शिक्षा

नेपाली विद्यार्थीले नेपाललाई बुझ्न सक्नुपर्छ : केदारभक्त माथेमा

२०७३ कार्तिक ४ बिहिबार, पोखरा । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमाले नेपाली विद्यार्थीले सर्वप्रथम नेपाललाई बुझ्न सक्नुपर्नेमा जोड दिएका छन् ।    र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालद्वारा आयोजित ‘जोन हल्टको असफल स्कुल’ पुस्तकबारे परिचर्चा एवं अन्तक्र्रिया कार्यक्रममा माथेमाले विद्यार्थीमा सर्वप्रथम देशको पहिचान हुनु अपरिहार्य भएको बताए ।     शिक्षा क्षेत्रको समग्र विकासका लागि सम्वद्ध सबै पक्ष र निकायको सहकार्य एवम ... बाँकी अंश»

नेपालमा रुपान्तरणमुखी शिक्षाबारे पहिलो अन्तरार्ष्ट्रिय सम्मेलन हुँदै

२०७३ कार्तिक ३ बुधबार, काठमाडौं । नेपालमा पहिलो पटक “रुपान्तरणमुखी शिक्षा र दीगो विकास” सम्बन्धी पहिलो अन्तरार्ष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । शिक्षा मन्त्रालय र अस्ट्रेलियाको मर्डख विश्वविद्यालयको सहकार्यमा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन अन्तर्गतको रुपान्तरणमुखी शिक्षा अध्ययन केन्द्रले यो सम्मेलन आयोजना गर्न लागेको हो ।    “नेपालको शिक्षा प्रणालीमा रुपान्तरणका मुद्दा उठिरहेको र यो विषयको बहस नेपालबाटै सुरु हुन लागेकोले हामीले यसलाई अव ... बाँकी अंश»

माध्यमिक शिक्षक नै उधारोमा पढाउन बाध्य

२०७३ कार्तिक २ मंगलबार, पाल्पा । जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् ।    जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का १७० घरपरिवारले मासिक रु २५० उठाएर मावि र निमावि तहका शिक्षकलाई तलब खर्च जुटाएर वडावासीले मावि सञ्चालन गर्दै आएका छन् ।    कक्षा १० सम्म पढ्न यहाँका बालबालिका दुईतीन घन्टा पैदल हिँडेर अन्यत्र जानुपर्ने बाध्यता भएपछि स्थानीयले तीन वर्षअघि गाउँकै विद्यालयलाई ... बाँकी अंश»

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ – शिक्षामन्त्री पौडेल

२०७३ कार्तिक १ सोमबार, चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताएका छन् ।     प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताए ।    विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै उनले दुवै विश्वविद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्न सक्ने ... बाँकी अंश»

शिक्षामन्त्री धनीरामको यस्तो छ कार्ययोजना ?

२०७३ असोज २० बिहिबार, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको बताएका छन् ।    अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका १८ बुँदे शैक्षिक सुधारको मार्गचित्रलाई पछ्याउँदै पद बहालीको ४२ औँ दिनमा मन्त्री पौडेल र राज्यमन्त्री धनमाया विकले विहिबार कार्ययोजना सार्वजनिक गर्दै प्रत्येक जिल्लालाई सुशा ... बाँकी अंश»

गाउँको विद्यालयमा प्रोजक्टर बाट कक्षा शिक्षण

२०७३ असोज २० बिहिबार, पाँचथर। अहिले शहर वजारका नाम चलेका विद्यालयहरुमा समेत प्रोजेक्टर बाट कक्षा शिक्षण हुँदैन्,तर पाँचथरको एउटा ग्रामिण भेगमा रहेको एउटा विद्यालय छ । जहाँ एक वर्ष अघि देखि निमावि देखि उच्च मावि तह सम्म प्रोजेक्टर बाट कक्षा शिक्षण भइरहेको छ,यति मात्रै नभएर त्यस विद्यालयमा अहिले इन्टरनेट समेत जडान गरी देश विदेशमा कस्तो ढंगबाट शिक्षण गर्दा प्रभावकारी हुन्छ,भनेर विद्यार्थीलाई जानकारी दिँदै शिक्षण समेत गर्ने गरिएको छ,सदरमुकाम देखि झण्डै ५० किलोमिटर टाढा ... बाँकी अंश»

कार्तिक ४ र ५ गते उपत्यकामा पठन–पाठन ठप्प पार्ने अस्थायी शिक्षकहरुको चेतावनी

२०७३ असोज १६ आइतबार, काठमाडौं । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै सो ऐनमा आफूहरुले भने बमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । आईतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ ।    आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजेदेखि धर्ना दिने समितिले जनाएको छ । त्यस्तै, कार्तिक ३, ४ र ५ गते रिले अनसनमा बस्न ... बाँकी अंश»

गुणस्तरीय शिक्षाका लागि जिल्लाभरीका प्रअ जति सदरमुकाममा

२०७३ असोज १३ बिहिबार,  रोल्पा । शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ जिल्ला भरीका प्रधानाध्यापकहरुसदरमुकाम आइपुगेका छन् ।    समृद्ध  राष्ट्र निर्माणका लागि जीवनोपयोगि शिक्षामा लगानी भन्ने मूल नाराका साथ संचालन भइरहेको गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकहरुको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा भाग लिनका लागि जिल्ला भरीका प्रअहरु सदरमुकाम आइपुगेका हुन् ।    लिबाङ रोल्पामा लगातार दुई दिन सम्म संचालन हुने कार्यक्रममा वुधबा ... बाँकी अंश»

शान्ति शिक्षा अभियानले दोलखामा निर्माण गर्‍यो ३ विद्यालय

२०७३ असोज ११ मंगलबार, दोलखा। शान्ति शिक्षा अभियानले दोलखामा निर्माण गर्दै गरेका ४ मध्ये ३ विद्यालय निर्माण गरि समुदायलाई हस्तान्तरण गरेको छ । क्षमावती उच्च माध्यमिक विद्यालयमा निमार्णधिन विद्यालय भवन भने केहि समयपछि निर्माण सकेर हस्तान्तरण हुने शान्ति शिक्षा अभियानले जनाएको छ ।   शान्ति शिक्षा अभियान नामक गैरसरकारी संस्थाका अध्यक्ष रबिन्द्र मर्हजनका अनुसार सुन्द्रावति गाविसमा रहेको कालिका उच्च माविको २ कोठे पक्की भूकम्प प्रतिरोधात्मक भवन करिब १४ लाख रुपैया ... बाँकी अंश»

दिवा खाजा पाएसंगै बझाङमा विद्यार्थी सङ्ख्यामा वृद्धि

२०७३ असोज ११ मंगलबार, बझाङ । शिक्षाका लागि खाद्य कार्यक्रम विकट हिमाली जिल्ला बझाङमा लागू भएपछि जिल्लाका विकट क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ ।    जिल्लाका २३७ प्रावि, ५८ निमावि र सातवटा बालकक्षा गरी जम्मा ३०२ विद्यालयमा यो कार्यक्रम लागू भएको छ ।    शिक्षाका लागि खाद्य कार्यक्रमबाट ३५ हजार २८६ लाभान्वित भएका शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ प्रमुख पङ्कज सुवेदीले जानकारी दिए ।   दातृ संस्था विश्व खाद्य कार्यक्रम र नेपाल सरक ... बाँकी अंश»

भाषालाई जथाभाबी नबिगार्न प्राध्यापकको अनुरोध

२०७३ असोज ८ शनिबार, काठमाडौँ, ८ असोज । त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ ।    उक्त क्याम्पसका प्रा, सहप्राध्यापक र उपप्रध्यापकले नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा चासो राख्दै निकालेको वक्तव्यमा भाषाको सार्वभौम प्रकृति र प्रवृत्ति परिवर्तनीयता हो भन्दै भाषासम्बद्ध जाति र वक्ताको सामाजिक संस्कृति, मूल्य र मान्यत ... बाँकी अंश»

अक्सफोर्ड विश्वकै सर्वोत्कृष्ट विश्वविद्यालय

२०७३ असोज ६ बिहिबार, एजेन्सी । बेलायतको अक्सफोर्ड विश्वविद्यालय विश्वकै सर्वोत्कृष्ट विश्वविद्यालय भएको छ । टाइम्स हाइयर एजुकेशन ग्लोबल लिग तालिकामा क्यालिफोर्निया इन्टिच्युड अफ टेक्नोलोजीलाई पछि पार्दै अक्सफोर्ड पहिलो नम्बरमा परेको हो ।   योसँगै अक्सफोर्ड टाइम्स हाइयर एजुकेशन ग्लोबल लिग तालिकाको शीर्ष स्थानमा पर्ने पहिलो बेलायती विश्वविद्यालय समेत बनेको छ । अक्सफोर्ड विशेष गरि चार सूचकहरु अध्यापन, खोज, उल्लेख र अन्तर्राष्ट्रिय दर्शनका कारण सर्वोत्कृष्ट ... बाँकी अंश»

बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको विद्यालय भवनमा पठनपाठन थालियो

२०७३ असोज ४ मंगलबार, गोरखा । बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनःनिर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ ।  “पानी परेपछि टहरोमा पठनपाठन गर्न गाह्रो भो” प्रध्यानाध्यापक जीतबहादुर गुरुङले भने – “भवन पुनःनिर्माण भइनसकेपनि नियमित पठनपाठन सुरु गरेका छौँ ।”   ह्यारीले श्रमदान गरेको विद्यालय भवन पुनःनिर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ । “भवनमा रङ लग ... बाँकी अंश»

सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापनमा सामेल हुँदैनौंः नीरेन्द्र कुँवर

२०७३ असोज ४ मंगलबार, काठमाडौँ । सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरु सामेल नहुने जनाएका छन् ।    अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले शिक्षा ऐन आठौँ संशोधन अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुने जानकारी गराए ।    “ऐनमा शिक्षक सेवा आयोगले प्रकाशन गर्ने आन्तरिक विज्ञापन अगाडिसम्म तोकिएको सुविधा लिने वा आन्तरिक प्रतियोगितामा सामेल हुने उल्लेख छ” उनले ... बाँकी अंश»

अस्थायी शिक्षकलाई व्यवस्थापन प्रक्रिया सुरु

२०७३ असोज १ शनिबार, काठमाडौँ । सरकारले देशभरका अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न प्रक्रिया सुरु गरेको छ । शिक्षा विभागले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा प्रतियोगितामा भाग लिन नचाहने शिक्षकलाई ‘सुविधा लिई अवकाश’ मध्ये एक रोज्न आग्रह गर्दै विवरण फाराम भर्न आह्वान गरेको छ ।    शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षा (आठौँ संशोधन) अनुसार अस्थायी शिक्षकलाई व्यवस्थापन गर्नका लाग ... बाँकी अंश»

पाँच दिनदेखि बेपत्ता विद्यार्थी अझै भेटिएनन्

२०७३ भदौ ३० बिहिबार, पाँचथर । फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् ।    कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् ।    फिदिमका विभिन्न व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनापछि उनीहरु बेपत्ता भएका हुन् ।    अनुसन्धानबाट पृथ्वीले मोबाइल चोरेको पाइएपछि चोरेक ... बाँकी अंश»

दुई विश्वविद्यालयको समस्या छिटो समाधान गर्छु : प्रधानमन्त्री दाहाल

२०७३ भदौ २८ मंगलबार, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच उत्पन्न विवाद छिटो समाधान गर्ने बताएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ साधारणसभाको बैठकलाई सम्बोधन गदै दाहालले त्रिविबाट समावेश गरिएका क्याम्पस र अध्ययन संस्थानको चलअचल सम्पत्ति कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन २०६७ अनुसार हस्तान्तरण र शिक्षक कर्मचारीको सेवा, सर् ... बाँकी अंश»

होस्टल बाटै दुई बिद्यार्थी बेपत्ता

२०७३ भदौ २८ मंगलबार, पाँचथर। फिदिममा रहेको मेची इङलीश स्कुलमा अध्ययनरत २ विद्यार्थी गत चार दिनदेखि गतेदेखि बेपत्ता भएका छन्।   बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वशन्त राई रहेका छन्।   पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वशन्त कक्षा ६ मा अध्ययनरत थिए। विद्यालयको आवास गृहमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते राती ११:४५ बजेदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ।   ब ... बाँकी अंश»

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

२०७३ भदौ २७ सोमबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको समाजशास्त्र-मानवशास्त्र विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।    त्यसैगरी, २०७३ साल वैशाख-जेठ महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ ।    परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www. ... बाँकी अंश»

शिक्षाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित: मन्त्री पौडेल

२०७३ भदौ २५ शनिबार, रत्ननगर (चितवन) । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको गुणस्तर वृद्धिमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताएका छन् ।    दक्षिण चितवनको माडीका विभिन्न विद्यालयको भ्रमणका क्रममा मन्त्री पौडेलले शनिबार आयोजित विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिसँगको अन्तक्रिया कार्यक्रममा उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।    मन्त्री पौडेलले प्राविधिक शिक्षामा आफूले जोड दिएको उल्लेखगर्दै शिक्षा क्षेत्रमा नमुना काम गरेर देखाउने आफ ... बाँकी अंश»

नयाँ