शिक्षा

कान्तिपुर सिटी कलेजका बिद्यार्थीले निकाले म्यानेजमेन्ट म्यागेजिन

२०७४ बैशाख ४ सोमबार,  कान्तिपुर सिटी कलेजको बीबीए २०१२ ब्याचका विद्यार्थीहरूले प्रकाशन गरेको म्यानेजमेन्ट स्कलर म्यागेजिनको पाँचौँ अङ्क बिहीबार एक कार्यक्रमबीच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासले विमोचन गरेका छन् ।  ... बाँकी अंश»

शिक्षामा राजनीति हावी, चुनावमा उठ्न दुई प्रधानाध्यापकसहित तीन शिक्षकको राजीनामा

२०७३ चैत २२ मंगलबार, काँकडभिट्टा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् ।    शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन् ।    राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद् ... बाँकी अंश»

पूर्व अर्थमन्त्रीको शैक्षिक भाषण, भन्छन् –समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक

२०७३ चैत १७ बिहिबार, जुम्ला । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घ जुम्लाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री महतले मिहेनत र प्राविधिक शिक्षाले देश समृद्ध हुने बताए ।    प्रविधि र प्रतिस्पर्धाका कारण चीनले विकासमा फड्को मारेको भन्दै नेता महतले रोजगारी सृजना गर्न प्रतिस्पर्धामा जानुपर्ने औँल्याए ।    उनले भने &l ... बाँकी अंश»

विद्यार्थी भर्ना अभियानमा अभिभावक नै परिचालित हुने

२०७३ चैत १७ बिहिबार, काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ ।    सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ ।    सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाको अध्यक्षतामा सम्पन्न पदाधिकारी बैठकले शैक्षिकसत्र २०७४ को भर्ना अभियानको सम ... बाँकी अंश»

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि ३२ सयको आवदन माग्यो

२०७३ चैत १४ सोमबार, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहमा स्थायी शिक्षकका लागि आवेदन खुला गरेको छ । मावि र निमावि तहमा ३२ सय पदका लागि आयोगले आवेदन मागेको हो । आवेदन दिने मिति आउँदो वैशाखको ३० गतेसम्म तोकिएको छ । स्थायी शिक्षकको परीक्षा भने आउँदो असारमा मात्रै हुनेछ । माध्यमिक तहमा पुर्वाञ्चलमा २ सय ८९, मध्यमाञ्चलमा ४ सय ८४, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यपश्चिमाञ्चलमा १ सय ५५ र सुदुरपश्चिमाञ्चलमा १ सय १५ गरी १ हजार ३ सय ८५ पदमा आवेदन मागिएको छ । यस्तै, ... बाँकी अंश»

जुकोट केन्द्रमा प्रश्न पत्र पुगेन, फाटोकपीले काम चलाइयो

२०७३ चैत ११ शुक्रबार, बाजुरा ।  देशभरको  एसइइ परिक्षा सकिएको छ । तर बाजुराको दुर्गम गाविसको एक परिक्षाा केन्द्रका विद्यार्थीहरुले अन्तिम दिनको ऐच्छिक विषयको परिक्षा दिन पाएका छैनन् ।  जुकोट गाविसमा रहेको शम्भसुनन्दा उच्च माध्यमिक विद्यायलमा परिक्षा दिने आएका ९८ विद्याथीले परिक्षा सुरु भएको आधा घण्टा पछि मात्र परिक्षा दिएको केन्द्राध्यक्ष महेन्द्र कुमार शाहले बताए ।    शाहले परिक्षाका प्रश्न पत्र बन्द शिलबन्दीमा ऐच्छिक द्धितिय लेखिएको भएपनि भित्र लेखा व ... बाँकी अंश»

निरुता सिंहले जन्माइन् छोरो !

२०७३ चैत ९ बुधबार, जाजरकोट । दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् ।    सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए ।    बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले बताएको छ ... बाँकी अंश»

गिट्टी कुटेर भविष्य हेर्दै जाजरकोटका दलित बालबालिका

२०७३ चैत ८ मंगलबार, जाजरकोट। त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो ।    उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्नुहुन्छ । छोरीलाई गिट्टी कुटेबापत प्रतिबोरा रु ५० दिइन्छ भने आमा वसन्तील ... बाँकी अंश»

माध्यमिक शिक्षा परीक्षाः बच्चाको तनावले आमालाई परीक्षा दिन मुस्किल

२०७३ चैत ४ शुक्रबार, जाजरकोट । कार्कीगाउँकी १६ वर्षीया निर्मला खत्री अहिले माध्यमिक शिक्षा परीक्षा दिनु र साथमा रहेको एक वर्षको छोराको पालनपोषण गर्नु मात्र होइन, घर नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन नपाएपछि जगतिपुरमा बसेर परीक्षा दिन बाध्य हुनु परेको बताउँछिन् ।    जगतिपुरमा होटल नभएका कारण कोठा लिएर परीक्षार्थीले आफैँ खाना बनाई खानुपर्ने र डेढ घन्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने अर्को बाध्यता रहेको निर्मलाको भनाइ छ । बच्चा सँगै भएका कारण पढाइ पनि राम्रो ... बाँकी अंश»

पढ्नकालागि एक्लै चार घण्टा जंगलको बाटो हिंडछन् ५ बर्षिय बालक

२०७३ चैत ३ बिहिबार, अर्घाखाँची। जंगलको बिचमा एक्लो घर । नजिक अरु घर त छैन, स्कुल त टाढाको कुरा । त्यसैले सिद्धारा गाविस–४ तारिकेका पाँच वर्षका सुन्दर बलाल दैनिक चार घण्टा पैदल हिँडेर स्कुल ओहोरदोहोर गर्छन् ।    उनलाई स्कूल पुर्याउन न अभिभावक जान्छन्, न त साथीहरु नै हुन्छन् । जंगलको बिचमा घर भएका उनकी आमा दोस्रो विवाह गरेर गएकी छन् । बुबा रोजगारीको लागि विदेशमा छन् । उनी हजुरआमासँग बस्दै आएका छन् ।     अर्घाखाँची जिल्लाकै अति विकट सिद्धारा गाविसमा जंगलको बाटो ... बाँकी अंश»

दैनिक चार घन्टा हिँडेर विद्यालय गएर कसरी पढ्नु ?

२०७३ चैत ३ बिहिबार, बाबियाचौर । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन् । गाउँमै मावि तहको विद्यालय र छात्रावासको सुविधा नहुँदा ठाडाखानीका बालबालिका पाखापानीमा रहेको अमर माविमा पुग्ने गरेका हुन् ।    खोल्सा र वनजङ्गलको बाटोमा २ घन्टा हिँडेर विद्यालय पुग्ने बालबालिकालाई घर फर्कनसमेत त्यतिकै समय लाग्ने गरेको छ । विद्यालय टाढा हुँदा आधारभूत तहको कक्षा ८ सम्म ... बाँकी अंश»

शिक्षक सघंको अध्यक्षमा मल्ल

२०७३ चैत २ बुधबार, शैलेन्द्र रोकाया,बझाङ। नेपाल शिक्षक सघंको आठौ जिल्ला अधिबेसनबाट जालपा उमाबिका शिक्षक उत्तम बहादुर मल्लको नेतृत्वमा नयाँ कार्य समिती चयन गरिएको छ । दुई दिन सम्म भएको सहमतीको प्रयास पछि सर्ब सम्मत रुपमा नयाँ कार्य समिती चयन भएको हो ।    कार्य समितीमा महिला उपाध्यक्षमा शाँन्ति गिरी ,सुबाससिंह कठायत, सचिब गगन बिष्ट, सचिब अर्थ हिरेन्द्र सिहं सह सचिब चक्र बिष्ट र शान्ति सिहं चयन भएका छन् । यसका सथै सहसचिब अर्थमा चन्द्र उपाध्याय , सहसचिब बम नेपाली सहस ... बाँकी अंश»

विद्यालय पुनःनिर्माणमा जुटे पूर्व शिक्षक विद्यार्थी

२०७३ चैत २ बुधबार, दोलखा। मुलुकमा प्रजातन्त्र आउनुभन्दा अघि खुलेको सुस्पा क्षमावती उच्च माध्यामिक विद्यालयको भूकम्पपछिको पुनःनिर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।   विसं २००५ मा स्थापना भएको उक्त विद्यालय भवन भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । अहिले भवन र छात्रावास पुनःनिर्माण कार्य भइरहेको छ । सो विद्यालयका पूर्व शिक्षक र विद्यार्थी समाजको संयुक्त भेलाले पुनःनिर्माण कार्य अगाडी बढाउने निर्णय गरेको हो ।    शनिबार जिल्ला शिक्षा अधिकारी नार ... बाँकी अंश»

शिक्षक संघ बाजुराको अध्यक्षमा पाध्याय

२०७३ फाल्गुण २५ बुधबार, बाजुरा । नेपाली कँग्रेस निकट नेपाल शिक्षक संघ बाजुराको अध्यक्षमा प्रेमराज पाध्याय निर्वाचित भएका छन्  । बुधबार सार्वजनिक मत परिणाम अनुसार ५ सय १४ मतमध्ये २ सय ९३ मत प्राप्त गरी पाध्याय निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी अनोजराज गिरीले १९६ मत प्राप्त गरेका थिए ।    अधिवेशनबाट उपाध्यक्षमा भक्तरा जैशी २ सय १८ मतका साथ निर्वाचित भए । महिला उपाध्यक्षमा सत्य कुमारी थापाले २ सय ८६ मतका साथ विजयी भइन्। त्यस्तै सचिव पदमा विपिन विष्ट न ... बाँकी अंश»

मातृ भाषाको पढाइले बीचमै विद्यालय छाड्ने विद्यार्थी घटे

२०७३ फाल्गुण १४ शनिबार, कञ्चनपुर । राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ ।    घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ ।    विगतमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी हुने गरेको थियो । विद्यालयका प्रधानाध्यापक छविलाल जोशीले भन्नुभ ... बाँकी अंश»

प्याब्सन महाधिवेशन सुरु : अध्यक्षमा एमाले निकट पुरी र माओवादी निकट सम्बाहाम्फे भिड्दै

२०७३ फाल्गुण ९ सोमबार, काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को सोमबारदेखि सुरु भएको १३औँ राष्ट्रिय महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनमा राजनीतिक दलबाट पनि उत्तिकै चासो देखाइएको छ ।    पेसागत र व्यावसायिक हरेक क्षेत्रमा दलीय प्रभाव सिद्धान्ततः गलत ठान्नेहरु यसका अगुवाहरु आफैँ दलगत आधारमा विभाजित भएपछि विद्यालय सञ्चालक र महाधिवेशन प्रतिनिधिसम्ममा त्यसको प्रभाव पुगेको हो । छ हजार दुई सय शिक्षण संस्था सदस्यसहित ७२ जिल्लामा शाखा भएको निजी शिक्ष ... बाँकी अंश»

विद्यार्थी तह लगाउने काइदा, गयल विद्यार्थीका अभिभावकले विद्यालयमा काम गर्नुपर्ने

२०७३ फाल्गुण ९ सोमबार, जाजरकोट । जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ । यो विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल ।    यो विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको छ । यहाँका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० वजे विद्यालय नआएमा विव्यस अध्यक्ष भक्तबहादुर थापाले निः ... बाँकी अंश»

पाँचथरमा अनलाइन शिक्षा कार्यक्रम लागू

२०७३ फाल्गुण ७ शनिबार, पाँचथर।  पाँचथरमा अनलाइन शिक्षा कार्यक्रम लागू भएको छ । जिल्लाको नाँगिन स्थित नाँगिन माविमा शुक्रबार आयोजित एक कार्यक्रमका वीच वरिष्ठ सामाजिक अभियान्ता डाक्टर महाविर पुनले विद्यालयलाई आवश्यक कम्प्यूटर र उपकरण हस्तान्त्रण गरेसँगै कार्यक्रम लागू भएको हो ।    उक्त कार्यक्रममा वोल्दै आविष्कार केन्द्र स्थापनार्थ सरकारले गम्भीरता नदेखाएको गुनासो गरे ।  मुलुकको आर्थिक समृद्धिका लागि मानव पुँजीलाई परिचालन गर्न आविष्कार केन्द्र आवश्यक पर् ... बाँकी अंश»

'पाठ्यपुस्तक छपाइमा जनकले नसकेको जिम्मेवारी साझालाई दिइने'

२०७३ फाल्गुण ६ शुक्रबार, काठमाडौँ। शिक्षामन्त्री धनीराम पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको बताउनुभएको छ ।    आसन्न नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्यपुस्तक मुद्रण नभएको सन्दर्भमा उहाँले राज्यकै अर्काे निकाय साझा प्रकाशन र त्यसपछि निजी क्षेत्रलाई प्राथमिकता दिई जिम्मा दिने र वितरणका सम्बन्धमा पनि चाँडै नीतिगत निर्णय हुने बताउनुभयो ।    नेपाल पुस्तक तथा स्टेसनर ... बाँकी अंश»

जुम्लामा एसएमएसमार्फत धमाधम विद्यार्थी भर्ना

२०७३ फाल्गुण ३ मंगलबार, जुम्ला । जिल्ला शिक्षा कार्यालयको निर्देशनमा जुम्लाका सामुदायिक विद्यालयले ले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् । माघ २५ गतेबाट कार्यालयको निर्देशनमा विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल देखिन थालेको छ । खासगरी जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो अभियान सुरु भएको छ । माघ २५ गते सरोकारवालासँगको छलफलमा विगतको भन्दा अहिले भर्ना अभियानलाई ... बाँकी अंश»

नयाँ