शिक्षा

सिन्धुलीमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

२०७३ मङ्सिर ८ बुधबार, सिन्धुली। लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत  सिन्धुलीमा बिभिन्न कार्यक्रमहरु गरी मनाइने तयारी भएको छ । महिला तथा बालबालिका कार्यालय सिन्धुली र जिल्लामा महिलाको क्षेत्रमा क्रियाशिल बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले जिल्लाको सदरमुकादेखि ग्रामिण भेगसम्म बिभिन्न कार्यक्र्रमहरु गरी मनाउने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत २५ नोभेम्बरदेखि  १० डिसेम्बर सम्म र्‍याली , सडक नाटक, अन्तक्रिया लगायतका विभि ... बाँकी अंश»

बिद्यालय भवनका कोटा बितरणले बिबाद चुलियो

२०७३ मङ्सिर ७ मंगलबार, बझाङ। जिल्ला शिक्षा अधिकारीले जिल्लाका सारोकारबालासंग परामर्ष नै नगरि बिद्यालयका भौतिक पुर्वाधार अन्तर्गतका बिद्यालय भवन कोटा एकलौटी मनोमानि तरिकाले बितरण गरेको भन्दै प्रमुख तीन राजनितिक दलले बिरोध गरे पछि बिबाद चुलिएको छ । जिल्ला स्थित प्रमुख तीन राजनितीक दलले सो कार्यको बिरोध गर्दे जिल्ला प्रसासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उजुरीसँगै  बिद्यालय भवनका कोटा पाउने बिद्यालयका शिक्षक, बिद्यार्थी र अभिभावकहर ... बाँकी अंश»

शिक्षा नियमावलीबारे समितिको राय माग

२०७३ मङ्सिर २ बिहिबार, काठमाडौँ। शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम जारी गर्न लागेको नयाँ शिक्षा नियमावलीबारे व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको राय मागेको छ ।    ऐनको प्रभावकारी कार्यान्वयका लागि नियमावलीको प्रतीक्षा भइरहेका बेला कानुन निर्माण पक्षको पनि त्यसमा सुझाव र मार्गदर्शन लिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आफूहरुले मस्यौदा दिएकाले सो समितिको शिक्षा उपसमितिमा रहेका सांसद् ... बाँकी अंश»

शिक्षा नियमावलीबारे समितिको राय माग

२०७३ मङ्सिर २ बिहिबार, काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षा ऐन ९आठौँ संशोधन० बमोजिम जारी गर्न लागेको नयाँ शिक्षा नियमावलीबारे व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको राय मागेको छ ।    ऐनको प्रभावकारी कार्यान्वयका लागि नियमावलीको प्रतीक्षा भइरहेका बेला कानुन निर्माण पक्षको पनि त्यसमा सुझाव र मार्गदर्शन लिन लागिएको हो ।    मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आफूहरुले मस्यौदा दिएकाले सो समितिको शिक्षा उपसमितिमा रहे ... बाँकी अंश»

कृषि शिक्षामा आकर्षण बढ्दो

२०७३ मङ्सिर १ बुधबार, चितवन । खाद्य उत्पादनको महत्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो ।    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा तीन हजार नौ सय चारजनाले प्रवेश परीक्षा दिएका थिए । सङ्कायका सहायक डिन विष्णु ओझाका अनुसार सो सङ्कायमा रामपुरमा एक सय ६ ... बाँकी अंश»

बन्द गरिएका १९ विद्यालय एकीकरण

२०७३ कार्तिक ३० मंगलबार, तनहुँ। जिल्ला शिक्षा कार्यालयले बन्द गरिएका १९ सामुदायिक विद्यालयलाई एकीकृत गरेको छ । विद्यार्थी सङ्ख्या १० भन्दा कमी भएका विद्यालयलाई नजिकको क्षेत्रमा पर्ने विद्यार्थी हिँडेर २० मिनेटमा पुग्न सक्ने विद्यालयमा एकीकृत गरिएको कार्यालयले जनाएको छ । जिल्लाका केही विद्यालयले विद्यालयको अभिलेखमा विद्यार्थी सङ्ख्या बढाएर राख्ने र अनुगमनमा गएका टोलीलाई  विद्यार्थी कम आए भन्दै छलछाम गर्ने गरेको एक स्रोतबाट खुलेको भएको छ । ‘केही विद्यालयका शिक ... बाँकी अंश»

अब प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाटै

२०७३ कार्तिक २९ सोमबार, काठमाडौँ। सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाट गरिने भएको छ ।    कम्तीमा पाँच वर्षको शिक्षण अनुभव भएका व्यक्तिमध्ये शिक्षक सेवा आयोगले आयोगबाट प्रतिस्पर्धा गराई तयार गरिएको जिल्लागत सूचीबाट सो पदमा नियुक्तिका लागि कानुनी प्रबन्ध हुन लागेको हो ।    विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्ला शिक्षा अधिकारीले प्रधानाध्यापक नियुक्त हुने प्रधानाध्यापकको योग्यता तोकी आन्तरिक प् ... बाँकी अंश»

पढ्ने उमेरमा जेलमा बस्न बाध्य छन् बालबालिका

२०७३ कार्तिक २८ आइतबार, रोल्पा । जिल्ला कारागार शाखा रोल्पामा चार नाबालक आमासँगै कैदी झैँ जेल जीवन बिताउन बाध्य रहेका छन् ।    विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका चार महिला कैदीले आफ्ना ती नाबालकलाई कारागारमा आफूसँगै राख्न बाध्य भएका छन् ।    यसरी कारागारमा कैद जीवन बिताउने बालबालिकामा रुकुमकी मीरा विक, रोल्पा इरिवाङका हुकुम पुन, थवाङका शक्तिमान पुन र थवाङकै आशा परियार रहेको कैदी हुकुम बुढाले बताए ।    छोरी पढाउन दाङ कारगारमा सरुवा मागेको भए पनि रोल्पा स ... बाँकी अंश»

एन प्याब्सनको विरोध

२०७३ कार्तिक २६ शुक्रबार, काठमाडौँ । प्रस्तावित शिक्षा नियमावलीमा निजी विद्यालयप्रति पूर्वाग्रह गरिएको भन्दै निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।    शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा नियमावली, २०७३ को मस्यौदामा निजी लगानीमा सञ्चालित विद्यालयलाई गुठीअन्तर्गत सञ्चालन गर्न अनिवार्य गरिएको र विद्यालयको तहगत संरचना ध्वस्त पार्न खोजिएको सो सङ्गठनको आरोप छ । एनप्याब्सनसँगै संस्थागत विद्यालय सङ्घ (इसा ... बाँकी अंश»

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस

२०७३ कार्तिक २० शनिबार, काठमाडौँ । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ ।    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो समितिले शुक्रबार शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।    तत्कालीन उच्च माध्यमिक शिक्षा ... बाँकी अंश»

सुनसरीका पचासभन्दा बढी विद्यालयका प्रअ अयोग्य

२०७३ कार्तिक १९ शुक्रबार, इनरुवा । सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।    जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेबारी निर्वाह गरिरहेका कारण सो विद्यालयका प्रअ अयोग्य रहेको स्थानीयवासीले गुनासो गरेका हुन् ।    शिक्षा क्षेत्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेलामा यहाँका अधिकांश प्रअ नै अयोग्य रहेकाले शैक्षिक गुणस्तर खस्केको शिक्षा क्षेत ... बाँकी अंश»

भारतीय राष्ट्रपति मुखर्जीलाई केयुको महाविद्यावारिधि

२०७३ कार्तिक १८ बिहिबार, काठमाडौ‌ । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौ‌ विश्वविद्यालयले प्रदान गरेको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिले विभूषित गरेका हुन् । काठमाडौँ विश्वविद्यालयले भद्रकालीस्थित आर्मीअफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहमा शि ... बाँकी अंश»

वार्षिक चार हजार विद्यार्थी युरोपमा

२०७३ कार्तिक ११ बिहिबार, काठमाडौँ । युरोपेली सङ्घमा आबद्ध २६ मुलुकमा प्रत्येक वर्ष करिब चार हजार नेपाली विद्यार्थी पुग्ने गरेको पाइएको छ ।    विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गरेको राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।    सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मुलुकमा प्राविधिक तथा सैद्धान्तिक रुपमा गुणस्तरीय शिक्षाको विकास गरी दुवै पक्षका विद्यार्थीलाई एकअर्कामा भ्रमण गराई दौंत्य तथा सांस्कृतिक सम ... बाँकी अंश»

अस्थायी शिक्षक दिए तिहार र छठमा आन्दोलन गर्ने चेतावनी

२०७३ कार्तिक ८ सोमबार, काठमाडौं । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे तिहार र छठमापनि आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन गर्दा समेत सरकारले अहिलेसम्म नसुनेको भन्दै  आफूहरु तिहार र छठमा पनि आन्दोलन जारी राख्ने तयारीमा रहेको चेतावनी दिएको हो ।    कार्यक्रममा समितिका केन्द्रीय ... बाँकी अंश»

बिबिएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित

२०७३ कार्तिक ५ शुक्रबार, काठमाडौँ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।    परीक्षाका मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क २५०११८, २५०९६१, ३९०२५६ र ३९०७१४ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।   परीक्षाफल शिक ... बाँकी अंश»

नेपाली विद्यार्थीले नेपाललाई बुझ्न सक्नुपर्छ : केदारभक्त माथेमा

२०७३ कार्तिक ४ बिहिबार, पोखरा । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमाले नेपाली विद्यार्थीले सर्वप्रथम नेपाललाई बुझ्न सक्नुपर्नेमा जोड दिएका छन् ।    र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालद्वारा आयोजित ‘जोन हल्टको असफल स्कुल’ पुस्तकबारे परिचर्चा एवं अन्तक्र्रिया कार्यक्रममा माथेमाले विद्यार्थीमा सर्वप्रथम देशको पहिचान हुनु अपरिहार्य भएको बताए ।     शिक्षा क्षेत्रको समग्र विकासका लागि सम्वद्ध सबै पक्ष र निकायको सहकार्य एवम ... बाँकी अंश»

नेपालमा रुपान्तरणमुखी शिक्षाबारे पहिलो अन्तरार्ष्ट्रिय सम्मेलन हुँदै

२०७३ कार्तिक ३ बुधबार, काठमाडौं । नेपालमा पहिलो पटक “रुपान्तरणमुखी शिक्षा र दीगो विकास” सम्बन्धी पहिलो अन्तरार्ष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । शिक्षा मन्त्रालय र अस्ट्रेलियाको मर्डख विश्वविद्यालयको सहकार्यमा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन अन्तर्गतको रुपान्तरणमुखी शिक्षा अध्ययन केन्द्रले यो सम्मेलन आयोजना गर्न लागेको हो ।    “नेपालको शिक्षा प्रणालीमा रुपान्तरणका मुद्दा उठिरहेको र यो विषयको बहस नेपालबाटै सुरु हुन लागेकोले हामीले यसलाई अव ... बाँकी अंश»

माध्यमिक शिक्षक नै उधारोमा पढाउन बाध्य

२०७३ कार्तिक २ मंगलबार, पाल्पा । जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् ।    जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का १७० घरपरिवारले मासिक रु २५० उठाएर मावि र निमावि तहका शिक्षकलाई तलब खर्च जुटाएर वडावासीले मावि सञ्चालन गर्दै आएका छन् ।    कक्षा १० सम्म पढ्न यहाँका बालबालिका दुईतीन घन्टा पैदल हिँडेर अन्यत्र जानुपर्ने बाध्यता भएपछि स्थानीयले तीन वर्षअघि गाउँकै विद्यालयलाई ... बाँकी अंश»

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ – शिक्षामन्त्री पौडेल

२०७३ कार्तिक १ सोमबार, चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताएका छन् ।     प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताए ।    विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै उनले दुवै विश्वविद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्न सक्ने ... बाँकी अंश»

शिक्षामन्त्री धनीरामको यस्तो छ कार्ययोजना ?

२०७३ असोज २० बिहिबार, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको बताएका छन् ।    अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका १८ बुँदे शैक्षिक सुधारको मार्गचित्रलाई पछ्याउँदै पद बहालीको ४२ औँ दिनमा मन्त्री पौडेल र राज्यमन्त्री धनमाया विकले विहिबार कार्ययोजना सार्वजनिक गर्दै प्रत्येक जिल्लालाई सुशा ... बाँकी अंश»

नयाँ