//

खेलकुद

नेपालको युएई यात्रा निराशाजनक, पपुवा न्यूगिनीसंग लगातार दोस्रो हार

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिप खेल्न युएई पुगेको नेपाल पपुवा न्यूगिनीविरुद्धको दोस्रो खेलमा समेत पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्ने क्रममा लगातार चौथो खेल हारेको हो । बुधबार संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा नेपाल पपुवा न्यूगिनीसँग ३ विकेटले पराजित भयो । दुई सय २५ रनको चुनौती पछ्याउको पपुवा न्यूगिनीले दुई बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर जित हासिल गरेको हो । एक सय ४१ रन जोड् ... बाँकी अंश»

पपुवा न्यूगिनीलाई नेपालले दियो २२५ रनको लक्ष्य

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । युबईको अबुधाबीमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्यूगिनीलाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । केही क्षण पछि पपुवा न्यूगिनीले ब्याटिङ गर्दैछ । प्रतियोगितामा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले पाँच चौकासहित ३६, सागर पुनले एक चौकासहित ७४, कप्तान पारस खड्काले पाँच चौकासहित ५८, शरद भेष्वाकरले ४२ रन बनाएका थिए ।    ... बाँकी अंश»

स्वीडेन र युक्रेन युरोकपमा छनोट, सबै २४ टोलीको टुंगो

२०७२ मङ्सिर २ बुधबार, एजेन्सी । स्वीडेन र युक्रेन आउँदो वर्ष फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपमा छनोट भएका छन् । मंगलबार राति भएका प्ले अफ् खेलका दोस्रो लेगमा प्रतिस्प्रर्धीसंग बराबरी खेलेका दुबै टोली छनोट भए । यी दुई राष्ट्र पहिलो लेगमा हासिल गरेको जितको आधारमा युरोकपमा यात्रा तय गर्न सफल भए ।    डेनमार्कमा भएको खेलमा स्वीडेनले घरेलु टोलीसंग २–२ को बराबरी खेल्यो । पहिलो लेगमा २–१ ले विजयी भएको स्वीडेन समग्रमा ४–३ ले विजयी भएको हो । प्ले अफ्को दोस्रो ... बाँकी अंश»

नेपाल पुबुदुको प्रशिक्षणको अन्तिम खेल जित्ला ?

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अवुधाबीमा आज दोस्रो खेल खेल्दै छ । प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको नेपालले ‘होम एन्ड अवे’को दोस्रो खेल खेल्न लागेको हो । पपुवा न्यूगिनीसंगको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो ।    पहिलो जितको खोजीमा रहेका नेपालका लागि यो खेल अवसर र प्रतिष्ठा दुवै हुनेछ । यसै खेलबाट नेपालको युएई बस ... बाँकी अंश»

मैत्रीपूर्ण खेलमा फ्रान्सको हार, इङ्गल्याण्ड २–० ले विजयी, जर्मनी र नेदरल्याण्डसबीचको खेल असुरक्षाले रद्द

२०७२ मङ्सिर २ बुधबार, एजेन्सी । पेरिस आक्रमणपछि स्तब्ध बनेको फ्रेन्च फुटबल टोलीले इङ्गल्यान्डसंग मैत्रीपूर्ण फुटबल खेलेको छ । इङ्गल्याण्डको वेम्बले रंगशालामा वुधबार विहान सकिएको खेल इङ्गल्याण्डले जिते पनि मैत्रीपूर्ण खेलले पेरिस घटनाको निन्दा र मृतकहरुप्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।  वेम्बलेमा खेल हुनुपूर्व पेरिस आक्रमणमा मृत्यु भएका आफन्तजनमा समवेदना दिइएको थियो । मैदान फ्रान्सको झण्डाको तीन रंगले रंगिएको थियो ।   खेल हेर्न आएका करिब ७० हजार दर्शकले प ... बाँकी अंश»

‘फिफाबाट आधिकारिक कागजात आएपछि कारवाही अगाडि बढाउँछु’

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौ । यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले जस्तो सुकै दवाव आए पनि खेलकुद क्षेत्रमा विकृति र विसंगति भित्राउनेहरुलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ दोषीलाई कारवाही गर्दा मन्त्रीपद धरापमा पर्छ भने पनि मतलब छैन । म महाभारतको एकलब्य हुन तयार छु । तर कसैको दवावमा झुक्दिन । मन्त्री पद त्याग्छु तर दोषीलाई कारवाही नगर्ने कुरा हुँदैन ।’ क्लबका अध्यक्ष ... बाँकी अंश»

पपुवा न्युगिनीसँग नेपाल बुधबार दोस्रो खेल खेल्दै

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको पुछारमा रहेको नेपालले बुधबार पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने भएको छ ।  संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपालले बुधबार प्रतियोगितामा पहिलो जित दर्ता गर्ने उद्देश्यका साथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । विभिन्न आठ राष्ट्र सहभागी उक्त प्रतियोगितामा तीन खेल खेलेको नेपाल तीनै खेलमा हार व्यहोरेको छ ।  यसअघि स्कटल्यान्डमा भएको उक्त प्रतियोगिताको प ... बाँकी अंश»

संजयले उल्टो हिडेर किलिमन्जारो आरोहण गर्ने

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौं । कीतिमानी  बिश्व पर्वतारोही एवम् लामो दुरीका धाबक संजय पण्डितले अफ्रिकाकै छानो भनेर चिनिने माउन्ट किलिमन्जारो उल्टो हिडेर आरोहण गर्ने भएका छन् । अस्ट्रेलियाको सर्बोच्च शिखर कोजीयसको   एक वर्ष अगाडी २०१४ को  नोभेम्बरमा उल्टो हिडेर आरोहण गरेको सफल वर्षगाठको सुअवसरमा उनले मंगलबार काठमाडौँमा यस्तो घोषणा गरेका हुन् । एशिया, अफ्रीका, अस्ट्रेलिया, युरोप, अमेरिका, जापान लगायत अन्य  महादेशका सर्वोच्च हिमश्रृंखलाहरुको सफल आरोहण एवम् अनुभ ... बाँकी अंश»

फाष्ट बलर जोनसनले लिए सन्यास

२०७२ मङ्सिर १ मंगलबार, सिड्नी । अष्ट्रेलियाका फाष्ट बलर मिचेल जोनसनले अन्तर्राष्ट्रिय क्रिकेटका सबै प्रतियोगिताबाट सन्यास लिएका छन् । मंगलबा न्यूजिल्याण्डको विरुद्ध चलिरहेको दोस्रो टेष्ट म्याच सकिएपछि जोनसनले सन्यासको घोषणा गर्नेछन् । जोनसन अष्ट्रेलियाका चौथो उत्कृष्ठ बलर हुन् । उनले अहिलेसम्म ७३ टेष्ट म्याच खेलेर ३११ विकेट लिएका छन् । टेष्टमा विकेट लिने मामलामा उनी भन्दा अगाडि शेन वार्न(७०८), ग्लेन मैकग्राथ(५६३) र डेनिस लिली (३५५) छन् । टेष्ट विकेट लिने मामलामा सब ... बाँकी अंश»

युरोकप छनोट : आयरल्याण्ड छानियो

२०७२ मङ्सिर १ मंगलबार, एजेन्सी । आयरल्याण्ड आउँदो वर्ष फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपका लागि छनोट भएको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगको प्ले अफ खेलमा बोस्निया हर्जगोभिनालाई २–० ले हराउँदै आयरल्याण्डले युरोकप च्याम्पियनसिपमा स्थान पक्का गरेको हो ।    आयरल्याण्डलाई विजयी गराउन जोनाथन वाल्टर्सले निर्णायक दुई गोल गरे । उनले खेलको २४औं मिनेटमा पाएको पेनाल्टी सुदुपयोग गर्दै पहिलो गोल गरे भने दोसं्रो हाफ पछि ७०औं मिनेटमा दोस्रो गोल ग ... बाँकी अंश»

दिपक बिष्टले गरे भुकम्पपीडितलाई न्यानो लुगा हस्तान्तरण

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौं। रोयल पेनगुइन बुटिक होटल र क्रु क्लोदिङ युकेले संयुक्तरुपमा काभ्रेको ढुखंर्क गाविसका भूकम्प पीडित दलितलाई जाडो छेक्ने न्यायो लत्ताकपडा वितरण गरेको छ । ढुखंर्कमा सोमबार आयोजित कार्यक्रममा तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ दीपक थापा, ढुंखर्कका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले झन्डै ७० घरधुरीका पीडितलाई लत्ताकपडा हस्तान्तरण गरेका थिए । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित जिल्ला मध् ... बाँकी अंश»

सातौं राष्ट्रिय खेलकुद मंसिरबाट फागुनमा सर्‍यो

२०७२ कार्तिक ३० सोमबार, काठमाडौं । पूर्वाञ्चलमा पहिलोपटक आयोजना हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा सरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको सोमबार बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ तिथी घोषणा गरेको हो ।   समयमा बजेट निकासा नहुँदा मंसिर ११ गतेदेखि १८ गतेसम्म हुने तय भएको प्रतियोगिता फागुन १८ देअि २३ गतेसम्म पूर्वाञ्चलमै गर्ने निर्णय भएको राखेपले जनाएको छ ।    बोर्ड बैठकमार्फत् राखेपले सातौं राष्ट्रिय खेलकुद प्र ... बाँकी अंश»

पपुवा न्यूगिनीविरुद्धको पहिलो खेल गुम्यो, नेपाल २ विकेटले पराजित

२०७२ कार्तिक ३० सोमबार, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको तेस्रो खेलमा नेपाल पपुवा न्यूगिनीसंग २ विकेटले पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा भएको खेलमा दुई सय ३३ रनको चुनौती पछ्याएको पपुवा न्यूगिनीले ४९ ओभर ३ बलमा ८ विकेट गुमाएर जित निकाल्यो । पुपुवा न्यूगिनीका लागि असाद भालाले सर्वाधिक ८७ रन बनाए । यस्तै, सोमपाल कामीको सिकार भएका चार्लेस अमिनीले ३५ रन बनाए ।    यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धाारित ५० ओ ... बाँकी अंश»

राखेप सदस्यसचिवलाई पदस्थापना गर्ने अन्तरिम आदेश कायमै

२०७२ कार्तिक २९ आइतबार, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको पदस्थापनको विषयमा यसअघि जारी अन्तरिम आदेशलाई कायमै राखेको छ ।   न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो आदेश दिएको हो ।    अदालतले अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै विष्टलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनसम्बन्धी सक्कल फाइल अदालतमा पेश गर्न अख्तियारलाई भनेको छ ।    अख्तियारले गत भदौ २५ गत ... बाँकी अंश»

ट्राइथलनमा डेनिस प्रशिक्षक नियुक्त

२०७२ कार्तिक २९ आइतबार, काठमाडौँ । भारतको गुहाटी र सिलोङमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीका लागि नेपाल ट्राइथलन सङ्घले पिटर ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।  डेनमार्कका ५१ वर्षीय प्रशिक्षक ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकका रुपमा नियुक्त गरिएको सङ्घका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । प्रशिक्षक ज्याकोवसन ट्राइथनल प्रशिक्षकका साथै शारीरिक र मानसिक प्रशिक्षणका ज्ञातासमेत हुन् ।  उनी आफ्नो जमानाक ... बाँकी अंश»

पेरिस आक्रमणले विश्व खेल जगत शोक मग्न, इङ्गल्याण्डसंग फ्रान्सले मैत्रीपूर्ण खेल खेल्ने

२०७२ कार्तिक २९ आइतबार, एजेन्सी । फ्रान्सको पेरिसमा भएको आतंकवादी आक्रमणपछि विश्व खेल जगत शोक मग्न भएको छ । एक सय २९ जनाको मृत्यु भएको उक्त घटना विश्व खेल जगतका लागि मात्र नभई विश्व समुदाय नै स्तब्ध बनेको छ । समर्थक र खेलकर्मीहरुले विश्वभर जारी विभिन्न खेलकुद प्रतियोगिता सुरु हुनुपुर्व फ्रेन्च हमलाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । फ्रान्समा एक हप्ताको लागि सबै खेल प्रतियोगिता रद्द भएका छन् । यद्यपि, मंगलबार इङ्ग ... बाँकी अंश»

पपुवा न्यूगिनीविरुद्धको खेल अघि नेपाल निराश, अभ्यास खेलमा ओमान ३ विकेटले विजयी

२०७२ कार्तिक २८ शनिबार, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्ध खेल्नयुएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तिम अभ्यास खेलमा ओमानसंग ३ विकेटले पराजित भएको छ । यसअघिका अभ्यास खेलमा सम्मानजनक प्रदर्शन गरेको नेपालले अवुधावीमा शनिबार भएको खेलमा निराशाजनक प्रदर्शन गरेको हो । ओमानलाई जितेर उच्च मनोवलका साथ पपुवा न्यूगिनीविरुद्ध खेल्ने नेपालको योजना विफल भएको छ । एक सय ८५ रनको चुनौती पछ्याएको ओमानले ११ बल खेल्न बाँकी छँदै ७ ... बाँकी अंश»

पेरु विजयी, पाराग्वेको झिनो हार

२०७२ कार्तिक २८ शनिबार, एजेन्सी । विश्वकप फुटबल छनोटमा पेरु विजयी भएको छ । शनिबार भएको खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै पेरुले छनोट खेलमा पहिलो जित दर्ता गरेको हो । दक्षिण अमेरिकी (कोन्काकाफ) छनोटको तेस्रो चरण अन्तर्गत यी दुईबीच भिडन्त भएको हो । पेरुलाई विजयी गराउन जेफर्सन फारफनले २०औं मिनेटमा निर्णायक गोल गरे । पेरुले पाराग्वेलाई पुरै समय दबाबमा राख्यो । पाराग्वेले थुप्रै अवसर खेर फाल्यो । जितेको पेरुको बल्ल ३ अंक भएको छ भने ४ अंकको पाराग्वे गोल अन्तरका आधारमा ब् ... बाँकी अंश»

छनोट खेल बराबरी : ब्राजिल सुरक्षित, अर्जेन्टिना संकटमा

२०७२ कार्तिक २८ शनिबार, एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल १–१ को बराबरीमा सकिएको छ । यो बराबरीले ब्राजिललाई फाइदा पुगेपनि विश्व फुटबलको अर्को महारथी अर्जेन्टिनालाई घाटा लागेको छ । शनिबार बिहान भएको खेलमा पहिलो हाफ अघि अर्जेन्टिनाका इजेकुइल लाभेज्जीले गोल गरे । दोस्रो हाफ पछि ब्राजिलका लुकास लिमाले गोल फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । ८८औं मिनेटमा ब्राजिलका डेभिड लुइज दोहोरो पहंलोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्राज ... बाँकी अंश»

मैत्रीपूर्ण खेलमा स्पेन र फ्रान्स विजयी, फ्रान्सको खेल मैदानमा आक्रमण, ३ जनाको मृत्यु

२०७२ कार्तिक २८ शनिबार, एजेन्सी । इङ्गल्याण्डसँगको मैत्रिपूर्ण फुटबलमा स्पेन विजयी भएको छ । राति एलिकान्टीमा भएको खेलमा इङ्गल्याण्ड स्पेनसँग २–० ले पराजित भयो । पहिलो हाफमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको इङ्गल्याण्डले खेलको ७२ देखि ८४ मिनेटको बिचमा दुई गोल खाएको हो । ७२औं मिनेटमा पेरेज माटिर्नेजले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ८४औं मिनेटमा सान्टी काजोर्लाले गोल गरेपछि स्पेन २–० ले विजयी भयो । यस्तै, फ्रान्सले जर्मनीलाई २–० हराएको छ । घरेलु टोली फ्रान्सको ... बाँकी अंश»

नयाँ