बलियो बनाएको छ । टोलीले शनिबार राति रियाल सोसिडाड विरुद्ध ४–० को स्पष्ट जित हासिल गर्दा मुख्य फरवार्ड लियोनल मेसी दुई महिनापछि मैदानमा देखिए । चोटपछी फर्किएका उनले आफ्नो खातामा एक गोल थपेका छन् । टोलीको सफलतामा नेमार अझ बढी सशक्त देखिए ।   सोसिडाड विरुद्ध नेमारले दुई तथा लुइस सुआरेज र मेसीले एक–एक गोल गरे । यी तीन हस्ती सामु सोसिडाड निकै दबाबमा रहयो । आक्रामक बन ... बाँकी अंश»

म्यान्चेस्टर सिटी फेरि शीर्ष स्थानमा, लेस्टरको शीर्षता भङ्ग

२०७२ मङ्सिर १३ आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको शीर्षता भङ्ग भएको छ । शनिबार राति आफ्नै मैदानमा लेस्टर सिटी बराबरीमा रोकिएसंगै शीर्षता भङ्ग भएको हो । थोरै समय शीर्षता गुमाएको म्यान्चेस्टर सिटीले फेरि शीर्ष स्थान कब्जा गरेको छ । आफ्नै मैदानमा साउथ ह्याम्पटनलाई ३–१ ले हराउँदै म्यान्सिटी शीर्ष स्थानमा उक्लिएको हो । म्यान्सिटी र लेस्टर सिटीको अंक बराबरी भएपनि गोल अन्तरका आधारमा लेस्टर एक स्थान पछि परेको छ ।    १४ खेलबाट दुबैको २९–२९ अंक ... बाँकी अंश»

फर्किए पुबुदु : नेपाल बसाई, नेपाली क्रिकेट र आगामी आशा

२०७२ मङ्सिर १२ शनिबार, काठमाडौं । करिब चार वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हालेका प्रशिक्षक पुबुदु दासानायके शनिबार नेपाल बसाई सक्काउदै स्वदेश फर्किएका छन् । सन् २०११ मा नेपाली टोली सम्हालेका श्रीलंकन मुलका क्यानडेली प्रशिक्षक दासानायकेले चार वर्षे प्रशिक्षण अवधिमा नेपाली क्रिकेटले छलाङ मारेर इतिहास रचेको छ । जाँदा जाँदै मन खिन्न बनाएका पुबुदुले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको सुनाए ।   उनको आगमन र वहिर्गमन नितान्त फरक रहयो । आउँदा उत्सुक भएका उनी जाँ ... बाँकी अंश»

नेपाली ब्याडमिन्टन टोली ढाका

२०७२ मङ्सिर १२ शनिबार, नेपाली ब्याडमिन्टन टोली ढाका  काठमाडौं । बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज–२०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बंगलादेशको ढाका गएको छ । मंसिर १५ देखि १९ गते सम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष–महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विभिन्न २४ राष्ट्र सहभागि हुने छन् ।    पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण त ... बाँकी अंश»

जाँदा जाँदै : नेपाली क्रिकेटलाई पुबुदुको अभाव खड्कीरहने छ’–उनको आसय र आगामी सम्भावना ?

२०७२ मङ्सिर ११ शुक्रबार, काठमाडौं । नेपाली क्रिकेटलाई उच्च सफलता दिलाउने नायक पुबुदु दासानायके नेपाल बसाई सक्काएर शनिबार स्वदेश फर्कदै छन् । श्रीलंकाली मूलका क्यानेडेली प्रशिक्षक पुबुदुको लामो इतिहाससंग नेपाल बसाई समेत महत्वपूर्ण रुपमा जोडिएको छ । हिजो श्रीलंकाबाट टेष्ट क्रिकेट खेल्दा होस् या क्यानाडामा प्रशिक्षण सम्हाल्दा । उनलाई त्यो भन्दा उत्कृष्ठ र विशेष लाग्छ नेपाल बसाई र नेपाली टिम ।   नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षण सम्हाले देखि दासानायक ... बाँकी अंश»

इङ्गल्याण्डलाई अर्को सफलता, २०–२० मा पनि अग्रता

२०७२ मङ्सिर ११ शुक्रबार, एजेन्सी । युएई भ्रमणमा रहेको इङ्गल्याण्डले पाकिस्तानविरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा विजयी सुरुआत गरेको छ । तीन खेलको ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा पहिलो खेल १४ रनले जित्दै इङ्गल्याण्डले विजयी सुरुआत गरेको हो ।    विहिबार राति दुबईमा भएको खेलमा एक सय ६१ रनको चुनौती पछ्याएको पाकिस्तान एक सय ४६ रनमै समेटिएपछि इङ्गल्याण्ड विजयी भएको छ । यसअघि इङ्गल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । इङ्गल्याण्डलाई व ... बाँकी अंश»

एन्फाका विभिन्न काण्डबारे छानविन गर्न समिति

२०७२ मङ्सिर १० बिहिबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फाको पछिल्लो घटनाक्रमका सम्बन्धमा विभिन्न ४ बुँदामा छानविन गर्न पूर्व सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।   राखेप सदस्य–सचिव केशवकुमार विष्टले समितिका पाँचै सदस्यको उपस्थितिमा ‘अखिल नेपाल फुटबल संघका सम्बन्धमा छानविन तथा सुझाव समिति’ गठनको औपचारिक घोषणा गरे । परिषद्को बिहीबारकै सदस्य–सचिवस्तरीय निर्णयानुसार समिति गठन गरिएको र ... बाँकी अंश»

राजनीतिक हस्तक्षेप नहटे खेलकुदको दुर्घटना टर्दैन : मन्त्री मण्डल

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनेमा आफुले पहिलो प्राथमिकता दिने बताएका छन् । नेपाल ओलम्पिक कमिटीले मन्त्री मण्डललाई स्वागत गर्न बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रकै प्रतिष्ठा खेल जगतमा देखिएको चरम राजनीतिक हस्तक्षेपको अन्त्य नगरेसम्म वर्तमान समस्या समाधान नहुने तर्क गरे ।    मन्त्री मण्डलले नयाँ संविधानमा खेल क्षेत्रका लागि आवश्यक ऐन, कानुन संश ... बाँकी अंश»

मेसी र सुआरेजले बार्सिलोनालाई जिताए, रोमाकाे पोष्टमा ६ गोल

२०७२ मङ्सिर ९ बुधबार, एजेन्सी । स्पेनिश क्लव बार्सिलोना र जर्मन क्लव बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुगेका छन् । मंगलबार राति भएको समूह ई को खेलमा बार्साले इटालियन क्लव एएस रोमाको पोष्टमा ६ गोल हान्यो । रोमाले खेलको अन्तिम समयमा एक गोल फर्कायो । बार्सिलोनालाई विजयी गराउन लुइस सुआरेजले र लियोनल मेसीले २, जेरार्ड पिकु र एड्रिआनोले १–१ गोल गरे । रोमाका इडिन डेजेकोले सान्त्वना गोल फर्काए । यो जितसंगै बार्सिलोना समूहमा ५ खेलबाट १३ अंक जोड्द ... बाँकी अंश»

जोजाबेडको आत्मघातीले गोलले नतिजा बराबरी

२०७२ मङ्सिर ८ मंगलबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा गेटाफे र रायो भायकानोले एक–एक को बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा पहिलोे हाफ अघि रायो भायकानोका सेन्ट्रल मिडफिल्डर जोजाबेडले ५८औं मिनेटमा पहिलो आत्मघाती गोल गरे । जुन गल्तीले गेटाफेलाई फाइदा भयो ।   ७३औं मिनेटमा रोबेर्टोले पाएको पेनाल्टी सदुपयोग गर्दै उनले नतिजा बराबरी गरे । पछि दुबै टोलीबाट गोल हुन सकेन । लिगमा १२ खेलबाट ३० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट २६ अंक बटुलेको ए ... बाँकी अंश»

सन्डरल्याण्डले क्रिष्टललाई हरायो

२०७२ मङ्सिर ८ मंगलबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा सन्डरल्याण्डले पहिलो पटक अवे जीत हासिल गरेको छ । क्रिष्टल प्यालेसको मैदानमा सन्डरल्याण्डले १–० को जित निकाल्यो । संन्डरल्याण्डका लागि विजयी गराउन जेमाइन डेफोले ८०औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि आक्रामक बनेको सन्डरल्याण्डका तीन खेलाडीले पहेलो कार्ड पाए ।   जितसँगै सन्डरल्याण्डले रेलिगेशन क्षेत्रको दबाब घटाएको छ । १३ खेलबाट ९ अंक बटुलेको  सन्डरल्याण्ड अंक तालिकाको १८औं स्थानमा उक्लियो । जारी ... बाँकी अंश»

कराते प्रशिक्षक न्युजिल्यान्ड गए

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । तेश्रो विश्व गोजुरियो कराते प्रतियोगिताका क्रममा हुने विश्व रेफ्री सेमिनारमा सहभागी हुन नेपाल गोजुरियो कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक बिआर मित्र तथा जापान गोजुरियो कराते केन्वाकाइ नेपाल संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का सोमबार न्यूजिल्यान्डको अक्ल्यान्ड प्रस्थान गरेका छन् ।    प्रतियोगिता यही मंसिर १० देखि १४ गते सम्म चल्ने छ । मित्र एकेएफ जज, दक्षिण एसियाली गोजुरियो कराते महासंघका अध्यक्ष तथा एसियाली गोजुरियो ... बाँकी अंश»

प्रिमियर लिग : टोटनह्याम विजयी, वेष्टह्याम ४–१ ले स्तब्ध

२०७२ मङ्सिर ७ सोमबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा खेलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाइटेडलाई फराकिलो अन्तरले हराएको छ ।  आइतबार राति आफ्नै मैदानमा टोटनह्यामले वेष्ट ह्यामलाई ४–१ गोल अन्तरले हरायो । टोटनह्यामलाई जिताउन गराउन ह्यारी केनले दुई गोल गरे । डिफेन्डरद्वय टोबी अल्डरवेराल्ड र कायल वाल्करले एक–एक गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । जितसँगै टोटनह्याम लिगको अंक तालिकामा १३ खेलबाट २४ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । लिगको शीर्ष स्थान ... बाँकी अंश»

एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको उपाधि जोकोभिचलाई, एकै वर्ष ११ उपाधि

२०७२ मङ्सिर ७ सोमबार, एजेन्सी । एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको उपाधि शीर्ष सर्वियन खेलाडी नोभाक जोकोभिचले कब्जा गरेका छन् । लण्डनमा आइतबार राति भएको फाइनलमा तेस्रो बरियताबा स्वीस टेनिस स्टार रोजर फेडेररलाई हराँउदै जोकोभिचले उपाधि जितेका हुन् । यसअघि तीन पटक च्याम्पियन बनिसकेका जोकोभिचले एटिपी विश्व टुर फाइनल्सको उपाधि जित्न फेडेररलाई सोझो २–० सेटले हराए ।   पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेका जोकोभिचले दोस्रो सेट ६–४ ले जिते । समूह चरणका खेलमा जोकोभिच फे ... बाँकी अंश»

आईओएफटीसीमा २३ राष्ट्रका पाँच सय खेलाडी सहभागि हुने

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौं । ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा नेपालसहित विभिन्न २३ राष्ट्रका ५ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने भएका छन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा खेलाडी सहभागिताबारे जानकारी दिइयो ।   युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युएनएनटीएफ) को सहयोग तथा आईओएफटीसीको आयोजनामा प्रतियोगिता सन् २०१६ को अक्टोबर १४ र १५ तारिखमा अमेरिकाको पोर्टल्या ... बाँकी अंश»

एटीपी वर्ल्ड टुर टेनिस : जोकोभिच र फेडेररबीच फाइनल भिडन्त

२०७२ मङ्सिर ६ आइतबार, एजेन्सी । लण्डनमा जारी एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको फाइनल भिडन्त शीर्ष बरियताका सर्वियन खेलाडी नोभाक जोकोभिच र तेस्रो बरियताका स्वीस खेलाडी रोजर फेडेररबीच हुने भएको छ ।   शनिबार राति भएको सेमिफाइनलमा जोकोभिचले पाँचौ परियताका स्पेनिस खेलाडी रफाइल नदाललाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै फाइनलमा ठाउँ बनाए । उता, स्वीस भिडन्तमा चौथो बरियताका स्टानिस्लास वावरिन्कालाई ७–५, ६–३ को सोझो सेटमा हराउँदै फेडेरररले जोकोभिचसंगको फाइनल भेट पक्क ... बाँकी अंश»

प्रिमियर लिग : लेस्टर सिटी शीर्ष स्थानमा, म्यान्चेस्टर सिटी पछारियो

२०७२ मङ्सिर ६ आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको अग्रतामा पूर्णविराम लागेको छ । शनिबार भएको खेलमा म्यान्सिटी लिभरपुलसंग ४–१ ले पराजित भएपछि अग्रतामा पूर्णविराम लागेको हो । यो हारले सिटी दुई स्थान पछि परेको छ । खेलमा लिभरपुललाई विजयी गराउन फिलिप कौटिन्हो, रोबर्टो फर्मीनो र लुकास लिभाले एक–एक गोल गरे ।   सिटीका मांगालाले आत्माघाती गोल गर्दा सर्जियो अगुएरोले सान्तोना गोल फर्काए । उता, न्यूकासल युनाइटेडलाई ३–० ले हराँउदै लेष्टर ... बाँकी अंश»

मेसीको बार्सिलोनाको भारी जित, रोनाल्डो चुके

२०७२ मङ्सिर ६ आइतबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई ४–० को फराकिलो अन्तरले हराएको छ । शनिबार राति रियालको मैदान सान्टियागो स्थित बर्नव्यउमा भएको खेलमा बार्सिलोना विजयी भएको हो । बार्सिलोनालाई विजयी गराउन लुइस सुआरेजले दुई तथा नेमार र एन्ड्रेस आइनिस्टाले एक–एक गोल गरे ।    बार्साका मुख्य फरवार्ड लियोनल मेसी चोटले खेलमा फर्किन नसकिरहेको अवस्थामा टोलीको जिम्मा नेमार र सुआरेजले लिइरहेका छन् । उनीहरुले बार्सालाई अग्रता दिला ... बाँकी अंश»

अमेरिका जाने पाँच खेलाडीको टुंगो

२०७२ मङ्सिर ५ शनिबार, काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी छनोट भएका छन् ।मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ), नेपालले संयुक्त रुपमा संचालन गरेको प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ महिला गरी ५ खेलाडी अर्को वर्ष (२०१६) को अक्टोबरमा हु ... बाँकी अंश»

नयाँ