शिक्षा

६९ जना चेपाङ बिद्यार्थीलाई छात्रवृति

२०७४ असार १ बिहिबार, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले चेपाङ विकास कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न क्याम्पस तथा उच्च माविमा अध्ययनरत ६९जना चेपाङ बिद्यार्थीहरुलाई  दुईलाख पचासहजार रुपैंयाको छात्रबृति प्रदान गरेको छ ।   ... बाँकी अंश»

कक्षा ११ को परीक्षा सुरु 

२०७४ असार १ बिहिबार, भक्तपुर । देशभर एकैसाथ कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । ... बाँकी अंश»

चिर कालिज बचाउन निवन्ध प्रतियोगिता,मालिकाका वि.क.र जाल्पाका नेपाली प्रथम

२०७४ जेठ ३१ बुधबार, बाजुरा । चिर कालिज पहिचान झल्काउनका लागि निवन्ध प्रतियोगिता संचालन गरिएको छ । बडिमालिका नगरपालिकामा रहेका माध्यमिक तहका विद्यार्थीहरुलाई निवन्ध प्रतियोगिता गरिएको डव्लुपीए (बर्ल्ड पेसेन्ट एशोसिएशन ) को सहयोगमा प्रतियागिता संचालन गरिएको अनुसन्धानकर्ता हरी बस्नेतले बताएका छन् । ... बाँकी अंश»

शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई अधिकार

२०७४ जेठ ३१ बुधबार, नगरकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परीक्षा र अनुगमन बाहेकका विषयमा सरकारले निजी क्षेत्रलाई अधिकार दिनुपर्ने बताएका छन् । ... बाँकी अंश»

दुर्गमका जेहनदार तथा गरिब विद्यार्थीलाई उपहार स्वरुप सोलार टुकी

२०७४ जेठ २५ बिहिबार, बाजुरा । बाजुराका दुर्गम विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ । ... बाँकी अंश»

राजदूत सिंहलाई कान्तिपुर सिटी कलेजको सम्मान

२०७४ जेठ १६ मंगलबार, काठमाडौं । कान्तिपुर सिटी कलेजका संस्थापक प्रिन्सिपल प्रा.डा.महेन्द्र सिंह साउदी अरेबियाका लागि नेपालको राजदूतमा नियुक्त भएकोमा कान्तिपुर सिटी कलेजले सम्मान गरेको छ । ... बाँकी अंश»

कैलालीमा बिप्लवद्वारा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

२०७४ बैशाख २५ सोमबार, कैलाली । नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ ।  ... बाँकी अंश»

हावाहुरीले अत्यायो, विद्यालयको छानो उडायो

२०७४ बैशाख २२ शुक्रबार, बाबियाचौर । धौलागिरि गाउँपालिका–६ मराङस्थित राम्चे प्राविको कक्षाकोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ । ... बाँकी अंश»

अँग्रेजी माध्यमबाट पढाउँदैमा शिक्षाको गुणस्तर नसुध्रने निष्कर्ष

२०७४ बैशाख २० बुधबार, कञ्चनपुर । कुनैपनि विद्यालयले अँग्रेजी माध्यमबाट पढायो भन्दैमा त्यो विद्यालयले गुणस्तरीय शिक्षा दिएको मान्न नहुने निष्कर्ष शिक्षा क्षेत्रका सरोकारवालाहरुले निकालेका छन् । उनीहरुले जिल्लाको शैक्षिक स्थिती खस्किँदै जानुमा जिल्ला शिक्षा कार्यालय नै मूल दोषी रहेको आरोप पनि लगाएका छन् । कञ्चनपुरमा मंगलबार जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले आयोजना गरेको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन् । ... बाँकी अंश»

विद्यार्थी संगठनको आन्दोलन स्थगित, शिक्षा सुधारका लागि ९ बुँदे सहमती 

२०७४ बैशाख १७ आइतबार, कञ्चनपुर ।  निजी विद्यालयले नियम विपरित अभिभावकबाट चर्को शुल्क अशुलेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रेका विद्यार्थी संगठनले आन्दोलन स्थगित गरेका छन् ।  विद्यार्थी संगठन, शिक्षा कार्यालय र निजी विद्यालयका संगठन बिच भएको बैठकले विद्यार्थीका मागमा शिक्षा र निजी विद्यालय सहमत देखिएपछि विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । विद्यार्थी संगठन र शिक्षा कार्यालय र प्याब्सनका दुई संगठन बिच ९ बुँदे सहमती भएपछि आन्दोलन स्थगित गरिएको नेवि संघका केन्द्रीय सदस्य कैलास चन्दलले बताए ।  ... बाँकी अंश»

अस्थायी शिक्षकले शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्ने

२०७४ बैशाख १७ आइतबार, काठमाडौं। अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आईतबार रिपोर्टर्स क्बल नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आई.एल.ओ सन्धि कार्यान्वयन गर्नुपर्ने, विभेदकारी ऐन खारेज गर्नुपर्ने लगायतका मागहरूसँगै शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।  ... बाँकी अंश»

बढी शुल्क फिर्तामा निजी विद्यालय अटेरी

२०७४ बैशाख १६ शनिबार, काठमाडौं। शुल्कका सम्बन्धमा सरकारी नीति र मापदण्ड उलङ्घन गर्दै आएका निजी विद्यालय सञ्चालकले शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच भएको सहमति कार्यान्वयनमा पनि अटेर गर्ने देखिएको छ। ... बाँकी अंश»

मतदातालाई काँग्रेसले भन्यो, ' काँग्रेसकै कारण शिक्षा क्षेत्रमा भएको हो विकास '

२०७४ बैशाख १५ शुक्रबार, काठमाडौं। प्रजात्नत्र पूनर्स्थापना यताका बर्षहरुमा भएका विकासका उपलव्धीहरु आफ्नो पार्टीले लिएको नीतिका कारण भएको दावी काँग्रेसले गरेको छ । सबैभन्दा धेरै सत्तामा रहेको नेपाली काँग्रेसले सहि नीतिगत निर्णयहरु नगर्दा देश पछि परेको आरोप विपक्षी पार्टीहरुले लगाइहरँदा काँग्रेसले त्यसलाई खारेज गर्दै त्यसको जवाफ दिएको छ । ... बाँकी अंश»

शुल्क फिर्ताको माग गर्दै जिशिका घेराउ

२०७४ बैशाख १२ मंगलबार, काठमाडौँ। संयुक्त विद्यार्थी सङ्गठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै आज देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ गरेका छन्। ... बाँकी अंश»

शुल्क वृद्धि फिर्ता नगरेकोविरुद्ध आन्दोलन घोषणा

२०७४ बैशाख ११ सोमबार, काठमाडौँ । निजी विद्यालयले बढाएको शुल्क फिर्ता नगरेको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ... बाँकी अंश»

अनुमति नलिई ११ विद्यालय सञ्चालनमा, भर्ना नगर्न जिशिअको आग्रह

२०७४ बैशाख ११ सोमबार, सल्यान । जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ । ... बाँकी अंश»

बसाइसराईले समस्याः नगरभित्रकै विद्यालयमा ५ शिक्षक ५ विद्यार्थी

२०७४ बैशाख ७ बिहिबार, फलेवास । निःशुल्क तथा गुणस्तरीय शिक्षा, तालिमप्राप्त शिक्षक शिक्षिका, शान्त वातावरण भएको नगरपालिकाभित्रकै यहाँको एक सामुदायिक विद्यालय बन्द हुने अवस्थामा परेको छ । ... बाँकी अंश»

चर्को शुल्क असुल्ने निजी विद्यालयमाथि कारबाही गर्ने क्रान्तिकारी विद्यार्थीको चेतावनी

२०७४ बैशाख ६ बुधबार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले निजी विद्यालयले महंगो शुल्क असुल्न नरोके भौतिक कारबाहीमा उत्रने चेतावनी दिएको छ । ... बाँकी अंश»

मनपरी शुल्क असुल्ने विद्यालय कालोसूचीमा छन् : मन्त्री पौडेल

२०७४ बैशाख ५ मंगलबार, काठमाडौं । शिक्षा मन्त्री धनिराम पौडेलले मनपरी शुल्क लिने विद्यालयलाई सरकारले कारवाही गर्ने बताएका छन् । ... बाँकी अंश»

संस्थागत विद्यालयको शुल्क निर्धारण, श्रेणीअनुसारको शुल्क

२०७४ बैशाख ५ मंगलबार, भक्तपुर। जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ। जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो।  ... बाँकी अंश»

नयाँ