शिक्षा

कक्षा १२ को परीक्षाफल प्रकाशित

२०७३ श्रावण २३ आइतबार, भक्तपुर । गत वैशाखमा उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले लिएको कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा ७३ दशमलव ७७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । शिक्षा ऐन संशोधनसँगै परिषद् राष्ट्रिय परीक्षा बोर्डमा परिणत भएपछि बोर्डले आज पहिलो पटक नतिजा सार्वजनिक गरेको हो ।    प्रकाशित नतिजामा नियमिततर्फ कूल ४० हजार ६०३ विद्यार्थीमध्ये कूल २९ हजार ९५२ जना विद्यार्थी उतीर्ण भएको बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।  ... बाँकी अंश»

प्रवेशिका पूरक परीक्षा सम्पन्न, एक महिनाभित्र नतिजा सार्वजनिक हुने

२०७३ श्रावण २१ शुक्रबार, भक्तपुर। प्रवेशिका पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा आज सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशभरका १९२ परीक्षा केन्द्रमार्फत सञ्चालन गरेको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए ।    परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ श्रेणी ल्याउने नियमिततर्फ र एक्जाम्टेडतर्फबाट करिब ७३ हजार परीक्षार्थी सहभागी भए । यही साउन १४ गतेदेखि सुरु भएको परीक् ... बाँकी अंश»

एमएको परीक्षाफल प्रकाशित

२०७३ श्रावण २१ शुक्रबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।    त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले ... बाँकी अंश»

भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ उत्तीर्णको प्रमाणपत्र

२०७३ श्रावण १७ सोमबार, जाजरकोट । जाजरकोटको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ ।    जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएको हो । निमित्त प्रधानाध्यापक बलदेव साहका दुई छोरा जयप्रकाश साह, ओमप्रकाश साह र स्थानीय भुर– ७ कै शैलेन्द्र रानालाई विद्यालयमा भर्ना नै न ... बाँकी अंश»

झोलुङ्गे पुल बगेपछि सयौँ विद्यार्थी समस्यामा

२०७३ श्रावण १६ आइतबार, तम्घास (गुल्मी)। मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाइदिएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् ।    बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाइदिएपछि विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न समस्या परेको हो । मुसीकोट र बडागाउँ गाविसका करिब २०० भन्दा बढी विद्यार्थी त्यही पुलको प्रयोग गरी वामिटक्सारमा रहेको विद्यालय र कलेजमा दिनहुँ अध्ययन गर्न जाने गर्छन्।    ... बाँकी अंश»

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि

२०७३ श्रावण १० सोमबार, भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ ।    कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए ।    परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक ... बाँकी अंश»

शैक्षिक क्षेत्रमा तोडफोड र भय नफैलाउन एनप्याब्सनको आग्रह

२०७३ श्रावण ९ आइतबार, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)ले शैक्षिक क्षेत्रमा तोडफोड र आगजनी गरेर भौतिक क्षति एवम् मानसिक भय नफैलाउन आग्रह गरेको छ ।    एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विज्ञप्ति निकाल्दै ललितपुरको आइडियल उच्चमाध्यामिक विद्यालयको बसमा आगजनीप्रति ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनकारीले बन्द हडतालका कार्यक्रम बन्द गरी शैक्षिक मागलाई वार्ता र संवादबाट समाधान गर्न आग्रह गरेका हुन् ।    विज्ञप ... बाँकी अंश»

पहिरोको जोखिम मोल्दै विद्यालय

२०७३ श्रावण ९ आइतबार, स्याङ्जा । बुधवार र विहिवार परेको अविरल बर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ४ स्थित चिथाभञ्याङमा रहेको भवगती प्रावि पहिरोको जोखिममा परेको छ । दुईदिन सम्म लगातार परेको बर्षाका कारण विद्यालयको कम्पाउण्ड वाल सगै सरस्वतीको मन्दिर समेत भत्किएर अहिले विद्यालय पहिरोको जोखिममा परेको हो ।    अधिकांश आदिवासी जनजातीको वसोवास रहेको सो स्थानमा रहेको विद्यालयमा सबै भन्दा बढी विद्यार्थी पनि आदिवासी जनजातीका नै अध्ययनरत रहेका छन् । गतबर्ष गए ... बाँकी अंश»

क्षेत्रगत रुपमै मेसिनबाट प्रश्नपत्र परीक्षण गर्ने लोकसेवाको तयारी

२०७३ श्रावण ६ बिहिबार, काठमाडौँ । लोकसेवा आयोगले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय निर्देशनालयबाट मेसिन (अप्टिकल मार्क रिकन्नेक्सन)बाट वस्तुगत प्रश्नको परीक्षण गर्ने तयारी थालेको छ ।    आयोगले यसै आर्थीक वर्ष देखि नै पाँचवटै निर्देशनालयका कार्यालयबाट मेसिनबाट वस्तुगत प्रश्न परीक्षण गरिने आयोगका सदस्य डा गोविन्दप्रसाद कुसुमले जानकारी दिए ।    नतिजा प्रकाशनलाई छिटो छरितो बनाउन आयोगले केन्द्रीय कार्यालयबाट तीन वर्षअघिदेखि वस्तुगत प्रश्नको मेसिनबाट प ... बाँकी अंश»

माथेमा आयोगका सुझाव लागू गर्न संयुक्त विद्यार्थी सङ्गठनको आग्रह

२०७३ श्रावण २ आइतबार, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रको विकासका लागि माथेमा आयोगले दिएको सुझाव हुबहु लागू गर्न आग्रह गरेको छ । अखिल नेपाल विद्यार्थी युनियनले यहाँ आज आयोजना गरेको ‘नेपाल चिकित्सा शिक्षाको अवस्था र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा विद्यार्थी नेताले चिकित्सा क्षेत्रमा देखिएका विसङ्गतिलाई हटाउन माथेमा आयोगले सरकारलाई दिएको सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।    प्राध्यापक केदारभक्त माथेमाको संयोजकत् ... बाँकी अंश»

बाजुरामा पाठ्यपुस्तक अभाव

२०७३ श्रावण १ शनिबार, बाजुरा । जिल्लामा पाठ्यपुस्तकहरुको अभाव देखिएको  छ । विद्याललय खुलेपछि सहज रुपमा विद्यार्थीहरुका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य जिल्ला शिक्षा कार्यालय बाजुराले लिइएको भएता पनि विकट गाविस विच्छ्या रुगिन लगायत गाविसहरुका विद्यालयमा  पाठ्यपुस्तक अभाव भएको हो ।   विद्यालय संचालन भएको ४ महिना पुगिसक्दा पनि पाठ्यपुस्तक नभएको नेविसंघका उपाध्यक्ष जनक थापाले बताए । उनले  ११ गाविसको शैक्षिक अवस्थाको अनुगमन गर्दा पाठ्यपुस्तकहरु नभएक ... बाँकी अंश»

नीतिगत विषयमा विश्वस्तरीय प्रतिस्पर्धा गर्न ५ विद्यार्थी जर्मनी जाँदै

२०७३ असार १७ शुक्रबार, काठमाडौं । विश्वभरीका विद्यालयस्तरका विद्यार्थीहरू सहभागी हुन पाउने ‘वर्ड स्कूल डिवेट च्याम्पियनसिपमा सहभागी हुनको लागि पाँच युवाहरूको सम्पूर्ण तयारी पूरा भएको छ ।    ७५ वर्ष पहिलेदेखि विभिन्न समसामयिक तथा नीतिगत विषयमा बहस गर्ने कार्यक्रमकालागि यो वर्ष पहिलोपटक संस्थागत रूपमा यसरी विद्यार्थीहरू विदेश लैजान लागिएको डिवेट नेटवर्क नेपालले जनाएको छ ।    देशभरीका कूल ६० विद्यार्थीहरूबाट राष्ट्रव्यापी अन्तरक्रिया तथा बहसको कार्यक ... बाँकी अंश»

महोत्तरीका ३२ हजार बालबालिका अझै विद्यालय बाहिर

२०७३ असार ३० बिहिबार, गौशाला। महोत्तरी जिल्लाका ३२ हजार बालबालिका अझै विद्यालय बाहिर रहेका छन् ।    जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार वल्र्ड एजुकेसनले विसं २०६८ को जनगणनालाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्याङ्कले महोत्तरीका ३२ बालबालिका अझै विद्यालयसम्म नगएको देखाएको छ ।    उहाँले जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा कक्षा १० सम्म ८५ हजार २०४ विद्यार्थी अध्ययन गरिरहे तापनि यहाँका संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अझ ... बाँकी अंश»

भानुभक्तको पूर्णकदको प्रतिमा अनावरण

२०७३ असार २९ बुधबार, पोखरा । आदिकवि भानुभक्तको २०३औँ जन्मजयन्तीका अवसरमा आज पोखरा उपमहानगरपालिका–११ फूलबारीमा निर्मित भानुभक्तको पूर्णकदको प्रतिमा अनावरण गरिएको छ ।    प्रतिमाको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् भानु वाङ्मय प्रष्ठिान, पोखराका अध्यक्ष सरु भक्तले अनावरण गर्नुभएको हो ।    कार्यक्रममा उहाँले नेपाली राष्ट्रियता, जातीयता र भाषिक एकतामा भानुभक्तले पु¥याएको योगदानको चर्चा गर्दै पर्यटकीय नगरी पोखरामा भानुभक्तको प ... बाँकी अंश»

'सुखद भविष्यका लागि किशोरीमा लगानी'

२०७३ असार २८ मंगलबार, रोल्पा। विश्व जनसंख्या दिवस २०७३ का अवसरमा “सुखद भविष्यका लागि किशोरीमा लगानी” विषयक विद्यालय स्तरी बक्तृतवकला प्रतियोगीता रोल्पाको लिबाङमा सम्पन्न भएको छ।    प्रतियोगीतामा बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पाकी प्रार्थना सुवेदीले प्रथम स्थान हासिल गरेकी छिन् भने होलीभिजन आवासीय माधयमिक विद्यालयका लिबाङ रोल्पाका राजकुमार पौडेले द्वितीय, तारा माध्यमिक विद्यालय बामरुक रोल्पाका  निता परियार तृतीय र होलिभिजन आमाविका  हि ... बाँकी अंश»

विद्यालय शिक्षा निःशुल्क गर्न माग

२०७३ असार २८ मंगलबार, काठमाडौं । नेकपा माओवादी सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले एसएलसी परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू गर्दा झन्डै दुई लाख विद्यार्थी उच्चशिक्षा पढ्ने अवसरबाट वञ्चित भएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।    ‘डि’ र ‘इ’ ग्रेडिङमा परेका दुई लाख विद्यार्थीलाई उच्चशिक्षा पढ्ने वातावरण सरकारले बनाई दिनुपर्ने माग गर्दै उक्त सङ्गठनले विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ ।    सो सङ्गठनका उपत्यका विशेष क्षे ... बाँकी अंश»

जोखिम मोलेर पढ्न जाँदै विद्यार्थी

२०७३ असार २४ शुक्रबार, डडेल्धुरा । गाँखेत गाविस–९ जैसिना खोलामा पुल नहुँदा भुवनेश्वरी मावि हर्तोलामा पढ्ने विद्यार्थी जोखिम मोलेर आउने गरेका छन् । लगातारको वर्षाले खोलामा पानी बढेपछि जीर्ण बनेको काठको पुलबाट विद्यार्थी ओहोरदोहोर गर्ने गरेको अविभावकहरु बताउँछन् ।    जैसिना गाउँबाट भुवनेश्वरी विद्यालय आउँदा जैसिना खोलामा जीर्ण अवस्थामा रहेको पुलबाट कक्षा ३ देखि १० सम्म अध्ययन गर्ने ५० विद्यार्थी दैनिक वारपार गर्ने गरेको स्थानीयवासी लालबहादुर खड्काले बताए । ... बाँकी अंश»

अख्तियारमा शिक्षा क्षेत्रका उजुरी बढी

२०७३ असार २४ शुक्रबार, धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रका सबैभन्दा बढी ९२ वटा उजुरी परेका छन् ।    यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालु वर्षमा शिक्षापछि सङ्घीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका २६÷२६ उजुरी परेका छन् । सबैभन्दा कम अर्थ, सूचना तथा सञ्चार र कृषि विकास क्षेत्रका एक ÷एक उजुरी परेको जनाइएको छ ।  ... बाँकी अंश»

एसएलसीमा डी प्लस आउनेको यस्तो पीडा ! मन्त्रीको कुराबाट झनै बढ्यो अन्योल

२०७३ असार २१ मंगलबार, काठमाडौं । धादिङ जिल्लाको नौविसे स्थायी घर भएका रविन्द्र रेग्मीको एसएलसीमा डि ग्रेड आयो । सरकारले विभिन्न आमसञ्चारमाध्यममा डि ग्रेड ल्याउनेले पनि उच्च शिक्षा पढ्न पाउने भन्ने सुनेर उनी काठमाडौंको एउटा प्राविधिक विषय पढाउने क्याम्पसमा बुझ्नको लागि भनेर गए । त्यहाँ पुग्दा न त उनलाई क्याम्पस प्रशासनले पढ्न पाउछस् भनेर भर्ना लियो न त पाउँदैनस् भनेर अस्वीकार नै गरिदियो । सिटिईभिटिईको निर्देशन आएपछि खबर गर्ने भनेर पठाएपछि उनी अहिले दोधारमा बसीरहेक ... बाँकी अंश»

शिक्षामा नयाँ क्रान्तिको नेतृत्व शिक्षकले गर्नुपर्छ : मन्त्री पोखरेल

२०७३ असार १९ आइतबार, महोत्तरी। समृद्ध राष्ट्र निर्माणका लागि शिक्षामा नयाँ क्रान्तिको आवश्ययकता रहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । शिक्षा विधेयक प्रमाणीकरणको अवसरमा महोत्तरीको बर्दिवासमा आज आयोजित अन्तक्रियात्मक चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षामा नयाँ क्रान्तिको नेतृत्व विद्यालयका शिक्षकले गर्नुपर्नेमा जोड दिए । शिक्षकले विद्यालयलाई जागिर पकाउने स्थलको रुपमा नलिई समाजलाई परिवर्तन गर्ने थलोको रुपमा विकास गर्नु ... बाँकी अंश»

नयाँ