शिक्षा

मासिकरुपमै तलब पाउने भएपछि सोलुका शिक्षक हर्षित

२०७३ फाल्गुण २ सोमबार, सोलुखुम्बु। शिक्षकहरुले मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि सोलुखुम्बुका शिक्षकले खुसी व्यक्त गरेका छन् ।  चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।    शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई पत्राचार गरेको छ । यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो । तर, यसको कार्यान्वयनका लागि शुक्रबार क् ... बाँकी अंश»

एकै व्यक्तिद्धारा ४ लाख भन्दा बढी सहयोग

२०७३ फाल्गुण २ सोमबार, गुल्मी । गुल्मीको पौदीअमराई २, अरेवामा रहेको जनज्योती माध्यमिक विद्यालयको लागि एकै व्यक्तिद्धारा ४ लाख भन्दा बढिको आर्थिक सहयोग गरेका छन् ।   विद्यालयको  ५७ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अबसरमा सोही गाविस वडा नं.२ निवासी समाजसेवी हवल्दार डालेश्वर भुषालद्धारा विद्यालयको प्रवेशद्धार निर्माणको लागि ४ लाख ५ सय ५१ रुपैया नगद  सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।    साथै प्रधानाध्यापक आचा ... बाँकी अंश»

शिक्षा सुधारका लागि जिशिअ गाउँगाउँमा विद्यार्थी पढाउँदै

२०७३ माघ २८ शुक्रबार, दोलखा । शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन ब्यस्त छन् । नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कक्षामा पुगी विद्यार्थीलाई पढाउने गरेका छन् ।    विद्यालयको शैक्षिक अवस्थाको निरीक्षण एवम् अनुगमन गर्ने क्रममा जिशिअ काशिछेवाले शैक्षिक अवस्थाको छड्के जाँच गरी अपुग कुरा विद्या ... बाँकी अंश»

अङ्ग्रेजी र कम्प्युटर शिक्षाका लागि अक्षयकोष

२०७३ माघ २७ बिहिबार, तेह्रथुम । तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना भएको छ ।    विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो ।    सो अभियानबाट रु ४० लाखभन्दा बढी संकलन भएको र यो क्रम निरन्तर रहेको प्रधानाध्यापक जयप्रकाश इङनामले बताए ।    विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा ... बाँकी अंश»

तोकिएको मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का, कार्वाहीमा पर्ने ३५० विद्यालय

२०७३ माघ २४ सोमबार, खोटाङ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो ।    तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए।    “जिल्लाका विद्यालय मनपरी तरिकाले सञ्चालन गरिएको छ”, उनले भने, “कम्तीमा नियमअनुसार सञ्च ... बाँकी अंश»

सामुदायिक विद्यालयको गुणस्तर सुधार हुनुपर्छ : राष्ट्रपति भण्डारी

२०७३ माघ २२ शनिबार, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा राज्यले गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्ने बताएकी छन् । रुपन्देहीको ग्रामीण क्षेत्रमा रहेको हरैया माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले लगानी वृद्धि गनुपर्नेमा जोड दिइन् । शान्ति, विकास र आपसी भातृत्वलाई शिक्षाले प्रभाव पार्ने भएकाले बालबालिकालाई यसै किसिमको शिक्षा प्रदान गर्नुपर्ने समेत भण्डारी ... बाँकी अंश»

तीन सय २९ सीए राष्ट्रपतिबाट दीक्षित

२०७३ माघ १८ मंगलबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान जारी भएसँगै राजनीतिक सङ्क्रमणकालको अन्त्य भएकाले अबको बाटो आर्थिक समृद्धि भएको बताएकी छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको प्रथम दीक्षान्त समारोहमा राष्ट्रपति भण्डारीले अबको प्राथमिकता मुलुकको द्रुततर आर्थिक सामाजिक रुपान्तरण भएकामा जोड दिइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रा प्राकृतिक, बौद्धिक, भौतिक साधन स्रोतको अत्यधिक परिचालन र बाह्य पुँजी, सीप र प्रविधिको यथोचित सदुप ... बाँकी अंश»

विद्यालयलाई ३० लाखको जग्गादान, विद्यालय परिसरमा अर्धकदको सालिक

२०७३ माघ १८ मंगलबार, बाबियाचौर । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् । विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो ।    तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उनकी श्रीमती तारा अधिकारी शर्माले सोमबार करिब दुई रोपनी जग्गादान गर्नु ... बाँकी अंश»

अस्थायी शिक्षकहरु दलको पछाडि, प्रक्रिया पूरा गरी स्थायी गराउन एमालेलाई ध्यानाकर्षण

२०७३ माघ १७ सोमबार, काठमाडौँ । अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति, २०५५ ले नेकपा एमाले केन्द्रीय कार्यालयमा आफूहरुलाई प्रक्रिया पूरा गरी स्थायी गराउन ध्यानाकर्षण गराएको छ ।    एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलाई भेटी समितिका अध्यक्ष नारायणप्रसाद दाहालले मागपत्र बुझाए ।    समितिले स्थायी हुँदा अस्थायीको सेवावधि गणना गर्न, अवकाशप्राप्त अस्थायी शिक्षकलाई स्थायीसरहको औषधोपचार र उपदान दिन तथा स्वेच्छिक अवकाश लिन चाहनेलाई स्थायीसर ... बाँकी अंश»

शिक्षामा भ्रष्टाचार बढ्दै

२०७३ माघ १७ सोमबार, कञ्चनपुर।  शिक्षा क्षेत्रमा व्यापक भ्रष्टारचार बढ्दै गएको एक अवधारण पत्रमा उल्लेख गरिएको छ । अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘वर्तमान शिक्षाको अवस्था र आगामी शिक्षा नीति अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको उक्त अवधारणा पत्रमा शिक्षामा भ्रष्टाचार बढ्दै गएको उल्लेख गरिएको छ ।    अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लाल बहादुर बिसीले प्रस्तुत गरेको संघीय नेपालको शिक्षा अवधारणा पत्रमा शिक्षामा न ... बाँकी अंश»

खानेपानीको अभावले शिक्षा दाउमाः विद्यार्थीले विद्यालय छाडे

२०७३ माघ १७ सोमबार, रामपुर । खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् । नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ ।    दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ ।    हाल कक्षा एकमा ११ जना, कक्ष ... बाँकी अंश»

२०४६ सालदेखि चन्दा उठाएर शिक्षकलाई तलव

२०७३ माघ ११ मंगलबार, भीमदत्तनगर । गाउँका अभिभावकले चन्दा सङ्कलन गरेर कञ्चनपुरको वाइसेविचुवा गाविस–१ बिन्वारीमा रहेको दुर्गा राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षकलाई तलब खुवाउँदै आएका छन् । जिल्लाकै विकट ग्रामीण भेगमा रहेको विद्यालयमा दुईजना शिक्षकलाई २०४६ सालदेखि गाउँमा अभिभावकबाट चन्दा सङ्कलन गरेर अध्यापनबापत तलब खुवाउँदै आएको विद्यालयका शिक्षक रामविलास रानाले बताए ।    ९५ प्रतिशत आदिवासी÷जनजाति समुदायका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा हा ... बाँकी अंश»

यदु भट्ट विद्या पुरस्कार प्रदान

२०७३ माघ ९ आइतबार, गोरखा । गोरखा जिल्लाको शैक्षिक विकास र प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको  बीबी ट्रस्टले सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको छ । गोरखा जिल्लाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट हुने एक सार्वजनिक विद्यालय तथा सो परीक्षामा सर्वोत्कृट हुने एक छात्र र एक छात्रालाई सम्मानित गरिएको हो । जिल्लामै सर्वोत्कृष्ट हुने सरस्वती माध्यामिक विद्यालय आहाले भएको छ भने सर्वोत्कृष्ट हुने छात्र छात्रामा पनि सोही विद्यालयका क्रमशः प ... बाँकी अंश»

+२ पढाउनेहरुलाई अस्थायी लाईसेन्स लिने मौका, यस्ता कागजात चाहिन्छ

२०७३ माघ ८ शनिबार, काठमाडाै‌ । उच्च माध्यमिक तहमा अध्ययापन गराउने शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमतिपत्र लाईसेन्स लिने मौका शिक्षा सेवा आयोगले दिएको छ । बिहीबार आयोगले जारी गरेको विज्ञप्तीमा अहिले उच्च माध्यमिक तहमा अध्यापन गराईरहेका शिक्षकहरुलाई सो तहमा अस्थायी अनुमति माग सहितको आवेदनको लागि आग्रह गरेको हो ।    ‘शिक्षा ऐन २०२८ ९आठौं संसोधन० ले साविक उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमति प्रदान गर्ने व्यवस्था गरेकोले ... बाँकी अंश»

विद्यार्थीको नतिजाको आधारमा शिक्षकलाई तलब

२०७३ माघ ७ शुक्रबार, जाजरकोट । छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् ।    रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । जिल्लालाई साक्षर घोषणा गरिसकेपछि कोही पनि शिक्षाबाट वञ ... बाँकी अंश»

सफल हुन चाहानुहुन्छ, अपनाउनुस् यी ७ सूत्र

२०७३ माघ ५ बुधबार, एजेन्सी । सफल बन्न को चहादैन ?  हामी सबै  सफल बन्न चाहान्छौ । हामि कयौ सफल व्याक्तिलाई आफ्नो प्रेरणा मानेर उनले देखाएको  बाटोमा हिड्ने कोसिस गर्दछौ । तर के हामिले कहिले सोचेका छौ सफल मानिसमा यस्ता के कुरा रहेका हुन्छन् जो उनिहरुलाई सफलता मिल्छ ? जबकी हामि कडा मेहनत पछि पनि सफल हुन सक्दैनौ ।  आउनुहोस् सफल हुन चाहानुहुन्छ भने अपनाउनुस् यी ७ सुत्र     १. सफल मानिस सधै समुह बनाएर काम गर्दछ । उ दोस्रोलाई प्रेरित गर्नुका साथै आफ्नो जिम्मेवारी पनि पु ... बाँकी अंश»

शान्ति शिक्षा अभियानले १७ विद्यालय ठड्यायो

२०७३ माघ १ शनिबार, ललितपुर । शान्ति शिक्षा अभियान नेपालले ललितपुरको  गुरु निम्न माध्यमिक विद्यालय पुनः निर्माण गरी हस्तान्त्रण गरेको छ ।  उदय शमशेर राणाको प्रमुख आतिथ्यतामा विद्यालय  भवन उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।   शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्देश्य अनुरुप सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, ललितपुर र काठमाडौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत विद्यालय भवननिर्माण–मर्मत संभार, प्रारम्भिक बाल व ... बाँकी अंश»

कक्षा १० काे रुटिन् अायाे , कुन् दिन कुन् विषयको परीक्षा ? (रुटिन् सहित)

२०७३ पौष २९ शुक्रबार, काठमाडौं । यो वर्ष देखि प्रेशिका परीक्षा एसएलसीको ठाउँमा हुने माध्यमिक शिक्षा परीक्षा आउँदो चैत ३ गते बिहिबारदेखि हुने संचालन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ३ देखि १४ गतेसम्म परीक्षा लिने भएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पोहोर साल जस्तो यो वर्ष एसएलसी नभई माध्यमिक शिक्षा परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालय सानाेठीमी भक्तपुरले जनाएको छ । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा हुने एसएल ... बाँकी अंश»

विद्यालयलका लागि ४० लाख भन्दा बढि आर्थिक संकलन

२०७३ पौष २६ मंगलबार, गुल्मी। गुल्मीको एक निम्न माध्यमिक विद्यालयलका लागि  ४० लाख भन्दा बढि आर्थिक सहयोग संकलन जुटेको छ । जोहाङ्ग गाविस वडा नं. ५ रितौदीमा रहेको  ज्ञानोदय निम्न माध्यमिक विद्यालयको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र संघ सस्था लगायतबाट गरि ४० लाख भन्दा बढि आर्थिक सहयोग संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले  जानकारी दिए ।   विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन,  सबैको पायक पर्ने स्थानमा विद्या ... बाँकी अंश»

साझा प्रकाशनका ६९ कर्मचारी कटौती

२०७३ पौष २४ आइतबार, काठमाडौं । साझा प्रकाशनले संस्थालाई आर्थिक व्ययभार कम गर्नका लागि ६९ जना कर्मचारी कटौती गरेको छ । संस्था आर्थिक सङ्कटमा रहेकाले व्ययभार कम गर्नका लागि आइतबार विभिन्न तहका ६९ कर्मचारीलाई स्वच्छिक अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी गराए । यसअघि गत साउनमा महिनामा २२ जना अधिकृतस्तरका कर्मचारीलाई स्वच्छिक अवकास दिइएको थियो । उनले उपदानसहित तीन महिनाको तलब दिने गरी कर्मचारीलाई स्वेच्छिक अवकाश दिइएको बता ... बाँकी अंश»

नयाँ