शिक्षा

प्रहरीका सन्तान पढाउन सातै प्रदेशमा विद्यालय 

२०७५ भदौ २९ शुक्रबार, काठमाडौँ । नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो ।  ... बाँकी अंश»

गाँउमा त्रास फैलिए पछि विद्यालय जाने विद्यार्थीको संख्या न्यून

२०७५ भदौ २७ बुधबार, वीरगन्ज। दलित र गैरदलित बीचको विवादले उग्र रुप लिएर गाँउमा त्रास फैलिएपछि बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी गाँउमा अवस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गोलागंजमा पढ्न आउने विद्यार्थीको संख्या ह्वातै घटेको छ। ... बाँकी अंश»

नमूना बन्दै महोत्तरीको सामुदायिक विद्यालय, 'फोन ईन' कार्यक्रमले विद्यार्थी नियमित

२०७५ भदौ २५ सोमबार, बर्दिवास। “हेलो...हजुर ! को बोल्नु भएको ?” मोबाइलमा लगातार घण्टी बजिरहेपछि फोन रिसिभ गर्दै ललिता जयसवालले भन्नुभयो, “म बर्दिवासबाट ललिता हजुर !” ललितालाई उनकी छोरी मधु जयसवाल पढिरहेकी महोत्तरी जिल्लाको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र रम्तेलले फोन गरेका रहेछन् ।  ... बाँकी अंश»

अनुदान वितरणमा व्यापक असुली

२०७५ भदौ २५ सोमबार, बारा । शिक्षा विकास तथा समन्वय ईकाई बाराले हालै वितरण गरेको अनुदानमा व्यापक असुली गरेको रहस्य खुलेको छ ।  ... बाँकी अंश»

तीज गीतमार्फत विद्यार्थीलाई ह्रस्व–दीर्घको पाठ (भिडियोसहित)

२०७५ भदौ २२ शुक्रबार, काठमाडौं । तीज नजिकिँदो छ । एक महिनाअघिदेखि नै दर खाने विकृति बढेको छ । शिक्षा र संस्कृति जोगाउने भन्दा तीजको विकृति बढ्दै गइरहेको अवस्थामा राजधानीको एक विद्यालयका शिक्षकले भने ह्रस्व–दीर्घ लेख्ने शैलीबारे गीत निकालेका छन् ।  ... बाँकी अंश»

भाषा अायाेगले नेपाली भाषाको प्रयोग घटेकाे कुरा सुनायाे राष्ट्रपतिलाई 

२०७५ भदौ २१ बिहिबार, काठमाडौँ । भाषा आयोगले नेपाली भाषाकाे प्रयाेग घटेकाे कुरा राष्ट्रपतिलाई सुनाएकाे छ । ... बाँकी अंश»

शिक्षक सेवा आयोगकाे परीक्षा फारम भरेकाे जिल्लाबाट दिन नपाइने

२०७५ भदौ २१ बिहिबार, काठमाडाैं ।  शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ ।  ... बाँकी अंश»

फिदिम नगरपालिकामा ५ वर्षदेखि १२  वर्ष उमेर समूहको सबै बालवालिकाहरु विद्यालयको पहुँचमा

२०७५ भदौ २० बुधबार, पाँचथर। पाँचथरको फिदिम नगरपालिकालाई ५ वर्षदेखि १२ वर्ष उमेर समूहको बालवालिकाहरु यस नगरपालिकाका सबै विद्यालयहरुको पहुँचमा भएको आज घोषणा गरिएको छ । ... बाँकी अंश»

कपिलवस्तु क्याम्पस प्रदेश ५ मै उत्कृष्ट

२०७५ भदौ १८ सोमबार, कपिलवस्तु। त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन संकाय चौथौ वर्षको परिक्षाको नतिजामा कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाले प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको छ । ... बाँकी अंश»

गुल्मीका विद्यार्थीलाई पढाउँदै सशस्त्र प्रहरी

२०७५ भदौ १२ मंगलबार, गुल्मी । केही दिनयता एउटा हातमा ८/१० वटा चक्लेट लिएर विद्यार्थी भएको कोठा सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपती डीएसपी दिनेश रायमाझी पुग्ने गर्दछन् । उनले सुरुमै भन्ने गर्छन्- यो चक्लेट तपाईहरुको लागि हो । ... बाँकी अंश»

केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार मोहन मैनाली र माया पकुवाललाई

२०७५ भदौ १० आइतबार, काठमाडौं ।केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार मोहन मैनाली र माया पकुवाललाई प्रदान गरिएको छ । कान्तिपुर सिटी कलेज (केसीसी) द्वारा स्थापित केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार २०७५ आइतबार वरिष्ठ पत्रकार मोहन मैनाली र मोफसलबाट झापाका पत्रकार माया पकुवाललाई प्रदान गरिएको हो । ... बाँकी अंश»

रंगेलीमा अब सिभिल इन्जिनियरिङ्ग पढाई हुने

२०७५ भदौ ९ शनिबार, रंगेली । मोरङको पूरानो सदरमुकाम रंगेली स्थित रहेको पब्लिक उच्च माध्यमिक विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पठाई हुने भएको छ । ... बाँकी अंश»

छोराछोरी नपढाए २५ हजारसम्म जरिवाना !

२०७५ भदौ ७ बिहिबार, काठमाडौँ । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । ... बाँकी अंश»

सिंगाे विद्यालयमा विद्यार्थी जम्मा ३ जना, पढाउने शिक्षक चार जना

२०७५ भदौ ३ आइतबार, डडेल्धुरा । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । ... बाँकी अंश»

२ लाख मै सिभिल इञ्जिनीयरिङ पढ्न पाइने

२०७५ भदौ ३ आइतबार, नुवाकोट । जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ । ... बाँकी अंश»

बिना अनुमति कक्षा संचालन गर्ने विद्यालय कारबाहीमा

२०७५ भदौ १ शुक्रबार, महेन्द्रनगर । अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय तथा तल्लो कक्षाको मात्र अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको कक्षा बन्द हुने भएका छन् ।  ... बाँकी अंश»

पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित भएको आरोप

२०७५ श्रावण २३ बुधबार, काठमाडौ। नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालय अन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ। ... बाँकी अंश»

प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गरिने, कोटा प्रणाली लागू नहुने

२०७५ श्रावण २२ मंगलबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ ।  ... बाँकी अंश»

सिटिईभिटीद्धारा प्रवेश परीक्षा स्थगित, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा 

२०७५ श्रावण २१ सोमबार, काठमाडौँ । सिटिईभिटीले सोमबार हुन लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । ... बाँकी अंश»

सुस्तामा सुस्ताएको शिक्षा, कक्षा ६ पछि अध्ययन गर्न भारत जान बाध्य

२०७५ श्रावण २१ सोमबार, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् ।  ... बाँकी अंश»

नयाँ