//

खेलकुद

साफ च्याम्पियनसिप : भारत र अफगानिस्तानबीच फाइनल भिडन्त

२०७२ पौष १६ बिहिबार, काठमाडौं । भारतको केरलामा जारी ११औ दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको फाइनल भिडन्त साविक विजेता भारत र डिफेन्डिङ च्याम्पियन अफगानिस्तानबीच हुने भएको छ । विहिबार केरलाको त्रिबेन्द्रम रंगशालामा भएको सेमिफाइनल खेलमा भारतले माल्दिभ्स तथा अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनल भेट तय गरेका हुन् । भारतले माल्दिभ्सलाई ३–२ गोल अन्तरले हरायो ।   यस्तै, अफगानिस्तानले श्रीलंकालाई ५–० को फराकिलो अन्तरले हरायो । यी दुईबीचको फाइनल भिड ... बाँकी अंश»

भारत फाइनलमा

२०७२ पौष १६ बिहिबार, काठमाडौं । भारत माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भारतको केरलास्थित त्रिवेन्द्रम रङ्गशालामा विहिबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले माल्दिभ्सलाई ३–२ गोलअन्तरले हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो । अर्को सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान र श्रीलङ्का भिडिरहेका छन् ।  ... बाँकी अंश»

श्रीलंकाविरुद्ध म्याक्कुलम नखेल्ने

२०७२ पौष १६ बिहिबार, एजेन्सी । न्यूजील्याण्डले श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेटमा कप्तान ब्रेन्डन म्याक्कुलमलाई मैदानमा उतार्न नसक्ने संकेत दिएको छ । चोटको कारण शुक्रबार हुने तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा म्याक्कुलम नदेखिने सम्भावना बढेको हो । आउदों फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणाको तरखरमा रहेका म्याम्कुलमको मंगलबार भएको दोस्रो एकदिवसीय खेलका क्रममा ढाडमा चोट लागेको थियो ।    वुधबार म्याक्कुलमले अभ्यासमा भाग न ... बाँकी अंश»

इङ्गल्याण्डलाई ११ वर्षपछी पहिलो सफलता

२०७२ पौष १५ बुधबार, एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा विजयी हुँदै इङ्गल्याण्ड विजयी यात्राको लयमा फर्किएको छ । दर्बाङ्गमा भएको पहिलो टेष्टमा दुई सय ४१ रनको फराकिलो जित निकाल्दै इङ्गल्याण्डले विदेशी भूमिमा ११ वर्ष पछि पहिलो टेष्ट सफलता हासिल गरेको छ । इङ्गल्याण्डले पछिल्लो टेष्टको हार श्रृंखलामा समेत पूर्णविराम लगाएको छ ।   ४ सय १६ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङ्गमा एक सय ७४ रनमै समेटिएपछि नतिजा इङ्गल्याण्डको पक्षमा आयो ... बाँकी अंश»

हात्ती फुटबलको उपाधि सिजी फुड्सलाई

२०७२ पौष १५ बुधबार, रत्ननगर (चितवन । चितवनको रत्ननगरस्थित सौराहामा भएको हात्तीका छावाबीचको फुटबलमा सिजी फुड्सले उपाधि हात पारेको छ । बार्हौँ चितवन हात्ती महोत्सवका क्रममा आज सम्पन्न फाइनल खेलमा सिजीले नबिल बैंकलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिजीले बुद्ध एयरलाई र प्रभु बैकलाई नबिल बैंकले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो । खेल सुरु भएको एक मिनेट बित्न नपाउँदै सिजीले अग्रता लिएको थियो । रातो जर्सीमा सहभागी सिजीका लागि खेलको ४८ सेकेन्डमै सौराहागजले गोल ग ... बाँकी अंश»

संजयले यसरी उल्टो हिडेर बिश्व रेकर्ड गरे ज्वालामुखी पर्बत किलिमंजरोमा

२०७२ पौष १४ मंगलबार, काठमाडौं। नेपाली कृतिमानी बिश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितले अफ्रिकाको सर्बोच्च शिखर किलिमंजरोमा गरेको उल्टो यात्राको भिडियो सार्वजनिक भएको छ। पण्डितले चर्चित मरान्गुगेटबाट यात्रा थालेर सर्बोच्च शिखरसम्म उल्टो हिडेर २५ घण्टा ४० मिनेटमा पार गरेको भिडियो सार्वजनिक भएको हो।     बिश्वकै एक मात्र स्वतन्त्र ज्वालामुखी पर्बत किलिमंजरोमा यो भन्दा आगाडी कुनै पर्वतारोहीले यस्तो प्रकारको कृतिमान राखेको थिएन। सात महादेशका सातै ... बाँकी अंश»

सागका लागि पुरुष कुस्ती खेलाडी छनोट

२०७२ पौष १४ मंगलबार, काठमाडौं । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि पुरुष कुस्ती खेलाडी छनोट भएका छन् । १२ औं दक्षिण एसियाली खेलकुद तयारी कार्यकारी समितिले संचालन गरेको राष्ट्रव्यापी खुला कुस्ती छनोट प्रतियोगिताको दोश्रो दिन मंगलबार आ–आफ्नो स्पर्धामा शीर्ष स्थान हात पार्ने ७ पुरुष खेलाडी छनोट भए ।    एक पुरुष खेलाडी अघिल्लो दिन नै छनोट भइसकेका छन् । एक सय २५ केजीमा नेपाल आर्मीका सत्येन्द्रप्रसाद यादव प्रतिद्वन्द्वी नपाएपछि स्वतः छनोट भए । महिल ... बाँकी अंश»

वेष्टइन्डिजविरुद्धको टेष्ट श्रृंखलामा अष्ट्रिेलियाको कब्जा

२०७२ पौष १४ मंगलबार, एजेन्सी । वेष्टइन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रिेलियाले फराकिलो जित हासिल गरेको छ । मेलवर्नमा भएको टेष्टमा अष्ट्रेलिया एक सय ७७ रनले विजयी भयो । जितसंगै अष्ट्रेलियाले ३ खेलको टेष्ट श्रृंखला एक खेल अगाबै आफ्नो पक्षमा पारेको छ । पहिलो र दोस्रो टेष्ट जित्दै अष्ट्रेलियाले श्रृंखलामा २–० को अग्रता लिएको हो ।    पहिलो इनिङमा पाँच सय ५१ रनको योगफल बनाएको अष्ट्रेलियाले पहिलो र दोस्रो इनिङमा मात्र ३–३ विकेट गुमायो । पहिलो इनिङमा २ स ... बाँकी अंश»

आर्सनल शीर्ष स्थानमा, चेल्सी र म्यानयु रोकिए

२०७२ पौष १४ मंगलबार, एजेन्सी । आर्सनल इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार रातिको एएफसी बर्नमाउथलाई हराउँदै आर्सनल लिगको अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा आर्सनलले बर्नमाउथलाई २–० ले हरायो । आर्सनलको जितका लागि ग्याब्रिएल पउलिष्टा र मेसुट ओजीलले एक–एक गोल गरे ।   यस्तै, नर्विच सिटीले एस्टन भिल्लालाई २–० ले हराएको छ । टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–१ ले पराजित गर्दा न्यूकासल युनाइटेड वेष्ट ब्रोमविच आल्बियनस ... बाँकी अंश»

न्यूजिल्याण्डको विशाल जित, गुप्टिलले ८ छक्का–९ चौका वर्षाए, ३० बलमै ९३ रन

२०७२ पौष १३ सोमबार, एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा न्यूजिल्यान्डले १० विकेटको शानदार जित निकालेको छ । क्राष्टचर्चमा सोमबार भएको खेलमा घरेलु टोली न्यूजिल्याण्डले २ सय ५० बाँकी छँदै विशाल जित निकाल्यो । यो जितसंगै न्यूजिल्याण्डले ५ खेलको एक दिवसीय श्रृंखलामा २–० को अग्रता लिएको छ ।   टस जितेर पहिले व्याटिङ गरेको पाहुना श्रीलंकाले २७ ओभर ४ बलमा अलआउट हुनुपूर्व १ सय १७ रनको झिनो योगफल तयार पारेको थियो । श्रीलंकाली व्याट्सम्यानले खासै प्रद ... बाँकी अंश»

सागका लागि महिला कुस्ती खेलाडी छानिए

२०७२ पौष १३ सोमबार, काठमाडौं । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद सागका लागि महिला कुस्ती खेलाडी छनोट भएका छन् । १२औं दक्षिण एसियाली खेलकुद तयारी कार्यकारी समितिले संचालन गरेको राष्ट्रव्यापी खुला कुस्ती छनोट प्रतियोगिताबाट सोमबार ८ महिला खेलाडी छनोट भएका हुन् ।   सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा इलामकी सुमित्रा राई पहिलो भइन् । सुमित्राले पर्साकी पूजाकुमारी श्रीवास्तवलाई पराजित गरिन् । ५३ ... बाँकी अंश»

नेपालको केरला यात्रा समाप्त, छवि सुधारको अवसर गुम्यो, गोल खडेरी अन्त्य

२०७२ पौष १२ आइतबार, काठमाडौं । नेपाल भारतको केरलामा जारी ११औं साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । आइतबार साँझ त्रिबेन्द्रममा भएको समूहको अन्तिम खेलमा नेपाल आयोजक तथा उपाधि दावेदार भारतसंग ४–१ ले पराजित भयो । नेपालको ११औं साफ यात्रा समाप्त भएको छ । साफ च्याम्पियनसिप २०१५ को लिग चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्न भारतविरुद्धको खेल जित्नै पर्ने थियो । केरला यात्रा समाप्त भएसंगै खेल मिलेमतोले आचोचित भएको नेपाली फुटबल सुधारको अवसर गुमेको छ ... बाँकी अंश»

नेपाल भारतसंग ४–१ ले पराजित [लाइभ अपडेट]

२०७२ पौष १२ आइतबार, काठमाडौं । भारतको केरलामा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नयाँ रणनीतिका साथ मैदान उत्रिएको नेपाल समूहको अन्तिम खेलमा भारतसंग  ४–१ ले पराजित हुँदै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको हो । भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भने श्रीलंका समूह उपविजेता बन्दै सेमिफाइल पुगेको छ ।      ,,,,,नेपाली टोली कीरण चेम्जोङ (गोलकिपर) बीराज महर्जन ( कप्तान ) आदित्य चौधरी जितेन्द्र कार्की  रन् ... बाँकी अंश»

भारतविरुद्ध नयाँ रणनीति, अनीलको ठाउँमा बीराजलाई कप्तानी

२०७२ पौष १२ आइतबार, काठमाडौं । भारतको केरलामा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भारतविरुद्ध निर्णायक खेल खेल्दै छ । यसअघि, पहिलो खेलमा हार बेहोरेपछि नेपाली टोलीले नयाँ रणनीति अपनाएको छ । कप्तान अनील गुरुङ बेन्चमा बस्दा विराज महर्जन कप्तानी गर्दै छन् । नबयुग श्रेष्ठ पहिलो एघारमा परेका छन् । नवयुगलाई खेलको आकर्षण मानिएकामा आज असली परिक्षा हुनेछ ।   को को छन् पहिलो ११ मा ? कीरण चेम्जोङ (गोलकिपर) बीराज महर्जन ( कप्तान ) अदित्य चौधरी जितेन्द्र कार्की  रन्जि ... बाँकी अंश»

घोचक प्रिमियर लिग : लेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र आर्सनल पराजित

२०७२ पौष ११ शनिबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष तीन टोली पराजित भएका छन् । शनिबार राति भएका खेलमा लेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र आर्सनल गोल विहिन हुँदै पराजित भएका हुन् । म्यानयु स्टोक सिटीको मैदानमा २–० ले पराजित भयो । यस्तै, आर्सनललाई साउथ ह्याम्पटनले आफ्नै घरेलु मैदानमा ४–० को फराकिलो अन्तरले हरायो । यो हारले आर्सनलको शीर्ष स्थानमा उक्लिने सपना तुहिएको छ । यस्तै, शीर्ष चार भित्रै सुरक्षित रहने म्यानयुको सपना समेत पराजयले चक्चाचुर भएको छ ।& ... बाँकी अंश»

टी–ट्वाइन्टी समृद्ध क्रिकेट कप हुँदै

२०७२ पौष ११ शनिबार, दिलिप खड्का, रुकुम । रुकुममा पहिलो पटक जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । आफ्नो संस्थाको स्थापना दिवसको अवसरमा समृद्ध समाज नेपाल रुकुमले “टि–२० समृद्ध क्रिकेट कप” संचालन गर्न लागेको हो ।   पछिल्लो समय क्रिकेटप्रति युवा आकर्षण बढेको र जिल्लामा क्रिकेट खेलको विकास लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ । पुस २५ देखि २७ गते सम्म जिल्लाको पश्चिमी क्षेत्र चौरजहारीमा प्रतियोगीता संचालन हुने छ  ।   प्रतियोगि ... बाँकी अंश»

नेपाल–भारत भिडन्त, सेमिफाइन पुग्न नेपाललाई जित्नैपर्ने दबाब

२०७२ पौष ११ शनिबार, काठमाडौं । भारतको केरलामा जारी ११औं साफ च्याम्पियनसीप फुटबलमा  नेपाल र उपाधि दावेदार भारत भिड्दैछन् । साँझ पौने सात बजे त्रिबेन्द्रममा हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुने छ । समूह ए को अन्तिम खेलमा नेपाल र भारत खेलेसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लाग्नेछ ।    भारत र श्रीलंकाले एक–एक खेल जित्दा नेपाल कठिन अवस्थामा छ । पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपाल अंकविहीन छ । ने ... बाँकी अंश»

सशस्त्र र आर्मी फाइनलमा

२०७२ पौष १० शुक्रबार, काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लब काठमाडौमा जारी प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेका छन् ।  भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा शुक्रबार भएको सेमिफाइनल खेलमा सशस्त्रले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले हरायो । सशस्त्रलाई विजयी गराउन सावित्रा भण्डारी र अनु लामाले एक–एक गोल गरे । भण्डारीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाइन् । लामाले खेलको एक सय १७ औँ मिनेटमा एक गोल थप्दै ... बाँकी अंश»

भारत र श्रीलंका भिड्दै, नेपालका लागि प्रतिक्षाको खेल

२०७२ पौष १० शुक्रबार, काठमाडौं । भारतको केरलामा जारी ११औं साफ च्याम्पियनसिप फुटबलमा शुक्रबार (आज) उपाधि दावेदार भारत र श्रीलंका भिड्दै छन् । केरलाको त्रिबेन्द्रममा हुने खेलमा बलियो भारत र कमजोर मानिने श्रीलंक भिड्न लागेका हुन् । समूह ‘ए’ को यो खेल नेपालका लागि महत्वपूर्ण छ ।    तीनवटा टोली मात्रै रहेको समूह ‘ए’ मा एउटा खेल जित्ने टोली सेमिफाइनल पुग्ने सम्भावना छ । समूहको पहिलो खेलमा श्रीलंकाले नेपाललाई हराएकाले यो खेल नेपालका लागि प्रतिक्षाको विषय बनेको हो ... बाँकी अंश»

क्यानको बैंङ्क खाता पनि भावनाकै नाउमा, योगेश–गगन आउने कुरा कहाँ पुग्यो ?

२०७२ पौष ९ बिहिबार, काठमाडौं । नेपाल क्रिकेटसंघको सम्पूर्ण जिम्मेवारी कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको केही दिनमा नेपाल क्रिकेट संघ क्यानमा निकै चलहलल सुरु भएको छ । क्यानले अब बैङ्क खाता समेत घिमिरेकै नामबाट संचालन गर्ने तयारी गरेको छ । आइतबार नयाँ बैङ्क खाता तयार हुने राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव केशव कुमार विष्टले हाम्रा कुरालाई जानकारी दिए । खाता घिमिरे सहित तीन जनाको नाममा हुने सदस्य सचिव विष्टले बताए । जसमा क्यानका लेखापाल र एक जना राखेप प्रत ... बाँकी अंश»

नयाँ