//

साहित्य

रुद्रनाथ व्यक्ति–व्यक्तित्व सार्वजनिक

२०७७ कार्तिक १ शनिबार, काठमाडौं। नेपाली कांग्रेस प्रचार विभागका सदस्य रामचन्द्र घिमिरेले सम्पादन गरेको रुद्रनाथ घिमिरे व्यक्ति–व्यक्तित्व सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता नरहरि आचार्य र नेकपाका नेता खगराज अधिकारीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।  ... बाँकी अंश»

प्रेमकथा

२०७७ असोज २६ सोमबार, प्रिय, कसरी सुरु गरौं । कुन कुराबाट सुरु गरौं आज म आफ्नो कथा । मेरो हरेक अध्याय, हरेक खण्ड, हर अनुच्छेदमा तिमी छौ। तिमी चाहेर वा नचाहेर अटाएकी हुन्छौ, त्यसमा कुनै शंका छैन । तिमी मेरो जीवनको उत्तरार्धमा थियौ र पश्चिममा पनि हुनेछौ । जसरी सरगमबिना संगीत अधुरो छ, त्यसैगरी तिमी नभए अपूर्ण कथा बनेर म पनि हराउनेछु । तिमीले दिएको साथको लागि धन्यवाद भनेर तिम्रो मायाको अपमान गर्न कहाँ सक्छु र ? म बाँच्नुको उदेश्य तिम्रो ओठमा मुस्कान हेर्नु र आफू तिम्रो छत्रछायाँ रहिरहोस् भन्ने हो । आज अस्तव्यस्त मेरो जिन्दगीको यदि कसैले चासो राख्छ भने त्यो तिमी नै हौ । कसैले तैँले किन त्यसको मतलब गरिस् भनेर तिमीलाई प्रश्न गर्नै सक्दैन । तिमी आफैँमा ढुक्क छ्यौ, अनि म तिमीमा। मेरो मायाको एउटा मात्र सहारा भनेकै तिमी हौ । ... बाँकी अंश»

डा. गाेबिन्द केसीकाे सत्याग्रहमा स्रष्टाहरुकाे ऐक्यबद्वता

२०७७ असोज १९ सोमबार, काठमाडौं। प्रा.डा. गोविन्द केसी अहिले १९औं चरणको सत्याग्रहको २२ औं दिन केहि स्रष्टाहरुले उनको मागप्रति ऐक्यबद्धता जनाउँदै जीवनरक्षाको माग गरेका छन् । डा केसीले राखेका मागका सम्बन्धमा सरकारले न कुनै औपचारिक  छलफल नगरेकाे तथा कुनै वार्ता नगरेकाेमा स्रष्टाहरुले आपत्ती जनाएका छन्। ... बाँकी अंश»

अहिंसाकाे दियाे 

२०७७ असोज १८ आइतबार, सामन्ती भन्याै , टाउकाे काट्याै  हामीले बाेल्ने साहस गरेनाैं  राजनीति ठानेरै चुपचाप बस्याैं । ... बाँकी अंश»

प्रज्ञाका प्रकाशन सबै जिल्लामा पुर्‍याउन वितरण सञ्जाल

२०७७ असोज १७ शनिबार, काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू सातै प्रदेशका सबै जिल्लामा बिक्री वितरण गर्न सक्ने आधिकारिक सञ्जाल बनाएको छ। आधिकारिक विक्रेता छनोटका लागि प्राप्त बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहले बिक्री वितरणको जिम्मेवारी पाएसँगै प्रकाशनहरु देशका सबै भाग र विदेशमा समेत पुग्न सहज हुने भएको हो। ... बाँकी अंश»

श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक

२०७७ असोज १६ शुक्रबार, काठमाडौं। साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गरेका हुन् । ... बाँकी अंश»

भो नसुत डा. केसी

२०७७ असोज १५ बिहिबार, भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा  निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, ... बाँकी अंश»

बर्खाको समय

२०७७ असोज १४ बुधबार, लक डाउन कहिले खुल्छ ? यो कोरोना भाइरसले मान्छेले सत्यनाश गरिसक्यो भनेर देवकी रिस पोख्छिन् । ... बाँकी अंश»

माननीय कि ताननीय ?

२०७७ असोज १३ मंगलबार, घाँडाे पन्छाउन त्यहाँ तानि दिए भन्नु कसरि अब माननीय? देखेर बालहठ त्यहाँ तानि दिए  भन्नु कसरि अब माननीय ? लाजै नभएसि जे गर्दा नि हुनि माननीय कि ताननीय उनी? ... बाँकी अंश»

नाङ्गोवाद !!!

२०७७ असोज ११ आइतबार, वादैवादको छहारीमा मौलाएको लुटतन्त्रवाद । मानवीय संवेदनालाई छुन नसक्ने मानवतावाद । ... बाँकी अंश»

'मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ'

२०७७ असोज ९ शुक्रबार, लेख्ने कोसिस त गर्दै आएको छु । भविष्यमा पनि प्रयत्न निरन्तर रहने छ तर आफ्नै लेखनशील्पसँग सन्तुष्ट हुन सकिएको छैन । मेरो भावना र मेरो जानकारीको संयोजन गरेर सुन्दर रचना गर्न मेरो कलमले सक्तैन । मेरो त्यही अनुभूतिले मदन पुरस्कार प्राप्त लेखकको गरिमा गौरव थाम्न सकिन्न कि भन्ने लाग्ने हो । त्यसमाथि थप म अलि अल्छी पनि छु । घुमफिर गर्न रुच्दैन । अन्तक्र्रिया र संवाद गर्ने बानी पनि छैन । ... बाँकी अंश»

जीवन

२०७७ असोज ९ शुक्रबार, दुश्मनहरुको लखटाइलाई, बुझ्नै सकिन । सत्यमात्र रहेनछ जीवन, झुटको खेती गर्न सकिन । ... बाँकी अंश»

डा.पागल..!!!

२०७७ असोज ७ बुधबार, ऊ पागल हो उसको कुनै गाउँ छैन  उसको नाउँ डाक्टर हो तर उसको आकार छैन न उसको ठेगाना छ न उसको आफ्नो ठेगान छ ... बाँकी अंश»

म विचौलियाबाट नाच्ने नर्तक

२०७७ असोज ७ बुधबार, म नेता हुँ तर नेताको संस्कार र चरित्र छैन । म पदको लाचारी हुँ त्यसैले त स्वभिमानलाई चिन्दिन ।  ... बाँकी अंश»

के छ महारानी उपन्यासमा, को हुन् बानियाँ ?

२०७७ असोज ६ मंगलबार, तत्कालीन पर्वत राज्यको साङ्गोपाङ्गो वर्णनको दस्ताबेज हो महारानी उपन्यास । महाारानी उपन्यासमा तत्कालीन चौबिसे राज्यअन्तर्गत पर्वत राज्यको कथा समेटिएको छ । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो । त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किंवदन्ती छ । ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको छ । ... बाँकी अंश»

राज सायमीको उपन्यास पामिलाको अडियो बुक सार्वजनिक, सुरजवीरको स्वर 

२०७७ असोज ६ मंगलबार, नेपालभाषाका लोकप्रिय उपन्यासकार राज सायमीको सामाजिक उपन्यास ‘पामिला’को अडियो बुक सार्वजनिक भएको छ ।  ... बाँकी अंश»

बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली

२०७७ असोज ६ मंगलबार, अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेको आरोपमा २०३६ सालमा शिक्षक पदबाट उहाँलाई बर्खास्त गरियो र सार्वजनिक अपराधको मुद्दा लगाइएको म्याग्दीका साहित्यकार तथा नाताले चन्द्रप्रकाश बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । ... बाँकी अंश»

“हाम्रो कृषि र अबको बाटो”

२०७७ असोज १ बिहिबार, कृषि प्रधान हाम्रो मातृभूमिको, अवस्था  किन यस्तो ?  खेति गर्दैनौं हामी गर्छौ आयात, भनि उतैको सस्तो ।  उहिले हुँदा जनशक्ति देशमा, हुन्थ्यो निर्यात अन्न भएर युवा पलायन हुँदैछ, समाज छिन्न भिन्न ।  ... बाँकी अंश»

शान्ति, विकास र समृद्धि

२०७७ भदौ ३१ बुधबार, शान्तिको उद्घोष गर्न मेसिन गनले बढाइँ गरियो, घरको अटालीमा बसेको एक जोडी परेवा मरेछ ।। ... बाँकी अंश»

इलामेलीहरुको विश्व भेला शनिबार 

२०७७ भदौ ३० मंगलबार, विश्वभरका इलामेलीहरुको भेला आगामी असोज ३ शनिबार हुने भएको छ । भेला साँझ ५ः३० बजे हुने भएको हो ।  ... बाँकी अंश»

नयाँ